बालेनको डेरा कोठामा चोरी गर्ने ३ जना पक्राउ
चोरी आरोपीहरु नख्खु जेलबाट भागेका थिए
काठमाडाैं | माघ २६, २०८२
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ १६ बालाजु हाईट घर भई बासवारी बस्ने ४२ वर्षिय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर ६ पड्कु घर भई हाल काठमाडौँ ३१ गैरिगाँउ बस्ने ४६ वर्षिय खिम बहादुर खड्का र डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ७ खानीखोला बस्ने ४५ वर्षिय संजय श्रेष्ठ रहेका छन् ।
प्रहरीले उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको हो । उनीहरु यसअघि पनि अपराधमा संलग्न थिए ।
राजवाहकको कोठाबाट बरामद भएका सामानहरू
१. World Link लेखिएको राउटर थान - १
२. CCTV क्यामेरा थान - २
३. ACRON GOLD लेखेको नीलो बिँड भएको पिलास थान - १
४. HMBER HOT PRESS लेखेको कालो रातो बिँड भएको रेन्ची थान - १
५. MARI GOLD लेखेको रेती थान - १
६. SHIVX लेखेको स्क्रु थान - १
७. DISTANTFAITH लेखेको कालो रङ्गको ज्याकेट थान - १

खेम बहादुर खड्काको कोठाबाट बरामद भएका सामानहरू
१. चाँदीको जस्तो देखिने टिका थाली थान - १
२. कचौरा थान - १
३. सानो थाली थान - १
४. रिङ थान - १
५. रड थान - १
६. नटबोल्ट थान - २
७. सुनको जस्तो देखिने धातुका लक्ष्मीको मूर्ति भएको झुम्का १ जोर
८. टाउकोमा लगाउने चन्द्रमा थान - १
९. चन्द्रमा सहितको झुम्का १ जोर
१०. नीलो पत्थर भएको झुम्का १ जोर
११. गुलाबी र हरियो रङ्गको पत्थर भएको झुम्का १ जोर
१२. सिक्री थान - १
१३. धानको बाला जस्तो लप्सेरा थान - २
१४. हरियो रातो रङ्ग लगाएको झुम्का १ जोर
१५. घाँटीमा लगाउने पत्थर माला थान - १
१६. सानो तार जस्तो देखिने टुक्रा थान - ४
संजय श्रेष्ठको डेरा कोठाबाट बरामद भएका सामानहरू
१. MHEELHA लेखेको पछाडी भिर्ने झोला थान - १
२. DELL कम्पनीको ल्यापटप थान - १
३. MAC BOOK PRO लेखेको एप्पल कम्पनीको ल्यापटप थान - १
४. DELL कम्पनीको ल्यापटपको चार्जर थान - १
५. DIGITAL VIDEO RECORDER थान - १
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

