त्रिवेणी पब्लिक र पोखरा लिंकन इन्टरनेशनल कलेजलाई हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको उपाधि

पाेखरा | फागुन ८, २०८०

त्रिवेणी पब्लिक र पोखरा लिंकन इन्टरनेशनल कलेजलाई हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको उपाधि

पोखरा:    दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पव्लिक स्कुल र पोखरा लिंकन इन्टरनेशनल कलेजले जितेका छन् ।


प्लस टु तर्फ त्रिवेणी पब्लिक स्कुलले स्टेब बाई स्टेप सेकेन्डरी स्कुललाई ट्राइबेकरमा ४–३ गोलले हराउदै उपाधि चुमेको हो । निधारीत समयमा ३–३ गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा पुगको थियो ।


युनिभसिटि लेबल तर्फ पोखरा लिंकन इन्टरनेशनल कलेजले इन्फोम्याट्रिक कलेजलाई ट्राइबेकरमा ४–३ गोलले हरायो । निधारीत समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधि सहित पोखरा लिंकन इन्टरनेशनल कलेजले नगद २० हजार मेडल र ट्रफि हात पार्दा इन्फोम्याट्रिक कलेजले नगद १० हजार मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए । 

 

उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको प्रतियोगितामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टुको उपाधि सहित त्रिवेणी पब्लिकले नगद  १ लाख, मेडल, ट्रफि जितेको छ । त्यसै गरी उपविजेता स्टेप बाई स्टेपले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गरेको छ ।
 

प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएका थिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच भएको प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
 

कार्यक्रममा गण्डकी युनिभसिटिका कुलपति गणेशमान गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्यसचिब रमेश सिलवाल, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसि, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगल, प्रतियोगिता संयोजक सन्तोष पराजुली लगाएतले पुरस्कार वितरण गरे ।  

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्