इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा त्रिशक्ति समाजको दीप प्रज्वलन

पाेखरा | असोज २४, २०८०

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा त्रिशक्ति समाजको दीप प्रज्वलन

पोखरा:  इजरायलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पोखरा १ सिमपानीमा श्रदाञ्जली सभासँगै दीप प्रज्वलन गरिएको छ ।

 

पोखरामा त्रियाशिल स्थानीय त्रिशक्ति समाज सेवा क्लबले मृतक आत्माको चीर शान्तिको कामनासहित उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो । 

 

‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका नेपाली १० विद्यार्थीको मृत्यु भएको थियो ।  

 

मृत्यु हुनेहरुमा कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया– ३ का आशीष चौधरी, दार्चुला लेकमा– ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन– ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, धनुषा सपाही– ६ का आनन्द साह, सुनसरी मधुवन– १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली– ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् । 

 

१७ जनाको समूहमा रहेका उनीहरु मध्ये १ बेपत्ता, ४ घाइते छन् भन् २ जना सकुसल रहेका छन् । 

 

मृत आत्मा शान्तिको कामनासहित उनीहरुको सम्झनामा दीप बालेको क्लबका सहसचिव प्रविण सुवेदीले बताए ।

 

‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल रहेका १० जना नेपालीको निधनले देश शोकमा डुबेको छ । उहाँहरुको सम्मान र सम्झनामा हामीले दीप प्रज्वलन गरेका हौं, उनले भने, ‘मृतक आत्माप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । 

 

सो कार्यक्रममा क्लबका कार्यसमिति र साधारण सदस्यहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्