जानकीका विद्यार्थीलाई ईक्रा फाउण्डेशनको सहयोग
पाेखरा | माघ १५, २०८२
पोखरा: जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण गरेको हो ।
विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोला,इक्रा शिक्षा फाउण्डेशनका केन्द्रीय अध्यक्ष शेख जहागिर, प्रधानाध्यापक अर्जुन कडेल लगायतले विद्यार्थीलाई नगद वितरण गर्दै रकमको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो ।
प्रत्येक कक्षाका दुई जनाका दरले आर्थिक सहयोग गरिएको कार्यक्रममा विद्यार्थीहरुले प्राप्त रकम आवश्यक शैक्षिक सामाग्री खरिदमा लागनी गर्ने विश्वास व्यक्त गरेका थिए । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।
सो संस्थाले पोखरा १७ दोविल्लामा मदसा(विद्यालय) संञ्चालनका लागि आवश्यक जग्गा खरिद गरेर भौतिक संरचना निर्माण गरिरहेको छ । विद्यालयमा नेपाली, अग्रेजी सहित मुस्लिम भाषाको पढाई हुने फाउण्डेशनका अध्यक्ष शेर जहारिले जानकारी दिनुभयो ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

