पाेखरा: मणिपाल अस्पतालमा उपचारका क्रममा असोज ८ गते ५७ वर्षीया सुकमाया दुराको मृत्युपछि भएको तोडफोडमा संलग्न मानिएका १० जना आरोपीलाई कास्की प्रहरीले अझै फेला पार्न सकेको छैन । लमजुङ सुन्दरबजार निवासी दुराको उपचारकाक्रममा निधन भएपछि उनका आफन्तजन आक्रोशित भई विरोधमा उत्रिएका थिए । आफन्तलाई साथ दिँदै अस्पताल तोडफोड गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले १९ जनालाई दोषी करार गरेको थियो । उक्त १९ जनामध्ये ९ जनालाई पक्राउ गरी कास्की प्रहरीले मुद्धा चलाएको थियो । जसमध्ये सातजना धरौटीमा छुटिसकेका छन् भने २ जना पुर्पक्षमा रहेका छन् । जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्रवणकुमार विकले १० अझै फरार रहेको बताए । फरारको सूचीमा पोखरा ८ का गौरव बराल, पोखरा २ का गिरे हिपहप भनिने गिरबहादुर पुन, पोखरा १५ का प्रेमलाल पुन, पोखरा ६ का सागर परियार, पोखरा १७ का पशुपति भट्टराई, पोखरा ९ का हम्पे भनिने नवीन लामा, पोखरा ३ का सुजन अधिकारी, पोखरा १० का चुमन गुरुङ, पोखरा ११ का पागल अर्थात आशिष भनिने कार्लोस गुरुङ र पोखरा २३ का उत्तम भण्डारी रहेका छन् । अस्पताल तोडफोडपछि पीडितका आफन्त र चिकित्सक पक्षबीच अस्पताल प्रशासनको रोहबरमा ६ बुँदे सहमति भएको थियो । त्यसका बाबजुद कास्की प्रहरीले असोज ८ गते असोज १२ तथा अन्य मितिमा गरेर ९ जनालाई पक्राउ गरेको थियो । मणिपाल प्रकरणमा १९ जना दोषी देखिएपछि कास्की प्रहरीले जिल्ला अदालतबाट १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसैबीच, मणिपालको सोही प्रकरणमा चिकित्सक कुटिएको घटनामा जिल्ला अदालत कास्कीले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन परेको छ । उच्च सरकारी वकिलको कार्यालयले चिकित्सक कुटपिट गर्ने ७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएको हो । जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि पठाउने पर्याप्त आधार हुँदाहुँदै धरौटीमा छाडिएको भन्दै मंसिर ७ गते उच्च अदालत पोखरामा निवेदन परेको हो । उक्त निवेदन उपर आदेश गर्दै शुक्रबार उच्चका न्यायाधीश धनसिंह महराको इजलासले जिल्ला अदालतसँग कैफियत माग गर्ने आदेश गरेको उच्चका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विश्व अर्यालले जानकारी दिए ।
पोखरा: कर्मचारी मिलन केन्द्र कास्कीको तेस्रो अधिवेशन एवम् पाँचौं साधारणसभाले केन्द्रको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । पोखरा महानगरपालिका वडा नं ११ कार्कीडाँडामा आयोजित अधिवेशनले जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । जिल्लास्थित सरकारी, सार्वजनिक संस्थान लगायत क्षेत्र समेटेर निर्मित समितिको उपाध्यक्षमा नवराज गौतम, सचिवमा सन्तोष ढुुङ्गाना, सह सचिवमा सागर भण्डारी, कोषाध्यक्षमा मञ्जु अधिकारी र सह कोषाध्यक्षमा डा.प्रकाश अधिकारी रहनुुभएको छ । समितिका सदस्यहरूमा मुकुन्दराज पौडेल, बद्री आचार्य, प्रदिपकुमार श्रेष्ठ, निर्मला फुलारा, वासुदेव पौडेल र सन्तोष थापा रहनुुभएको छ । स्थानीय तह एवम् सुरक्षा निकायबाट एक एक जना पछि कार्यसमितिले चयन गर्ने जनाइएको छ । अधिवेशनका लागि जिल्ला समन्वय अधिकारी नवराज बरालको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र मिलन केन्द्रका अध्यक्ष केदार बराल सदस्य रहनुुभएको निर्वाचन समिति गठन गरिएको थियो । समितिले आवश्यक छलफल सहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यस अघि अधिवेशनको उद्घाटन समारोहमा कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले केन्द्रलाई जिल्लास्थित कार्यालयका कर्मचारीको सुख, दुःखको साथी बनाउन सक्नुपर्ने बताउनुुभयो । केन्द्रलाई सिर्जनात्मक बनाउनका लागि सबैको सकृयता आवश्यक हुने उहाँले बताउनुुभयो । गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव विनोदबहादुर कुँवरले सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा कृयाशिल कर्मचारीलाई आफ्नो नियमित सेवा प्रवाहका अतिरिक्त सामाजिक काममा सिर्जनात्मक काममा लाग्न प्रेरणा दिने संस्था कर्मचारी मिलन केन्द्र भएको बताउनुुभयो । केन्द्रका अध्यक्ष केदार बरालको अध्यक्षता एवम् उपाध्यक्ष महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभयो भने कोषाध्यक्ष सन्तोष ढुुङ्गानाले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा सेवा निवृत्त बन्नुुभएका केन्द्रका कार्यसमिति सचिव कृष्णप्रसाद पौडेल र सदस्य अनिल शाहीलाई सम्मानपत्र एवम् मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लोकनाथ आचार्य, सेवा निवृत्त सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही लगायतले बोल्नुुभएको थियो ।
पोखरा: पोखराको सहारा क्लबले देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्य केही रकम भूकम्प प्रभावितहरुको लागि सहयोग गर्ने भएको छ । गत कार्तिक २६ देखि ३० गतेसम्म क्लबले संचालन गरेको उक्त कार्यक्रमबाट संकलित रकम मध्य ५५ हजार ५ सय ५५ रुपैया जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको लागि नेपाल सरकारको राहात कोषमा उक्त रकम जम्मा गर्ने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । क्लबले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत भूकम्पबाट प्रभावित भएकाहरुको लागि क्लवले सानो रकम सहयोग गरेको क्लवका अध्यक्ष केशवराज बरालले बताए । नेपालमा हुने यस्ता ठुला विपदसंग सामना गर्न सबैको साथ र सहयोग आवश्यक भएको उनको भनाई छ । क्लबले आयोजना गरेको ५ दिने देउसी भैलो कार्यक्रमबाट ९ लाख ४८ हजार ६ सय ७५ रुपैया संकलन भएको क्लबले जनाएको छ । बचत भएको उक्त रकम सहारा फुटवल एकेडेमीको लागि खर्चिने भएको महासचिव अधिकारीले बताए । एकेडेमीमा हाल १२ जना बालकहरु रहनु भएको छ । क्लबले ३० जनाको एकेडेमीको व्यबस्थापन गरेको छ भने बाँकी केहीको लागि भर्ना लिने प्रकृयामा रहेको छ ।
पोखरा: कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वल्र्ड टेनिस टुर जे–३० पोखरा हुने भएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् । महिलातर्फ जापानबाट १, थाइल्याण्डबाट १ जना, अमेरिकाबाट १ जना, भारतबाट ३० जना, नर्वेवाट १ जना, काजकिस्तानबाट १ जना र नेपालबाट ७ जना खेलाडीले भाग लिने प्रतियोगितामा भाग लिने सो अवसरमा जानकारी दिइयो । प्रतियोगितामा विजेता खेलाडीले ३० अंक, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ट अफ सिक्टिनमा पुग्नेले आइटीएफको २ अंक पाउने टेक्निकल डाइरेक्टर अजय विष्टले बताए । आयोजक कास्कीले यसअघि आइटीएफका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै पोखराको खेल पर्यटन विकासमा महत्पूर्ण योगदान पु¥याएको संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले बताए । खेलाडी, प्रशिक्षक तथा अभिभावक सहित झण्डै ३ सय जना पाहुना २ साताका लागि पोखरा बस्ने गुरुङ्गले जनाए । एउटै प्रतियोगिता सम्पन्न गर्न झण्डै २० लाख खर्च लाग्ने गरेको संघ कास्कीका अध्यक्ष अनुजकुमार बाँस्तोलाको भनाई थियो । यसपटकको प्रतियोगिता सम्पन्न गर्न पनि झण्डै २५ लाख खर्चको अनुमान रहेको उनले बताए । नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, पोखरा महानगर लगायत विभिन्न सहयोगीहरुबाट सहयोगको अपेक्षा राखिएको बाँस्तोलाले पत्रकार सम्मेलनमा बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्र्दै सञ्चार क्षेत्रबाट सहयोग रहने बताए ।
पोखरा: पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेद तथा छुवाछूतको कसुरमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बुधबार उक्त फैसला गरेको हो । पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ । आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि दलित महिला सदस्य नेपालीले कानुनी उपचार खोजेकी थिइन् । वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा २०७९ पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन् । अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम अदालतले सजाय तोकेको अधिवक्ता कुञ्जनी परियारले बताइन् । उक्त ऐनमा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ । कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्छ । अदालतले ३ महिना कैद र ५० हजार जरिवाना तोके पनि अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले थप ५० प्रतिशत सजाय भएको हो । पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् भने बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन् ।
पोखरा: युनाइटेड क्लबको आयोजनामा हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । आगामी पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ बीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले युनाइटेड क्लब आफैमा प्रतिष्ठित क्लब रहेको र युनाइटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको उजागर गर्ने गरी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गर्दै आएकोमा १२ औं संस्करणको पोखरा महोत्सवमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाइटेडले चालेको हरेक कदममा आफुहरुको साथ र सहयोग रहने गुरुङको भनाइ रहेको थियो । त्यस्तै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक काम संगै महोत्सवमा आयोजना गरिने विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको माध्यामबाट विद्यार्थीहरुलाई लोक संस्कृतिको बारेमा समेत जानकारी गराउने कार्य गर्दै आइरहदा गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवदेखीनै गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्दै आइरहदा १२ औं संस्करणबाट महोत्सवमा आयोजना गरिने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी सहित गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । सम्झौता अनुसार १२ औं पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्ने, पोखरा महोत्सवमा सामुहिक लोक नृत्यलाई हरेक वर्ष सञ्चालन गर्ने, प्रतियोगितामा निर्णायकको निर्णय गर्दा दुवै पक्षको सहमतिमा गर्ने र सम्झौता २०८५ चैत्र मसान्त सम्म हुने उल्लेख छ ।
पोखरा: पोखराको नागढुङ्गा स्थित एक होटलमा महिला मृत फेला परेकी छिन् । नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा विगत २ वर्षदेखि काम गर्दै आएकी ३८ वर्षीय सुुकु विक युनिक होटलमा अचेत अवस्थामा गएराति फेला परेकी थिइन् । युनिक होटलमा अचेत अवस्थामा फेला परेकी सुुकुलाई तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए । उनका अनुसार घटना संकास्पद भएकाले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको छ । ‘हामीले हरेक कोणबाट अनुसन्धान थालेका छौ, होटलमा सिसिटिभी पनि जडान नरहेछ, सुनगाभा न्यूजसँग एसपी थापाले भने, ‘घटना संकास्पद भएकाले, ति महिलाले काम गर्ने रेष्टुरेण्टको सञ्चालक मृत भेटिएको होटलको सञ्चालक लगायत ५ जनालाई नियन्त्रणमा लिएका छौं ।’ कास्की प्रहरीका अनुसार तनहुँको भिमाद नगरपालिका घर भई विगत २ वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् । मृत सुकुले नै बुक गरेका थिए युवकको नाममा कोठा मृत सुकुले नै होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको एसपी थापाले बतााए । उनले होटलसञ्चालकको बयानलाई उदृत गर्दै भने, ‘ति महिला नै केटाको नाम, नम्बर नै टिपाको कुरा होटलवालाको भनाई छ । भित्र जुस र रेडबुल खाको अवस्था छ, एसपी थापाले भने, ‘संकास्पद नै छ । त्यसैले अनुसन्धान भइरहेको छ । अझ पोष्टमार्टम रिपोर्टपछि पुष्टि हुन्छ ।’ उनले युवकसँग होटलमा गएको बारे अझै पुष्टि नभएको बताए । ‘अनुसन्धान भइराछ । युवक को थियो उसको संलग्नता थियो थिएन भन्नेबारे खोजी हुदैछ । यदी युवक नभएको भए होटलवालाको काम हो, उनले भने, ‘सिसिटिभी पनि छैन । परिचयपत्र पनि राखिएको छैन । होटलले सुरक्षाको विधी अपनाएको देखिएन । त्यसैले हामीले सबै कोणबाट अनुसन्धान गर्दैछौं ।’ मृतक सुकुको शव पोष्टमार्टका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा त्रिशक्ति समाज सेवा क्लबले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शुभ दिपावलीको अवसरमा क्लबले आयोजना गरेको दोस्रो संस्करणको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका १ का वडाध्यक्ष शाहारा प्रधानले गरे । कार्यक्रमको उद्घाटन पछि बोल्दै वडाध्यक्ष प्रधानले क्लबले सामाजिक क्रियाकलापसँगै वडाको विकासमा सहयोग पुर्याएको बताए । उनले सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्ने सुझाव दिदै क्लबको सकरात्मक कार्यमा सधै साथ र सहयोग गर्ने धारणा राखे । यस्तै विभिन्न समुदायको कला संस्कृति जगेर्ना उद्देश्यले हरेक वर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा तमु, मगर, तामाङ, थकाली लगायत समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा क्रिस्टल क्लजले नृत्यहरु र द इन्फ्लेम ब्याण्डले लाइभ कन्सर्ट प्रस्तुत गरेको थियो । कार्यक्रमकाबीच आर्थिक सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको थियो ।
पोखरा: पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पट्नेरी स्थित खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनका श्रीमती ४६ वर्षीय सावित्री सुनार रहेको कास्की प्रहरीले जनाएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ४ बजेको समयमा सुनार दम्पती घाइतेको भएको सूचनापछि उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा ५ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

