यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

काठमाडाैं | माघ ७, २०८२

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म तस्बिर फाइल

काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ।


राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।


यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्।


२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो। 


राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा  चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ। 


निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।

 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्