५६ युनिट रगत संकलन
पाेखरा | माघ १४, २०८०

पोखरा: माझठाना पोखरा सम्पर्क समाजको नवौ बार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम ५६ युनिट रगत संकलन भएको छ । अमर सिहचोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सो रगत संकलन भएको हो ।
नेपाल रेडक्रस सोसाईटी रामघाटको प्राविधिक सयोगमा भएको कार्यक्रमको समाजका सल्लाहकार प्रा.डा. निर्मल लामिछाने र पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजित कार्यक्रमका सहभागि रक्तदातालाई समाजका सल्लाहकार, पदाधिकारी लगायत समाजिक एवम् शिक्षापे्रमीहरुबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
माझठानालाई जन्मभूमि भई पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्नहरुको सो संस्थाले आप्mना सदस्यहरुको हक अधिकारको सुरक्षित गर्दै सामाजिक, शैक्षिक एवम् स्वास्थ्य लगायतका क्षेत्र काम गर्दै आएको समाजका अध्यक्ष भोला ओझाले जानकारी दिनुभयो ।
पोखरा: पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुन गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहकार्य गर्ने भएको छ । होटलका सञ्चालक सुनिलबहा...
काठमाडौं: पूर्व राष्ट्रपति रामवरण यादवले तनहुँको राजनीतिक तथा सामाजिक नेता स्व. तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक आदर्श अहिले राजनीतिक शिक्...
म्याग्दीः म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा ज...