पोखरामा नदीजन्य पदार्थ बोकेका २ वटा टिप्पर महानगरको नियन्त्रणमा
पाेखरा | माघ १५, २०८०
पोखरा: अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ आउँदै गरेको दुईवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ ।
प्रहरीले हिजो (आइतबार) अवैध रुपमा नदीजन्य पदार्थ लोड गरेर पोखरातर्फ आउँदै गरेका ग २ ख ३०९ र लु २ च ८९६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएर महानगरपालिकामा बुझाएको हो ।
पोखरा महानगरपालिका–१ जौवारीबाट अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ आउँदै गरेको दुई वटा टिप्परलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कागजात नभएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि महानगपालिकामा बुझाएको हो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

