पोखरामा लागूऔषधसहित पर्वतका तीन युवा प्रकाउ

पाेखरा | भदौ १९, २०८०

पोखरामा लागूऔषधसहित पर्वतका तीन युवा प्रकाउ

पोखरा:    वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषधसहित पर्वतका तीन युवालाई प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका ६ शान्तिपाटनमा मिठु भुजेलको घर भाडामा बस्ने पर्वतका तीन युवालाई २ सय ४९ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

 
पोखरामा घर भाडामा बस्ने पर्वतको मोदी गाउँपालिका-८ घर भएका २९ वर्षीय दिवश गुरुङ, २४ वर्षीय सबिन विक र २४ वर्षीय सोबित जिसीको कोठाबाट डाईजापाम २४ एम्पुल, नुर्फिन ८३ एम्पुल र फेनारागन ८२ एम्पुलसहित प्रकाउ परेका हुन् । 


प्रकाउ परेका तीन युवालाई आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइने वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।  संस्थागत सामाजिक उत्तरदायि...

थप पढ्नुहोस्

पोखरा:       गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ ।   ...

थप पढ्नुहोस्

पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

थप पढ्नुहोस्