पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:    पोखरामा निर्माणधिन घरको छतबाट खसेर एकजना इन्जिनियरको मृत्यु भएको छ । निर्माणाधिन घरको ५ औं तलाको छतबाट खसेर गम्भिर घाइते भएका इन्जिनियर भट्टराईको उपचारको क्रममा मृत्यु वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरा महानगरपालिका–६ खहरेचोकस्थित चिनिमाया भण्डारीको निर्माणाधिन घरको छतमा तातोपानी सर्बे गर्ने क्रममा  लिफ्ट राख्ने स्थानबाट खस्दा इन्जिनियर भट्टराई गम्भिर घाइते भएका थिए ।  पोखरा महानगरपालिका–८ रत्नचोक बस्ने ३७ वर्षीय इन्जिनियर भट्टराई छतबाट खसेर गम्भिर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए  । इन्जिनियर भट्टराई पोखरा–९ न्यूरोडस्थित मुक्ति ईनर्जी प्रालिमा कार्यरत रहेको प्रहरीले जनाएको छ । 

पोखरा:     पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडाले चलाएको रुख काट्ने अभियानबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् । महानगरका मेयर  आचार्यले रुख काट्नेबारे महानगरबाट कुनै पनि निर्णय नभएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।  मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत बिनाअनुमति रुख काट्ने, फाड्नेलगायत कार्य नगर्न, नगराउन जानकारी गराइसकिएको जानकारी दिएका छन् । ‘आफ्नो रुख आफैं काटौं अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यससम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकादबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य (रुख काट्ने, फाड्ने) नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ,’ उनले भनेका छन् । पोखरा महानगरको वडा नं। १९ क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी १० दिनभित्र आफ्नो वरपरका सबै रुख काट्न निर्देशन दिएका थिए ।  

पोखरा:     गण्डकी दुवानी प्रालिको अध्यक्षमा मनोज रसाइली निर्वाचित भएका छन् । अध्यक्ष पदमा भएको निर्वाचनमा मनोज रसाइलीले इन्द्र मल्ललाई ३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।  पोखरामा सम्पन्न भएको गण्डकी दुवानी प्रालिको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट रसाइली अध्यक्षमा निर्वाचित भएका भएका हुन्  ।  यस्तै सञ्चालक सदस्यमा ईश्वर बस्याल, वीरबहादुर तामाङ, श्याम ताम्राकार, देव बहादुर थापा, विष्णु थापा र केशव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

पोखरा:   पोखरामा पुन समाज नेपालको आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको छ । पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वज कुमार गुरुङले नेपालमा भलिबल खेलको विकास तिब्र रुपमा भईरहेको बताए । उनले गाउँ वा शहरमा हुने प्रतियोगिताहरुले यसको पुष्टि गरेको सुनाए । परिषदले खेलककुद विकासको लागि आवश्क सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे । प्रथम पुन हिल कप आयोजनासहित पुख्र्यौली कला र संस्कृतिको संगम थलो बनाएकोमा उनले खुसि व्यक्त गरे । ‘यस्ता प्रतियोगितालाई निरन्तरता दिनुहोला । हामी परिषद्बाट हुने सहयोग गर्छौं ।’ उनले भने । यो क्षेत्र खेलकुदको उर्बर क्षेत्र भएको बताउदै गुरुङले जहाँ जस्तो खेलको विकासको सम्भावना छ त्यहाँ त्यसैको विकासमा लाग्नुपर्नेमा जोड दिए । संस्कृतिकर्मी तुलसी प्रभासले नेपाली मौलिक कला, संस्कृतिले भरिपूर्ण भएको बताउँदै यीनको संरक्षणको दायित्व हाम्रै काँधमा आएको बताए । उनले समाजमा एकताबद्ध भई आफ्नो मौलिक पहिचानको लडाँईमा निरन्तर लागिरहनु् पर्नेमा जोड दिए । उद्घाटन सत्रमा अर्चलबोट आमा समूह, चेतनशिल आमा समूह ढुंगेपाटन लगायतका समूहले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पुख्र्यौली नृत्य पनि देखाईएको थियो । पुन समाज नेपालमा अध्यक्ष भिमबहादुुर फगामीको अध्यतामा भएको कार्यक्रम महासचिव खिमनशेर पुर्जा पुनले गरेका थिए । प्रौढ तर्फको खेल शुरु यसैबीच, प्रतियोगितामा प्रौढ तर्फका खेल शुरु भएको समाजका सदस्य प्रेम पुनले जानकारी दिए । उद्घाटन खेल पुन समाज नेपाल तथा ढुंगेपाटनबीच भएको थियो । प्रतियोगितामा प्रथम हुने पुरुष टीमले १ लाख ११ हजार १११ रुपैयाँ, मेडल, ट्रफि र प्रमाण पत्र पाउने छ । उपविजेता हुने टीमले रुपैयाँ ५५ हजार ५५५, मेडल, ट्रफि र प्रमाण पत्र पाउनेछ । महिलातर्फ प्रथम हुने टीमले ६६ हजार ६६६, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले रुपैयाँ ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए । प्रतियोगितामा ४० वर्ष माथि उमेरका प्रौढको विजेताले ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ । नयाँ प्रतिभावान खेलाडीहरुको हौसलाका लागि समाजले प्रदेश तथा राष्ट्रिय टीममा रहेर खेलेका खेलाडीहरुलाई समावेस गराएको छैन ।

 पोखरा:     अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ आउँदै गरेको दुईवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ ।  प्रहरीले हिजो (आइतबार) अवैध रुपमा नदीजन्य पदार्थ लोड गरेर पोखरातर्फ आउँदै गरेका ग २ ख ३०९ र लु २ च ८९६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएर महानगरपालिकामा बुझाएको हो ।  पोखरा महानगरपालिका–१ जौवारीबाट अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ आउँदै गरेको दुई वटा टिप्परलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कागजात नभएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि महानगपालिकामा बुझाएको हो ।   

पोखरा:      पोखरामा एनएमबी बैंकको एटिमएम तोडफोड गरेको आरोपमा प्रहरीले राजकुमार भन्ने टिकाराम पौडेललाइ प्रकाउ गरेको छ  । पोखरा–५  जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा राजकुमारलाई प्रहरीले हिजो (सोमबार) प्रकाउ गरेको हो ।  पैसा चोरी उद्धेश्यले पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम मेशिन तोडफोड गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनलाई प्रकाउ गरेको हो ।  कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थायी घर भई पोखरा १७ विरौटा बस्दै भएका २७ वर्षीय राजकुमार भन्ने टिकाराम पौडेल एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रकाउ परेका हुन् ।  प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयक कास्कीले जनाएको छ ।   

पोखरा:    माझठाना पोखरा सम्पर्क समाजको नवौ बार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम ५६ युनिट रगत संकलन भएको छ । अमर सिहचोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा  सो रगत संकलन भएको हो ।   नेपाल रेडक्रस सोसाईटी रामघाटको प्राविधिक सयोगमा भएको कार्यक्रमको समाजका सल्लाहकार प्रा.डा. निर्मल लामिछाने र पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजित कार्यक्रमका सहभागि रक्तदातालाई समाजका सल्लाहकार, पदाधिकारी लगायत समाजिक एवम् शिक्षापे्रमीहरुबाट प्रमाणपत्र वितरण गरिएको थियो ।  माझठानालाई जन्मभूमि भई पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्नहरुको सो संस्थाले आप्mना सदस्यहरुको हक अधिकारको सुरक्षित गर्दै सामाजिक, शैक्षिक एवम् स्वास्थ्य लगायतका क्षेत्र काम गर्दै आएको समाजका अध्यक्ष भोला ओझाले जानकारी दिनुभयो ।     

पोखरा:    कास्कीको मादी गाउँपालिका ४ सिमलचौर तारकाङमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा २ सय ५३ जनाले स्वास्थ्य लाभ लिएका छन ।   रोटरी क्लब अफ पोखरा मिडटाउन र इनरह्वील क्लब अफ पोखरा मिडटाउनको संयुक्त आयोजनामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा मादी ४ सिमलचौर तारकाङ भेगका २ सय ५३ जनाले स्वास्थ्य लाभ लिएको इनरह्वील क्लब अफ पोखरा मिडटाउनको एडिटर सृजना कार्कीले जानकारी दिइन । कार्कीका अनुसार उक्त शिविरमा मादी गाउँपालिका, रोट्रयाक क्लब, हिमालयन आँखा अस्पताल, र परिवार नियोजनको सहकार्य रहेको थियोभने मेडिकल, सर्जिकल, अर्थो, ओ वि जी, सम्बन्धी सुबिधा समेत प्रदान गरिएको थियो । 

पोखरा:  सार्वजनिक विदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै नेपा कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले यातायात कार्यालय कास्कीको गाडी नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएको छ ।  विदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै युवा संगठन नेपालले यातायात कार्यालयका एक कर्मचारीले चलाएको गाडी शनिबार पोखरामा नियन्त्रणमा लिएको थियो ।  युवा संगठन नेपालले शनिबारका दिन यातायात कार्यालय पोखराका एक कर्मचारीले चलाएको एए ०५५३ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।  पछिल्लो समय सरकारी सवारी साधनको दुरुपयोग बढ्दै गएकाले यसको नियमन गर्न युवा संगठन नेपालले लागेको गण्डकी इन्चार्ज युवराज सीले बताए । ‘हामीले यस गाडीलाई बागलुङ बसपार्कबाट फलो गरेका हौं, गाडीमा ४/५ जना थिए, २ जना मालेपाटनमा झर्नु भयो’, युवराजले भने, ‘बागलुङ बसपार्कबाट फलो गर्दै आउँदा लखनचोक (पृथ्वीचोक)मा आएर नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएका हौं ।’ जिल्ला ट्राफिक कार्यालय कास्कीले एक समूहले विदाको दिनमा सरकारी सवारी चलाएको भन्दै नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएपछि कार्यालयमा रहेको पुष्टि गरेको छ । ट्राफिक कार्यालय कास्कीले विदाको दिनमा चलाउने पाउने प्रशासनबाट अनुमति पत्र समेत गाडीमा फेला परेको उल्लेख गरेको छ ।  विदाको दिन सरकारी सवारी सञ्चालनमा प्रशासनको एक वर्षे पास सामान्यतया सार्वजनिक विदाको दिन सुरक्षा निकायले प्रयोग गर्ने साधन, एम्बुलेन्स, दमकल, खानेपानी लगायतका सरकारी कार्यालयका गाडी चलाउन प्रशासनबाट पास चाहिँदैन् । अन्य सरकारी कार्यालयका गाडीहरु सरकारी विदाको दिन चलाउन परे प्रशासनको पास लिएर मात्र चलाउने पाउने प्रावधान छ ।  तर जिल्ला प्रशासन कार्यालय कास्कीले भने एक सरकारी कार्यालयको एक गाडीलाई एक वर्ष सम्म सरकारी विदाको दिन गाडी चलाउन पास दिइएको पाइएको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी गंगाबहादुर क्षेत्रीले सरकारी विदाको दिन अत्यावश्यक काममा प्रशासनका सरकारी साधन सञ्चालन गर्न अनुमति अनिवार्य रहेको बताए । ‘सरकारी विदाको दिन सुरक्षा निकायको साधन, एम्बुुलेन्स, दमकल लगायतका सरकारी गाडीलाई पास दिनुपर्दैन्’, सूचना अधिकारी क्षेत्रीले भने, ‘तर अन्य सरकारी कार्यालयका सवारीहरुले विदाको दिन अत्यावश्यक कामका लागि सरकारी सवारी सञ्चालन गर्न प्रशासनबाट अनुमति अनिवार्य लिनुपर्छ ।’ जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी क्षेत्रीले विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा प्रशासनको पास चाहिने भएपनि एक वर्षको पास कसरी दिइयो त्यसमा अनविज्ञता प्रकट गरे । ‘सामान्यतया सरकारी विदाको दिन सरकारी गाडी सञ्चालनका लागि प्रशासनबाट एक महिनासम्मको पास दिने गरेपनि एक वर्षसम्मको पास कसरी दिइयो यो बुझ्नुपर्छ ।’ उनले भने । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका प्रमुख जितेन्द्रजंग केसीले हस्ताक्षर गरेको पत्रमा‘एए ०५५३’ को सरकारी गाडीलाई सवारी साधन पास सम्बन्धमा ०८०÷०३÷२७ देखि ०८१÷असार मसान्त सम्म पास उपलब्ध गराउन पत्र काटेका छन् ।  उक्त पत्रमा जिल्ला प्रशासन कार्यालय कास्कीले माग बमोजिम सवारी अनुमति छ भनेर अनुमति दिइएको छ ।