पोखरा: लोकतान्त्रिक तमु संघ नेपालको संगठन निर्माणको अभियान कास्कीमा वडाबाट गाँउतर्फ प्रवेश गरेको छ । कास्की जिल्लाको पाँचवटै पालिकामा अधिवेशन सम्पन्न गरी वडामा संगठन निर्माणक्रमसँगै रुपा गाँउपालिका वडाबाट गाँउ गाँउमा लोकतान्त्रिक तमु संघको संगठन निर्माण शुरु भएको हो । शुक्रबार रुपा गाँउपालिका वडा नं.६ अन्र्तगत मोहोरियाटोल गाँउको प्रथम अधिवेशनले प्रेम पुजारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय गाँउ कमिटि गठन गरिएको हो। लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिका वडा नं.६ कमिटिका अध्यक्ष सु.पुर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनले कमिटिको उपाध्यक्षमा डिलकुमारी गुरुङ, सचिवमा मिना गुरुङ, कोषाध्यक्षमा देवी गुरुङ र सदस्यहरुमा गौमाया गुरुङ, बेलमाया गुरुङ, सुर्यबहादर गुरुङ, गिता गुरुङ र तुलबहादुर गुरुङ चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई लोकतान्त्रिक तमु संघ नेपाल, रुपा गाँउपालिका कमिटि अध्यक्ष सु.केहरसिंह गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । नेतृत्व चयनका लागि जिल्ला समन्वय समिति कास्कीका सदस्य क्या.हर्कबहादुर गुरुङको संयोजकत्वमा लोकतान्त्रिक तमु संघ रुपा गाँउपालिका कमिटि अध्यक्ष केहरसिंह गुरुङ, नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार प्रेमबहादुर गुरुङ सदस्य रहनुभएको थियो । अधिवेशनको प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका सदस्य क्या.हर्कबहादुर गुरुङले उद्घाटन गर्नुहुदै तमुहरुको एकता, तमुहरुमा चेतना र विकासका लागि सबै जुट्नुपर्नेमा जोड दिनुभयो। यसरी नै नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार प्रेमबहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष नारायण गुरुङ,रुपा गाँउपालिका कमिटि अध्यक्ष केहरसिंह गुरुङले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।
पोखरा: कास्कीको मादी गाउँपालिका -६ काहुँखोला-सिक्लेस सडकखण्डमा गएको पहिरो दुईसातापछि पन्छाउन थालिएको छ । काहुँखोला–सिक्लेस सडकखण्डमा गएको भदौं ६ गते निरन्तर वर्षाका कारण पहिरो जाँदा उक्त सडकखण्ड दुईसातादेखि अवरुद्ध भएको थियो । वर्षा रोकिएर घाम लाग्न थालेसँगै आज देखि पहिरो पन्छाउन सुरु गरेको मादी गाउँपालिका ६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए । ‘कास्कीको मादी गाउँपालिका –६ चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला –सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध थियो, निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन सकिएको थिएन’, वडाध्यक्ष क्षेत्रीले भने, ‘आजदेखि मौसममा सुधार भएको छ, ८० मिटरसम्म पहिरोले सडक अवरुद्ध भएको छ, पर्सीसम्म सडक सञ्चालनमा आउँछ ।’ सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ । वडाध्यक्ष क्षेत्रीले सडक सञ्चालनमा नआउँदासम्म केही मिनेटको यात्रामा नजिकैको झुलुङ्गे पुल तरेपछि पुनः सडकमा जोडिन सकिो र यात्रुले सवारी परिवर्तन गरेपछि गन्तव्यमा पुग्न सक्ने बताए । पहिराका कारण मादीका उत्तरी गाउँ चिप्ली, खिलाङ, पार्चे र सिक्लेसका नागरिक समस्यामा परेका छन् । सवारी साधनमा काँहुखोला, कसेरी, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ ।
पाेखरा: पर्यटकीय नगरी पोखरा यतिबेला झलमल्ल बनेको छ । पोखरा महानगरपालिकाले ‘उज्यालो पोखरा अभियान अन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकमा जडान गरिएका हाइमास्ट र स्मार्ट सडकमा बत्तीले पोखरालाई झलमल्ल बनाउको हो । महानगरले महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार ७ वटा स्मार्ट सडक बत्ती र २३ चोकमा हाइमास्ट जडान गरेको छ । त्यसको विधिवत शुभारम्भ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरे । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १२० वाटका स्मार्ट बत्ती छन् । सडक बत्ती जडान अयोजनाको लागत रु १४ करोड ६५ लाख छ । सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा छ । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने विश्वास लिइएको छ । तस्बिरहरु:-
पोखरा: पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बसपार्क भित्र रहेका एक दर्जन बढी मोटर पार्टस् र ग्यारेजहरू बन्द गरेको छ । उनीहरू यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा भइरहेकाले बसपार्क कै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेजहरू बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक एवं वडा नं.१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताउनुभयो । “महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीहरूलाई बसपार्क भित्रबाटै छुट्ने.छुटाउने अनिवार्य व्यवस्था लागु गरिएको छ, संयोजक शर्माले भन्नुभयो, अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोही अनुरूप बसपार्क कै जग्गा रहेका मोटर पार्टस् र ग्यारेजहरू बन्द गरेका हौँ ।” बसपार्क व्यवस्थापनको कार्यमा स्थानीय व्यवसायीहरूले सकारात्मक सहयोग गरिरहेको संयोजक शर्माले बताउनुभयो । उहाँका अनुसार बसपार्क भित्र रहेका कवाडी सङ्कलन केन्द्रहरूलाई भने २२ गते भित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ । पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङहरू निर्माण गरिएका छन् भने नाला निर्माण सम्पन्न गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नं।९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । उहाँका अनुसार बसपार्कको बिच भागमा रहेको टिकट काउन्टरहरू हटाइएको छ भने, केही टहराहरू समेत स्थानान्तरण गरिएका छन् । यस कार्यमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायीहरू, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभएको छ । उहाँका अनुसार त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको पहिलो चरणको कार्य सम्पन्न भैसकेको भने, अव दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका कामहरू गरिनेछन् ।
पोखरा: वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषधसहित पर्वतका तीन युवालाई प्रकाउ गरेको छ । पोखरा महानगरपालिका ६ शान्तिपाटनमा मिठु भुजेलको घर भाडामा बस्ने पर्वतका तीन युवालाई २ सय ४९ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरामा घर भाडामा बस्ने पर्वतको मोदी गाउँपालिका-८ घर भएका २९ वर्षीय दिवश गुरुङ, २४ वर्षीय सबिन विक र २४ वर्षीय सोबित जिसीको कोठाबाट डाईजापाम २४ एम्पुल, नुर्फिन ८३ एम्पुल र फेनारागन ८२ एम्पुलसहित प्रकाउ परेका हुन् । प्रकाउ परेका तीन युवालाई आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइने वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
पोखरा: एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ । संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटो पत्रकार गुरुङलाई सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् । सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्दै आएका पत्रकार गुरुङ हाल समाधान राष्ट्रिय दैनिकमा आवद्ध छन् । उनी यसअघि जक्सन डटकम, नेपालखबर, अनलाइनखबरमा पनि लामो समय फोटो पत्रकारिता गरिसकेका छन् । हाल उनी एसोसिएट प्रेस (एपी)लगायत अन्तर्राष्ट्रिय मिडियामा पनि आवद्ध छन् । यसअघि उक्त पुरस्कारबाट नारायण शाही घनश्याम पाण्डे, प्रकाश ढकाल कृष्ण दवाडीलगायत सम्मानित भइसकेका छन् ।
पोखरा: पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्ने खुल्ला कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वर्ष कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि पुन संचालन गर्न लागिएको प्रतियोगिताको तयारी आन्तरिक वाहेक सबै अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले जानकारी दिनुभयो । यही भाद्र २० गते स्थानिय वाटुलेचौर मैदानमा आयोजना गरिने प्रतियोगितालाई भव्य र ब्यवस्थित बनाउन कुनै कसर बाकी नराखिएको संयोजक दुर्गादेवी बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि गठित विभिन्न उपसमितिले आ आफना जिम्माका कामलाई तिव्रता दिएका छन् ।प्रतियोगिताका लागी आर्थिक संकलनको कार्य तिव्र पारिनुका साथै विभिन्न व्यवसायिक घराना तथा संघ संस्थाले धार्मिक संस्कृति जर्गेनाका लागी सहयोग गरेको आथिर्क उपसमितिका संयोजक कुल व. खत्रीले बताउनुभयो । प्रतियोगितामा सहभागिताको आव्हान सहित पोखराका विभिन्न वडाहरुमा पुगी घरदैलो अभियानलाई पनि तिव्र पारिएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिनुभयो । प्रतियोगितामा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, पाल्पा लगायतका जिल्लावाट पनि भजन टोली सहभागी हुने बताईएको छ । हालसम्म विभिन्न जिल्लाका १२ टोलीले सहभागिताको लागी नाम दर्ता गरेको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलिले नगद १ लाख, द्धितीयले ७५ हजार, तृतियले ५० हजार, सान्त्वना हुने टोलीलाई २५ हजार र सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरिने सचिव दिपेन्द्र वाँनियाले जानकारी दिनुभयो । भगवान श्रीकृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई वचाई राख्ने उद्ेश्यले प्रतियोगितालाई निरन्तरता दिईएको संयोजक बस्नेतले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने बताईएको छ । सो रकमका लागी विभिन्न संघ संस्थासँग समन्वय गरिएको छ । वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा हरितालिका तीजको अवसरमा पोखरामा तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले आज शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै भदौ २५ देखि २७ गतेसम्म तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने जानकारी दिएको हो । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् । उनका अनुसार महोत्सव लेकसाइड क्षेत्रको कोमागाने पार्कमा हुनेछ । तीन दिनको कार्यक्रममा खेलकुद, तीज गीत प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रर्दशन, स्वदेशी तथा विदेशी खानाका स्टल, ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरुको बजारीकरण, सांस्कृतिक कार्यक्रम, लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको उनले बताइन् । हरितालिका तीजलाई केवल चाडका रुपमा मात्रै नभई उत्सवका रुपमा नै मनाउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ । महिला उद्यमशिलताको विकास, आर्थिक चलायमान, रोजगारी सिर्जना, समग्र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने हेतुले महोत्सवको आयोजना गरिएको हो । आर्थिक मन्दीले थलिएको पर्यटन व्यवसायलाई माथि उठाउने लक्ष्य महोत्सवको छ । महोत्सव प्रवेशका लागि कुनै शुल्क नलाग्ने गिरीले उल्लेख गरिन् । निशुल्क नै तीज सांस्कृतिक महोत्सवको अवलोकन गर्न पाइनेछ । महोत्सव सम्पन्न गर्न १५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण, नक्सालमा सरुवा भएको छ । कास्की प्रहरी प्रमुख केसीको सरुवा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगालबाट मोहनकुमार थापा कास्कीमा आउँदैछन् । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो। सरुवासँगै एसपी इन्चार्ज रहने कास्कीसहित १४ जिल्लाका प्रमुख फेरिएका हुन् ।

