सूर्यतारा खेल महोत्सवमा फुटबलतर्फ रामघाट च्याम्पियन
पाेखरा | बैशाख १, २०८३
पोखरा । ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा रामघाट च्याम्पियन बनेको छ ।
पोखरा २९ भण्ढारढिक खेलमैदानमा भएको फाइनल खेलमा मिक्की एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै रामघाट च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको रामघाटले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको मिक्कीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष्य विष्णु पुनले जानकारी दिए ।
उनका अनुसार कुल १८ टिमले सहभागिता रहेको सो प्रतियोगिताबाट मिक्की एफसीका अमित गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।
यस्तै अनुशासित टिममा स्याङ्जा युथ क्लब, सर्वाधिक गोलकर्ताका रपमा विपिन फुटबल क्लबका राहुल गुरुङ घोषित भए ।
यसैगरी राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगितामा हिमाला आमा समुह अर्घौ प्रथम, गण्डकी प्रदेश डोरी तान सङ्घ दोस्रो र लालीगुँरास एजु समुह तेस्रो हुँदै क्रमश ५५ हजार ५ सय ५५ रुपैयाँ, ३३ हजार ३ सय ३३ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पुरस्कार हात पारे ।
जातीय संघ–संस्थाको झाँकी प्रदर्शनीतर्फ रूपा नेवाःखल प्रथम, पुन मगर समाज ढुङ्गेपाटन दोस्रो र सूर्यमुखी तमु समाज तृतीय भए । उनीहरूलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको अध्यक्ष पुनले बताए ।
विजेतालाई गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्ण खड्का विखर्ची, क्लब अध्यक्ष विष्णु पुन लगायतले पुरस्कार वितरण गरेका थिए ।
‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको थियो ।
प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् ।
इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको थियो ।
सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू रहेका थिए ।
हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका थिए ।
‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवकासँगै विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

