पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखराः के तपाइले सातु खानुभएको/पिउनुभएको छ ? वा, सातु भनेको थाहा छ ? यस्तो प्रश्न जो कोहीलाई सोधेपनि उत्तर ‘छ’ भन्ने आउँछ ।   नआओस् पनि कसरी नेपालको कुनैपनि भूगोलमा बस्ने वा कुनैपनि उमेर समूहकाले सातुको उपभोग पक्कै गरेका छन् ।    सामान्यतयः आफ्नै परिवेशमा फलाइएको वा उपलब्ध भएको अन्नको सम्मीश्रणबाट सातु बनाइन्छ ।   ठ्याक्कै भन्नुपर्दा भूगोल अनुसार मकै–भटमास, गहुँ, जौ, उवालाई भुटेर जाँतोमा पिसेपछि त्यसको पिठोलाई पानीमा सर्वतजस्तो बनाएर पिउने पुरानो चलन हो । त्यस्तै, कतै लामो पैदलयात्रा गर्दा ‘सातु, सामल कस्ने’ चलनै छ ।    सातु केवल पेट भर्ने वा भोक टार्ने बहानामात्र होइन, यो पोषिलो र अडिलो पनि हुन्छ । अझ भनौं, सातु ‘गुनिलो’ छ । यही पोषिलो, अडिलो र गुनिलो सातुको खाजा घरमा आमाले खुवाएको सम्झनाले पोखराका २५ वर्षे ठिटोलाई बेचैन बनायो । विदेशमा व्यवस्थापन अध्ययन गरेका उनै ठिटो पृथ्वीकल्याण पराजुली अहिले होमटाउन पोखराबाट सातुलाई ब्राण्डिङ् गर्न दिनरात कस्सिएका छन् ।    पराजुलीसँगको सातु–संवादमा उनले सुरुमै सुनाए ‘सातुको महिमा अपरम्पार छ ।’ विद्यालयबाट घर फर्केपछि घरमा खाइने खाजा सातुले कहिलेकाही बेलुका भातै खान नपर्ने उनको अनुभव छ । त्यसमाथि विदेशमा रैथाने खानालाई दिइएको प्राथमिकता र बजारीकरणबाट उनी परिचित नै थिए ।   विदेशमा रैथाने खाना प्रवद्र्धन गरेको देखेर चकित भइरहेका पराजुली पोखरा फर्किएपछि जंकफुडले साम्राज्य जमाइरहेको देखेर पिरोलिए । उनको चिन्ता थियो, अब गाउँ, टोल, समाज रोगी बन्दैछ ।   देशमै केही गर्ने हुटहुटी बोकेका पराजुली ‘के गर्ने !’ भन्ने सोंच बनाइरहेकाबेला विश्वलाई कोरोनाले गाँज्यो । एकाएक उनीपनि घरको चारघेरामा थन्किए । कोरोना कहरसँग जुझ्न पोसिलो खानाको आवश्यकताबारे प्रचार हुन थाल्यो । रोगसँग लड्नसक्ने बलियो खाना त्यही सातु थियो । र, त्यहीबेला उनको दिमागमा बस्यो ब्राण्ड ‘पोषिलो’, उत्पादन ‘सातु ।’   उनको योजनाले आजभन्दा डेढ वर्षअघि जरा हाल्यो । उक्त जरामा उनको १ करोड रुपैयाँ बढी लगानी भएको छ । यही जरामार्फत उनी उद्यममा जोडिए । ‘सातुले मलाई देशभरका किसान, बजार र उपभोक्तासँग जोडेको छ’   पराजुली भन्छन् ‘अझ मलाई यहाँको जीवनशैली र स्वस्थ समाजसँग जोडेको छ ।’ उनका अनुसार देशका विभिन्न क्षेत्रबाट सातुका सामग्री ल्याइन्छ । ‘मैले नटेकेको देशको भूगोल सातुकै कारण टेकेको छु, आवश्यक अन्नको गूणस्तर छनौट गर्न र मूल्य निर्धारण गर्न सम्भव भएसम्म म आफै पुग्ने गरेको छु’ पराजुलीले सुनाए ।   बजारमा उत्पादन बेच्ने र नाफा आर्जन गर्ने व्यापारिक पाटो भएपनि उत्पादनको गुणस्तर र सुनिश्चितता उपलब्ध गराउने आफ्नो ‘प्रोफेस्नलिज्म’बारे उनी स्पष्ट पार्छन् । अघिल्लो आर्थिक वर्षको मध्यदेखि उनले बजारमा सातु पठाए । सोही आर्थिक वर्ष सातुले गण्डकीको सिमाना नाघेर पूर्वका प्रमुख सहरमा प्रवेश ग¥यो ।      यथेष्ठ बजार अध्ययन गरी तयार पारिएको मौलिक र रैथाने सातु जसै बजारमा आयो, प्रायःले मन पराए । यसअघि बजारमा उपलब्ध सातु केवल प्लाष्टिकमा पोका पारिएर बेच्ने गरिएको हुन्थो । तर पोषिलो ब्राण्डले पोषणवीद्को राय अनुसार सातुमा आवश्यक सम्पूर्ण पदार्थ समेटेको थियो । जसको समयावधि नै १ वर्ष राखिएको छ । ‘हामीसँग सातुमा प्रयोग हुने अन्नको ग्रेडिङ् हेर्ने, गुणस्तर र मात्रा हेर्ने, प्याकेजिङ र स्टोरेज हेर्ने छुट्टै टिम छ’ पराजुलीले भने   ‘बजारमा पाइने विदेशका म्युस्ली, सिरियलजस्तै सातुले पनि स्टान्डर्ड मेन्टेन गरेको छ ।’   उनका अनुसार हाल बजारमा ‘मल्टीग्रेन’, प्रोटिन प्लस’ र ‘नट्टी डिलाइट’ गरी ३ प्रकार उपलब्ध छ । जसमध्ये मल्टीग्रेन जुनसुकै उमेर समूहलाई उपभोग गर्न मिल्ने बनाइएको छ भने प्रोटीन प्लस स्पोर्ट र फिटनेशमा लाग्ने समूहप्रति लक्षित छ । त्यस्तै, बालबालिकालाई नट्टी डिलाइट उपयुक्त हुन्छ ।   सातुको नामसँगै दाम पनि फरक छ । मल्टिग्रेनको ३ सय, प्र्रोटिनप्लसका ४ सय ८० र नट्टी डिलाइटको ४ सय ४० रुपैयाँ रहेको छ । जसको तौल ८ सय ग्राम रहेको पराजुलीले बताए । त्यस्तै २ किलोको मूल्य उल्लेखित रकमको दुगुना रहेको छ ।   सातु हाल नेपालका चलनचल्तीमा रहेका डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएपनि भाटभटेनीमा भने नपाइने उनले जनाए । ‘भाटभटेनीमा राख्ने प्रयास भइरहेको छ, सम्भवतः त्यहाँपनि छिट्टै उपलब्ध हुनेछ । पोखराको पूर्वमा राम्रै बजार लिएको सातु अब पश्चिममा बिस्तार गर्ने उनले बताए ।   अब बिहान होस् वा बेलुका सातु उपभोग गर्ने चलन बढ्दै गएको बताउँदै उनले यसलाई नेपालको पपुलर ब्राण्ड बनाइछाड्ने उल्लेख गरे । साथै, सातुको ब्राण्ड एम्बेसडरमा नेपालका नामुद फिटनेश कोच सुकदेव कार्की रहेका छन् ।   उनै कार्कीको प्रेरणास्वरुप स्पोर्टसका विभिन्न विधामा रहेका खेलाडीहरुको डाइटमा सातु पनि समेटिएको छ ।  ‘बिरामी होस् वा खेलाडी, बच्चा होस् वा वृद्ध, सातु सबैकालागि हो’ पराजुली भन्छन् ‘न सातुमा कुनै केमिकल हुन्छ नत यसको कुनैै साइड इफेक्ट ।’ 

पोखरा:   पोखरा फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुकमाया दुराको शव ८ दिनपछि परिवारले बुझेको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी सुकमाया दुराको गत असोज ८ गते उपचारको क्रममा मृत्यु भएको थियो । मृतककी छोरी तिला दुराकी अनुसार अहिले अन्तेष्टिका लागि गृह जिल्ला लगिएको छ । ‘आज बुझेर घर लैजादैं छौ,’ तिलाले सुनगाभा न्यूजँग भनिन् । दुरा परिवार र मणिपालका चिकित्सकबीच केहीदिनअघि ६ बुँदें सहमति भएपछि अस्पताल तोडफोडमा संलग्न ७ जना युवालाई कास्की प्रहरीले पक्राउ गरेपछि शव उठेको थिएन ।  सुनगाभा न्यूजलाई प्राप्त विशेष सूचनामा शव उठाउन दुरा परिवारलाई कास्की प्रशासनको दबाव आएको बताइएको थियो । सो विषयमा दुरा परिवारका एक सदस्यसँग प्रश्न गर्दा अन्त्येष्टिको केही दिनमा बोल्ने भन्दै थप कुराकानी गर्न चाहेनन् ।  उनका अनुसार दुरालाई असोज ७ गते उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । तर उपचारको क्रममा असोज ८ गते दिउँसो १ बजे मृत्यु भएको अस्पताल प्रशासनले घोषणा गरेको थियो ।  त्यसपछि चिकित्सक पक्ष र मृतक परिवार पक्ष आन्दोलनमा उत्रेको थियो । अहिले दुरा परिवार र चिकित्सक पक्षबीच ६ बुँदें सहमति भएपछि सबै आन्दोलन स्थगित गरिएको छ ।   यो पनि पढ्नुहोस   मणिपाल काण्ड: तोडफोड गर्ने समूहलाई खोज्दै कास्की प्रहरी   तर कास्की प्रहरीले अस्पतालमा तोडफोड गरेको भन्दै हालसम्म विनय गुरुङसहित ९ जनालाई नियन्त्रणमा लिएर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्ष ऐन, २०६६ अन्तरगत मुद्धा दर्ता गरि अनुसन्धान गरिरहेको बताइएको छ ।   अन्य फरार रहेका करिब २० जनाको समूहलाई खोजी गरिरहेको कास्की प्रहरीले जनाएको छ ।   यो पनि पढ्नुहोस   छोरी तिलाको प्रश्न–इन्टर्न डाक्टरले सिपिआर दिन मिल्छ ?        

पोखरा:    मर्दी हिमाल ट्रेक व्यवसाय तथा व्यवस्थापन समितीका संस्थापक अध्यक्ष स्व. सुदीप गौतमको स्मृतिमा प्रथम वार्षिकीमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्व.गौतमको परिवारको आयोजना तथा नेपाली कांग्रेस माछापुच्छ्रे गाँउपालिका वडा नं ९ को संयोजनमा भएको कार्यत्रममा माछापुच्छ्रे गाँउपालिका ९ नं वडामा रहेको सरस्वती आधारभुत विद्यायमा अध्यनरत एक सय ३० जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको सोही वडाका वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए। स्व गौतम नेपाली काँग्रेस कास्कीको जिल्ला सदस्य समेत थिए । शैक्षिक सामग्री वितरण कार्यक्रमका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले स्व.सुदिप गौतमले शिक्षा,स्वास्थ्य,पर्यटन तथा राजनीति क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै गौतमले देखेका अधुरा सपना पूरा गर्नका निम्ती पार्टी सदा लागिरहने प्रतिवद्धता जनाए ।  गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले गौतम सामाजिक रुपमा अत्यन्त क्रियाशील व्यक्ति भएको र उहाँको निधनले परिवारले मात्रै नभई सिंगो गाँउपालिकाले भावी अभिभावक गुमाएको बताए ।  गाँउपालिकाले गौतमको जिवनी स्थानीय पाठ्यत्रममा राखेको,शालिक बनाउन आवश्यक बजेट विनियोजन गरेको तथा मर्दी हिमाल पदमार्गमा विद्युतीकरणको कार्य समेत प्रारम्भ भएको अध्यक्ष गुरुङले जानकारी दिए ।  गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, नेपाली काँग्रेस जिल्ला सभापति किशोरदत्त बराल तथा काँग्रेस माछापुच्छ्रेका सभापति विरेन्द्र गुरुङले स्व.गौतमले एक होनावार कर्मशिल युवा परिवार,नेपाली कांग्रेसले मात्रै नभई सिंगो कास्की जिल्लाको समेत एक नक्षेत्र भएकाले त्यस्तो गुमाउदाको पिडाँ कहिल्यै भुल्न नसकिने बताए ।    स्व गौतमका श्रीमति कविता अर्यालले पतीको सपना साकार पार्ने आफ्नो एक मात्र योजना रहेको बताए ।गौतमका भाई प्रदिप गौतमले आफनो दाईको अधुरा सपनालाई पूरा गराउन आफु लागि रहेको र आगामी दिनमा दाईको सम्झनामा एक प्रतिष्ठान स्थापना गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने बताए ।  कार्यक्रममा आधारभुत विद्यालय तथा मर्दी हिमाल ट्रेक व्यवसाय तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले गौतम मर्दी हिमाल पदमार्गमा संस्थापक अध्यक्ष र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहदा गरेका कार्यहरुको प्रशंसा गर्दै अधुरा रहेका कार्यहरुको पुर्ण गराउन आफुले सहयोग गर्ने बताए ।  गौतमको गत वर्ष मर्दी हिमाल ट्रेक अन्तर्गत पर्ने क्युँ(हाइक्याम्प) मा भीरबाट लडेर निधन भएको थियो । मर्दी हिमालको पर्यटन प्रर्वद्दन,सिधिङ सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका साथै विभिन्न विद्यालयमा आर्थिक तथा भौतिक सहयोग विकासमा गौतमले ठूलो योगदान गरेका छन् । 

पोखरा:   पोखरा महानगरपालिका १७ फुर्सेखोलामा क्षितिज बस्याल मृत फेला परेका छन् ।  पोखरा महानगर १७ बिरौटा हनुमान टोल बस्ने १४ बर्षीय बस्यालको शव फुर्सेखोलामा हिजो (शनिबार) फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  खोलामा शव अड्किएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीले खवर गरेका थिए । बस्यालको शव अहिले पोष्टमार्टमका लागि गण्डकी अस्पतालमा लगिएको कास्की प्रहरीले जनाएको छ ।  फुर्सेखोलामा मृत भेटिएको शव बस्यालको भएको मृतकका ठुली ममीले पहिचान गरेको प्रहरीले जनाएको छ । मृतक बस्यालको आमाबुबा विदेशमा भएको र बिरौटामा ठुली ममीसँग बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरामा भईरहेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा ११ वटा कलेज छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड आज हुनेछ । फाईनल राउण्ड ११ बजेदेखि शुरु हुने जनाइएको छ । प्रतियोगिताको फाइनल राउण्डमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, ईन्फोमेटिक्स कलेज, ग्लोवल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगती बोर्डिङ स्कुल ‘बी’ र कालिका मावि छनौट भएको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ भाईले जानकारी दिए । शुक्रबार भएको सेमीफाइनल राउण्डबाट भद्रकाली मावि, कुमुदिनी होम्स, कान्तिपुर कलेज, प्रतिभा मावि ए र बी, प्रगती बोर्डिङ स्कुल ए, न्यू ग्यालेक्सी, डायमण्ड मावि, पश्चिमाञ्चल मावि प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।   यसअघि शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद थापाले राज्यले कला र संगीतको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याए । संगीत जीवनको लागि अति उपयोगी कुरा हो,उनले भने,‘तर राज्यले लगानी नगर्दा यो क्षेत्र पछाडि प¥यो ।’ कला र संगीतमा शक्ति हुने भन्दै यसलाई विद्यालय स्तरबाटै विकास गर्न सके अन्र्तराष्ट्रिय क्षेत्रमासमेत आफ्नो उपस्थिति देखाउन सकिने उनको भनाई थियो । उनले राज्य र शिक्षा क्षेत्र सम्बद्ध संघसंस्थाहरुले गर्नुपर्ने कार्यक्रम पोखरेली कलाकार संघले गरेर संगीतप्रति विद्यालय, विद्यार्थी, अभिभावक र राज्यको ध्यानाकृष्ट गर्न सफल भएकोसमेत बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सूर्य खड्का बिखर्चीले संगीत विश्वको भाषा भएकाले यसको महत्व र प्रभाव सबैभन्दा बढी हुने बताए । त्यसैले कला र संगीतको उन्नयन र विकासमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई थियो । राज्यले कान खोलेर सूनोस्,उनले भने,‘संगीत शिक्षाका लागि अपरिहार्य छ । त्यसैले राज्यले लगानी बढाओस् ।’ पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङले बताए । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने । संघका उपाध्यक्ष टोपबहादुर खत्रीले पोखरा व्याण्डहरुको राजधानी भएकाले त्यहि पुरानो विरासत फर्काउन प्रतियोगिता गरिएको बताए । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने विश्वास व्यक्त गरे । सचिव भाष्करध्वज श्रेष्ठले कार्यक्रमले एकातिर विद्यालयमा भएका प्रतिभालाई उजागार गर्ने र अर्कोतिर सांगितिक माहोल सृजना गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ । ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा भोलि डि–मर्चा व्याण्ड, लेकाली व्याण्ड र शान्तराज बज्राचार्यको देउराली व्याण्डको विशेष प्रस्तुती रहने जनाइएको छ । प्रतियोगितामा सहभागि हुने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिरहेको छ । कार्यक्रम हुने अवधीभर कार्यक्रम स्थलमा स्टल राखेर दर्शकले काटेको टिकटको आधारमा सिम वितरण भइरहेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।

पोखरा:    युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृ शोक परेको छ । तनहुँको घिरिङ गाँउपालिका ३ हटिया घर भइ हाल चितवन निवासी आनन्द प्रसाद श्रेष्ठको ८१ वर्षको उमेरमा चितवनको भरतपुर स्ेिथत बर्मेली टोल स्थित आफ्नै घरमा निधन भएको हो । बिगत केही वर्षदेखी दमको रोगबाट ग्रसित श्रेष्ठको बिहीबार निधन भएको हो । स्वर्गीय श्रेष्ठको दुई श्रीमति चार छोरा, चार छोरी, दश नाति र छ नातिनि रहेका छन । स्वर्गीय श्रेष्ठको चितवन स्थित देवघाटमा  दाहसंस्सकार गरिएको परिवारले जनाएको छ ।  स्वर्गीय श्रेष्ठ सामाजिक काममा सक्रिय रहेका थिए । श्रेष्ठले घिरिङ ३ मा रहेको चन्द्रज्योति माविलाई जग्गादान समेत गरेका थिएभने विद्यालयमा विद्यालय व्यवस्थापन समितिमा रही विद्यालय भभवन निर्माणमा समेत योगदान गर्दै घिरिङको बिकास निर्माणमा सक्रिय रहेका थिए । स्वर्गीय श्रेष्ठ को आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी युनाइटेड क्लब परिवारले समवेदना प्रकट गरेको छ । त्यसैगरी नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष सूूर्य बहादुर बानियाले वडा कमिटिका सचिव राजु श्रेष्ठको बुुवाको निधन प्रति शोक बक्तब्य जारी गरेका छन ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले सम्साँझै न्यूरोडबाट ६ जना युवालाई पक्राउ गर्दै मणिपाल काण्ड फेरि खोतलेको छ ।   लम्जुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते मृत्यु भएपछि तक्राव सुरु भएको थियो ।    त्यसपपछि मृतक परिवारले सुकमायाको मृत्यु पछाडीको कारण खोज्दै आन्दोलनमा उत्रेको थियो भने चिकित्सक पक्ष पनि आफुहरुमाथि आक्रमण भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताउदै अनिश्चितकालिन आन्दोलनमा थिए ।    यो पनि पढ्नुहोस   छोरी तिलाको प्रश्न–इन्टर्न डाक्टरले सिपिआर दिन मिल्छ ? तर जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक पक्षलाई राखेर बिहीबार ६ बुँदें सहमति गर्दै प्रकरणलाई शान्त बनाइसकेको थियो । फेरी आज बेलुकी करिब ८ बजे न्यूरोडदेखि मृतक पक्षका ६ जना युवालाई प्रक्राउ गर्दै मणिपाल काण्डलाई ब्युताएको हो ।    सुनगाभा न्यूजलाई प्राप्त विशेष स्रोतका अनुसार पक्राउ पर्नेमा अविनाश गुरुङ, प्रदिप गुरुङ, विवेक गुरुङ, अरुण गुरुङ, उञ्जल थापा र अर्का एक युवा रहेका छन् ।   यसअघि मृतकका आफन्त मालेपाटनका विनय गुरुङलाई मणिपालको चिकित्सकमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।    विनय गुरुङ विरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार मुद्धालाई यथाशिघ्र कानूनी उपचारको सहजीकरण गर्ने सहमति भएको थियो ।   तर फेरि युवाहरुलाई पक्राउ गरेसँगै मणिपाल घटना सेलाउन नपाउने देखिएको छ । उक्त विषयमा बुझ्नका लागि कास्कीका प्रहरी उपरीक्षक मोहन थापा र प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकलाई बारम्बार फोन सम्पर्क गर्दासमेत उठ्न सकेन ।    यस्ता छन् सहमति:   मृतक सुकमाया दुराको सम्झनामा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लामा १० वर्षसम्म विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जाति, दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की र स्थानीय वडा कार्यालयले गरिब तथा विपन्न परिवारका रुपमा सिफारिस गरेका विरामीलाई सहुलियन र निःशुल्क उपचार उपलब्ध गराउने उल्लेख गरिएको छ ।  यस्तै सहमति पत्रमा मृतक दुराको मृत्यु सम्बन्धी अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र दुवै पक्षका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ ।    विनय गुरुङविरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार मुद्धालाई यथाशिघ्र कानूनी उपचारको सहजीकरण गर्ने बताइएको छ ।   यो पनि पढ्नुहोस   मणिपाल काण्ड: ६ बुँदे सहमतिपछि शव उठाउने तयारी  

पोखरा:  मणिपाल अस्पताल प्रकरण तीनदिनपछि ६ बुँदे सहमतिसहित मिलेको छ । गत असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा लमजुङ सुन्दरबजारकी सुकमाया दुराको मृत्यु भएपछि चिकित्सक र मृतक परिवारबीच विवाद सिर्जना भएको थियो  ।  दुराको मृत्युलाई लिएर चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार आन्दोलित थिए । सोही क्रममा डाक्टरमाथि हातपात भएपछि विवादले उग्र रुप लिएको थियो । त्यसैकारण चिकित्सक समूह अनिश्चितकालिन आन्दोलनमा उत्रेका थिए । चिकित्सक पक्ष र मृतक पक्षलाई सँगै राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा  वार्ता भएपनि निष्कर्ष विहिन बनेको थियो । उनीहरुले आ–आफ्नो मागमा अडा राखेपछि टुंगो लाग्न सकेको थिएन । तर बिहीबारको वार्ताबाट टुंगो लागेको छ ।  सहमतिपछि मृतक दुराको शव उठाउने तयारी गरिएको पारिवारिक निकट स्रोतले बताएको छ ।  यस्तो छ, ६ बुँदे सहमति ६ बुँदे सहमतिमा मृतक सुकमाया दुराको सम्झनामा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लामा १० वर्षसम्म विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जाति, दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की र स्थानीय वडा कार्यालयले गरिब तथा विपन्न परिवारका रुपमा सिफारिस गरेका विरामीलाई सहुलियन र निःशुल्क उपचार उपलब्ध गराउने उल्लेख गरिएको छ ।  यस्तै सहमति पत्रमा मृतक दुराको मृत्यु सम्बन्धी अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र दुवै पक्षका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ ।  यस्तै विनय गुरुङ अन्तर्गत दर्ता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार भएका घटनामा यथाशीघ्र कानुनी उपचारको सहजीकरण गर्ने उल्लेख गरिएको छ ।