पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:  रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको छ । यूनाइटेड क्लवको आयोजनामा आगामी पुषको २६ देखी माघको ८ गते सम्म आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको हो । लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि यूनाइटेड क्लबले महोत्सवको अवसर पारी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागेको महोत्सवका सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । संयोजक तिमिल्सिनाका अनुसार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुनेलाई नगद २५ हजार र शान्तवना स्थान हासिल गर्नेलाई नगद १५ हजार प्रदान गरिने छ । लोकनृत्य प्रतियोगिताका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानको विशेष सहयोग रहने छ । बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, महोत्सवको अफिसियल मिडियामा एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज, आदर्श समाज राष्ट्रिय दैनिक र कोरलाखवर डटकम रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पाेखरा:  यातायात व्यवस्था विभागले पुस १५ गतेदेखि ३ दिनमै सवारी इजाजतपत्र उपलब्ध गराउने भएको छ । तर यो सेवा भने सबै नागरिककालागि होइन ।    विभागले हालै जारी गरेको सूचना अनुसार विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) दिइनेछ ।   विशेष अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक तथा शान्तिसेना मिसनमा विदेश जाने नेपाली सेना र नेपाल प्रहरीलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र दिने विभागले जनाएको हो ।   सूचना अनुसार लाइसेन्स शीघ्र प्रिन्टका लागि पुस १५ गते आइतबारदेखि अनलाइन पोर्टलमार्फत आवेदन दिन आग्रह गरेको छ । ‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ,’ विभागले भनेको छ ।   विभागले प्रदान गर्ने उक्त सेवा मीनभवन, काठमाण्डौंबाटमात्रै उपलब्ध हुनेछ । यद्यपि, यसका सेवाग्राही भने देशभर छन् ।   यातायात व्यवस्था कार्यालय, गण्डकीबाट उल्लेखित सेवा सुरु हुन किन सम्भव भएन ? भन्ने प्रश्नमा कार्यालय प्रमुख जीतेन्द्र केसी भन्छन् ‘हाललाई मीनभवनबाटमात्रै हो, पोखरा वा अन्य स्थानबाट तत्काल सम्भव छैन ।’   कार्यालयमा प्रविधिको उपलब्धता नभएकाकारण तीन दिनमै सेवा दिन नसकिने उनको भनाई छ । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयले सफ्टवेयर र प्रिन्टर उपलब्ध गराइदिए हाताहाती लाइसेन्स दिन कुनै समस्या छैन’ प्रमुख केसीले भने ‘मेरो पहुँच पुग्ने व्यक्ति र निकायलाई आफुले बाराम्बार भनिरहेको छु, तर काम भएको छैन ।’   अध्ययन र मिसनमा जानेलाई उपलब्ध गराउन केही लाइसेन्सका कार्ड विभागले रिजर्बमा राखेको र सोही अनुसार उपलब्ध गराउँदै आएको उनको भनाई छ । मुलतः छपाईकै समस्याले हाल सेवाग्राही मर्कामा परेको स्वीकार्दै   उनले सरकारले पुस मसान्तभित्र प्रिन्टर खरिदको टेन्डर प्रक्रिया सक्ने र माघदेखि छपाई हुने जनाए ।    हाल चिट बोकेर सवारी चलाइरहेका चालकलाई छिट्टै लाइसेन्स दिने तयारी भइरहेको बताइए पनि २ वर्षयता सम्भव नहुने अनुमान छ । तर प्रमुख केसी भने सेवाग्राहीलाई आशावादी हुन आग्रह गर्दै भन्छन् ‘२ वर्ष लाग्दैन, वर्ष दिनभित्र कसो लाइसेन्स हात नलाग्ला, आशावादी बनौं, सरकार काम गर्दैछ ।’

पोखरा:    पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।  पोखराको लेकसाइडमा  रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराद्वारा आयोजित महोत्सवको उद्घाटनपछि बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरेली पर्यटनको प्रमुख आधारका रूपमा रहेको प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण बताए ।  “जहाँसम्म प्याराग्लाइडिङको जुन समस्या छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, प्रमुख आचार्यले भने, ‘पछिल्लो समय स्थानीय सरकार, नागरिक उड्यन प्राधिकरण वा प्रशासनको कारणले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुगेको होइन, यसमा व्यवसायीहरू बिचको टकराबले विभिन्न अड्चनहरू देखिएका छन् ।” व्यवसायीहरू बिचको इगो (प्रतिसोध)का कारण प्याराग्लाइडिङलाई प्यारालाइसिस (क्षयपूर्ण) गराउन नहुने उनले चेतावनी दिए । “पर्यटन क्षेत्रको एउटा महत्त्वपूर्ण प्रडक्टका रूपमा रहको प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन हुँदैन, यसमा सम्बन्धित क्षेत्रमा रहेका साथीहरूले आफू भित्र रहेको इगोलाई हटाइदिनुहोला, र एउटा उपयुक्त सोलुसन (समाधान) लिएर आउनुहोला, प्रमुख आचार्यले भने, होइन भने सिडिओ साव यही हुनुहुन्छ, म यही छु, हामीले आदेश गर्नुपर्ने हुन्छ, त्यति बेला त्यो अलिकता नमिठो हुनसक्छ ।”   उनले सडक महोत्सव पोखराको पहिचान बनेको बताए । “लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने महोत्सव पोखराको पहिचान बनेको छ, सबै सिजनका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश दिन यो महोत्सव सफल भएको छ, प्रमुख आचार्यले भने, अन्तर्राष्ट्रिय सहरको रूपमा स्थापित पोखराको प्रवद्र्धनका खातिर सडक महोत्सव एक महत्वपूर्ण अवसर बन्ने गरेको छ ।”    पछिल्लो समय पोखरामा पर्यटन गतिविधिहरूमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरदान साबित भएको बताए । विगतका वर्षहरूको तुलनामा हवाई सेवा मार्फत पोखरा र यस आसपासको क्षेत्रमा आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको उनले बताए ।  विमानस्थलले क्षमताभन्दा धेरै यात्रुहरूलाई सेवा दिइरहेको बताउँदै अब छिट्टै पोखराबाट उपयुक्त गन्तव्यहरूमा सिधा उडान हुने विश्वास समेत व्यक्त गरे । रजत वर्षको उपलक्ष्यमा पोखरालाई चिनाउन महल्वपूर्ण योगदान गर्ने दिग्गज व्यक्तित्वलाई सम्मान गरिएको छ, भने संस्थाद्धारा प्रकाशित रजत स्मारिका समेत विमोचन गरिएको छ । महोत्सवको पुर्वसन्ध्यामा लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म सांस्कृतिक झाँकीसहितको र्याली गरिएको छ । महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गतेसम्म चल्नेछ । महोत्सव पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

पोखरा:    प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा अन्तरक्रिया गरिएको छ । अमेरिकी सरकारको सहयोग र निल हिरा समाजको समन्वयमा बिहीबार (आज) पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको परिभाषा, बुझाई, समस्या तथा समाधानका विषयमा समुदायले कास्की प्रहरीसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुुमिका श्रेष्ठले लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन विशेषता सम्वन्धि बुझाईको विषयमा आफ्नो प्रस्तुती राखेकी थिइन् । समुदायको उचित परिभाषाका साथमा समाजमा भोग्नु परेको समस्याका विषयमा उनले अन्तरक्रियामा जानकारी गराइन् ।   त्यस्तै निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समुदायले समाज तथा परिवारबाट भोग्नु परेको विभेदका विषयमा प्रस्ट्याएकी थिइन् ।  परिवारहुँदै समाजबाट विभेद भोग्नुपरेका कारण समुदायका व्यक्तिले प्रगती गर्न नसकेको उनको भनाई थियो । साथै पहिचानसहितको नागरिकता प्राप्त गर्न निकै कठिन रहेको उनले बताइन् । त्यसैगरि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्रवण कुमार बिकले प्रहरीको भूमिका विषयमा प्रस्तुती राखेका थिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषयमा प्रहरी निकै संवेदनशिल रहेको र सबैलाई समान नजरले हेर्ने गरिएको उनले बताए । कोही कसैले हिंसा भोग्न नहुने र स्वतन्त्ररुपमा सम्मानजनक तरिकाले बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न प्रहरी कटीवद्ध रहेको उनको भनाई थियो । यता राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका अधिकृत मोहन काफ्लेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा राज्य तथा सरोकारवालाहरुले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए । यस समुदायका विषयमा समाजमा अझै सचेतना फैलाउनु पर्ने उनको भनाई थियो । नौलो बिहानी पोखराकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले समुदायको बुझाईमा सुधार आएको बताइन् ।  यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुले आफुले भोगेका समस्या अन्तरक्रियामा सुनाएका थिए । अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीहरु, मानवअधिकारकर्मी, सञ्चारकर्मी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।

पोखरा:   कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन्  ।  माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ओपन सिंगल्स पुरुषतर्फ निशान श्रेष्ठले ज्वेल राणालाई ६–३, ६–२ ले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गर्दा, संरक्षक भुषण बज्रचार्यले प्रितम परियारलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम आठको यात्रा तय गरेका छन् । त्यस्तै आशिष खडकाले निशाद जोशीलाई ६–०, ६–० ले, ऋतिक रानाले सिद्धान्त डेकालाई ६–२, ६–१ ले पराजित गरी अन्तिम आठमा स्थान पक्क गरे ।  त्यसै गरी प्रतियोगिता अन्तर्गत बिहिबारबाट सुरु भएको महिला सिंगल्सतर्फ शुभाङ्गी शाहले प्रशंसा मोक्तानलाई १–६, ६–२ र ६–३ को सेटमा पराजित गर्दा माहिका राणाले क्याथ्रिन लामालाई वाक आउट दिएकी छन् । त्यस्तै श्रेया भट्टराई जेनी खड्कालाई २–६, ६–४ र ६–१ ले पाखा लगाएकी छन् ।  मेन्स ओपन डबल्सतर्फ प्रवण मानन्धर र राजविर प्रधानको जोडीले प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापाको जोडीलाई टाई ब्रेकरमा ७–५, ४–६ र १२–१० ले पराजित गर्दा, संरक्षक र सम्यक भुषण बज्रचार्यको जोडीले आर्यन गिरी र आरभ सम्राट हाडाको जोडीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरेका छन् । अभिनन्सु ठाकुर र शिद्धान्त डेकाको जोडी आशिष खड्का र सौगात विकको जोडीलाई ७–६, ६–२ ले पराजित गर्दा ऋतिक राना र निशान श्रेष्ठको जोडीले  गोविन्द नेपाली र युगेन शेर्पाको जोडीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरी अन्तिम आठमा स्थान पक्का गरेका छन् ।  त्यस्तै ३५ वर्ष माथी भएको सिंगल्समा सिमान्त गुरुङले छोम बहादुर शाहलाई ६–१, ६–१ को सेटमा पराजित गर्दा अनिल शाहीले कृष्ण देव उप्रेतीलाई ६–०, ६–१ ले, भिष्म गुरुङले अक्षय थापालाई ६–२, ६–२ ले र कमल भण्डारीले प्रकाशराज वाग्लेलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।  ४५ वर्ष माथी भेट्रान्स सिंगल्समा रोहित सुनुवारले विकाश गुरुङलाई संघर्षपूर्ण खेलमा टाइव्रेकरमा ६–०, ४–६ र ११–९ ले पराजित गर्दा, माधव भण्डारीले विष्णु चापागाई लाई ६–०, ६–० को सोझो सेटमा, प्रदिप शाहले मिन बहादुर पुनलाई ६–३, ६–३ ले, उत्तम बोगोटीले अमृत कार्कीलाई टाइव्रेकरमा ६–३, ३–६ र १०–६ ले पराजित गरे । त्यसै गरि गोपी बहादुर भट्टराईले तेज लीलाई ६–१, ७–५ ले, मछिन्द्र थापाले भिष्मराज पौडेललाई ६–४, ६–३ ले, छेवाङ लामाले केवी तामाङलाई ६–१, ६–३ ले, महेश श्रेष्ठले अशोक गुरुङलाई ६–१, ६–२ ले पराजित गरी क्वाटर फाइनलको यात्रा तय गरेका छन् ।  ४५ वर्ष माथी डबल्समा बिकास गुरुङ र शरण गुरुङको जोडीले कृष्णराज गुरुङ र सुवर्णलाई ६–२, ६–२ ले पराजित गरेका छन् ।  त्यसै गरी ५५ वर्ष माथी पुरुष सिंगल्समा विमल गुरुङले नवाङ लामालाई ६–१, ६–० ले, धरम लामिछानेले प्रदिप शाहलाई टाइ व्रेकरमा ४–६, ६–४ र ११–९ ले संघर्षपूर्ण जित निकाले भने पञ्च बहादुर पुनले इव्राहिम मुस्लिमलाई ६–२, ६–२ ले, ठोङवाम तुलेश्वरले हिमाल शाहलाई ६–०, ६–३ ले जित निकाल्दा समिर मान शेरचनले ऋषीराम पञ्डितलाई वाक आउट दिएका छन् । त्यसै गरी राम रानाले हर्क बहादुर गुरुङलाई ६–१, ६–१ ले र जिवन घिमिरेले मोती घलेलाई ६–३, ६–० तथा डियोनम लामाले सुनिल गुरुङलाई ७–६, ७–६ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।  बिहिबार नै सम्पन्न ६५ वर्ष माथी सिंगल्समा विदुर विष्टले कर्म घलेलाई ४–२, ४–१ को सोझो सेटमा पराजित गर्दा मनोज शम्सेर जङ्ग बहादुर राणाले ध्रुव गुरुङलाई ४–१, ४–१ को सेटमा पराजित गरी फाइनलको यात्रा तय गरेका छन् ।  कास्की टेनिस संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नविन चालिसेका अनुसार प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ जना गरि २१६ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा जारी रहेको छ ।  प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।   प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै नगद करिव रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए । टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार प्रतियोगितामा नेपालका नं १ देखि ८ नं सम्मका ¥याकिङ खेलाडीहरु मैदानमा छन् ।   

पोखरा:  दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ ।  कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लवका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका देवराज रानाले सुन्सरीका गणेश बहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा लगाएका छन् ।  पुरुष सिंगल्सतर्फ नै एपिएफका अनिल मल्लले देवीनगरका बविश थापालाई २१–१९, १५–२१ र २१–१२ ले पराजित गर्दा पाँचौ बरियाताका नेपाल पुलिसका सुनिल जोशी वाक आउटका आधारमा विजेता बने । एपिएफकै प्रम्भ सिम्खडाले कास्कीका अविराज शेरचनलाई १९–२१, २१–१२ र २१–१२ को सेटमा पराजित गरे भने देवीनगरका हेमन्त आयरले पिएसविसीका विवेक सुवेदीलाई २१–५ र २१–८ ले, एपिएफकै क्षितिज खनालले त्रिभुवन आर्मी क्लवका पविन लिङथेपलाई २१–८, २१–० ले, कास्कीका विधान अधिकारीले एपिएफका सुजन थापालाई २१–१९ र २१–११ ले, एपिएफका रोशन साउदले पिएसविसीका नितेश गुरुङलाई २१–११ र २१–९ ले, नेपाल पुलिस क्लवका पूर्ण बहादुर थापाले महोत्तरीका इशान झालाई २१–१२ र २१–८ ले तथा एपिएफका अरुण अधिकारीले सुनसरीका संगम गिरीलाई २१–१६ र २१–१८ ले पराजित गरेका छन् ।  ब्याइज यू १७ तर्फ भएको खेलमा कास्कीका देवेन फगामी, साइमान कार्की, अमृत थापा, र सनिश भण्डारी आ–आफ्नो खेल जित्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् । त्यस्ते पिएसविसीका बसन्त पौडेल, कैलालीका आदित्य चौधरी, सुनसरीका संगम गिरी, एपिएफका प्रम्भ सिंम्खडा, कन्चनपुरका उदय चन्द, लाफा समुहका मनोज फौदार, पिएसविसीका सुन्दर विक, क्नचनपुरमा रेनिश धामी, म्याग्दीका डियन थापा, पिएसविसीका कृष कार्की, कन्चनपुरका आशिष खत्री, म्याग्दीका दिवश पुन, सुन्सरीका ग्रिनेश घिमिरे र एपिएफका आरुष सिम्खडाले पहिलो चरणको खेल जितेका छन् ।  त्यस्तै यू १२ ब्याइज सिंगल्सतर्फ नेभोल एकेडेमीका दिनेश थापा, कन्चनपुरका उदय चन्द, कास्कीका सविन विक्रम पालिखे, चितवनका गाव्रियल लामा, नोवल एकेडेमीकै बाशुदेव जैशीले आ–आफ्नो खेल जितेको कास्की ब्याडमिन्टन संघले जनाएको छ ।  यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । कास्की ब्याडमिन्टनले खेलकुद विकासका लागि गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस प्रकारका प्रतियोगिताहरुमा महानगरको सहकार्य रहने उनले प्रतिवद्धता जनाए ।  कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।  प्रतियोगिता अन्तर्गत कुल १२ वटा विभिन्न इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सय भन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । पोखरा महानगर पालिकाको मुख्य प्रायोजनका सुरु भएको उक्त प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड पोखराले प्रवद्र्धन गरेको छ । प्रतियोगिता १४ गते सम्म सञ्चालन हुनेछ । बिजेतालो ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।   

पोखरा:   अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औं सेन्चुरी ल्होसार मेला २०८० सुरू भएको छ । सेन्चुरी युवा क्लबले आयोजना गरेको मेलाको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बिहीबार उद्घाटन गरे । मेला १५ पुससम्म चल्ने छ । मेलाको उद्घाटनपछि बोल्दै सांसद बरालले छोम्रोङमा अधुरो रहेको टेनिस कोर्ट निर्माण पुरा गर्ने प्रतिबद्धता जनाए । अन्नपूर्ण आधार शिविर पदमार्गको स्तरोन्नति गर्न पनि प्रदेश सरकारसँग बजेटका लागि पहल गर्ने उनले बताए ।  अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरूङले केन्द्रीय विद्युतको पहुँच अन्नपूर्ण आधार शिविरसम्म पु¥याउन पहल भइरहेको जानकारी दिए । त्यसका लागि टेण्डर आव्हान् भएर कार्यान्वयनको अन्तिम चरणमा पुगेको उनले बताए ।  मेलामा क्लबस्तरीय पुरूष भलिबल र बास्केटबल प्रतियोगिता, ठेलो प्रतियोगिता, रस्साकस्सी र घैंटो फुटाउने प्रतियोगिता हुने आयोजकले जनाएको छ । पुरूष भलिबल प्रतियोगिताको विजेताले ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरूङले जानकारी दिए । बास्केटबल प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । भलिबलमा १२ र बास्केटबलमा १७ टिमबीच प्रतिस्पर्धा हुनेछ । ठेलो हान्ने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने अध्यक्ष गुरूङले जानकारी दिए ।  मेलाको पहिलो दिन बिहीबार साँझ अन्नपूर्ण ब्याण्ड छोम्रोङमा गुञ्जियो । बाँकी दिन लोकदोहोरी कलाकार र आदिम कला मञ्चले आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।   

पोखरा:   अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान)को पोखराको लेकसाइडमा २५औँ संस्करणको सडक महोत्सव आज देखि सुरु भएको छ । आज देखि सुरु भएको सडक महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुने रेवान पोखराले जनाएको छ ।  महोत्सवमा मुख्य आर्कषकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता आयोजना गरेको रेवानका प्रथम उपाध्यक्ष एवम महोत्सवका संयोजक विश्वराज पौडेलले बताए ।       पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको पौडेलले बताए ।  महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र साहसिक खेलकुदहरुको वृत्त चित्र प्रर्दशनका साथै पर्यटकीय गन्तव्यको प्रवद्र्धन महोत्सव क्षेत्रभित्र विभिन्न तरिकाका सजावट गरिएको छ । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सडक महोत्सवमा  ३० प्रकारका स्थानीय खाना रहने छन् ।    

पोखरा:  पोखरामा अनुमति बिना ड्रोन क्यामेर उडाउने चिनियाँ नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । पोखरामा अनुमति बिना नै ड्रोन क्यामेरा उडाउने २५ वर्षीय चिनियाँ नागरिक देङ सेङलाई प्रहरीले बुधबार  प्रकाउ गरेको हो ।  पोखरा महानगरपालिका–१ टुडिखेल मैदानमा विदेशी नागरिकले अनुमति विना नै ड्रोन क्यामेरा उडाई रहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चिनियाँ नागरिकलाई सेङलाई प्रकाउ गरेको हो ।  अनुमति बिना नै ड्रोन क्यामेरा उडाई भिडियो बनाई रहेका अवस्थामा प्रकाउ परेका चिनियाँ नागरिक सेङलाई प्रहरीले नियन्त्रणमा लिर नेपाल नागरिक उड्यन प्राधिकरण पोखरामा पठाएको कास्की प्रहरीले जनाएको छ ।