पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतीको मृत्यु

पाेखरा | मंसिर ४, २०८०

पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतीको मृत्यु सांकेतिक तस्वीर

पोखरा:  पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु भएको छ । 


पोखरा महानगरपालिका–२९ पट्नेरी स्थित खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार  र उनका श्रीमती ४६ वर्षीय सावित्री सुनार रहेको कास्की प्रहरीले जनाएको छ । 


करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ४ बजेको समयमा सुनार दम्पती घाइतेको भएको सूचनापछि उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा ५ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।  


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्