पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:    रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत बिहीबारदेखि रोटरी युथ लिडरसिप अवार्ड (राइला) सुरु भएको छ ।   राइलाको पोखरामा आयोजित समारोहमा उद्घाटन गर्दै डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुले व्यक्तिगत क्षमता एवं नेतृत्व विकास, नेटवर्किङ र कम्युनिकेसन विकासमा यस कार्यक्रमले सघाउ पुग्ने बताए ।   उनले राइलाको महत्वबारे प्रकाश पार्दै पोखरामा विजेतालाई केन्द्रमा हुने राइलामा पनि अवसर दिइने बताए । डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले राइला रोटरीको अभिन्न अंग रहेको बताए । उनले युवामा निहित प्रतिभा प्रस्फुटन गर्दै नेतृत्व क्षमताको विकासका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताए । डिष्ट्रिक्ट राइला को–चेयर एवं कार्यक्रम संयोजक राजेन्द्र लिगलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विकल शेरचनले नेतृत्व क्षमताबारे प्रकाश पारेका थिए ।   यस्तै, रोटरीका मेम्बरसिप चेयर सुभाष सिग्देल, डिइआई कोचेयर एकनारायण ढकालले पनि बोलेका थिए । कार्यक्रममा स्वागत दिनेश मानन्धर र संचालन राइला सेक्रेटरी जसु गुरुङले गरेकी थिइन् । कास्कीको अन्नपूर्ण गाउँपालिका गाउँपालिकाअन्तर्गत लेवाडेमा चार दिनसम्म सञ्चालन हुने उक्त राइलामा विभिन्न जिल्लाबाट १६ देखि २० वर्ष उमेर समूहका ५२ जनाले भाग लिएका छन् ।   लेवाडेस्थित चिल्डे«न नेपालको फूलबारी रिसोर्स सेन्टरमा हुने कार्यक्रममा उनीहरुलाई २२ जना प्रशिक्षकले विभिन्न विधामा तालिम दिने छन् । डिष्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला कास्कीमा लामो समयपछि भएको हो ।   जसमा कास्कीका ९ वटै रोटरी क्लबहरुसहित १७ होस्ट र १० को–होस्ट छन् । गत वर्ष गोरखा र काठमाडौंमा यसप्रकारको कार्यक्रम भएको थियो । सहभागीको क्षमता र सिकाइ आधारमा राइला अवार्ड प्रदान गरिने रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए । 

पोखरा:     दोस्रो माछापुच्छ्रे  गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बिहीवार देखि सुरु भएको छ ।  “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे«को आयोजना माछापुच्छे«–३ घाचोकमा प्रतियोगिता सुरु भएको हो ।    बिहीबार भएको खेलमा कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका निलो र बागलुङको निसीखोला गाउँपालिका विजयी भएका छन् ।    कास्कीको रुपा गाउँपालिकाले माछापुच्छे« गाउँपालिकालाई, निसीखोला गाउँपालिकाले पर्वतको मादी गाउँपालिकालाई, अन्नपुर्ण गाउँपालिकाले बागलुङ नगरपालिकालाई पराजित गरेका हुन् । भने पुतली बजार नगरपालिका खेलमा उपस्थित नभएपछि माछापुच्छे« गाउँपालिकाले वाकओभर पाएको छ ।  यस्तै बागलुङको गल्कोट नगरपालिका र तनहुँको शुक्लागण्डकी नगरपालिकाबीचको खेल भने लाइट पोटेष्टका कारण स्थगित भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै  गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालय मन्त्री सुशिला सिंखडाले खेल मानब जिवनका लागि अत्यावस्यक रहेको बताउदै खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताउनु भयो । स्थानीय, प्रदेश र केन्द्र, ३ नै तहको सरकारले खेललाई प्रथामिकतामा राखेकाले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरिन् ।  गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले आयोजित कार्यक्रममा सहभागि टिम साथै उपस्थित सम्पुर्ण दर्शकलाई धन्यवाद दिदै खेलले गलत बाटोमा भौतारीरहेका युवा जनशक्तिलाई प्रगति र उत्थानको बाटोमा दो¥याउन सकिने र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्दा सजिलो अर्को बाटो छैन भन्नेमा जोड दिनुभयो ।  प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गर्ने २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै  विभिन्न विधागत तर्फ  स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । पौष २८ गते सम्म संचालन हुने प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।  

पोखरा:   बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ ।   यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखी बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको हो ।   पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको महोत्सवको प्रतिनिधि सभाका सभासद देबराज घिमिरेले उद्घाटन गरेका हुन । महोत्सवको उदघाटन गर्दै सभामुख घिमिरेले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने बताए ।   ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगि सक्दापनि अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा भएको बताउदै अन्तराष्ट्रिय उडान हुन नसक्नुको कारण स्थानिय, प्रदेश र केन्द्र सरकारले पत्ता लगाइ पोखरेली जनतालाई जानकारी दिनुपर्ने बताए ।   के बाधा उत्पन्न भएर विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन नसकेको हो यसमा सरकारले जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ रहेको थियो ।   त्यसैगरी सभामुख देवराज घिमिरे युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधिन अवस्थामा रहेको पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा लिएर अगाडी वढिरहदा सो काम पनि छिटो सम्पन्न गरि पोखरामा खुल्ला चिडियाखाना सञ्चालन गर्न समेत गण्डकी प्रदेश सरकारलाई आग्रह गरे ।   सभामुख देवराज घिमिरेले महोत्सवको माध्यामबाट युवाहरुलाई देश बिकासमा लगाउन सकिन्छ भन्ने कुरा युनाईटेड क्लवले उजागर गरेको बताए  ।     महोत्सवले देशको कला संस्कारलाई समेत उजागर गरेको जनताको विचमा संस्कृित कलाको प्रचार प्रसार प्रसारमा टेवा पु¥याएको वताउदै घिमिरेले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको समेत बताए ।   सेती नदिलाई पर्यटन संग जोड्न स्थानिय, प्रदेश र केन्द्र सरकार लाग्नुपर्नेमा सभामुख घिमिरेको जोड रहेको थियो । हराउदै गएको रितिरिवाज र परम्पराहरुलाई महोत्सवले जगेर्ना गर्ने भन्दै पोखरा महोत्सवको सफलताको समेत कामना गरे ।   गण्डकी प्रदेश सभाका उपसभामुख बिना कुमारी थापाले युनाइटेड क्लवले राज्यको पहुच नपुगेको क्षेत्रमा सामजिक काम गरि जनतालाई सहयोग गरेको वताउदै महोत्सवकै माध्यामबाट यूनाइटेड क्लबले सामाजिक काम गरेर श्रहानिय काम गरेको बताइन ।   प्रतिनिधि सभा सदस्य शिव नेपालीले आर्थिक चलायमानमा महोत्सवले सहयोग गर्ने वताउदै यूनाइटेड क्लवले महोत्सव मार्फत सामाजिक काममा अग्रसर रहेकोमा अन्य संघ संस्थाहरुले पनि यूनाइटेड क्लबको अनुसरण गर्नुपर्ने बताए ।   गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्र्चीले पोखरा महोत्सवले देको कला संस्कृति बचाउने  वताउदै पोखरा महोत्सव सग सहकार्य गरेर प्रदेशको कला संस्कृतिको संरक्षणमा लाग्ने समेत बताए ।   गण्डकी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य वेद वहादुर गुरुङले पोखरा महोत्सवले महोत्सवहरुका बीचमा पनि छुट्टै पहिचान वनाउन सफल भएको बताए । गुरुङले पोखराबाट अन्तराष्ट्रिय उडान सञ्चालनका लागि पहल गरिदिन सभामुख समक्ष आग्रह समेत गरे ।   त्यस्तै गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले राज्यले गर्नुपर्ने काम युनाइटेड क्लवले गरेको वताउदै पोखरा महोत्सवको आयोजना गरी सामाजिक उत्तरदायित्व संगै व्यापार व्यवशायलाई समेत प्रवद्र्धन गरेको बताए ।   पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिदै गर्दा यूनाइटेड क्लवले समेत पर्यटनको क्षेत्रमा उल्लेख्य काम गरेको वताए । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले महोत्सव विशेष उद्देश्यका साथ आयोजना हुने र पोखरा महोत्सवको पनि आफ्नै उद्देश्य रहेकाले महोत्सव मार्फत विभिन्न जनचेतनामुलक क्रियाकलापहरु समेत संप्रेषण गर्नुपर्नेमा जोड दिए ।   पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम मार्फत उत्कृष्ट काम गरेको र आफ्नो वडाले समेत सहकार्य गर्न पाउदा खुसी लागेको वताए । त्यस्तै अमरसिंह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले पोखरा महोत्सव आफैमा ब्राण्ड बनिसकेको वताउदै पोखरा महोत्सव संग सहकार्य गरी सामाजिक सेवामा सहकार्य गर्न पाउदा गौरवान्वित भएको बताए ।   यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले महोत्सवको उद्देश्यमाथी प्रकाश पारेका थिए ।   यसअघि पोखरा रंगशाला गेटबाट शुरु भएको झांकी रयालीमा रयाली तर्फ ब्रह्मकुमारी इश्वरी विश्वविद्यालय प्रथम, नेपाल मगर संघ माटेपानी द्धितिय, जनप्रिय तमु समाज तथा वातावरण समाज सुधार तृतिय र स्यानी मजुवा आमा समुह र बुद्धचोक महिला समुहले शान्तवना स्थान हासिल गर्न सफल भए ।   त्यस्तै झांकी तर्फ डढुवा दुर्छा लम्जुङ पोखरा तमु समाज प्रथम, नेपाल मगर संघ रामबजार द्धितिय, तामाङ बौद्ध समाज तृतिय र सिद्धेश्वर भजन मण्डली र रामबजार ताया मचाया समितिले शान्वना स्थान हासिल गरे । झांकी तथा रयाली ३ सय वढी संघ संस्थाको सहभागीता रहेको थियो ।   महोत्सवमा बिहीबार लोक दोहोरी तर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, गगन गुरुङ, लक्ष्मी नेपाली, सरिता सारु मगर लगायतको प्रस्तुती रहेको थियोभने साँझको लाइभब्याण्ड तर्फ दृश्य र ट्रयाङ्क्युलको प्रस्तुती रहेको थियो ।   महोत्सवमा शुक्रबार  लोक दोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योती लोहोनी, पुजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुती रहने भने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय ब्याण्डहरु ब्ल्याक फेदर प्रोभर्वस ब्ल्याक ओको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा:    नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उहाँकी ७० बर्षीय आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण मृत्यु भएको हो । उहाँका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, छोरीहरु रेखा र नितु कर्माचार्य हुनुहुन्छ भने दुई नाति र तिन नातिनी हुनुहुन्छ । स्व.लक्ष्मी सुन्दरी कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य पोख्रेली औद्योगिक घराना कर्माचार्य ग्रुपका अध्यक्ष हुनुहुन्छ । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहनुभएका उहाँ नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रिय सदस्य एवं नेपाल लोकतान्त्रिक उद्योग व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष समेत हुनुुहुन्छ । स्व. कर्माचार्यको पार्थिव शरीर आज बिहीबार नेपाल ल्याइने र शुक्रबार बिहान रामघाटमा  अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

पोखरा:    पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ ।   विद्यालयको ७७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा आज (बिहीवार) रक्तदान कार्यक्रममा आयोजना गरिएको थियोे ।  कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्काले कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वाँनियालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिन् ।  ।कार्यक्रममा बोल्दै खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानविय कार्यमा समेत महत्वपुर्ण योगदान पु¥याएको बताईन् । कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले मानविय जीवनमा रक्तदानको महत्वपुर्ण भुमिका रहेको बताउँदै नयाँ रक्तदातालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ।   यसैविच  विद्यालयमा आजदेखि विज्ञान प्रर्दशनी समेत शुरु भएको छ । विद्यार्थीले निर्माण गरेका विज्ञान र प्रविधीसँग सम्बन्धित बस्तुहरु प्रर्दशनीमा राखिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

पोखरा:     गण्डकी प्रदेश पौडी संघ तदर्थ समितिको अध्यक्षमा आनन्द कुंवर सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा बुधबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा कुंवरसहित १३ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष कुंवर प्रशिक्षक समेत् हुन् । यसै गरी समितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बबिता केसी कार्की चयन भए । यसै गरी कार्यसमिति सदस्यमा जिवन रेग्मी, सूर्य बहादुर सिग्देल, विष्णु प्रसाद पाहारी, अर्जुन नेपाली, अमृत खड्का, रुवी तामाङ, महेन्द्र भुजेल, धर्मेन्द गिरी र राजेन्द्र अधिकारी रहेका छन् । भेलालाई सम्वोधन गर्दै परिषदका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेशको पौडी खेलको विकास र खेलाडी उत्पादनमा नवगठित कार्यसमिति सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रदेशका सबै जिल्लाहरुलाई जोडेर पूर्वाद्धार निर्माणका विषयमा समेत सरोकारवालाहरु संग सहकार्य गर्दै अघि बढ्न आग्रह गर्दै त्यसका लागि परिषद सहयोग गर्न तयार रहेको बताए । नवनिर्वाचित अध्यक्ष कुंवरले सबैको साथ, सहयोग र सहकार्यमा नै संघले आफ्ना योजनाहरु तय गर्ने जनाउँदै प्रदेशको पौडी खेल विकासमा आफ्नो योगदान रहि रहने बताए । 

पोखरा:    पोखरा पर्यटन परिषद्को आयोजनामा शुक्रबार हुने कन्दरा कन्सर्टको तयारी पूरा भएको छ । पोखरा पर्यटन परिषद्ले पोखरामा आज (बुधबार) पत्रकार सम्मलेन गर्दै कन्दरा कन्सर्टको तयारी पूरा भएको जानकारी दिएको हो ।  ‘पहिला घरदेश अनि परदेश’ गीत संगित मार्फत नेपालको पर्यटन प्रवद्र्धनको सन्देशसहित मुलुकको सातै प्रदेश र मुख्य शहरमा आयोजना हुन लागेको कन्दरा सांगीतिक अभियानको तयारी पूरा भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।  ‘पहिला घरदेश अनि परदेश, भन्ने नारासहित नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धनको सन्देशसहित सातै प्रदेश र मुख्य शहरमा कन्दरा  लाइभ कन्सर्ट गर्दै छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरा पर्यटन परिषद्को आयोजना, कन्दरा व्याण्डको व्यवस्थापनमा पुस २७ गते पोखरामा कन्दरा लाइभ कन्सर्ट गर्दै छौं । उनका अनुसार गण्डकी प्रदेशको राजधानी पोखरामा कन्दरा सांगीतिक अभियान पुस २७ गते पोखरा नयाँबजार स्थित पर्दशनी केन्दमा आयोजना हुँदै छ ।  पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले कन्दरा व्याण्डको लाइभ कन्सर्टमा करिव १० हजार बढी दर्शको उपस्थिति समेत रहने बताए । उनले कन्सर्टमा सहभागी हुन ३ सय र भिआइपीतर्फ १ हजार रुपैयाँको टिकट दर कायम गरेको जानकारी दिए । कन्सर्टमा बचत रकम गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासमा खर्च गर्ने उल्लेख गरिएको छ ।  कन्दराको कन्सर्टमा लिड भोकलिस्ट विवेक श्रेष्ठ श्रेष्ठसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन् । कन्दराले अहिलेसम्म ६ वटा एल्वम बजारमा ल्याएको छ। देश विदेशमा २ सयभन्दा बढी कन्सर्ट गरिसकेको छ ।     

पोखरा:    गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणी थापा चयन भए । त्यसै गरी कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ (नवलपुर), इन्द्र पाठक (बागलुङ), बिनोद कुमार घर्ती (म्याग्दी), जगदिश कुवंर (पर्वत), रत्न बहादुर गुरुङ (स्याङजा) र बिजय खनाल (तनहुँ) रहेका छन् । यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदमा लोकतान्त्रिक प्रक्रियाका अभ्यासहरु आवश्यक रहने कुरा औंल्याउँदै खेलकुद विकासका लागि सबैको सहकार्य आवश्यक रहने कुरामा जोड दिए । खेलकुदको निति निर्माणमा लैङ्गिक समानताका विषयहरु महत्वपूर्ण रहेको जनाउँदै उनले महिला सहभागितामा विशेष जोड दिएको बताउँदै उनले सफल र सामुहिक नेतृत्वले मात्रै खेलकुद विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै भने–“पदका लागि चाहना राख्नु स्वभाविक हो । यसले हरेक खेलको विकासमा गति दिन्छ ।” सो अवसरमा अग्रज अन्तर्राष्ट्रिय खेलाडी एवं परिषदका सल्लाहकार खड्ग बहादुर रानाभाटले खेलकुदमा अग्रजहरुले देखाएको मार्गमा हिड्न सके आशतित सफलता प्राप्त गर्न सकिने बताए । उनले एथलेटिक्स खेल गण्डकी प्रदेशमा सम्भावनामा रहेको विगतको इतिहास समेत रहेको जनाउँदै खेलाडी उत्पादनमा संघले आफ्ना योजना बनाउन आग्रह गरे । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले निश्वार्थ रुपमा काम गर्न सके खेलकुद विकासले गति लिने बताए । संघका अध्यक्ष बरुवालले सबैको सल्लाह र सुझावलाई मनन गर्दै संघलाई एक ढिक्का बनाएर खेलाडीहरुको हित र एथलेटिक्स खेलको विकासमा आफ्नो योगदान रहने प्रतिवद्धता व्यक्त गरे । सम्पन्न भेलाले केन्द्रिय प्रतिनिधीमा उपाध्यक्ष इन्द्रा मल्ल र अग्रज खेलाडी खड्ग बहादुर रानाभाटलाई सर्वसम्मत चयन गरेको छ ।  

पोखरा:   रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत कास्कीमा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हुँदैछ । कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत लेवाडेमा यही जनवरी ११ देखि १४ (पुस २६ देखि २९) सम्म हुने सो कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । १६ देखि २० वर्ष उमेर समूहकाले भाग लिन पाउने उक्त कार्यक्रम विशेषगरी नेतृत्व कौशल विकासका लागि महत्वपूर्ण मानिन्छ । सुन्दर, मनोरम स्थान लेवाडेमा प्रकृतिसँग रमाउँदै ४ दिनसम्म हुने सो कार्यक्रम रोटरीका विभिन्न कार्यक्रममध्ये महत्वपूर्ण रुपमा लिने गरिन्छ । कार्यक्रमका लागि हालसम्म ४५ जनाको रजिष्ट्रेसन भएको डिष्ट्रिक्टको राइला को–चेयर एवं कार्यक्रम संयोजक राजेन्द्र लिगलले बताए । डिष्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला कास्कीमा लामो समयपछि हुन लागेको हो । जसमा कास्कीका ९ वटै रोटरी क्लबहरुसहित १७ होस्ट र १० को–होस्ट छन् । डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले राइला रोटरीको अभिन्न अंग रहेको बताउँछन् । उनले युवाहरुमा निहित प्रतिभा प्रस्फुटन र उनीहरुमा नेतृत्व क्षमताको विकासका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताए । गत वर्ष गोरखा र काठमाडौंमा यसप्रकारको कार्यक्रम भएको थियो । सहभागीको क्षमता र सिकाइ आधारमा अवार्ड प्रदान गरिनेछ । कार्यक्रमको उद्घाटन डिष्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजुले गर्ने रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।