पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:   पोखरा महानगरपालिका–२९ पट्नेरीमा आवाज संस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले सेवा लिएका छन् ।  समानताको लागि आवाज भन्ने मूलक नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा इएनटी अस्पतालको समन्वयमा पोखरा २९ पट्नेरीमा नाक,कान र घाँटीको निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।  पोखरा इएनटी अस्पतालका नाक कान घाँटी विशेषज्ञ डा.राजेन्द्र नेपाली, मेडिकल अफिसर डा. एलिसा सुर्खेती, आवाज संस्था सचिव फार्मसिस्ट अनिल वि.क. र सदस्य ल्याव टेक्नीसियन दिपक के.सि ले निशुल्क स्वास्थ्य शिविरमा स्थानीयहरुको नाक, कान र घाँटीको परिक्षण र औषधी वितरण गरेका थिए ।  स्वास्थ्य शिविरलमो जनजागृती युवा क्लब र नमुना टोल विकास संस्थाले सहकार्य गरेका थिए । 

पोखरामा सम्पन्न फिसटेल रेसिङ कप २०२३ को उपाधि अजय तामाङले जितेका छन् । आइतबार पोखरा रंशगशालामा सम्पन्न ३८ जना वाइकर्सहरुलाई उछिन्दै अजयले उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद १ लाखसहित ट्रफि र प्रमाणपत्र हात पारेका छ्न् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनको आयोजना तथा भिआर ४६ को समन्वयमा तिन दिन सम्म भव्य रुपमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापा मगर दोश्रो भए । उनले नगद रु ७५ हजार हात पार्दा  मोहमद फरहान तेश्रो हुँदै नगद रु २५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ ५ जना वाइकर्स सहभागि थिए । महिलातर्फको एक मात्र उपाधि वर्षा बस्नेतले जितिन् । उनले नगद रु २० हजारका साथमा ट्रफी प्राप्त गरिन् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनले पहिलो पटक उक्त प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा बाइकर्सहरुले स्टन्ट गर्नुका साथै म्युजिकल शो समेत प्रदर्शनीको रुपमा आयोजना गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, राखेपका सदस्य राजेश गुरुङलगायतले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । पोखरा रंगशाला भित्रको पिच सडकलाई फिसटेल रेसिङ ट्रयाकको रुपमा घोषणा गरि निरन्तर रुपमा प्रतियोगिताहरु आयोजना गर्ने नेपाल रेसिङ स्पोर्टस एशोसियसनका अध्यक्ष माइकल थापाले जनाएका छन् । उनले भने–“यो सुरुवात मात्रै हो । हामी पोखरा सहित अन्य प्रदेशमा समेत यस्तै प्रतियोगिताहरु आयोजना गर्ने गरि अगाडी बढ्दैछौं ।     

पाेखरा:  पोखरास्थित यातायात व्यवस्था कार्यालय कास्कीले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।   ‘इम्बोस्ड नम्बर  प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो ।   उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे ।   “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भने, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।”   कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ ।   “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ ।   प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए । 

पोखराः  पोखरा महानगरपालिका-१० मा अवस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।  साधारणसभाकै अवसरमा संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । पोखरा-१२ मा संस्थाले आफ्नो भव्य कार्यालय भवन निर्माण गरेको हो । प्रतिनिधिसभाका सदस्य मनबहादुर गुरुङले भवनको उद्घाटन गर्नुभयो । त्यसैगरी सहकारीले आफ्नो शौचालयलाई सर्वसाधारणका लागि निःशुल्क खुला गरेको छ । पोखरा महानगरपालिकाको योजना अनुसार सार्वजनिक शौचालय शुभारम्भ गरिएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद गुरुङले सहकारी क्षेत्रलाई व्यवस्थित अघि बढाउन सञ्चालक समिति र शेयर सदस्यहरुको ठूलो भूमिका हुने बताउनुभयो ।  विकेन्द्रीकृत पूँजीलाई केन्द्रीकृत गरी स्वावलम्वन बन्दै सहकारी क्षेत्रलाई अघि बढाउँदै सरकारको तीन खम्बे नीति अनुसार सहकारी अघि बढ्नुपर्ने र निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभाका सांसद शिव नेपालीले सहकारी संस्थाहरुले जनताको बचत सुरक्षित गर्नुपर्ने र कुनै समस्या नआउने गरी सहकारी सञ्चालन गर्नुपर्ने बताउनुभयो । श्रीवृद्धि सहकारी संस्थाका अध्यक्ष मीनबहादुर गुरुङले संस्थाको गुणस्तरीयतालाई उचाईमा पुग्नका लागि पूँजी र कारोबार वृद्धिका प्रयासलाई तीव्रताका साथ अघि बढाइएको बताउनुभयो ।  शेयर पूँजी वृद्धि, निक्षेप संकलनका लागि प्रभावकारी खाता सञ्चालन, ऋण असुली प्रक्रिया थप प्रभावकारी, संस्थाका शेयर सदस्य तथा कर्मचारीको ज्ञान, सीप, अनुभव र क्षमता वृद्धिका कार्यक्रम सञ्चालनको योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।  अध्यक्ष गुरुङले भन्नुभयो,“सम्पूर्ण शेयर सदस्यहरुलाई पनि आफ्नो सहकारीको अपनत्व महसुस हुेन गरी सहकारीका क्रियाकलाप अघि बढाएका छौँ । पछिल्लो समय केही सहकारीले आफ्नो कारोबार बिगारेका कारण सहकारीप्रति जनविश्वास कम हुँदै गइरहेको अवस्थामा पनि हामी हाम्रो संस्थालाई अवतरण गराउन सफल भएका छौँ । ” ढिकालेथर महिला बचत सहकारीका अध्यक्ष सिर्जना आचार्य सिग्देलले कुनै एक सहकारीका संचालकले गरेको बदमासीले गर्दा समग्र सहकारी र राम्रो काम गर्नेहरुलाई समेत असर परेको बताउनुभयो ।  बचतकर्ता तथा ऋणिहरुले बजार हल्लाको पछि नलागि कारोबार गरेमा सहकारीमा समस्या नआउने आचार्यले उल्लेख गर्नुभयो । कार्यक्रममा कार्यक्रममा  सहकारी संस्थाका संस्थापक अध्यक्ष प्राडा कृष्ण केसी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा वुद्धिबहादुर थापा, रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष चाँदनी हमाल, सुनौलो भविष्य महिला सहकारी संस्थाका संस्थापक सल्लाहकार अनिता तिमिलिल्सना लगायतले श्रीवृद्धि सहकारीले आफ्नै कार्यालय भवन निर्माण गरेकामा कारोबार सञ्चालनमा सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो । साधारणसभामा स्वागत संस्थाका उपाध्यक्ष कृष्णप्रसाद गौतम(धैर्य), सञ्चालन कार्यबाहक सचिव तथा कोषाध्यक्ष रुद्रनाथ अधिकारी र सहकारीका सात सिद्धान्त बाचन सञ्चालक समिति सदस्य डा विनिता कोइराला शर्माले गर्नुभएको सहकारीका कार्यालय प्रमुख दुर्गाप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।   

पोखरा:   पोखरा आउँदै गरेको हाइसमा विशाल दिसवा थारु लागूऔषधसहित पोखरा महानगर-३० पावरहाउसमा प्रकाउ परेका छन् ।  वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पावर हाउस चोकमा हिजो(शनिबार)सवारी चेकिङ गर्ने क्रममा पर्साको ठोरी गाउँपालिका–३ घर भएका २० वर्षीय विशाललाई १ सय ७७ पिस नाईट्रोभ्याट लागूऔषधसहित प्रकाउ गरेको हो ।  प्रकाउ परेका विशालाई लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:    पोखराको लेकसाइडमा रेष्टुरेन्ट बार एशोसिएशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना गर्दै आएको २५ औं पोखरा सडक महोत्सव आगामी पुस १२ देखि १६ गतेसम्म सञ्चालन गर्ने भएको छ ।    रेवानले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ हरेक वर्ष आयोजना गर्दै सडक महोत्सवलाई यस वर्ष रजत महोत्सवको आयोजना गर्ने तयारी थालिएको रेबानका प्रथम उपाध्यक्ष तथा महोत्सवका संयोजक विश्वराज पौडेलले बताए ।    उनका अनुसार २५ औं संस्करणको पोखरा सडक महोत्सव आगामी पुष १२ देखि १६ गतेसम्म सञ्चालन हुनेछ  ।     ‘लेकसाइडलाई आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्गेजी नयाँ वर्षको गन्तव्य स्थलको रुप प्रवद्र्धन गर्न पुस १२ देखि १६ गतेसम्म २५ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गर्दै छौं’, संयोजक पौडेलले भने, ‘पोखराको लेकसाइड क्षेत्रमा करिव ३ किलोमिटर क्षेत्रमा महोत्सव गर्दै छौं ।’   उनका अनुसार पोखरा सडक महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, ठट अफ वार, भलिबल प्रतियोगिता, मःम ससेज खाने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।    यस्तै महोत्सवको अवसरमा सचेतना मुलक सडक नाटक, पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला प्रदर्शन, चित्रकला, मुर्तिकला तथा कृषि , वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था, पोखराको पर्यटन विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो लगायतका कार्यक्रम आयोजना गरेको उनले बताए ।      रेष्टुरेन्ट बार एशोसिएशन (रेवान) पोखराले लेकसाइडको मात्र नभएर समग्र पोखराका पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यले २५ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गरेको बताइएको छ । 

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको तेश्रो वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् ।   अघिल्लो वर्ष एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो । सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो वार्षिकोत्सवको अवसरमा अघिल्लो वर्ष पहिलो किस्ता स्वरुप १ लाख एक रुपैयाँ नै प्रदान गरेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको दोश्रो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,उनले भने,‘अघिल्लो वर्ष पहिलो किस्ता बुझाएका थियौं । यो दोश्रो किस्ता हो भने बाँकी आगामी तीन वर्ष निरन्तर प्रदान गर्छौं ।’ उनले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै वार्षिकोत्सवको सन्दर्भ पारेर शनिबार रक्तदान कार्यक्रम गर्दा १८८ युनिट रगत संकलन भएकोपनि जानकारी दिए ।   कार्यक्रममा बोल्दै एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेको बताईन् । ‘सोहि उद्देश्य अनुसार नै हामीले एभरेस्ट कक्ष निर्माण गरेका हौं’–उनले भनिन् ।   यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।​यसैबीच, एफएमले तेश्रो वार्षिकोत्सवको अवसरमा आश्रममा आश्रित बुबाहरुलाई विहानको खानापनि खुवाएको छ । आश्रममै पकाएर आश्रित १०७ जना बुबाहरुलाई खाना खुवाएको र त्यसमा लागेको खर्च एफएमले ब्यहोरेको सम्पादक श्रेष्ठले जानकारी दिए ।   एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’ शशी   यसैबीच, एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’बाट समाचार वाचक शशी पौडेल पुरस्कृत भएका छन् । एफएमले वर्षभरी काम गरेको आधारमा छनौट गर्ने स्टाफ अफ दी ईयरबाट पौडेल पुरस्कृत भएका हुन् । एफएमको तेश्रो वार्षिकोत्सवको अवसरमा पुरस्कृत पौडेललाई नगद १५ हजार ६ सय ७५ रुपैयाँसहित दोषल्ला, माला र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु हरि शर्मा गैह्रे, कृष्णप्रसाद न्यौपाने, विमलमान गुभाजु, भोलाकुमार श्रेष्ठलगायतले सम्मान गरेका थिए ।

पोखरा:   कास्की प्रहरीले ताला काट्दै गरेको अवस्थामा एक नाबालिगलाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा रुपा गाउँपालिका ६ का १८ वर्षीय नाबालिग रहेका छन् ।   प्रहरीका अनुसार ती नाबालिगले न्यूरोडमा रहेको आरके स्याङ्जा  ज्वलर्स तथा सुनचाँदी पसलको सटर काट्दै गरेको अवस्थामा वडा प्रहरी बैदामको टोलीले पक्राउ गरेको हो ।   उनको साथबाट २ थान हेक्सा र १ थान काटिएको ताला बरामद ​गरेको छ ।   पक्राउ परेका उनीमाथि अहिले चोरी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सम्पन्न भएको छ । जसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले हात पारेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.९२० किमीको दुरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे ।   विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसैगरि सोही बिधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल भए । किलिङले सोही दुरी १० मिनट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा पार गरेभने प्रचितले १० मिनट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गरे । यससँगै किलिङले नगद रु ३० हजार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद रु २० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे ।   त्यस्तै महिला तर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी सेर्पाले दोस्रो र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गर्न सफल भए । उनीहरुले १० किमी ५०० मिटरको दुरी क्रमशः ९ मिनट ५३ सेकेण्ड ४८ मिलिसेकेण्ड, ११ मिनट २५ सेकेण्ड ३१ मिलिसेकेण्ड र १५ मिनट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पार गरे । योसँगै उनीहरुले क्रमशः नगद रु ३५ हजार, २५ हजार र १५ हजार सहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर प्राप्त गरे ।   अर्को विधा १८ वर्षसम्मका पुरुष जुनियर तर्फ नेपालका बिपुल थापा प्रथम हुन सफल भए । उनलाई पछ्याउदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । त्यस्तै ३० देखि ३९ वर्ष समुहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो हुन सफल रहे । तीनै जना नेपालका खेलाडीले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।   त्यसैगरि अर्को विधा ४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान बनाउन सफल भए । उनीहरु सबै नेपाली हुन् । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । त्यस्तै ५० वर्षभन्दा माथीका समूहका लागि भेट्रान विधा तर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । नेपालका उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।   नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन सफल भएभने विश्वास मोदी दोस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा तीन दिनसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता सम्पन्न भएको हो । विगत ४ वर्षदेखि आर्वामा तयारी गर्दै आएको थियो । उक्त स्थानमा प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।   प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए । उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको थियो ।