पोखरामा नदीजन्य पदार्थ बोकेका २ वटा टिप्पर महानगरको नियन्त्रणमा
पाेखरा | माघ १५, २०८०
पोखरा: अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ आउँदै गरेको दुईवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ ।
प्रहरीले हिजो (आइतबार) अवैध रुपमा नदीजन्य पदार्थ लोड गरेर पोखरातर्फ आउँदै गरेका ग २ ख ३०९ र लु २ च ८९६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएर महानगरपालिकामा बुझाएको हो ।
पोखरा महानगरपालिका–१ जौवारीबाट अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ आउँदै गरेको दुई वटा टिप्परलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कागजात नभएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि महानगपालिकामा बुझाएको हो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

