पोखरा: लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन् । बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार पोखरा बसपार्क तत्काल व्यवस्थापनको विकल्प छैन । यसलाई बिस्तारै व्यवस्थापन गर्दै अतिक्रमित बसपार्कको पुरै जमिनमा बसपार्क बनाउनु पर्दछ । बसपार्कको समस्या निकै लामो समयदेखिको समस्या भएको उहाँले बताउनुभयो । यसको व्यवस्थापनमा कयौँ चुनौतीहरू रहेका भए पनि महानगरपालिका यस कार्यका निरन्तर लागिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख धनराज आचार्यका अनुसार पर्यटन राजधानीका रूपमा घोषणा हुने अन्तिम तयारीमा रहेको पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माण गरिनेछ । बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनहरूको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुटाइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो । मुलुक कै दोस्रो ठुलो सहर पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट साना तथा ठुला गरी दैनिक हजारौँ सवारीसाधानहरु देशभरिका लागि छुट्ने गर्दछन् ।
पोखरा: पर्वत तमादीखोलामा एक्कासी आएको बाढीमा परि मृत्यु भएका माधव पौडेल (विजय)लाई उनका सार्थीहरुले सम्झिएका छन् । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत मानविकी संकायका विद्यार्थीहरुले आज (बिहीबार) मृतक पौडेलको सम्झनामा श्रद्धाञ्जली सभासँगै दीप प्रजलन गरेका हुन् । मानवीकी संकायको आयोजनामा बिहीबार भएको श्रद्धाञ्जली सभामा विद्यार्थी अपिल अधिकारीले मृतक पौडेल प्रति भावपूर्ण श्रद्धाञ्जली एवम् परिवारप्रति समवेदना प्रकट गरे । गत असोज १३ गते शनिबार बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी पर्वत तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा पौडेलसँगै तीन जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ता भएका मृतक पौडेलको शव स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युतको ड्याममा फेला परेको थियो । बाढीमा बेपत्ता भएका रुपन्देही घर भएका ३४ वर्षीय गोपाल बस्याल र कास्की घर भएका माधव पौडेलको शव भेटिएपनि बागलुङ घर भएका डम्मरबहादुर थापाको अवस्था अझै अज्ञात रहेको छ ।
पोखरा: पोखरा महानगरपालिका १५ फुलबारीमा बस्दै आएकी रिना पुन ९ दिनदेखि बेपत्ता छिन् । पोखरा फुलबारी बस्दै आएकी रिना असोज ९ गते कसैलाई खवर नगरी बेपत्ता भएपछि परिवारले खोजी गरिदिन अपिल गरेको हो । असोज ९ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले निवेदन दिएको छ ।
पोखरामा: पोखरामा असोज १९ गते तेस्रो मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुने भएको छ । मन्टेश्वरी एसोसिएसन कास्कीले पोखरामा तेस्रो मन्टेश्वरी चाइल्ड शो हुने जानकार दिएको हो । पोखरा सभागृह हलमा आयोजना हुने ट्यालेन्ट शोमा पोखरामा रहेका ३२ मन्टेश्वरीका ४ सय ४० जना बालबालिकाहरुको सहभागिता रहने अध्यक्ष शान्ति बास्तोलाले बताइन् । उनका अनुसार एसोसिएसनमा ४८ मन्टेश्वरी स्कुल आबद्ध छन् । मन्टेश्वरीमा भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । मन्टेश्वरी चाइल्ड केयर गर्ने संस्था मात्रै नभई शिक्षा दिने संस्था पनि भएको सन्देश प्रवाहका लागि ट्यालेन्ट शोको आयोजना गरिएको उनको भनाई थियो । कार्यक्रमकी संयोजक रिता पौडेलले ट्यालेन्ट शोमा ३२ आइटम प्रस्तुत हुने बताइन् । एकैपटकमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राख्ने उनले खुलाइन् । संस्थापक अध्यक्ष अरुणा शेरचनले साना बालबालिकाहरुमा पनि प्रतिभा हुन्छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रम सहसंयोजक बिष्णु घिमिरेले एसोसिएसनको नियमित कार्यक्रम अन्र्तरगतनै कार्यक्रम आयोजना गरिएको बताए । उनले यस कार्यक्रम लाई निरन्तरा दिदै जाने जनाए। ट्यालेन्ट शोमा पुरस्कारको भने व्यवस्था गरिएको छैन । कार्यक्रममा बालबालिकाले गायन, चित्रकला, नृृत्य, अभिनय तथा नयाँ अन्य प्रतिभा समेत प्रस्तुत गर्न पाउनेछन् । ६ वर्ष मुनिका बालबालिकाको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम सफल बनाउनको लागि मुल आयोजक समिति सगै बिभिन्न उपसमिति समेत बनाइएको छ । सन् २००० बाट कास्कीमा मन्टेश्वरी स्कुल संचालन भएता पनि २०७२ सालमा मात्रै मन्टेश्वरी एसोसिएसन कास्की नामक संस्थाको स्थापना भएको आयोजकले जनाएको छ ।
पोखरा: बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन तथा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त आइएसएमटी कलेज पोखराले यस वर्षदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका १५ अन्नपूर्णमार्गस्थित सञ्चालनमा रहेको आइएसएमटी कलेजले हस्पिटालिटीको क्षेत्रमा दक्षा जनशक्तिको माग बढिरहेको अवस्थालाई मध्यजजर गर्दै बिएचएमको कार्यक्रम थपेको हो । सन् २०१८ सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको आइएसएमटी ग्रुप अन्तरगतको आइएसएमटी कलेजले यसअघि बिएससी आइटी र बिबिए अध्यापन गर्दै आएको छ । परिवर्तित समय र पोखरामा हस्पिटालिटीको क्षेत्रमा कामदारको मागलाई मध्यनजर गर्दै दक्ष जनशत्ति उत्पादन गर्ने उद्देश्यले बिएचएम कार्यक्रम थपेको कलेजका एशोसियट अप्रेसन म्यानेजर शिव पौडेलले जानकारी दिए । कलेजका अनुसार आइएसएमटीमा अध्ययन गरेपछि विद्यार्थीहरु होटल, पर्यटन क्षेत्र, एयरलाइन्स लगायतका विभिन्न हस्पिटालिटी र कर्पोरेट क्षेत्रमा काम गर्नसक्ने गरी दक्ष भएर निस्कने छन् । आइएसएमटी ग्रुप अन्तरगत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा आइएसएमटी कलेजहरु सञ्चालनमा रहेका छन् । हालसम्म यस ग्रुपको कलेजबाट सयौंको सँख्यामा बिएससी आइटी र बिबिएमा दक्ष विद्यार्थीहरु उत्तीर्ण भइसकेका छन् ।
पोखरा: असोज ९ गतेदेखि सोह्र श्राद्ध सुरुभएपछि पोखरामा बुवाको श्राद्ध गर्ने निर्णय भयो । यो निर्णय डम्मरबहादुर थापाको एक्लै थिएन । उनले विदेशमा रहेका दाई र भाईसँग सल्लाह गरेर घरबाट निस्किएका थिए । बागलुङको ताराखोला गाउँपालिका ३ हिल इदीका ५० वर्षीय डम्मरबहादुर थापा गत १३ गते बागलुङबाट पोखरा हिडेका थिए तर डम्मरबहादुर बिच बाटैमा अस्ताए । पितृकार्यका लागि पोखरा निस्केका डम्मरबहादुर अब कहिल्यै आफ्नो स्वर्गीय बुवालाई सम्झन पाउनेछैनन् । उनी बेपत्ता भएपछि अहिले थापा परिवार शोकमा डुबेको छ । १५ वर्षे शिक्षण पेशाबाट अवकाश लिएका थापा गाउँमै अलैची खेतीमा गर्दै आएका थिए । उनी गाउँमै बस्दै आएपनि उनको दाजु भने पोखराको औद्योगिक बस्दै आएका छन् । ‘डम्मर गाउँमै अलैची खेती गरेपनि उनको दाजुको औद्योगिक क्षेत्रमा दाजुको घर छ, उनका एक आफन्तले सुनगाभा सहकर्मीसँग भने, ‘यसपटक उनको बुवा नरबहादुर थापाको श्राद्ध गर्न पूर्व योजना अनुसार नै उनी बागलुङको हिल घुस्मेलीबाट बागलुङ बजारसम्मका लागि गाडी चढेका थिए । तर बाटैमा अस्ताए ।’ बागलुङकै काफलठुट्टामा आएर विदेशमा रहेका दाजुलाई सम्पर्क गरेका थापाले साँझपख बागलुङ बजार आएर पुनः दाजुलाई फोनमा भनेका थिए, ‘दाई म पोखरा हिड्न बागलुङ बजारबाट गाडी चढे’, उनको भनाईलाई उद्धत गर्दै ती आफन्तले भने । त्यसपछि (असोज १३ गते शनिबार ) राति एकाएक तमादीखोलामा आएको बाढीले जीप बगाएको खबर आगोसरी फैलिदै गयो । गाडीसहित तीन जना बाढीमा बेपत्ता भएको खबर आएपनि को को बेपत्ता भए भन्ने पुष्टि भएको थिएन । तर उनको दाजुले आशंका गर्दै डम्मरका आफन्त र विदेशमा रहेका दाजु र भाईले डम्मरलाई फोन गरिरहे तर फोन लागेन । अन्तत: शनिबार बागलुङबाट गाडी चढेका थापासहित कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका विजय पौडेल र रुपन्देही घर भएका गोपाल बस्याल बाढीमा परेको सुरक्षाकर्मीको टोलीले पुष्टि गर्याे । अहिलेसम्म तिनै डम्मरको अवस्था अज्ञात छ । गोपाल बस्यालको शवसोही दिन प्रहरीले भेट्टाएको थियो भने पौडेलको शव हिजो मात्र स्याङ्जाको मिर्मिस्थित कालाीगण्डकी ए जलविद्युतको ड्यामममा फेला परेको थियो । असोज १३ गते बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका थिए । पर्वतको कुश्मा नगरपालिका ७/८ स्थित तमादीखोलामा गाडीमा ओट लागेपछि त्यसलाई निकाल्न सवारी चालक निस्किएको समयमा एक्कासी आएको बाढीले गाडी बगाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतले सो घटनाको बारेमा अनुसन्धान गर्न सवारी चालकलाई नियन्त्रणमा लिएको छ । मास्टर थिए डम्मरबहादुर बागलुङको ताराखोला गाउँपालिका ३ हिल इदी घर भएका डम्मरबहादुर थापा, स्वर्गीय नरबहादुर थापाका माहिला छोरा हुन् । १५ वर्षसम्म हिल इदीस्थित हरी माध्यमिक विद्यालयमा नै अध्यापन गराएका थापा ०७४ को स्थानीय निर्वाचनमा बागलुङको ताराखोला गाउँपालिका ३ मा राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षका उम्मेदवारसमेत थिए । तर उनले जित हाँसिल गर्न भने सकेनन् । विद्यालयमा उनीसँगै अध्यापन गराएका शिक्षक गणेश कार्कीका अनुसार थापा शिक्षण पेशाबाट अवकाश लिएपछि सामाजिक क्षेत्रमासमेत आवद्ध थिए । ‘शिक्षक पेशासँगै उहाँ सामाजिक काममासमेत जोडिनुभएका व्यक्तित्व हुनुहुन्थ्यो । शिक्षक पेशाबाट विदा लिए लगत्तै संयोगवश ०७४ मा स्थानीय निर्वाचन भयो । त्यसमा प्रत्यासी समेत हुनुभएको थियो, कार्कीले भने, ‘निर्वाचनमा थोरै मतान्तरले पराजित भएपनि गाउँको विकासका लागि उहाँको योगदान सम्झन लायक छ । आज त्यस्तो राम्रो मान्छे हामीमाझ रहनुभएन । उहाँ अविस्मरणीय रहनुनहुनेछ ।’ उनका अनुसार अहिले थापाले गाउँमै अलैची खेती गर्दै आएका थिए ।
पोखरा: बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले पोखरा महानगरपालिका वडा नं. ३३ मा उन्नत जातको बोका हस्तान्तरण गरेको छ । जेष्ठ नागरिक सीप विकास कार्यक्रम अन्तरगत वडाका उद्यमशील किसान तिलकराज आचार्यलाई उन्नतजातको बोका हस्तान्तरण गरेको हो । बाख्रा पालनबाट जेष्ठ नागरिकरूको आर्थिक जीवनस्तर माथि उठाउनका लागि बाख्रा पालनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति अनुरुप बाख्रा वितरण गरिएको थियो । त्यही कार्यक्रम अन्तरगत आज किसानलाइ उन्नत जातको बोका हस्तान्तरण गरेको चौतारीका सचिव मोती भुजेलले बताए । गत असार महिनामा बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले मन्जु आचार्य, डिलमाया भुजेल, यसोदा आचार्य, ओम बहादुर बानिया, तिलकरामआचार्य, गंगाराम लम्साल, टिकाबहादुर नेपाली, शान्ति भुजेल, गुरुप्रसाद भुवाई, कलिमाया भुजेल, नरहरि आचार्य, उजेली लम्साल लगायत १२ घरपरिवारका जेष्ठ नागरिकहरुलाई दुइ वटाका दरले उन्नत जातका २४ वटा बाख्रा पाठी वितरण गरेको थियो । बिगतका वर्ष देखि १०० प्रतिशत बोयर जातका बाख्रा पालन गरि बिक्रीबितरण गर्दै आइरहेको अन्नपूर्ण फार्मस् फार्म प्रा.लि आर्वा बाट ९५ प्रतिशतको बोयर बोका खरिद गरि किसानलाई दिएको हो । उक्त बोयर बोका बाट उचित प्रतिफल लिन सकिने भन्दै किसान तिलकराज आचार्यले खुशी व्यक्त गरे ।
पोखरा: बेगनास तालमा प्युठानका अनिल श्रेष्ठ मृत भेटिएका छन् । पोखरा महानगरपालिका ३१ अलैची कुना स्थित बेगनास तालमा एक पुरुषको शव तैरिरहेको सूचनापछि पुगेको प्रहरीले प्युठान घर भएका अनिल श्रेष्ठको भएको पुष्टि गरेको हो । श्रेष्ठले बोकेको झोला भित्र नागरिकता अनुसार प्युठान मलरानी गाउँपालिका ४ ठेगाना रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । श्रेष्ठको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्री अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका १७ पार्दीपुलचोकस्थित फेवा सिंचाई नहरको पूरानो पुल भासिदा आवागमन बन्द भएको छ । फेवा सिंचाई नहरको ६०/६५ वर्ष पूरानो पुलचोक पुल आज दिउँसो लोडसहित टिप्परसहित भासिएको थियो । पुलचोकको पुल भासिएपछि सोही स्थानबाट सवारी आगमन बन्द गरिएको पोखरा महानगरपालिका १७ का कर्मचारी प्रजापति बरालबताए । पुल निर्माण गर्न बजेट बिनियोजित भएकाले सडक डिभिजनसँग पुल निर्माण गर्न वडा कार्यालयलले समन्वय अगाडि बढाएको बरालले जानकारी दिए ।

