छोम्रोङमा ल्होसार मेला सुरू

पाेखरा | पुस १२, २०८०

छोम्रोङमा ल्होसार मेला सुरू

पोखरा:   अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औं सेन्चुरी ल्होसार मेला २०८० सुरू भएको छ । सेन्चुरी युवा क्लबले आयोजना गरेको मेलाको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बिहीबार उद्घाटन गरे । मेला १५ पुससम्म चल्ने छ ।


मेलाको उद्घाटनपछि बोल्दै सांसद बरालले छोम्रोङमा अधुरो रहेको टेनिस कोर्ट निर्माण पुरा गर्ने प्रतिबद्धता जनाए । अन्नपूर्ण आधार शिविर पदमार्गको स्तरोन्नति गर्न पनि प्रदेश सरकारसँग बजेटका लागि पहल गर्ने उनले बताए । 


अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरूङले केन्द्रीय विद्युतको पहुँच अन्नपूर्ण आधार शिविरसम्म पु¥याउन पहल भइरहेको जानकारी दिए । त्यसका लागि टेण्डर आव्हान् भएर कार्यान्वयनको अन्तिम चरणमा पुगेको उनले बताए । 


मेलामा क्लबस्तरीय पुरूष भलिबल र बास्केटबल प्रतियोगिता, ठेलो प्रतियोगिता, रस्साकस्सी र घैंटो फुटाउने प्रतियोगिता हुने आयोजकले जनाएको छ । पुरूष भलिबल प्रतियोगिताको विजेताले ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरूङले जानकारी दिए । बास्केटबल प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । भलिबलमा १२ र बास्केटबलमा १७ टिमबीच प्रतिस्पर्धा हुनेछ । ठेलो हान्ने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने अध्यक्ष गुरूङले जानकारी दिए । 


मेलाको पहिलो दिन बिहीबार साँझ अन्नपूर्ण ब्याण्ड छोम्रोङमा गुञ्जियो । बाँकी दिन लोकदोहोरी कलाकार र आदिम कला मञ्चले आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ । 
 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्