पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले हराएको १७  लाख रुपैयाँ फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।  कृषि विकास बैंकमा नगद जम्मा गर्न जाँदा कालिगढ मनोहर पवँरले हराएको १७ लाख र...

पोखरा:   कास्कीको भदौरेमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा १० जना घाइते भएका छन् ।  पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको थियो ।    यो पनि पढ्नुहोस   पोखराबाट भदौरे जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते १० जना मध्य ५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।    

पोखरा:   नेशनल क्रियशन एकेडेमी पोखरा– ८ नागढु·ामा शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको २०७९ को शैक्षिक तथा २०८० को अतिरिक्त क्रियाकलापको पुस्कार वितरण गरिएको हो । कार्यक्रममा शैक्षिक तर्फ ट्रफी र अतिरिक्त क्रियाकलाप तर्फ मेडल प्रदान गरिएको थियोे ।  कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानेन्द्र बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हर पल लागि रहेको बताए । ‘नयाँ नयाँ प्रविधिको विकास सँगै विद्यालयको पठन पाठनलाई पनि प्रविधि मैत्री बनाउदै गएका छौं’ संस्थापक प्रिन्सिपल थापाले भने,‘ विश्व वाजरमा विक्ने खालको शिक्षा दिन विद्यालय तल्लीन छ ।’ उनले हरेक वर्ष विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरणले थप उर्जा मिल्ने साथै सांस्कृति कार्यक्रमले प्रतिभा प्रस्फुटन गर्न मद्दत मिल्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रशाशक विक्रम बहादुर थापा, अतिरिक्त क्रियाकलाप प्रमुख सुदामा रेग्मी, नेपाली विभाग प्रमुख सृजना आचार्य थापाले बोलेका थिए ।  उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।

पोखरा:    आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ ।  आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरिएको हो ।  मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिएका छन् ।  उनीहरुले अवार्ड कार्यक्रमलाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए । अवार्ड कार्यक्रमको लोकप्रियता बढाउन विगतका कमीकमजोरीलाई सुधार गर्दै सबैले अपनत्व लिन सक्ने खालको कार्यक्रम बनाउनुपर्ने बताए ।  सबैजनाले आ–आफ्नो ठाउँमा योगदान गर्ने हो भने कार्यक्रमको रौनकता बढ्ने र स्थापित कार्यक्रमको रुपमा यसको उचाइ थप बढ्ने उनीहरुको विश्वास थियो ।   सोही भेलाले मञ्चका अध्यक्ष दीननाथ बराल संयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न ११ वटा उपसमितिका संयोजक र सह–संयोजक समेत चयन गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । जस अनुसार आर्थिक संकलन उपसमितिको संयोजक कविता घर्ती मगर र सह–संयोजक शशी कुमार पौडेललाई जिम्मेवारी दिइएको छ ।    प्रचार प्रसार उपसमितिको संयोजकमा राजाराम पौडेल, सह–संयोजकमा विजय नेपाल र सदस्यहरुमा रिखिराम जिसी, धन बहादुर गुरुङ सुमन, विजय नेपाली रहेका छन् ।  अन्तराष्ट्रिय समन्वय उपसमितिको संयोजकमा केशव पाठक र सह–संयोजकमा सुर्दशन रन्जित, स्वागत सत्कार उपसमितिको संयोजकमा एकराज गिरी र सह–संयोजकमा फडिन्द्र अकिञ्चन रहेका छन् ।  स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा मान बहादुर घर्ती र सह संयोजकमा राम गुरुङ, फोटोग्राफी तथा भिडियोग्राफि उपसमितिको संयोजकमा उमेश पुन र सह–संयोजकमा बसन्त शेर्पा रहेका छन् । मञ्च व्यवस्थापन समितिको संयोजकमा सन्देश श्रेष्ठ र सह–संयोजकमा धन बहादुर गुरुङ सुमन, सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा मन क्षेत्री र सह–संयोजकमा सुशिल नेपाली छन् ।  संघ संस्था समन्वय उपसमिति संयोजकमा रोहितराज पराजुली र सह–संयोजकमा कृष्ण दवाडी, मुल्याकंन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली र सह–संयोजकमा गणेश बराल ढाकामोहन, क्विक रेसपोन्स उपसमिति संयोजकमा राजु गिरी र सह–संयोजकमा अर्जुन गाहा सुशान्त रहेका छन् ।  उपसमितिमा आवश्यकताको आधारमा सदस्य थप गर्ने अधिकार संयोजकलाई दिइएको महासचिव पौडेलले खुलाए । यसरी थप गरिएको सदस्यको बारेमा उपसमिति संयोजकले मुल आयोजक समितिको संयोजक अथवा मञ्चको कार्यसमितिलाई जानकारी गराउनुपर्नेछ ।  प्रतिभा छनोट समिति र उत्कृष्ट खेल पत्रकार छनोट समिति पछि चयन गर्ने मञ्चले जनाएको छ ।   अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको भने साहस स्पोर्ट्सले सहयोग गर्नेछन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।  खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

पोखरा:   पोखरा महानगरापालिका–२५ हेमजामा सञ्चालन हुने १२ औं आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।   विष्णु पादुका क्लबको आयोजनामा चैत २५ देखि बैशाख ५ गतेसम्म सञ्चालन हुने १२ औं आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महासचिव बसन्तकुमार श्रेष्ठले बताए ।  ‘हेमजामा यही चैत २५ देखि बैशाख ५ गतेसम्म १२ औं संस्करणको आलु महोत्सव आयोजना गर्दै छौं, आलु महोत्सव सफल बनाउन तयारी तीव्र पारिरहेका छौं’, महासचिव श्रेष्ठले भने, ‘ महोत्सवलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिरहेका छौं ।’ क्लबका महासचिव श्रेष्ठलेविशुद्ध हेमजावासीको महोत्सवका रुपमा राष्ट्रिय हेमजा आलु महोत्सवलाई चिनाउँदै त्यससँग हेमजाको पहिचान जोडिएको बताए । उनले यस वर्षको महोत्सव मार्फत बचत हुन आउने रकमबाट क्लवको बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य राखिएको स्पष्ट पार्दै हेमजालाई देश विदेशमा चिनाउन आलु महोत्सवको भूमिका महत्वपूर्ण रहेको औंल्याए ।  पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिन सुझाव दिदैं आलु महोत्सव किसानको महोत्सव हुनुपर्ने बताए । उनले उन्नत विउ लगाए नियमित अवस्थामा भन्दा १५ देखि २० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने स्पष्ट पार्दै आलुको उत्पादनमा ध्यान दिन आयोजकलाई ध्यानाकर्षण गराए ।      महोत्सवमा १ सय ४०  स्टल मध्ये ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । महोत्सवमा प्रतिकेजी रु.३८ देखि ४० का बीचमा आलुको कारोवार हुने तथा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् । महोत्सवका लागि सदाझै यस वर्ष पनि ‘सुन्दर ठाँउ हेमजा जाऔंः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारालाई अगाडि सारिएको छ । हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा छ ।  

पोखरा:   पोखरा महानगरपालिका–२८ लेखनाथको आरुपाटामा बस दुर्घटना हुँदा चालक घाइते भएका छन् ।  बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको स्थानीयले बताएका छन् ।  लेखनाथको आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस आज (शनिबार) दुर्घटना भएको हो ।    बस दुर्घटना हुँदा घाइते भएका चालक र सहचालकलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

पोखरा:    नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान अर्पण गर्दै ५९ औं स्थापना दिवस मनाएको छ । महासंघ कास्कीले पत्रकार गंगाधर पराजुलीलाई २०७९ र राजु भण्डारी एवं भण्डारी परिवारलाई २०८० सालको पोखरा पत्रकारिता सम्मान अर्पण गरेको हो । शुक्रबार पत्रकार महासंघको सभाहलमा भएको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।   पत्रकार गंगाधर पराजुलीलाई नगद ५० हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । भने, भण्डारी परिवारलाई पत्रकार महासंघको संस्थागत विकासमा टेवा पु¥याएकाले दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको हो ।   स्थापना दिवसकै अवसरमा पत्रकार महासंघ कास्कीले ‘पत्रकारितामा देखिएको संकट र समाधानका उपायहरु’ विषयमा संवाद पनि गरेको थियो । संवाद कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पत्रकारितालाई नियन्त्रणभन्दा पनि नियमनको जरुरी रहेको बताउनुभएको थियो । ‘स्वतन्त्रता र छाडातन्त्र भनेको के हो भनेर मुलधारमा काम गर्ने पत्रकारहरुले अन्यलाई बुझाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल र पत्रकारिता फरक कुरा हुन् भन्ने आम जनतालाई बुझाउन सकिएको छैन् । यो पत्रकार र सरकारका लागि चूनौति हो ।’ यो भ्रम चिर्नका लागि साझा प्रयासको जरुरी रहेको उहाँले बताउनुभयो । सोही अवसर गण्डकी प्रदेश सरकाले सञ्चारको क्षेत्रमा धेरै काम गरिहेको सुनाउनुभयो । ‘हामीले आमसञ्चार विधेयक पारित गरिसकेका छौं । त्यसमा प्रेस रजिष्टारको कार्यालय पनि छ,’ उहाँले भन्नुभयो, ‘यो कार्यान्वयनमा गएपछि सरकारको खासै आवश्यकता पर्दैन् । पत्रकारिताका लागि जे गर्नुपर्छ विधेयकमा परिकल्पना गरिएको काम प्रेस रजिष्टार कार्यालयले नै गर्छ ।’ यो बाहेक पनि सरकारले गर्नुपर्ने काम गर्न आफू तयार रहेको उहाँले बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम बनाउने क्रममा पनि पत्रकार महासंघ कास्कीसँग सहकार्य गरिरहेको उहाँले सुनाउनुभयो । ‘छलफलपछि लोक कल्याणकारी विज्ञापनमा पहिला भएकोमा ५० प्रतिशत वृद्धि गरेको छु । पत्रकारको स्वास्थ्य विमा हुनुपर्छ भनेर त्यो कार्यक्रम पनि ल्याएको हो,’ उहाँले भन्नुभयो, पत्रकारहरुका लागि फेलोसिप दिने भनेर २० लाख पनि छुट्याएको छु । आगामी दिन आर्थिक अवस्था हेरेर नीति कार्यक्रम बनाउँला ।’ कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष बद्रीविनोद प्रतिकले पत्रकारितामा देखिएको समस्या र चूनौति समाधानका लागि पत्रकारहरु नै जागरुक हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले पत्रकार सरकारको स्थायी प्रतिपक्ष रहेकोले सोही अनुसार कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकारिता बौद्धिक पेश भएकाले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले आफूहरु पत्रकारहरुको हकहितका पक्षमा काम गरिरहेको बताउनुभयो । काम गर्ने समयमा केही कमजोरी भए आगामी दिनमा सच्याउँदै अघि बढ्ने उहाँले सुनाउनुभयो । कार्यक्रममा सम्मानित गंगाधर पराजुलीले पुरस्कारले पत्रकारिता क्षेत्रमा कमल चलाउन हौसल बढेको बताउनुभयो । ‘म केही समय अघिसम्म सक्रिय रुपमा पत्रकारितामा थिए । पछिल्लो समय केही निस्क्रिय जस्तै थिरु,’ उहाँले भन्नुभयो, ‘यो पुरस्कारले यही क्षेत्रमा रहिरहनुपर्छ भनेर हौसला मिलेको छ ।’ सम्मानित व्याक्ति राजु भण्डारीले संस्थागत रुपमा गरिएको सम्मानले पत्रकारिता क्षेत्रसँग परिवारको निकटता झनै बढेको बताउनुभयो । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले स्थापना दिवसको अवसरमा शुभकामना दिदैं पत्रकार महासंघका सदस्यहरुलाई परेको समस्यामा सधैं साथमा रहेको बताउनुभयो । महासंघ कास्कीमा आएका लिखित तथा मौखिक उजुरीका साथै जानकारी भएसम्ममा समस्या समाधानका लागि पत्रकार महासंघ कास्कीले कुनैपनि कसर बाँकी नराखी काम गरेको सुनाउनुभयो । समस्या र चूनौतिका बिचमा पनि धेरै काम गरिरहेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपालका इन्चार्ज सन्देश श्रेष्ठ, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, संसदीय पत्रकार महासंघ गण्डकीका अध्यक्ष भरत कोइराला, नेकपा एमाले कास्कीका सचिव दर्शन लामालगायतले पत्रकारिता क्षेत्रको चूनौति समाधानका लागि पत्रकार नै सक्रिय र जिम्मेवार हुनेपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक कोमलनाथ बरालले सम्मानति व्याक्तिहरुको बारेमा परिचय दिनुभएको थियो । महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव माधव बरालले गर्नुभएको थियो ।

पोखरा:    सेती नदीमा हाम फालेर बेपत्ता भएका पोखरा–१६का सुगम बास्तोलाको खोजतलाजको लागि दोस्रो ड्याम खोलिने भएको छ ।  गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोला नभेटिएिपछि कास्की प्रहरीले भोलि (बिहीबार) ड्याम खोलेर खोज्ने तयारी गरेको हो ।  पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदी माथि बनाइएको पुलबाट हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।  पोखरा महानगरपालिका–१६ दिपस्थित सेती नदीमा बनाईएको ड्याम भोलि (बिहीबार)खोलेर पानीको बहाव बढाई बास्तोलाको खोजतलाज गर्ने प्रहरी निरीक्षक रानाले बताए ।  गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोलालाई प्रहरीले परिवारको आग्रहपछि फागुन २२ गतेपनि ड्याम खोलेर खोजतलाज गरेको थियो ।  बास्तोलाको परिवारले पुनः दोस्रो ड्याम खोलेर पटक खोजतलाजको लागि आग्रह गरेपछि ड्याम खोलेर खोजतलाज गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:     पोखराको सहारा क्लबले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ । पोखरा १७ दोभिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौंथो ब्याजको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लबले जनाएको छ ।  एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरुको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लबले सार्वजनिक गरेको हो । कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्य बुवा वा आमा गुमाएको वा दुवै गुमाएको, बुबाआमा अपांगता भएको, प्रशिक्षार्थी बालक २०८० चैत मसान्तरमा १० वर्ष पूरा भएर १२ वर्ष ननाघेको, जन्म मितिः २०७० बैशाख देखि चैत्र सम्म जन्म भएको तथा कक्षा ५ वा ६ उत्तिर्ण गरेको हुनुपर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो ।  शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त भएको, नजिकको नातेदार वा बालक आश्रित संघ संस्थाको आवेदन, बालकको बुवाआमाको वा नजिकको नातेदारकी नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय निकायको सिफारिसको सक्कल, जन्मदर्ताको प्रमाणपत्र (हस्पिटलको जन्म दर्ता समेत), सम्बन्धित बालकको चलअचल सम्पत्ति भए सोको निस्साको फोटोकपी, बालकको हालसालै खिचेको फोटो २ थान सहित आवेदन फाराम यही चैत मसान्तर भित्र बुझाउनु पर्ने क्लवले जनाएको छ । सहारा एकेडेमीमा हाल ७ जिल्लाका १३ जना बालकहरु रहनु भएको छ ।