पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:  पोखरा महानगरपालिका २० भलाममा चितुवा मृत फेला परेको छ  ।  पोखरा २० डाँडागाउँ भलाममा पोथी चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय कास्कीका निमित्त वन अधिकृत राजेन्द्रप्रसाद शर्माले जानकारी दिए ।  भाले र पोथी चितुवा एक आपसमा जुड्दा पोथी चितुवाको मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:   बडा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले ४३ जिल्लामा साल्ट ट्रेडिङ​ कर्पाेरेशनमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।    तीन ठुला चाडपर्वलाई मध्यनजर गर्दै सरकारले असोज २१ गतेदेखि देशको ४३ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।   जहाँ सुपथ मूल्य पसलमा चिनी, चामल, नुन, गेडागुडी लगायत विभिन्न खाद्यान्न समाग्रीहरु सुपथ मूल्यमा विक्री वितरण हुदैं आएको छ । तर सरकारले भनेजस्तो समाग्री भने उपलब्ध गराउन सकेको छैन ।        सरकारले घोषणा गरेको मिति देखिनै गण्डकी प्रदेश अन्तरगत पोखरामा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियत दरमा कारोबार सुरु गर्याे ।    सरकारको घोषणा अनुसार सहुलियत पसल सञ्चालनमा भएको स्थानमा चिनी खरिद गर्न गए ग्राहक रित्तो हात फर्किन बाध्य छन् । कर्पाेरेशनमा चिनीको अभाव छ तर उपझोत्ताको माग भने झन झन बढ्दै गएको छ ।    पोखरा लगायत सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने स्थानमा सबैभन्दा बढी चिनी खरिद गर्ने ग्राहकको संख्या बढी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन गण्डकीका प्रमुख बासुदेव उपाध्यायले बताए ।   ‘सरकारले चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याएको छ, सहुलियत पसलमा सबैभन्दा बढी चिनी खरिद गर्ने ग्राहक बढी छन्’, प्रमुख उपाध्यायले भने, ‘पोखरामा अहिले नुन, चामल र तोरीको तेल बाहेक अरु खाद्यान्न हामीसँग मौजाद छैन्, अरु बिक्री गर्न सकिएको छैन् ।’   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख उपाध्यायले पोखरामा सञ्चालनमा आएको सहुलियत पसलबाट दशै अगाडि चिनी विक्री गर्न नसक्ने बताए ।   ‘सरकारले चिनी प्रतिकेजी ९७ रुपैयाँ कायम गरेको छ, ग्राहकको माग पनि बढी चिनीमा छ, काठमाडौ लगायत केही स्थानमा मौजाद रहेको चिनी बिक्री भएको छ होला’, उनले भने, ‘काठमाडौं लगायत बाहिरी जिल्लाका सुपथ मूल्य पसलमा सरकारले चिनी खरिद गरेर नपठाउँदा दशै अगाडि चिनी विक्री गर्न गाह्रो छ ।’   उनले सहुलियत पसलबाट चिनी विक्री गर्न नसक्दा ग्राहकको संख्या न्यून रहेको बताए । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड गण्डकी प्रदेशले आयोनुन प्रतिकेजी ६ केजी र तोरीको तेल र चामल भने ग्राहकले माग बमोजिम खरिद गर्न सक्ने कार्यालयको दाबी छ ।   तर पसल सञ्चालन आएको चार दिन नबित्दै तोरीको तेलको मौजाद सकिएपछि तेल खरिदका लागि गएका ग्राहक रित्तो हात फर्किन बाध्य छन् । तर तोरीको तेल कम्पनीमा माग गरिएकाले भोलि बिहानसम्म पोखरा आइपुग्ने कार्यालयले जनाएको छ ।    कार्यालयले अहिले नुन १८ रुपैयाँ, तोरीको तेल, ३ सय ५० र प्रिमियम जिरा मसिनो चामल प्रतिबोरा २ हजार १ सय ६५ रुपैयाँमा विक्री गरिरहेको छ ।    चार दिनमै सकियो मौज्दात तेल   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले अहिले सहुलियत पसलबाट नुन, प्रिमियम जिरा मसिनो चामल  र तोरीको तेल मात्र विक्री गरिरहेको छ ।      साल्ट ट्रेडिङले सहुलियत पसलबाट तीन दिनमा १ हजार ८ सय १६ केजी नुन, ४३ बोरा चामल र २ सय लिटर तोरीको तेल विक्री गरेको छ । पसल सञ्चालनमा आएको चारदिनमै मौजाद रहेको तेल सकिएपछि तेलको माग   गरिसकेकाले बिहीबार बिहानसम्म पोखरा आइपुग्ने कार्यालयले दाबी गरेको छ । सहुलियत पसल मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।  

पोखरा:  विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।   पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ । घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा निकालिनेछ भने दिउँसोदेखि ज्ञानमहायज्ञ सुरु हुनेछ । विन्ध्यवासिनीदेखि सुरु हुने शोभायात्राले सहरका विभिन्न भाग परिक्रमा गर्नेछ । शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिंगारिएका नवकन्यासहितको रथ, झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलशसहित मातृशक्ति, विभिन्न आमा समूहहरु, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैंक वित्तीय तथा सहकारी, शैक्षिक संघसंस्था, भजन समूह, उद्योग वाणिज्य तथा वस्तुगत संघलगायत सर्वसाधारणको उपस्थिति हुनेछ ।   महोत्सवका लागि समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको सूचना समन्वय उपसमिति संयोजक दीपेन्द्र श्रेष्ठले बताए । विगतदेखि शक्तिस्थलका रुपमा पुँजिदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान छ । खासमा विन्ध्यवासिनी यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्राशासनिक, सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिने समितिका सचिव तीर्थ श्रेष्ठ बताउँछन् ।   यहाँ विन्ध्यवासिनी गुरुकुल विद्याश्रम पनि सञ्चालित छ । २०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निशुल्क आवासीयरुपमा अध्यापन कार्य सञ्चालित छ । अशक्त र ज्येष्ठ नागरिकको लागि लिफ्ट सुविधा समेत छ । विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत चलाएको समितिको एम्बुलेन्स सेवा पनि सञ्चालित छ ।   

पोखरा:   नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले महामहिम राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चिरस्थायी मित्रताको लागि महत्वपूर्ण पक्षका रूपमा लिएको बताउनुभयो ।  “हाम्रा राष्ट्रहरू वर्षौँ देखि मित्रता र सहयोगको बन्धनमा एकाकार हुँदै आएका छन्, जुन पारस्परिक सम्मान र भलाइका लागि सँगै काम गर्ने प्रतिबद्धतामा आधारित छ, उहाँले भन्नुभयो, पोखरा लगायत समग्र नेपालको विकास यात्रामा जापान एक दृढ साझेदारका रूपमा रहँदै आएको छ ।” जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै प्रमुख आचार्यले त्यस बखत पोखराको फोहरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने सहकार्य गरिएको बताउनुभयो । जापानले जाइका मार्फत सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजना लगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनाहरूमा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्दै आएको प्रमुख आचार्यले बताउनुभयो ।  “जापानको कोमागाने सहरसँग सन् २००१ देखि नै पोखराको भगिनी सम्बन्ध छ, यस सम्बन्धले दुई सहरलाई मात्र नभई दुई देशहरू बिचमा स्थायी रूप मै सांस्कृतिक आदानप्रदान, सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ बनाइरहेको छ, उहाँले भन्नुभयो, जापानले निरन्तर रूपमा पोखराको सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिमा आफ्नो प्रतिबद्धता व्यवहारिक रूप मै देखाएको छ, यस प्रति पोखरा महानगरपालिका सदैव कृतज्ञ छ ।” पोखरालाई निकट भविष्यमा पर्यटनको राजधानी सहरका रूपमा घोषणा गर्ने तयारी गरिएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा र जापानका विभिन्न सहरहरू बिच नियमित अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण तयार गर्न राजदूत किकुता मार्फत जापान सरकारलाई आग्रह गर्नुभयो ।  जाइका मार्फत जापान सरकारको सहयोगमा सञ्चालित परियोजनाहरू समयमा सम्पन्न गर्न र पोखराको आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार निर्माणका क्षेत्रहरूमा लगानी बढाउन समेत उहाँले आग्रह गर्नुभयो । पोखरा खानेपानी सुधार आयोजना अन्तरगत पोखरा–१५ कोलपाटनमा निर्माणाधीन ओभर हेड वाटर ट्याङ्क (खानेपानी ट्याङ्की) को समस्या समाधानका लागि समेत उहाँले आवश्यक पहल गरिदिन राजदूत किकुतालाई अनुरोध गर्नुभयो । हालसम्म निर्माणमा १४ करोड रुपैयाँ खर्च भएको ट्याङ्कीलाई काटेर पुनः प्रयोगमा ल्याउन करोडौँ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।  जवाफमा राजदूत किकुताले पानी ट्याङ्कीको समस्या पोखरा महानगरपालिकाको मात्र नभई राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको बताउनुभयो । यो साझा समस्याको समाधानका लागि सबै सरोकारवालाहरू बिच छलफल तथा समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो । जापान सरकारको कार्यान्वयन इकाइका रूपमा जाइका मार्फत सञ्चालित परियोजनाहरूको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने राजदूत किकुताले विश्वास दिलाउनुभयो । पोखरालाई जापानका सहरहरूसँग हवाई सेवाले जोड्ने विषयमा जापान सरकारसँग आवश्यक समन्वय गर्ने उहाँले बताउनुभयो । पोखराको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा साझेदारी गर्न जापान सरकार सदैव सकारात्मक रहेको सन्देश राजदूत किकुताले सुनाउनुभयो । राजदूत किकुता जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पतालका लागि स्वास्थ्य उपकरणहरू लिएर पोखरा आउनुभएको हो । बुधवार जापान सरकारको तर्फबाट बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताललाई राजदूत किकुताले स्वास्थ्य उपकरणहरू उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम छ । राजदूत किकुतासँगै दूतावासकी आर्थिक सहयोग सम्बन्धी प्रथम सचिव इशिदा मियुकी पनि पोखरा आउनु भएको छ ।   

पोखरा:  इजरायलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पोखरा १ सिमपानीमा श्रदाञ्जली सभासँगै दीप प्रज्वलन गरिएको छ ।   पोखरामा त्रियाशिल स्थानीय त्रिशक्ति समाज सेवा क्लबले मृतक आत्माको चीर शान्तिको कामनासहित उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।    ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका नेपाली १० विद्यार्थीको मृत्यु भएको थियो ।     मृत्यु हुनेहरुमा कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया– ३ का आशीष चौधरी, दार्चुला लेकमा– ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन– ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, धनुषा सपाही– ६ का आनन्द साह, सुनसरी मधुवन– १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली– ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् ।    १७ जनाको समूहमा रहेका उनीहरु मध्ये १ बेपत्ता, ४ घाइते छन् भन् २ जना सकुसल रहेका छन् ।    मृत आत्मा शान्तिको कामनासहित उनीहरुको सम्झनामा दीप बालेको क्लबका सहसचिव प्रविण सुवेदीले बताए ।   ‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल रहेका १० जना नेपालीको निधनले देश शोकमा डुबेको छ । उहाँहरुको सम्मान र सम्झनामा हामीले दीप प्रज्वलन गरेका हौं, उनले भने, ‘मृतक आत्माप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।    सो कार्यक्रममा क्लबका कार्यसमिति र साधारण सदस्यहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

पोखरा:  कास्की क्रिकेट क्लबले पोखरा पोखरामहानगरस्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा मंगलबार भएको फाइनल खेलमा साँग्रिला क्रिकेट क्लबलाई ५७ रनले पराजित गर्दै कास्की क्लबले उपाधि चुमेको हो ।  टस जितेर व्याटिङ गरेको कास्कीले पुरा २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कास्कीका लागि रिजन प्रजुले ३५ तथा आयुष सैंजुले ३४ रन जोडे । साँग्रिलाका बलर आदर्श झाले ३ तथा विपिन खत्री र सिब्रिन श्रेष्ठले समान १ विकेट लिए । जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको साँग्रिलाले १७ औं ओभरमा सम्पूर्ण विकेट गुमाएर ८४ रन मात्रै जोड्न सक्यो । साँग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक २८ तथा सिब्रिन श्रेष्ठले १२ रन बनाए । कास्की क्रिकेटका नितेश गिरीले ४ विकेट लिए । प्रतियोगिताभर १ सय ४० रन जोड्दै ५ विकेट समेत लिएका साँग्रिलाका सिब्रिन श्रेष्ठ म्यान अफ द सिरिज भए । त्यस्तै प्रतियोगिताभर कूल १० विकेट लिंदै कास्की क्रिकेटका नितेश गिरी उत्कृष्ट बलर तथा कूल १३३ रन बनाएका साँग्रिलाका अरुण अधिकारी उत्कृष्ट ब्याट्स्यान घोषित भए ।

पोखरा:   नेपाल खानेपानी संस्थान पोखराले अमरसिंह चोकदेखि औद्योगिक क्षेत्रतर्फ पुरानो पाइप निकाल्ने क्रममा  विद्युतको फिडरमा असर पु¥याउँदा पोखराको करिव दुईहजार घरधुरीमा विद्युत अवरुद्ध भएको छ । पोखरा महानगरपालिका १० अमरसिंह चोक गेट नजिक नेपाल खानेपानी संस्थानले पुरानो खानेपानीको पाइप निकाल्ने क्रममा हिजो (सोमबार) रामबजार फिडरको भुमिगत केवल (फिडर)मा क्षति पु¥याउँदा २४ घण्टादेखि सो फिडरबाट सञ्चालन हुने विद्युत अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण पोखरा मालेपाटन वितरण केन्द्रका प्रमुख राजिव सिंङले खानेपानी संस्थानले पुरानो पाइप निकाल्ने क्रममा असावधानीपूर्वक सडक खन्दा फिडरमा क्षति हुँदा विद्युत अवरुद्ध भएको बताए । ‘पोखराको विभिन्न स्थानमा पाइप बिछ्याउने काम भइरहेको छ, तर खानेपानी संस्थानले फिडर नजिक आएर विद्युतसँग समन्वय नगरी काम गर्दा फिडरमा क्षति हुन गयो’, सिङले भने, ‘विद्युत सञ्चालनका लागि काम भइरहेको छ केही समयमा विजुली आउँछ ।’ सोही स्थानमा खानेपानीमा काम गरिरहेका एक कर्मचारीले सावधानी अपनाउदा पनि फिडरमा जेसिबीले छुँदा असर परेको स्वीकार गरे । ‘यो फिडर वरिपरि पहिले पनि काम गरेको हो, नयाँ पाइप बिछ्याउने क्रममा मार्किङ गरेर नै काम गरेको हो, त्यति बेला कुनै असर भएन’, उनले भने, ‘पूरानो पाइप निकाल्ने क्रममा पनि सावधानी अपनाएको हो, तर मार्किङ गरे भन्दा यता मात्र फिडर रहेछ जेसिबीले छोइहाल्यो ।’ रामबजार फिडर पड्किएपछि गलेश्वर फिडरबाट विद्युत सञ्चालन गर्ने पोखरा वितरण केन्द्रको प्रयास भएपनि सफल नभएको एक स्थानीयले बताए । ‘रामबजार फिडर पड्किएपछि गलेश्वर फिडरबाट विद्युत सञ्चालन गर्ने तयारी वितरण केन्द्र गरेको थियो’, उनले भने, ‘गलेश्वर फिडरबाट रामबजार फिडरबाट बिजुली सञ्चालन गर्ने प्रयास सफल भएन, तारमा आगो लागेपछि त्यो प्रयास असफल भएको हो ।’ नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाले अहिले रामबजार फिडर र गलेश्वर फिडर मर्मत कार्य भइरहेकाले केही समयमा बिजुली आउने बताएको छ । रामबजार फिडर अवरुद्ध हुँदा रामबजार, अमरसिंङचोक, बुद्धचोक, औद्योगिक क्षेत्र लगायतका क्षेत्रमा हिजोदेखि विद्युत अवरुद्ध हुँदा व्यवसायीहरुले लाखौंको नोक्सान भएको गुनासो गरेका छन् ।

पाेखरा:  घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ।   सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन्।     ‘घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरू गरेको छ,’ उनले भनिन्, ‘यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ।’   कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन्।    ‘सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ,’ उनले भनिन्, ‘एकपटकका लागि एक हजार र पटक–पटक शौच गराएको पाइएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने सकिने व्यवस्था नियमावलीमा छ।’   महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ।   खुला ठाउँमा कुकुरलाई दिसा–पिसाब गराउँदा वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने शाखा प्रमुख बरालले उल्लेख गरिन्। उनले घरमा पालिरहेको कुकुरलाई सडकमा लगेर बेवारिसे अवस्थामा छोडेमासमेत कारबाही हुने पनि बताइन्।