पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:    लायन्स क्लब अफ पोखरा चौतारीले माछापुच्छ«े गाउँपालिका–२ मा रहेको वाराही आधारभुत विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ । गरिमा बिकास बैँकको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा बैैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरे ।  कार्यक्रममा प्रमुख अतिथि ढकालले सरकारको लगानीले मात्र कुनै पनि क्षेत्र सुधार नहुने बताउँदै निजि क्षेत्र र सामाजिक संघसंस्थाको भुमिकालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताए ।  बैँकले आफ्नो सामाजिक उत्तरदायित्वको बिषयलाई गम्भीरताका साथ लिएको उनको भनाई छ ।  माछापुच्छ«े गाउँपालिका–२ का वडा अध्यक्ष गणेश आचार्यले संस्थाहरुको सहयोग र स्थानीय तहको प्रयासले विद्यालयमा विद्यार्थीहरुको संख्यामा वृद्धि हुदै गएको बताए ।  कार्यक्रममा लायन्सका डिष्ट्रिक चिफ एड्भाइजर प्रजापति बास्तोला, मोहानबाबु खड्का, पुरुशोत्तम पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष तिर्थबहादुर गुरुङ, कृष्ण आचार्य  लगायतले लायन्सले गरेको योगदानको चर्चा गरे ।  विद्यालयका प्राचार्य रामप्रसाद आचार्यले न्युन आय भएका अभिभावकका बालबालिका पढ्ने यस विद्यालयमा संस्थाको सहयोगले गर्दा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए ।  कार्यक्रममा ५२ जना विद्यार्थीहरुलाई प्रजातन्त्र दिवसको अवसर पारी करिब २ लाख बराबरको न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको थियो । 

पोखरा:    दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पव्लिक स्कुल र पोखरा लिंकन इन्टरनेशनल कलेजले जितेका छन् । प्लस टु तर्फ त्रिवेणी पब्लिक स्कुलले स्टेब बाई स्टेप सेकेन्डरी स्कुललाई ट्राइबेकरमा ४–३ गोलले हराउदै उपाधि चुमेको हो । निधारीत समयमा ३–३ गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा पुगको थियो । युनिभसिटि लेबल तर्फ पोखरा लिंकन इन्टरनेशनल कलेजले इन्फोम्याट्रिक कलेजलाई ट्राइबेकरमा ४–३ गोलले हरायो । निधारीत समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधि सहित पोखरा लिंकन इन्टरनेशनल कलेजले नगद २० हजार मेडल र ट्रफि हात पार्दा इन्फोम्याट्रिक कलेजले नगद १० हजार मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।    उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको प्रतियोगितामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टुको उपाधि सहित त्रिवेणी पब्लिकले नगद  १ लाख, मेडल, ट्रफि जितेको छ । त्यसै गरी उपविजेता स्टेप बाई स्टेपले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गरेको छ ।   प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएका थिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच भएको प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।   कार्यक्रममा गण्डकी युनिभसिटिका कुलपति गणेशमान गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्यसचिब रमेश सिलवाल, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसि, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगल, प्रतियोगिता संयोजक सन्तोष पराजुली लगाएतले पुरस्कार वितरण गरे ।  

पोखरा:    पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो  ।  महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए ।  ‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण  र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्धत गर्छ ।’ व्यवसायी केसीले भने ।  उनले पोखरा महानगरपालिकाको ३३ वटा वडा मध्ये पोखरा–१४ ले स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि काम गरेको बताए । मेला महोत्सव उत्पादित वस्तुहरुको व्यवसायीकरण गर बजारीकरणको गर्ने थलो भएको सम्मेत उल्लेख गरे ।  कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान कृषि, उर्जा तथा जलस्रोतमन्त्री एवम् सांसद बेदबहादुर गुरुङ ‘श्याम’ले मेला महोत्सवमा उत्पादित कृषि तथा वस्तुहरुको प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए ।  ‘मेला महोत्सवमा किसानका उत्पादन गरेका खाद्यान्नदेखि उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्ने थलो हो’, सांसद गुरुङले भने, ‘मेला महोत्सवले कला संस्कृतिसँगको संरक्षण र जर्गेना गर्न महत्वपूर्ण योगदान पु¥याउँछ ।’ पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए ।  ‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं’ वडाध्यक्ष कार्कीले भने ।  दुईदिनसम्म सञ्चालन भएको महोत्सवमा पोखरा–१४ भित्रका विभिन्न व्यवसाय प्रवद्र्धनका व्यवसायीहरुलाई १ सय वटा स्टल निशुल्क रुपमा प्रदान गरिएको थियो ।   महोत्सवमा वडामा उत्पादन भएका कृषि जन्य खाद्यान्न, वडाभित्र उत्पादन भएका उत्पादित वस्तुहरु, अटो इन्जिनिरिङका सामान, विद्यालयका शैक्षिक सामग्रीसँगै निशुल्क स्वास्थ्य जाँचहरुसमेत गरिएको थियो ।  उत्कृष्ट टोल सुधार समिति सम्मानित महोत्सवको अवसरमा वडाले विभिन्न टोल सुधार समितिलाई समेत सम्मान गरेको छ । वडाले महोत्सवको अवसरमा मसिना टोल सुधार समितिका अध्यक्ष देवेन्द्र मगर,चेतनामार्ग टोल सुधार समितिका अध्यक्ष डम्बर बहादुर मगर, दाहसंस्कार टोल सुधार समितिका अध्यक्ष ललित बहादुर बानियाँ, स्वागत नगर टोल सुधार समितिका अध्यक्ष सु.देव बहादुर केसी, मोहन मार्ग टोल सुधार समिति, युनिटी टोल सुधार समितिका अध्यक्ष लक्ष्मी लामिछाने अधिकारी, भूपु सैनिक टोलसुधार समितिका अध्यक्ष बलबहादुर गुरुङलाई सम्मान गरेको हो ।  यस्तै समाज सुधार तथा उत्पादनतर्फ लक्ष्मी कार्की र जेष्ठ नागरिकतर्फ नविन दास पौडेललाई सम्मान गरेको छ । यस्तै कृषितर्फ अमृता सापकोटा र पशुपालनतर्फ मोहनबहादुर कार्कीलाई सम्मान गरेको छ ।  महोत्सवको अवसरमा निकालिएको झाँकी तथा ¥यालीतर्फ मिरमिरे टोल विकास समिति, मसिना टोल सुधार समिति, नेपाल मगर कमदमार्ग चाउथे इकाई समिति, पद्याकुमारी इश्वरी विश्वविद्यालय, युकेश्वर टोल सुधार समिति, पोंचोकों तमु समाज घर, सस्कृति आमा समूहलाई समेत सम्मान गरेको छ । महोत्सवमा सहभागी टोल तथा संस्थाहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।  रस्साकसी प्रतियोगितामा मिर्मिरे र खाल्टे विजयी पोखरा महानगरपालिका–१४ वडा कार्यालयले आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा आयोजित टोल स्तरीय रस्साकसी प्रतियोगितामा महिलातर्फ मिर्मिरे आमा समूह र पुरुषतर्फ खाल्टे टोल सुधार समिति विजयी भएको छ ।  महिलातर्फ भएको रस्साकसी प्रतियोगितामा मिर्मिरे आमा समूह विजेता र युनिटी आमा समूह उपविजेता भए  । यस्तै पुरुषतर्फ खाल्टे टोल सुधार समिति र प्रगति टोल सुधार समिति उपविजेता भए ।  यस्तै छेलो फाल्ने प्रतियोगितामा दुजिक थापा मगर विजेता र रबिन गुरुङ उपविजेता भएको प्रचारप्रसार समितिका संयोजक रामजी जिसीले जानकारी दिए   ।  महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहेका थियो ।   

पोखरा:    पोखरा महानगरपालिका–१४ छिनेडाँडामा प्रथम स्थानीय महोत्सव सुरु भएको छ । ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित पोखरा–१४ को आयोजनामा प्रथम स्थानीय महोत्सव सुरु भएको हो ।  पोखरा महानगरपालिका–१४ वडा कार्यालयले आयोजना गरेको प्रथम स्थानीय महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे ।  सो अवसरमा बोल्दै मेयर आचार्यले मेला महोत्सवले व्यवसायीकरण र बजारीकरणका लागि योगदान पुर्याउने धारणा राखे । ‘मेला महोत्सवमा उत्पादित बस्तुहरुको व्यवसायीकरण र बजारीकरण गर्ने थलो छ, विभिन्न उत्पादक वस्तुहरुको प्रचारप्रसारमा महोत्सवले महत्वपूर्ण भूमिका प्रदान गर्दछ, मेयर आचार्यले भने, ‘पोखरा–१४ ले आयोजना गरेको स्थानीय महोत्सवले वडा भित्र उत्पादन हुने कृषि तथा उत्पादनशील वस्तुहरुको बजारीकरणका लागि सहयोग पुग्नेछ ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वडामा आउने सडक रातको समयमा अन्धकार बन्ने गरेको गुनासो आएकाले त्यसलाई चाँडै नै बत्ती जोड्न समन्वय भइरहेको बताए ।  पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए ।  ‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं’ वडाध्यक्ष कार्कीले भने ।  कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोकर्ण कार्कीले वडादेखि विभिन्न क्लब संघसंस्थाले आयोजना गर्ने मेला महोत्सवले व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।  पूर्व वडाध्यक्ष सम्मानित पोखरा महानगरपालिका–१४ ले आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा पूर्व वडाध्यक्ष र कर्मचारीहरुलाई सम्मान गरिएको छ ।  महोत्सवको अवसरमा तत्कालिन पोखरा नगरहुँदाका १४ र १८ वडाका पूर्ववडाध्यक्षलाई सम्मान गरिएको हो ।  वडा कार्यालयले महोत्सवको अवसरमा पूर्व वडाध्यक्ष स्वर्गीय तोरणबहादुर केसी, कोमल बहादुर गुरुङ, स्वर्गीय दुर्गाबहादुर कार्की, स्वर्गीय प्रेमबहादुर परियार, जगत बहादुर कार्की, क्षेत्रबहादुर केसी, प्रेमबहादुर कार्की र वडाका कर्मचारीहरुलाई सम्मान गरेको हो ।  महोत्सवमा १ सय स्टल दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा वडाले १ सय वटा स्टल निर्माण गरेको छ । स्थानीय महोत्सवमा पोखरा–१४ भित्रका विभिन्न व्यवसाय प्रवद्र्धनका व्यवसायीहरुलाई १ सय वटा स्टल निशुल्क रुपमा प्रदान गरेको वडाध्यक्ष कार्कीले बताए  ।  महोत्सवमा वडामा उत्पादन भएका कृषि जन्य खाद्यान्न, वडाभित्र उत्पादन भएका उत्पादित वस्तुहरु, अटो इन्जिनिरिङका सामानहरु महोत्सवमा राखिएको छ ।  सोमबारसम्म सञ्चालन हुने महोत्सवमा पोखरा–१४ भित्रका टोलस्तरीय रस्साकस्सी प्रतियोगिता, आमासमूहबीच रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र सेलरोटी पकाउने प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक रामजी केसीले बताए ।  महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहने उनले बताए ।   

पोखरा:    पोखराको साइनिङ स्टार बोर्डिङ स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालयले २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरेको रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले उहाँलाई चाँदीको करुवा सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि गुरुङले निजी विद्यालयले राज्यलाई महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । विद्यालयले अन्र्तराष्ट्रिय स्तरमा समेत भगिनी सम्बन्ध कायम गर्दै विश्व जगतमा नेपाली शिक्षा तथा संस्कृती चिनाउन मद्धत पु¥याएको उहाँको भनाई थियो । साथै अवको शिक्षा व्यवहारिक शिक्षा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सम्मानित व्यक्तित्व घिमिरेले सम्मानले आफुलाई यो क्षेत्रमा अझै केहि गर्न थप प्रेरणा मिलेको बताउनुभयो । समारोहमा शिक्षकहरु ललिता गुरुङ, विन्दु पौडेल, साबित्रा अधिकारी, निक्कु गुरुङ र मान बहादुर थापा तथा कर्मचारीहरु जयराम लिगल, अनिषा हमाल र शर्मिला भुजेललाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरियो । विद्यालयको साझेदार जर्मनीको युभिए जिम्नाजियम स्कुलका हेड टिचर आना टे सोनहेरले संस्कृती, प्रविधि, शिक्षक तथा विद्यार्थीविच कायम साझेदारीको गाँठो थप मजबुद हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । समारोहमा सो विद्यालयका ३ शिक्षक सहित १८ विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पूर्व प्रमुख नारायण प्रसाद सुवेदी, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयलका प्रमुख लक्ष्मण देवकोटा, एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, बैज्ञानिक डा.सन्तोष कोइराला,एन प्याब्सन कास्कीका सल्लाहकार याम खड्का,रामबहादुर थापा, अभिभावकको तर्पmबाट झम्कनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार, विष्णुहरी अधिकारी, बसन्त बैठक टोल विकास संस्थाका अध्यक्ष तुलसी दाहाल लगायतले विद्यालयले नाम जस्तै काम गर्न सफल भएको औल्याउनुभयो । समारोहमा वर्षभरि विभिन्न प्रतियोगिता तथा शैक्षिक कृयाकलापमा उत्कृष्ता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रमका साथै चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बविता भण्डारीले २५ वर्ष सम्म विद्यालयलाई सहयोग गर्ने सम्पूर्ण सहयोगिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सकारात्मक सल्लाह सुझाव र सहयोगका लागि आग्रह गर्नुभयो । विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डेले विद्यालयले रजत जयन्ती सम्म आइपुग्दा समाजका लागि थुप्रै होनहार प्रतिभाको उत्पादन गरिसकेको बताउनुभयो । आगामी वर्षहरुमा थप विद्यार्थी मैत्री कार्यक्रम ल्याउन जोड दिइने उहाँको भनाई थियो । शिक्षक मानबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।  

पोखरा:    पोखरा महानगरपालिका १४ नम्बर वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक  आयोजना गरेको स्थानीय महोत्सवको तयारी पुरा भएको छ ।  पोखरा–१४ वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक आयोजना गरेको स्थानीय महोत्सवको तयारी पुरा भएको प्रचारप्रसार व्यवस्थापन समितिका संयोजक रामजी जिसीले जानकारी दिए  ।  स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा–१४ वडा कार्यालयले भोलि र पर्सी (फागुन ६ र ७ गते) स्थानीय महोत्सव आयोजना गरेको हो । पोखरा महानगरपालिका–१४ छिनडाँडा स्थित शुक्रराज बलभद्र माविको खेलमैदानमा आयोजना हुने महोत्सवमा १ सय वटा स्टलको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।  स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेको वडाध्यक्ष बोधबहादुर कार्कीले बताए ।  ‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं ।’ वडाध्यक्ष कार्कीले भने ।  आइतबार र सोमबार सञ्चालन हुने स्थानीय महोत्सवमा स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने, आपसी सद्भाव र मित्रताको अभिवृद्धि गर्ने, खेलकुद संस्कृतिको विकास र स्थानीय पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्धेश्य राखिएको छ ।  दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा पोखरा–१४ भित्रका टोलस्तरीय रस्साकस्सी प्रतियोगिता, आमासमूहबीच रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र सेलरोटी पकाउने प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक केसीले बताए ।  महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहने उनले बताए । 

पोखरा:     पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना सम्बन्धी परियोजना कार्यान्वयनका लागि सरोकारवालाहरूसँग छलफल गरिएको छ ।  साइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्न आवश्यक परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच सम्झौता भएको थियो ।  परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्दै महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण सहित हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । यस्तै ग्रीन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ ।  ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन महानगरपालिकाले उपयुक्त वातावरण सिर्जना गर्ने र पर्याप्त तथा आवश्यक मानव संसाधनहरूको व्यवस्थापन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई अभिवृद्धि गर्न दिगो नीतिको सुनिश्चितता सहित परियोजनाको स्वामित्व समेत लिनेछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले यस परियोजना मार्फत युवाहरूका लागि रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । दिगो रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको कोइकाले बताएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै युवाहरूलाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने बताउनुभयो । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ ।” उहाँले भन्नुभयो ।  परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले रिसाइकल र अप–साइकल मार्फत नयाँ सामाग्रीहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।   

पोखरा:    उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गरे । प्रतियोगितामा ग्लोबल कलेजियट स्कुलले पोखरा आर्दश सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हराएको छ । त्यसै गरी अर्को खेलमा प्रतिभा सेडेन्डरी स्कुलले माउण्ट अन्नपुर्ण सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ३–२ गोल अन्तरले हरायो । निधारी समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो । त्यसै गरी सगरमाथा सेकेन्डरी स्कुलले न्यु ग्यालेक्सी इङलिस सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले हरायो । निधारीत समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो । अर्को खेलमा स्नोभ्यु इङलिस बोडिङ स्कुलले न्यु मोडल सेकेन्डरी स्कुललाई ४–३ गोल अन्तरले हरायो । शुक्रबार नै भएको अर्को खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कुलले शिसुनिकेतन स्कुललाई ७–४ गोल, बालविकास इङलिस बोडिङ स्कुल नवलपुरले ग्यान बगैचा इङलिस बोडिङ स्कुल तनहुँलाई ८–१ गोल र त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल टिम ए ले फियुचर ब्राइट बोडिङ स्कुललाई ७–१ फराकीलो गोल अन्तरले हरायो । प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगले बताए । त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका ८ टिमको सहभागीता जनाएका छन् । खुल्ला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् । 

पोखरा:    वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसी कुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख सहयोग हस्तान्तरण गरेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत रहेका गुरुङले आफ्नो परिवारका तर्फबाट नगद २ लाख र हङकङस्थित नेपाली दाजुभाई बाट संकलित नगद ३ लाख गरी कुल ५ लाख नगद सहयोग हस्तान्तरण गरेका हुन् । गुरुङले हस्तान्तरण गरेको उक्त रकम १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत प्रथम पुरस्कार राशीका लागि रहेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् । सोही अवसरमा सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ र प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार एवं समाजसेवी सुनिल गुरुङले समेत् नगद ५–५ हजार सहयोग प्रदान गरेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष गुरुङले आयोजकले अब सम्पूर्ण ध्यान पोखरा म्याराथन सफल बनाउन तर्फ केन्द्रित गर्नु पर्ने बताए । उनले भने–“अब अन्तिम समय आइपुगेको छ । कोही रिसाउँछ की भनेर चिन्ता गर्नु पर्दैन । अब सफल रुपमा सम्पन्न गर्न यहाँहरुको ध्यान पुग्न आवश्यक छ ।” उनले पोखरालाई अब लिने मात्रै नभई दिने पनि बनाउन सक्नुपर्ने कुरा औंल्याउँदै पोखरा म्याराथनमा शुरक्षाको विषय प्रमुख रहेको बताए । नेपाललाई नै अब खेलकुदको माध्यमबाट ‘फिट’ राख्नुपर्ने कुरा औंल्याउँदै तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक समेत रहेका गुरुङले आफूले सोही उद्धेश्य अनुरुप पोखरामा फिट नेपाल परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको बताए । पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि हङकङमा रक्ष (रक्स) गुरुङको संयोजकत्वमा तेक्वान्दोका ग्रान्ड मास्टर चौ बहादुर गुरुङले सहयोग गरेका छन् । त्यस्तै सहयोग गर्नेहरुमा गंगा गुरुङले १ लाख, अर्जुन गुरुङले ७० हजार, सुरेश गुरुङले ३० हजार, सुरज ९नारायण० गुरुङले ३० हजार सहयोग गरेको अन्तर्राष्ट्रिय सम्पर्क संयोजक तेज बहादुर गुरुङले जनाएका छन् । त्यस्तै हङकङबाट सहयोग गर्नेहरुमा वुद्धि गुरुङ र सुरेन्द्र ढकालले समान हङकङ डलर १–१ हजार, दिनेश गुरुङले ७ सय, भिम गुरुङले ५ सय, रक्ष (रक्स) गुरुङले ५ सय, डम्वर कुमार गुरुङले २ सय ५१ हङकङ डलर सहयोग गरेका छन् । हङकङबाट २६ जनाले पोखरा म्याराथनलाई सहयोग गरेको संयोजक गुरुङले जानकारी दिए । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सहयोग प्रति आभार व्यक्त गर्दै विदेशमा बस्ने नेपालीहरु दाजुभाईको सहयोगले पोखरा म्याराथनलाई सहजरुपमा सञ्चालन गर्न सहयोग पुगेको बताए । सो अवसरमा अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरुङले आफू पोखरा म्याराथनका लागि भनेर नै हरेक वर्ष सहभागि हुन आएको बताउँदै अर्को वर्ष भने अस्ट्रेलियन नागरिकलाई सहभागि गराउने गरी आफूले प्रयास गर्ने बताए । उनले भने–“अहिले हामीले जति सकिन्छ नेपाली दाजु भाईबाट संकलित रकम सहयोग हस्तान्तरण गरेका छौं । अर्को वर्ष आफ्नो निरन्तरता संगै अस्ट्रेसियन नागरिकहरुलाई समेत पोखरा म्याराथनमा सहभागिता गराउन प्रयास हुनेछ ।” पोखरा म्याराथनमा फुल म्याराथनमा सहभागिता जनाउन लागेका चन्द्र प्रकाश गुरुङले गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाको नगद सहयोग १ लाख र विभिन्न साथी भाईबाट संकलित १ लाख ३७ हजार ५ सय गरी कुल २ लाख ३७ हजार ५ सय नगद सहयोग मञ्चलाई हस्तान्तरण गरिसकेको छन् ।