पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

लेखनाथ उद्योग वाणिज्य संघले २७ औं वार्षिक साधारणसभाको अवसरमा पोखरा – ८ बगालेटोल निवासी भक्तराज श्रेष्ठलाई सम्मान गरेको छ ।    संघको साधारणसभा र चौधौ अधिवेशनको उद्घाटनसत्रमा ७८ वर्षीय श्रेष्ठलाई नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले चन्द्रलक्ष्मी जेष्ठ नागरिक सम्मान एवं पुरस्कार प्रदान गरे ।    नगद १ लाख १ हजार राशी रहेको पुरस्कारकाे स्थापना संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले गरेका हुन् ।    विशेषतः जेष्ठ नागरिकको हितमा अनवरत लागेका श्रेष्ठ हाल जेष्ठ नागरिक सरोकार समाज नेपाल, कास्कीका अध्यक्ष हुन् ।   त्यस्तै, धार्मिकस्थल रामघाटका प्रमुख संरक्षक र शान्तिघाटको संस्थापक अध्यक्ष रहेका छन् ।    साधारणसभामा सम्मानित व्यक्तित्व श्रेष्ठले उक्त पुरस्कार राशीमा आफ्नोतर्फबाट यथाशक्य थपेर सम्पूर्णं रकम जेष्ठ नागरिक समाजलाई प्रदान गर्ने जनाए । 

पोखरा:   सिटीवान टेलिभिजनले आयोजना गर्न लागेको दोस्रो खुल्ला तीजगीत प्रतियोगिता–२०८० को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।   ‘तीजको वेला सिटीवानको साँस्कृतीक मेला’ भन्ने मूल नारासहित सिटिवान टेलिभिजनले आयोजना गर्न लागेको दोश्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८० को लागी बैँकले प्रायोजन गरेको हो ।   यहि भाद्र ३० र ३१ पोखरा उद्योग वाणिज्य संघमा आयोजना हुने प्रतियोगितामा साँस्कृतिक महत्व, कला, महिला हिसां, पर्यटन प्रर्बदन, सामाजिक क्षेत्र,सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुब्र्यसनी, विपद व्यवस्थापनसँग सम्बन्धित गीतहरु गाउन पाइने टेलिभीजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले बताइन ।    प्रतियोगितामा पहिलो दोस्रो तेस्रो हुने समुहलाई क्रमश ५० हजार र प्रमाणपत्र, ३० हजार २० हजार  सान्त्वनालाई नगद १० हजार र प्रमाणपत्र दिइने श्रेष्ठले बताइन् । प्रतियोगितामा उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यलाई नगद रु ५ हजार र प्रमाणपत्र रहेको छ ।  

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ निर्वाचित भएका छन् ।    लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत भएको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठ निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी भरतकुमार अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।    विजयी श्रेष्ठले कुल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरेका थिए भने अधिकारीले ७ सय ८७ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले ऋषिराम जमरकट्टेललाई पराजित गरे । ओझाले ९ सय ७० मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जमरकट्टेलले ६ सय ९० मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी(राजु) ले १ सय २२ मतले गोपिचन्द्र बाँस्तोलालाई पछि पार्दै विजयी भए । बाँस्तोलाले ७ सय ७४ मत प्राप्त गरेका थिए । संघको द्धित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरेका छन् । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिईन् । महासचिव पदमा संघको ईतिहासमै पहिलो पटक महिला पदाधिकारी बनेर ईतिहास रचेकी जानुका अधिकारी पराजुलीले यस पटक पनि पुनः बाजी मारेकी छिन् । १ सय ७७ मतको फराकिलो मतको अन्तरले प्रतिद्धन्दी जिवन तिवारीलाई उनले पछि पारेकी छिन् । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरेका थिए । यस्तै उप–महासचिव पदमा भरतराज ओझाले ९ सय १२ मत ल्याउँदै भिम बहादुर सार्की (काईला)लाई १ सय ६० मतको फराकीलो अन्तरले पछि पारेका छन् । काईलाले ७ सय ५२ मत ल्याउँदा ओझाले ९ सय १२ मत ल्याएका थिए । कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई (आईडि)ले ८ सय ३७ मत ल्याउँदै उनका प्रतिद्धन्दी पुष्पमणी भण्डारीलाई जम्मा २० मतको अन्तरले पराजित गरेका छन् । भण्डारीले ८ सय १७ मत प्राप्त गरेका थिए ।

पोखरा:  नेपाल बीमा प्राधिकरणले पोखरेली पत्रकारसँग बीमासम्बन्धि अन्तरक्रिया तथा छलफल गरेको छ ।   छलफलमा अभिकर्ताहरुले बीमित (बीमा गर्ने व्यक्ति) लाई समयावधि पुगेपछि दोब्बर (डबल) उपलब्ध गराउने भन्दै प्रलोभनमा पार्न नहुने नेपाल बीमा प्राधिकरण गण्डकीका प्रमुख केशव प्रसाद दाहालले बताए ।    अभिकर्ताले बीमितलाई समय पुगेपछि दोब्बर (डबल) रकम पाउने भन्दै प्रलोभनमा पारेर आफ्नो कम्पनीमा बीमा गर्न बाध्य पार्ने अभिकर्तालाई कारवाही गर्ने बताए ।   ‘अभिकर्ताले बीमितको आम्दानीको बारेमा प्रष्ट हुनुपर्छ । समय पुगेपछि डबल पाउनुहुन्छ भन्नै पाउनुहुन्न, उनले भने, ‘त्यसो भनिएको पाइए अभिकर्तालाई कानून बमोजिम कारवाही हुन्छ ।’   उनले कुनै पनि बीमा कम्पनीले दोब्बर रकम उपलब्ध गर्न नसक्ने बताए । ‘हरेक बीमा कम्पनीको आ–आफ्नै नीति हुन्छ । त्यस अन्तरगत नै बीमितले भुक्तान पाउने हो । राज्यलाइ तिर्नुपर्ने कर र कम्पनीको पोलिसी अनुसार भुक्तान हुन्छ । त्यो सबै बीमितले बुझ्न आवश्यक  छ,’ दाहालले भने ।   उनका अनुसार नेपाल बीमा प्राधिकरणमा ३४ वटा बीमा कम्पनी आवद्ध छन् ।   प्राधिकरणले नीजि तथा सरकारी बीमा कम्पनीलाई नियमन गर्ने काम गर्दै आएको बताउदै दाहालले  चित्त नबुझेको खण्डमा बीमितले बीमा कम्पनीविरुद्ध निवेदन दिन सक्ने सुनाए ।    ‘हाम्रो काम भनेको बीमा कम्पनीहरुलाई नियमन गर्ने हो । बीमाबाट पाउनुपर्ने रकम नपाएको खण्डमा तपाइहरुले (बीमित) बीमा कम्पनीको विरुद्धमा निवेदन दिन पाउँनुहुन्छ, दाहालले भने, ‘त्यसको लागि कुनै दस्तुर लाग्दैन । मुद्धा नै लड्न परेको खण्डमा हाम्रै वकिल लड्ने व्यवस्था हुन्छ ।’   उनका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म करिब  एक दर्जन निवदेन परेका छन् । त्यसमध्ये कृषि तथा वालीसम्बन्धि निवेदन परेको छन् ।    कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले मानव जीवनमा बीमाको अपरिहार्यता रहेको बताइन् ।   ‘मानव जीवनमा बीमाको अतिआवश्यक देखिएको छ । पछिल्लो समय नागरिककमा बीमा गर्नुपर्छ भन्ने ह्वात्तै लहर बढेर आएको छ । किनभने घरकै बीमा गरेपनि, कृषि वा सवारी साधनकै गरेपनि आखिर जोडिने भनेकै मानव जीवनसँग हो त्यसैले बीमाको महत्व बढेको छ,’ उनले भनिन् ।    अध्यक्ष भण्डारीले कास्कीमा क्रियासिल पक्रकारका लागि महासंघले स्वास्थ्य बीमाको व्यवस्था गरेको बताउदै केही पक्रकारको सम्बन्धित कम्पनीकै कमजोरीका कारण छुट्न पुगेको सुनाइन् ।   उनले छुटेका पत्रकारको पनि स्वास्थ्य बीमा गर्ने तयारी रहेको बताएकी थिइन् ।  

पोखरा:   कास्की जिल्ला जिम्न्याष्टिक्स संघको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सोमबहादुर साईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्ष एन शोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा दिपेन्द्र अधिकारी, सहकोषाध्यक्षमा अर्जुन गुरुङ, तथा सदस्यहरुमा मीनबहादुर थापा, सुवर्णराज पन्त, पविन बास्तोला, दिपेश राना, रामबहादुर क्षेत्री, मुना लामिछाने र बालकुमारी गुरुङ रहेका छन् । कार्यक्रममा निर्वाचन समितिका संयोजक नेपाल जिम्न्याष्टिक्स संघकाँँ केन्द्रीय सदस्य योगेन्द्र बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारी, निर्वाचन समति सदस्य केशवशरण पौडेल, राजु कायस्थ र राजु केसीले सपथ खुवाएका थिए । कार्यक्रममा कास्की जिल्ला जिम्याष्टिक्स संघका सचिव प्रकाशचन्द्र सापकोटाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष थमन बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन सभाले सर्वसम्मत पास गरेको थियो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष ध्वजकुमार गुरुङले अव हुने दशौ राष्ट्रिय खेलकुद महोत्वसलाई लक्षित गरेर खेलाडी उत्पादन गर्न सुझाव दिए । ‘सुस्ताएको जिम्न्याष्टिकलाई चलायमान गराएर कास्कीमा पनि जिम्न्याष्टिक खेल छ है भन्ने अवस्था तपाईहरुले ल्याउनुभएको छ’ उनले भने, ‘अव यहाबाट खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्न अवस्था ल्याउने दायित्व संघको काधमा आएको छ ।’ उनले जिम्याष्ट्रिका हरेक गतिविधिमा प्रदेश खेलकुद परिषदले समन्वय गरेर अगाडि बढ्ने विश्वास दिलाए । कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले संघले गरेका गतिविधि उदाहरणीय भएको बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारीले संघका हरेक गतिविधिमा अभिभावकत्व ग्रहण गर्ने बताए । नेपाल जिम्न्याष्टिक्स संघका केन्द्रीय सदस्य योगेन्द्र बहादुर गुरुङले नयाँ कार्यसमितिले अझै उत्कृट कार्य गरेर अगाडि बढ्न सुझाव दिए । कास्की जिल्ला जिम्न्याष्टिक्स संघका सल्लाहकार केशवशरण पौडेलले विद्यालय जिम्न्याष्टिक्स संघमा रहेर काम गरेको अनुभव सुनाउदै खेलाडी उत्पादन गर्न कास्कीमा रहेका निजि तथा सामुदायिक विद्यालयमा जिम्न्याष्टिक्स सिकाउनु पर्ने उल्लेख गरे । कास्की जिल्ला जिम्न्याष्टिक संघका कार्यवहाक अध्यक्ष राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव राजु केसीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चाल गरेका थिए ।   

पोखरा:   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक आम्दानी गरेको छ ।   अन्तरराष्ट्रिय उडानबाट पहिलो कमाई स्वरुप १ लाख २६ हजार आम्दानी गरेको हो ।   अहिलेसम्म पोखरा एयरपोर्टबाट अन्तरराष्ट्रिय उडान भरेको छ ।   नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णका अनुसार ड्रुक एयरको चार्टर्ड अवतरणसँगै आम्दानी भएको हो ।   उक्त जहाजका ४२ जना यात्रुबाट आउने विमानस्थल कर नै पहिलो आम्दानी भएको लालकर्णले बताए ।    ‘एकजना उड्दाखेरी तीनहजार बुझाउँछन् । अर्को चाहिँ ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गरिरहेको छ, त्यसको १५ प्रतिशत हामीले पाउँछौँ । विमानस्थललाई आम्दानी हुने यो पहिलो उडान हो,’ उनले भने ।   विमानस्थलले एक वर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्यान्डिङ, पार्किङ लगायतमा शुल्क मिनाहा गरेका कारण अतिरिक्त आम्दानी भने नहुने बताइएको छ । यो समाचार बाह्रखरीमा विशन क्षेत्रीले लेखेका छन् ।  

पोखरा:   दिदि बहिनी दाजु भाई तिजको शुभकामना सुस्वास्थ्य र दिर्घायुको हाम्रो कामना टोलटोलमा जानु हुन्छ सचेतना जगाउदै पैचानको प्रतिक रङ मिलेका साडी लगाउँँदै  संस्कृति र संस्कार जोगाउनु छ मिलेर टोल विकासमा अघि बढौ एकजुट भएर पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाहीले स्थानीय शुभकामना आमा समुहको २१ बार्षिक साधारण सभा एवम् तिज पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त सन्देश मुलक गित सुनाउनु भएको हो । एउटै रङका साडीमा सज्जिएका आमाहरुले तिज पर्वलाई भड्किलो नभई सामुहिक रुपमा मनाउने संस्कारको विकास भएको वताउँदै उहाले सवै मिलेर संस्कृति र संस्कारको संरक्षण गर्दै विकास निर्माणमा जुट्न आग्रह गर्नुभएको हो । विगतमा नारीको पिडा र उत्पीडनको प्रस्तुत गर्ने तिज पर्व पछिल्लो समय नेतृत्व विकाससंगै महिला सहभागिता, विकास निर्माणमा जुट्नु पर्नेमा जोड दिंदै उहाँले महिला हर प्राप्त हक, अधिकारको उपयोग गर्दै थप अधिकारका लागि संगठित हुनु पर्ने आवश्यकता औल्याउनु भयो । म्यूजियममार्ग टोल सुधार समितिका अध्यक्ष एवम् पत्रकार हरि बास्तोलाले टोलबासीको सकृयतामा संरक्षित सार्वजनिक जग्गामा आवश्यकता अनुसारका भौतिक संरचना निर्माण गरेर सभ्य समाज निर्माणका लागि उपयोग गरिनु पर्ने आवश्यकता औल्याउनुभयो । महिला नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको आमा समुहहरुले आगामी दिनमा मौलिक संस्कृतिको संरक्षणसंगै उत्पादनसंग जोडिनु पर्नेमा उहाँको जोड थियो । कार्यक्रममा समुहका ७० बर्ष उमेर पुगेका आमा बुबा र उच्च माध्यमिक शिक्षा उत्तिर्ण गर्ने विद्यार्थीलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।  समुहका अध्यक्ष कोकिला उदासको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षा सहसचिव विष्णुबहादुर द्धारे, माथिल्लो रातोपैह्रा टोलविकास संस्थाका अध्यक्ष टिकाबहादुर द्धारे, सितापाईला ढुङ्गेसाँघु आमा समुहका अध्यक्ष सिता काप्mले, समुहका पुर्व अध्यक्ष पार्वती खड्का, उपाध्यक्ष अञ्जु गुरुङ, सचिव मिना द्धारे, कोषाध्यक्ष मिना कुँवर लगायतले समुहले गरेका गतिविधि तथा भावि कार्यक्रमका बारेमा चर्चा गर्नुभएको थियो ।   

पोखरा:    शिक्षा सेवी स्व. नारायण सिग्देलको स्मृतिमा पोखरा ८ सिमलचौरमा रहेको श्रीराम आधारभुत स्कुलमा छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना भएको छ । स्व. सिग्देलको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गरेको हो । सिग्देलकी श्रीमती हरीमाया सिग्देल र छोरा डा. यज्ञराज सिग्देलले १ लाख रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् । सोही विद्यालयका सस्थापक प्रधानध्यापक रहेका स्व. नारायण सिग्देले विद्यालयमा ३० वर्ष सम्म अध्यापन गराएका थिए । अक्षयकोषका लागि विद्यालयका प्रधानध्यापक तिर्थराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति चालिसे, पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगाएतलाई हरीमाया सिग्देल र डा.यज्ञराज सिग्देलले १ लाख रुपैयाका चेक हस्तान्तरण गरे । १ लाख रुपैयाबाट आएको व्यजबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने विद्यालयक प्रधानध्यापक न्यौपानेले बताए ।  

पोखरा:   पोखरामा श्रीकृष्ण लिला (बालन नाच) प्रदर्शन गरिएको छ । हराउदै गइरहेको नाचको संरक्षण गर्ने उद्धेश्यले पोखरा सभागृह हलमा भव्य कार्यक्रम आयोजना गरेर बालन नाच प्रदर्शन गरिएको हो । भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजनामा भएको यो कार्यक्रममा बालन नाच कला प्रतिष्ठानका ६० जना कलाकारले प्रस्तुती राखेको आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए ।  प्रवेश निःशुल्क रहेको यो कार्यक्रम हेर्न उल्लेख्य संख्यामा दर्शक सभागृह हलमा पुगेका थिए । भगवान् कृष्णको जन्मदेखि राक्षस कंसको अन्त्यसम्मको कथा कार्यक्रममा प्रस्तुत गर्दा दर्शकले श्रीकृष्ण लिलाको बारेमा नजिकबाट बुझ्न पाएको आयोजकको दावी छ । यसले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण सहयोग मिल्ने उनीहरुको भनाई छ । लगातार ४ घण्टासम्म सञ्चालन भएको कार्यक्रम हेर्न पुगेकी गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडादेखि प्रदेश सभा सदस्य प्रकाश बराल, गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, पोखरा प्रज्ञा–प्रतिष्ठानका कार्यवहाक कुलपति जीवन दाहाल, विश्व हिन्दू परिषद केन्द्रीय महासचिव जीतेन्द्र सिंह समेतकाले धर्म संस्कृतिको संरक्षण्मा कार्यक्रमले योगदान दिएको भन्दै कार्यक्रमको प्रशंसा गरें । कार्यक्रममा अग्रज गायिका सत्यदेवी बराललाई सम्मान समेत गरियो । कार्यक्रम संयोजक किरण दाहालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कृष्ण प्रसाद गौतमले गरेका थिए । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना भएको कार्यक्रमको लागि  गण्डकी प्रज्ञा–प्रतिष्ठान र पोखरा प्रज्ञा–प्रतिष्ठानले सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष गौतमले खुलाए ।