पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:   मुद्रण उद्योग संघ कास्कीको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट चिन्तामणी बास्तोला अध्यक्ष पदमा सवैसम्मत चयन भएका छन् । उनी कञ्चन कम्प्युटर सेवाका सञ्चालक हुन् । संघको बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बास्तोला (मोडर्न अफसेट), प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल (फिस्टेल पब्लिकेशन), द्धितिय उपाध्यक्षमा प्रकाशराज पौडेल (ओजन अफसेट), महासचिवमा पदम श्रेष्ठ (एफोर जेड ग्राफिक डिजाइन एण्ड पिन्टिङ प्रेस), सचिवमा राजन कुमाल (ग्राफिक सोलुशन), कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग (अनन्त अफसेट प्रेस) र सहकोषाध्यक्षमा झङ्कनाथ अधिकारी (नारन) (शुभकामना अफसेट प्रेस) रहेका छन् । यस्तै सदस्यहरुमा कृष्णलाल रन्जित (रन्जित अफसेट), मनोज बाँस्तोला (ॐ प्रिन्टिङ हाउस), राजन पौडेल (लेकसिटी प्रिन्टर्स), विश्व प्रधान इमेज कपियर्स) र सुमन श्रेष्ठ (क्रिष्टल आर्ट) रहेका छन् । उनिहरुसबै सर्वसम्मत चयन भएका हुन् । अधिवेशनमा बोल्दै नवनिर्वाचित अध्यक्ष चिन्तामणी बास्तोलाले अघिल्लो कार्यसमितिका अध्यक्षहरुले प्रतिवद्धता र गरेका कामहरुलाई पुर्णता दिनुका साथै कास्कीमा रहेका मुद्रण व्यवसायीहरुको हक, हितका बारेमा योजनाबद्ध तरिका बाट विशेष काम गर्ने बताए । अध्यक्ष बास्तोलाले मुद्रण व्यवसायीहरु र व्यवसायीहरुको साझा संस्था मुद्रण उद्योग संघ कास्की विचको तारताम्य मिलाउन व्यवसायिक प्रवद्र्धन तालिमका कार्यक्रमहरु ल्याउनको लागि सम्बन्धित निकायहरुसँग पहल गर्ने जानकारी गराए । उनले भने “हामीले सधै काम मात्र भनेका छौं, व्यवासय गरेका छौं तर व्यवसायी बनेका छैनौं । यसलाई मुर्तरुप दिन तालिम तथा प्रशिक्षणको आवश्यकता छ” । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले दियो वाली कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतिले उद्योग विना देशको विकास नहुने हुँदा उद्योग व्यवसायीहरुलाई सुरक्षित गर्नु राज्यको पहिलो कर्तव्य भएपनि सम्बन्धित निकायको चासो कमजोर रहेको भनाइ रहेको थियो । उनले मुद्रण उद्योग मानिस जन्म भन्दा अगाडि देखि मृत्यु परान्त पनि निरन्तर चल्ने पेशा भएपनि घरेलु उद्योगमा मात्र सिमित रहेको र यसलाई व्यवस्थित बनाउन पोखरा उद्योग वाणिज्य संघ साथमा रहेको जानकारी गराउँदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका पूर्व अध्यक्ष माधव केसीले आफ्नो नेतृत्वमा सरकारसँग केही उपलब्धिमुलक काम गरेपनि पछिल्लो समय निरन्तरता पाउन नसकेको गुनासो पोखेका थिए । केन्द्रले केन्द्रीय नीतिअनुसार काम गर्न नसक्नु, स्थानीय काम र स्थानीय तहमा काम गर्न नपाउनु जस्ता समस्याले मोफसलका व्यवसायीहरु मर्कामा परेका छन् उनले भने । कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष अरुण सापकोटा, लक्की गु्रपका अध्यक्ष दिनेश अर्याल, मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश अध्यक्ष बसन्त बास्तोला, कोषाध्यक्ष कोपिला श्रेष्ठ, मुद्रण उद्योग संघ कास्कीका सल्लाहकार कृष्णराज ढुंगाना र उद्योग वाणिज्य संघ कास्कीका सदस्य बालकृष्ण कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । १४ औं साधारण सभाको उद्घाटन कार्यक्रम महासचिव रामप्रसाद भुर्तेलले सञ्चालन र द्धितिय उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले स्वागत गरेका थिए भने चिन्तामणी बास्तोलाको अध्यक्षतामा भएको थियो । ५ औं अधिवेशनको निर्वाचान संयोजकमा महेन्द्र बजिमया र सदस्यहरुमा बसन्त बास्तोला र घनश्याम गौतम रहेका थिए । 

पोखरा:   पाइलट बन्नका लागि एक रुपैया अभियानका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी पोखरा महोत्सवमा नगद सहयोग गरिएको छ । सरकारी निकाय र घरपरिवारबाट समेत सहयोग नपाएका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा सहयोग गरिएको हो । घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबले नगद ५० हजार रुपैया प्रदान गरेको हो ।  दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर १२ निवासी दिपेन्द्र घिसिङ तामाङले सानैदेखि पाइलट बन्ने सपना बोकेको भएतापनि परिवारबाट सहयोग नपाएपछि सरकारी निकायहरु हुदै २२ सय वढी नेताहरु समेत हार गुहार गर्दा सम्पूर्णबाट आश्वनमात्रै पाएको र आफ्नो सपना पुरा गर्नका लागि एक रुपैया अभियान सञ्चालन गर्दै आएका छन ।   पोखराको अमरसिंह मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबका पदाधिकारीहरुले महोत्सवकै  बीच घिसिङलाई नगद ५० हजार रुपैया प्रदान गरेको हो । दिपेन्द्र संगै विभिन्न पाँचवटा क्यान्सरबाट पिडित पोखरा १७ बिरौटाकी लक्ष्मी शर्मा पोखरेललाई समेत नगद २५ हजार प्रदान गरेको छ । सो अवसरमा वोल्दै पाइलट बन्नका लागि एक रुपैया अभियानका अभियनता दिपेन्द्र घिसिङले आफु सानै देखि पाइलट बन्ने सपना देखेर अगाडि बढेको भएतापनि घरपरिवारमा समस्या उत्पन्न भइ सहयोग नपाएको, विभिन्न सरकारी निकाय संग सहयोग माग्दापनि पाइलट बन्ने विषयमा कहीकतैबाट सहयोग गर्न नसकिने भन्दै फर्काएको र विभिन्न २२ सय बढी नेताहरुलाई भेटेर आफ्नो कुरा राख्दा पनि आश्वसन मात्रै पाएपछि एक रुपैया संकलन अभियानमा हिडेको बताए । नेपालमा रहेका डेढ करोड जनता संग एक रुपैया उठाएरै आफु पाइलट बन्ने अठोटका साथ अगाडि बढिरहदा पोखरा महोत्सवमा आयोजकले नगद ५० हजार रुपैया सहयोग पाउदा आफ्नो अभियानमा थप इट्टा थपिएको समेत बताए । घिसिङले हाल सम्म ६० लाख रुपैयाँ संकलन गरिसकेको समेत बताए । त्यस्तै विभिन्न पाँच वटा क्यान्सरबाट प्रभावित लक्ष्मी शर्मा पोखरेलले पोखरा महोत्सव आयोजक यूनाइटेड क्लबले आफुलाई नगद सहयोग गरी हौसला प्रदान गरेको बताइन । शर्माले कुनैपनि रोग संग लड्नका लागि आत्मबल बलियो हुनुपर्ने बताउदै आफुहरुलाई धेरै पहिलेनै भारतको मेदान्त अस्पतालले मृत्युको डेट दिएको भएतानि सम्पूर्णको हौसला र साथले आफ्नो आत्मबल वढेकाले रोग संग लडेर अगाडी वढिरहेको बताइन । महोत्सवमा शनिवार पछिल्लो समय चिर्चित लोकदोहोरी गायक प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । दुतराज संगै महोत्सवमा सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहेको थियो भने सांझको लाइभ ब्याण्डमा भिटेनको प्रस्तुतीमा युवाहरुले मनोरन्जन लिए ।   महोत्सवको एघारौँ दिन आइतबार लोकदोहोरी तर्फ ज्योति मगर, जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा बाल उद्यान, घरायसी सामाग्री, लत्ताकपडा, श्रृङगारका सामाग्री, भेषभूषामा तस्विर खिचाउने, घोड सवार, भिआर, याक हेर्नेको भीड लागेको छ । महोत्सवको टिकट घरमै बसेर रेभल एप मार्फत समेत दर्शकहरुले टिकट काट्न सकिने र टिकटमा समेत विशेष उपहार प्रदान गरिरहेको समेत सुनारले जानकारी दिए ।  महोत्सवमा जारी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी, सरस्वती आवासिय मावि, मेरिगोल्ड र ज्ञानज्योती विद्या सदन फाइनल राउण्डमा प्रवेश गरेको छ । विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको फाइनल आइतबार दिनको एक बजे हुने विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताका संयोजक विष्णु गुरुङले जानकारी दिए । 

पोखरा:    १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो ।  अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे ।  नेपात्र पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले विदेशी धावकहरुको प्रोफाइल बनाउनका लागि आग्रह गरे । प्रतियोगिता अन्तर्राष्ट्रिय भइरहँदा त्यहाँ आउने धावकहरुले अन्य उपाधि जितेको भए त्यसको प्रोफाइल सार्वजानिक गर्दा थप रोचक हुने बताए । साथै विद्यार्थीहरुलाई दौडने तरिका प्रतियोगिता हुनु अगावै एक पटक विद्यालयहरुमा पुगि सिकाउन समेत सुझाव दिए ।  हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले विद्यार्थीहरुको सहभागिताका लागि आवश्यक जानकारी नपाएको सुनाए । उनले विद्यार्थी सहभागितालाई सहज बनाउनका लागि विद्यालयहरुमा जानकारी गराउने वातावरण मिलाइदिन अनुरोध गरे । कार्यक्रममा संस्थाका विभिन्न प्रतिनिधित्व गरेका व्यक्तिहरुले आफ्नो सुझाव राखेका थिए ।  पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको अन्तरक्रियामा नीजि विद्यालयहरुका छाता संगठनहरु हिसान, प्याब्सन, एन– प्याब्सन, पोउवा संघ, गोर्खा समुदाय, वुमन्स क्लब अफ पोखरा, प्रदेश बाल परिषद् गण्डकी, हेराले, शान्तिका लागि दौड (पिस रन) का निर्देशक सलिल विलसन, एसिएन प्यासिडिन्स कोर्डिनेटर हारासिल्ता सुनाओसी, पत्रकार लगायतका संघ संस्थाको सहभागिता रहेको कार्यक्रममा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बारेमा प्रस्तुती दिएका थिए ।  सोही क्रममा मेजर लक्ष्मी प्रसाद गुरुङले ह्विलचियर र दृष्टिविहिन दौडका लागि पुरस्कार प्रायोजन गर्ने घोषणा गरे भने मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले कार्यक्रम समापन गरे ।

पोखरा:   योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफुखुशी योजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको बताएका छन् ।    पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यवसायीक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् ।    अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारले प्राथमिकतामा राखेको मध्यपहाडी लोकमार्ग अलपत्र पर्ने गरेको प्रसंगबारे गरेको प्रश्नमा जवाफिदै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष क्षेत्रीले राजनीतिक खिचातानीकै कारण अलपत्रमा पर्ने गरेको बताए ।   ‘राष्ट्रिय गौरवको योजना बनाउने निर्णय संविधान जारी हुने र राजनीतिक खिचातानी हुने समयमा यसको परिकल्पना भयो, पूर्व योजना उपाध्यक्ष क्षेत्रीले भने, ‘जुन बेला बन्द हड्ताल हुन्थ्यो त्यो समयमा अर्थतन्त्रमा गति लिन सक्दैन भनेपछि सबै राजनीतिक दललाई चित्त बुझ्ने परियोजनालाई  राष्ट्रिय गौरवको योजनाको नाम दिइयो ।’   पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरुले रोजेका परियोजनालाई राष्ट्रिय गौरवको योजनाको नाम दिने र प्राप्त बजेट तथा जनशक्ति दिँदा देशको अर्थतन्त्रले गति लिन सक्ने गरी योजना छनोट हुने गरेको उपाध्यक्ष क्षेत्रीले उल्लेख गरे ।    ‘जुन बेला देशको अर्थतन्त्र चलायमान बनाउने गरी राष्ट्रिय गौरवको योजना छनोट हुन्थ्यो अहिले यसमा विकृति आएको छ, उनले भने, ‘सरकारको नेतृत्वमा जाने राजनीतिक दलको खिचातानीकै कारण राष्ट्रिय गौरवका योजना छनोट गर्दा अलपत्रमा पर्ने गरेका छन् ।’   उनले सरकारले उद्योगधन्दा स्थापना, कृषिमा लगान बढाउन नसक्दा युवाहरु विदेश जाने क्रम बढेको धारणा राखे ।   ‘सरकारले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सकेको छैन । कृषिमा बजेट सिमित छुट्याउँछ, क्षेत्रीले भने, ‘उद्योगहरु सञ्चालन र स्थापनामा सरकारको ध्यान जान सकेन । कृषिमा लगानी बढेन, देशमा युवाहरु बेरोजगार भए त्यसैले रोजगारीका लागि दिनानुदिन विदेश भासिएका छन् ।’   उनले अन्तरक्रियाकै सवालमा सरकारले व्यवसायीहरुको मर्मलाई बुझेर नीति निर्माण गर्नुपर्नेसमेत धारणा व्यक्त गरेका थिए ।     रोटरी क्लब अफ गण्डकीले आफ्नो मासिक बैठकको क्रममा हरेक महिना विभिनन क्षेत्रको विज्ञ व्यक्तित्वसँग समय सान्दर्भिक विषयमा अन्तरक्रिया छलफल गर्दै आएको छ ।   अन्तरक्रिया कार्यक्रम  चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।  

पोखरा:   पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईले प्रस्तुती दिने भएका छन् ।  महोत्सवको आठौँ दिन बिहीबार  चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङको प्रस्तुती रहने छ । महोत्सवमा बुधवार पछिल्लो समय चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । शान्तिले बोल माया, गलबन्दी, चौका दाउ, अरेली काँडैले लगायतको गितहरु मार्फत दर्शकलाई नचाउद सफल रहिन । महोत्सवमा शान्ति संगै जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सव सातौ दिनमा आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिती रहेको छ भने महोत्सवमा कारोबार समेत वढिरहेको आयोजकले जनाएको छ । महोत्सवमा बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि कलाकार प्राज्ञ नगेन सिंहको कलाकृतिहरु  “विश्वको उत्कृष्ट गन्तव्य नेपाल दोस्रो कला प्रदर्शनी“ समेत भएरहेको छ । त्यसैगरी महोत्सवमा याकको अवलोकन, भेषभूषामा फोटो खिचाउने संगै नेपाल टेलिकमको निशुल्क सिमकार्ड लिनेको भीड रहेको छ । महोत्सवमा जारी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता अन्तर्गत बुधबार सरस्वती आवासिय मावि अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधवार विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा मेट्रोपोलिटन, सेन्ट मेरिज, सरस्वती आवासिय मावि र बालकल्याण बिचको प्रतिस्पर्धामा सरस्वती आवासिय मावि अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सव अवधिभर रेभल एप मार्फट टिकट काट्नेहरु मध्ये गोलाप्रथाद्धारा एकजनालाई वल्र्डलिंकको इन्टरनेट एक महिना निशुल्क, होटल स्नो पिकमा एक जोडीलाई डिनर सहित बास बस्ने ब्यवस्था र लेकसाइडमा रहेको प्याराडिसो बार एण्ड ग्रीलमा एक जनालाई एक हजारको कुपनको ब्यवस्था गरिएको  र प्रत्येक दिन तीन जनालाई निशुल्क टिकटको ब्यवस्था गरिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:    नेवा पुचः कास्कीको आयोजनामा पोखरामा ४० जना युवायुवतीहरुलाई धिमेनाच र धिमेबाजा बजाउने तालिम दिएको छ । करिव १५ दिनसम्म सञ्चालन भएको तालिममा पोखराका ४०जना युवायुवतीहरुको सहभागिता रहेको थियो ।  तालिम सञ्चालन गर्न पोखरा महानगरपालिका–३ ले सहयोग गरेको थियो । यस्तै प्रशिक्षार्थीहरुलाई बिकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका थिए ।  तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा न.३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाईराख्न सकेमात्र पहिचान कायम रहने बताए ।  उनले पोखरामा भएका नेवा खल:, नेवा ल्याम्ह पुचः नेवा पत्रकार तथा  मिसा पुचहरुको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने संग्रहालय निर्माण भएकोप्रति खुशी व्यक्त गर्दै जनप्रतिधि भएर संस्कृति जोगाउने विषयमा काम गर्न पाउँदा खुशी लागेको बताए । यस्तै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार र संस्कृति प्रवर्धन र संरक्षणको लागि युवाहरुलाई पोखरा मै पहिलो पटक धीमे नाचको तालिम दिईएको बताए । उनले नेवा मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थामा पुगेको पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनर्जागृत गरेको बताउँदै यस्ता नाचहरुलाई व्यावसायिकरण गर्नुपर्ने बताए । तालिम समापन कार्यक्रममा नेवा मिसा पुचः कास्कीका अध्यक्ष सँगिता बज्राचार्यले तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई धन्यवाद दिदै निरन्तर अभ्यासमा लागिरहन आग्रह गरिन । उनले तालिममा धेरै कुरा सिकेपनि पर्याप्त नहुने बताउँदै आफ्ना टोलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पनि यस्ता बाजागाजा र नृत्य प्रस्तृत गर्नुपर्नेमा जोड दिईन ।  

पोखरा:   पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा भोलि (बुधबार) चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र साँझको लाइभ ब्याण्ड तर्फ मेलिना राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । शान्ति श्री संगै लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुती रहने छ । महोत्सवको छैठौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रहेको छ । त्यसैगरी कारोबार पनि बढ्दै गइरहेको आयोजकले जनाएको छ । महोत्सवमा मंगलबार रचना रिमालको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । रचना संगै पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएभने साँझको लाइभ ब्याण्डमा श्री ३ को प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिए । महोत्सवमा हिमाली याक अवलोकन, घोडा सवार,  विभिन्न जातजातिको भेषभुषाको पहिरनमा तस्विर खिचाउने, भिआर नाइन डी, नेपाल टेलिकमको निशुल्क सिम वितरण, कृषि, लत्ताकपडा, घरायसी सामाग्री किन्ने दर्शकको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा:   अमरसिंह मैदानमा जारी पोखरा महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोडा सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोशाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन भने महोत्सवमा १ करोड १५ लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । महोत्सवमा सोमबार देखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता समेत सुरु भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा बेसलाईन एकेडेमी अघिल्लो चरणमा प्रवेश गरेको छ । बेसलाईन एकेडेमीले बाल मन्दिर मावि, अमरसिंह एन र कालिका माविलाई पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सवमा सोमबार लोकदोहोरी गायक राजु परियार र सिम्रन परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । युवा पुस्तालाई सिम्रन परियार र बृद्धवृद्धाहरुलाई राजु परियारको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए । राजु र सिम्रन संगै प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपाली लगाएतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभब्याण्ड तर्फ लाहुेर एण्ड द ब्याड कम्पनीको प्रस्तुतीमा युवाहरु झुमेका थिए । यसैगरि महोत्सवमा मंगलबार रचना रिमाल, पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ ब्याण्डमा श्री३ को प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा:  पोखरामा यति एयरलाइन्सको ९ एएनसी एटीआर–७२ को विमान दुर्घटना भएको आज एक वर्ष पुगेको छ ।  काठमाडौंबाट ७२ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको विमान सेती खोँचमा माघ १ गते दुर्घटना भएको थियो । सेती खोँचमा विमान दुर्घटनामा हुँदा चालक दलसहित ७२ जनाको नै ज्यान गएको थियो  ।  पोखरा महानगरपालिकाले विमान दुर्घटनाको भएको एक वर्षपछि दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्झनामा स्तम्भ निर्माण गरेको छ ।  विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुका सम्झनामा वार्षिक स्मृति सभा गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मृतकको सम्झनामा पार्क र पुल निर्माण गर्ने बताए ।     ‘दुर्घटनालाई हामी सम्झन चाहान्नौ तर दिवंगतहरुको सम्मान स्वरुप स्मृति पार्क र झोलुङ्गे पुल निर्माण गर्नेछौ,’ उनले भने । उनले मानवीय त्रुटीकै कारण विमान दुर्घटना भएको प्रतिवेदनले उल्लेख गरेको स्मरण गर्दै आगामी दिनमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्ने धारणा राखे । ‘हामीले नचाहदाँ नचाहदैँ गतवर्ष विमान दुर्घटना भयो, विमान सवार चालकदलसहित सबै यात्रुलाई गुमाउन पुग्यौ, दुर्घटनाको अन्तिम प्रतिवेदन पनि आएको छ’, मेयर आचार्यले भने, ‘प्रतिवेदनमा मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको भन्ने आएको छ, अब यस्ता दुर्घटना हुन नदिन सरकार र एयरलाइन्सले दुवैले ध्यान पु¥याउन आवश्यक छ ।’ उनले विमान दुर्घटना स्थलमा मृतकको सम्झनामा स्मृति पार्क र सेती खोँचलाई जोड्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने बताए ।  ‘हामीले यस दुर्घटना स्थलमा वारिपारि गर्न मिल्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने तयारी छौं’, उनले भने, ‘पुल र पार्क निर्माण गर्न यति एयरलाइन्ससँग पनि समन्वय गरेर अगाडि बढ्ने छौं ।’