पोखरेल प्यानलबाट एकमात्र देवेन्द्र उपाध्यक्षमा विजयी
पाेखरा | भदौ २६, २०७९
पोखरा । पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा युवा व्यवसायी देवेन्द्र केसी विजयी भएका छन् । पवन प्रजापती प्यानलका प्रतिस्पर्धी हिरामणि पण्डितलाई फराकिलो मतान्तरले पछाडि पार्दै केसी विजयी भएका हुन् । देवेन्द्र केसीको पक्षमा १७९१ मत प्राप्त हुँदा हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । भने ३० वटा भोट बदर भएको थियो । केसीले यस अगाडि २ कार्यकालसम्म संघमा कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् ।
केसीले कुटी ग्रुप अन्तर्गत पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा केसीको लगानी छ ।
युवा व्यवसायी एवं नेपाली काँग्रेसका युवा नेतासमेत रहेका देवेन्द्र केसी प्रदेश सभा सदस्यका लागि सिफारिससमेत भएका छन् ।
कास्कीको क्षेत्र नं. ३ ‘ख’ बाट पार्टीले केसीलाई प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको हो ।
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

