पोखरा:      जिल्ला ट्राफिक कार्यालय कास्कीले समयमा नै सवारी साधनहरुको सर्भिसिङ नगर्ने, सवारी साधनको जाँचपास नगरेको ११ वटा बसलाई नियन्त्रणमा लिएको छ ।  सवारी साधनहरुको समयमा नै...

पोखरा:   हरियोखर्क अस्पतालमा ३ दिने आधारभूत कुष्ठरोग तालिम प्रदान गरिएको छ । सामुदायिक आउट रिच परियोजना हरियोखर्क अस्पताल आइ एनएफ नेपाल र स्वास्थ्य कार्यलय कास्कीको आयोजनामा कार्यक्रम भएको परियोजनाका आउट रिच म्यानेजर ताराहाङ तावाले जानकारी दिए। समुदायका कुष्ठरोग पत्ता लागाउने,उपचार गर्ने,अपाङ्गता हुनबाट बचाउने र समयै उपचार गराउन स्वस्थ्यकर्मिहरुलाई सहजता होस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको तावाले बताए । फागुन २२ बाट २४ गते सम्म आयोजना भएको तालिमा क्षयकुष्ट फोकल पर्सनहरु कास्की जिल्लाका २० ,कपिलवस्तुका ५ र हरियोखर्क अस्पतालका ७ जनाको सहभागिता रहेको थियो ।  जिल्ला स्वास्थ्य कार्यलय कास्कीका प्रमुख रामबहादुर नेपालीले तालिमले स्वास्थ्कर्मीहरुलाई समुदायमा क्षय,कुष्ठरोग पत्ता लगाउन सहयोग पुग्ने बताए ।तालिमबाट प्राप्त ज्ञानलाई उपयोग गर्न उनको आग्रह थियो । तालिम सहजकर्ताहरु कास्की जिल्लाका क्षयकुष्ठ अधिकृत लक्ष्मण बस्यौला,आइ एनफए हरियोखर्कका डा.सुमन तामाङ्ग,स्वास्थ्य तालिम केन्द्र गण्डकीका निमित्त महानिर्देशक रमेश प्रसाद अधिकारी,छाला रोग बिशेषज्ञ डा.नम्रता बस्नेत,प्रकाश कार्की,रमेश शर्मा,सुरज महर्जन,शारदा रानाभाट,फिजियो थेरापिष्ट सुरविर सुर्यवस्ती,प्रेम बस्याल,काउनसिलर रुथ परियार,अकुपेशन थेरापिष्ट दोरोथी दास लगाएत रहेका थिए ।

पोखरा:    पोखरा महानगरपालिका–२ बेसीमार्गमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सरकारी जग्गामा व्यक्तिले मिचेर बनाइएका संरचनामा वडा कार्यालयको पहलमा आज (बिहीबार) डोजर लगाएर भत्काएको हो ।  पोखरा महानगरपालिका–२ का वडाध्यक्ष विवसमान प्रधानाङ्गले सरकारी जग्गा मिचेर बनाइएका १ सय मिटर क्षेत्रको अस्थायी संरचना हटाइएको बताए ।  ‘वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सार्वजनिक जग्गा मिचेर व्यक्ति र विद्यालयले वाल निर्माण गरेका थिए’, वडाध्यक्ष प्रधानाङ्गले भने, ‘जिल्ला नापी कार्यालय कास्कीको फिल्ड वुकमा यस स्थानमा सार्वजनिक बाटो कायम छ, सरकारी जग्गामा निर्माण भएका अस्थायी संरचना हटाउन सूचना प्रकाशित गरिएपनि नहटाएपछि आज हटाएका हौं ।’ उनले अस्थायी संरचना हटाइएका सार्वजनिक क्षेत्र वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सडक निर्माण हुने बताए ।  पोखरा महानगरपालिका–२ ले सार्वजनिक जग्गा मिचेर बनाइएका वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुल गेटसम्म करिव १ सय मिटर लम्बाई र ६ मिटरको चौडाइमा पक्की सडक बनाउने योजना अगाडि सारेको छ ।     

पोखरा:      पोखराको लामाचौरमा गुडिरहेको स्कुल बस माथि विद्युत पोल ढलेको छ । बुधबार बिहान लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको स्कुल बस माथि विद्युत पोल ढलेको स्थानीयहरुले बताएका छन् ।  स्थानीयका अनुसार लामाचौरबाट विद्यार्थी लिएर नदीपुरतर्फ आउँदै गरेको ग १ क २३९४ नम्बरको स्कुल बस माथि विद्युतको पोल ढलेको हो । विद्युत पोल ढलेपछि त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।  नेपाल विद्युत प्राधिकरण मालेपाटन शाखाका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले लामाचौरमा विद्युतको पोल ढलेको सूचना प्राप्त भएको जानकारी दिए ।  ‘ लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको स्कुल बसमाथि विद्युतको पोल ढल्यो भन्ने सूचना आएको छ’, भुवाजीले भने, ‘बसले ठक्कर नदिई पोल ढल्दैन हाम्रो टोली लामाचौरतर्फ जाँदै छ, थप विवरण केही समयमा आउँला ।’ विद्युतको पोल स्कुल बस माथि ढले पनि मानविय क्षति भने भएको छैन् ।    

पोखरा:      गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ  । प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत  लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका, बेसीसहर नगपालिका, गोरखा जिल्लामा रहेको सिरानचोक गाँउपालिका र अजिरकोट  गाँउपालिकामा सञ्चालित स्थानीय शासन सहयोग कार्यक्रमको अनुुगमनसंग प्रदेश समन्वय समितिका सदस्यहरु र पािलकाका प्रमुख उपप्रमुखवीच अनुभव आदान प्रदान गरिएको हो । पालिकाहरुले सुचना प्रविधि, कृषि, पर्यटन र सेवा प्रवाहका क्षेत्रमा  प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन गरेका छन् । पिएलजीएसपी कार्यक्रमको सहयोगबाट निर्माण भएका योजनाहरुको प्रगति कार्यान्वयन अवस्था, विद्यमान कानुुनी व्यवस्था र आवश्यक कानुन निर्माण, न्यायिक समितिको कार्य प्रगति तथा अन्र्तक्रिया, नवप्रवर्तन साझेदारी कोष कार्यक्रमको प्रगति अवस्था र आगामी योजना र सफल तथा असल अभ्यासहरु बारे अनुगमन, अन्र्तक्रिया र अनुभव अदान प्रदान गरिएको गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव यमुना प्रधानले जानकारी दिनुभयो । सञ्चालित कार्यक्रमको अनुगमनका लागि गण्डकी प्रदेश समन्वय समिति रहेको छ ।सोही समितिले पालिकाहरुमा सञ्चालित कार्यक्रम बारे अनुुगमनसंगै अनुभव आदान प्रदान गरेको हो ।  पोखरा महानगरपालिका उपप्रमुख एवं अनुगमन समिति सदस्य मञ्जुदेवी गुुरुङको संयोजकत्वको समितिमा सदस्य भानु नगरपालिका उपप्रमुख उमा गोतामे, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, आबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, बागलुङको बरेङ्ग गाँउपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमुना प्रधान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका शाखा अधिकृत सन्दिप ढुंगाना, कम्प्युटर अधिकृत सञ्जन भुर्तेल, रजनी थापा मगर सहितको टोलीले कार्यक्रमको अनुुगमन गरेको हो ।   अनुगमनका क्रममा पालिकाहरुबाट भैरहेका सेवा प्रवाह, न्यायिक समितिले सम्पादन गरिरहेका कार्यहरु बारेमा छलफल भएको थियो ।छलफलमा पालिकाहरुले स्थानीय शासन कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । स्थानीय शासन कार्यक्रम प्रभावकारी भएपनि आफना सुझावहरुलाई प्रदेश सरकारले कार्यान्वयन नगरेको गोरखाको अजिरकोट गाँउपालिकाका अध्यक्ष वीरेन्द्र देवकोटाले गुनासो गनुभयो ।  उहाँले स्थानीय तहलाई सबल र सक्षम बनाउनुपर्नेमा प्रदेश सरकारले वितरण गर्ने खुद्रे बजेटले गुणस्तरीय काम हुन नसकेको बताउनुभयो । उहाँले जसअपज पाउने स्थानीय सरकार भएपनि सरकारको मान्यता दिन प्रदेश र संघले कन्जुस्याइँ गरेको गुनासो गर्नुभयो ।उहाँले न्यायिक समितिलाई प्रभावकारी बनाउन कानुन अधिकृतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।  अध्यक्ष देवकोटाले मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम मार्फत गाँउपालिकालाई एग्रो टुरिजमका रुपमा विकास गर्न लागेको बताउदै पर्यटनका लागि सम्भवाना बोकेको बताउनुभयो । बरेङ्ग गाँउपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले शिक्षा, स्वास्थ्य र कृषिमा अरुपालिका भन्दा नयाँ गरे जस्तो लागेको बताउनुभयो । त्यस्तै नेपालको संविधानले व्यवस्था  गरेको न्यायिक समितिले सम्पादन गरेका कार्यहरुको बारेमा पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले आफनो अनुभव सुनाउदै  न्यायिक समितिलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले न्यायिक समिति असफल हुदाँ उपप्रमुख र उपाध्यक्ष असफल हुने भएकाले संविधानले व्यवस्था गरेको न्यायिक समितिलाई प्राथमिकतामा राखेर काम गर्नुुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहका समस्या एउटै हुन भएकाले सहकार्य र समन्वय मार्पmत समाधान गर्नुुपर्नेमा जोड दिदै जनप्रतिनिधिलाई सफल बनाउन कर्मचारीका भुमिका महत्वपूर्ण भएको दुवै मिलेर जादाँ नयाँ शासन ब्यवस्था सफल हुने बताउनुभयो ।

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीले बागमती प्रदेशमा पहिलो पटक सञ्चालन हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरे संगै जिम्मेवारी समेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजनामा यहि फागुन ३० देखि चैत्र ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिम्मेवारी तोकेको हो । परिषदको सोमबार सम्पन्न कार्यकारी समितिको बैठकले परिषदका सदस्यहरुलाई विभिन्न ९ खेलका लागि संयोजकको जिम्मेवारी दिएको हो । परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकले परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ र ऋषीराम गौतमलाई अनुगमन समितिको सदस्यमा तोकेको छ । त्यसै गरी पुरुष भलिबलको संयोजकमा परिषदका सदस्य बसन्तराज दवाडी, महिला भलिबलको संयोजकमा शुभकन्या गुरुङ, फुटबलतर्फ आकृती भण्डारीलाई संयोजक तोकेको छ । क्रिकेटको संयोजकमा परिषदका सदस्य केशव पाठक, तेक्वान्दोमा योगिता सहानी, बक्सिङमा कार्यकारी सदस्य ऋषीराम गौतम, कराँतेमा योगेन्द्र शेरचन, एथलेटिक्समा गिरमान गुरुङ, पौडीमा योगेन्द्र गुरुङ र ब्याडमिन्टनको संयोजकमा बिनय थापालाई जिम्मेवारी दिएको छ । प्रतियोगिता अन्तर्गत महिला/पुरुष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, व्याडमिन्टन, एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, पौडीखेलहरु सञ्चालन हुनेछन् । सम्पन्न बैठकले महिला फुटबलको २१ देखि चैत्र १ गते सम्म नवलपुरमा प्रशिक्षण हुने छ भने पुरुष फुटबल, तेक्वान्दो, एथलेटिक्स, पौडी, ब्याडमिन्टनको छनौट खेलहहरु यहि फागुन २६ र २७ गते पोखरामा तथा कराँतेको सोही मितिमा पर्वतमा छनौट खेल आयोजना गर्ने गरी निर्णय गरेको छ । त्यसै गरी भलिबल महिला तथा पुरुष र बक्सिङको छनौट खेल २३ र २४ गते पोखरामा हुनेछ भने महिला क्रिकेट छनौट फागुन २६ देखि २८ गते सम्म पोखरामा हुनेछ । सदस्य सचिब शर्माले सबै खेलका लागि खेलाडी छनौट गर्न परिषद र सम्बन्धित खेल संघ मार्फत खुल्ला आह्वान गरिने जनाउँदै छनौटमा सफल हुने खेलाडीलाई कम्तिमा पाँच दिनको बन्द प्रशिक्षणमा समावेश गर्ने बताए ।   छनौटलाई पारदर्शी र मर्यादित बनाउन आग्रह गर्दै सदस्य सचिब शर्माले सबै सदस्यहरुलाई पहिलो पटक अन्तर प्रदेशमा हुने सहभागिताले दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत तयारीले प्रभाव पार्ने बताए । बजेटको सिमिततालाई ध्यानमा राख्दै छनौट कार्यक्रम गरेको बताउँदै उनले सिमित श्रोत र साधनका बाबजुद पनि खेलाडीहरुको मनोबल उच्च बनाउने गरी कार्य गर्नु पर्ने उनको भनाई थियो ।   बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि गण्डकीबाट ९ खेलमा करिव २ सय ५० खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिता अन्तर्गत अधिकांश खेलहरु चितवन र फुटबल खेल भने हेटौडामा हुने भएको छ । 

पोखरा:   राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा महानगरपालिकामा ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । रास्वपाका सार्वजनिक मामिला विभागका सदस्य उत्तम पौडेललेको नेतृत्वमा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा सार्वजनिक सम्पत्तिको खोजी गरी महानगरको स्वामित्वमा ल्याएर संरक्षण गर्न, अवैध अतिक्रमण र भोगचलन गरिएको भए ति ठाउँमा सार्वजनिक पहुँच विस्तार र व्यवसायिक प्रयोजनमा लगाउँदा प्रतिस्पर्धाका आधारमा कर तथा भाडाको दायरामा ल्याउन आग्रह गरेको छ ।  यस्तै पोखरालाई ‘ग्रिन सिटी’का रुपमा विकास गर्न भन्दै महानगरले अव बन्ने सबै भवन÷संरचनामा हरियो रङ लगाउने नीति ल्याएको भन्ने विषयमा सञ्चार माध्यममा आएका हुँदा यसको सत्यतामा स्पष्ट पार्न ध्यानाकर्षण बुझाएको उल्लेख गरिएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सार्वजनिक मामिला विभागका सदस्य पौडेलको नेतृत्वमा प्रदेश महामन्त्री नविन त्रिपाठी, रास्वपा क्षेत्रीय सभापति लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको हो । 

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद बिकास समितिहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँमा सञ्चालित तीन दिने अर्धवार्षिक समिक्षामा आर्थिक वर्ष ०८१/०८१ मा प्रदेशका ११ वटै जिल्लामा सम्पन्न भएका विभिन्न गतिविधिहरुकाका बारेमा गम्भिर छलफल गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका हुन् । कार्यक्रममा जिल्लाका अध्यक्ष, पदाधिकारी एवं कार्यालय प्रमुखहरुको उपस्थितीमा सम्पन्न समिक्षा कार्यक्रममा जिल्लामा भए गरेका खेलकुद गतिविधि, कार्यालय सञ्चालन एवं आगामी वर्षका योजनाहरुका बारेमा समेत छलफल गरिएको सदस्य सचिव शर्माले बताए । नवलपुरमा हालै सम्पन्न १४ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको समिक्षा, चैत्र २ गतेबाट सुरु हुने बाग्मती प्रदेशस्तरीय प्रतियोगिता र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितको तयारी र खेलाडी छनौटका बारेमा समेत् छलफल गरिएको परिषदले जनाएको छ । त्यसै गरी जिल्ला खेलकुद विकास समितिहरुले आ–आफ्नो प्रतिबेदन प्रस्तुतीमा जिल्ला खेलकुद संघहरुको गठन, रेफ्रि, प्रशिक्षक, निर्णायकहरुको सुचिकृत विवरण पेश गरेको विषयमा सदस्य सचिव शर्मा सदस्य सचिव शर्माले सबै जिल्ला खेल संघहरुलाई ७ दिन भित्र नविकरण गरिसक्न जिल्ला खेलकुद विकास समितिहरुलाई निर्देशन दिएका छन् । जिल्ला खेलकुदहरु बाट दिइने सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिंदै सदस्य सचिव शर्माले जवाफदेहिता र क्षमता बढाउन आग्रह गर्दै खेलकुद क्षेत्रलाई मर्यादित बनाउन सबैको उत्तिकै दायित्व रहेको उल्लेख गरे । खेलकुद विगतमा जस्तो कर्मकाण्डी समय विताउने थलोको रुपमा मात्र हेर्न नहुने भन्दै आ–आफ्नो तोकिएको जिम्मेवारीलाई पुरा गर्न उनले निर्देशन समेत् दिए । सो अवसरमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख निलकण्ठ ढकालले समेत छुट्टा छुट्टै विषयमा आ–आफ्ना भनाईहरु राखेका थिए ।

पोखरा:   नेपाल खेलकुद महासंघ गण्डकी र सूर्य तारा क्लब पोखराको संयुक्त आयोजनामा पोखरामा सम्पन्न भएको दोस्रो केपी ओली सडक दौड प्रतियोगितामा सपन्न भएको छ ।  शनिबार सम्पन्न विद्यालयस्तरीय ५ किलोमिटर दौडमा कास्की मोडनाईजका बादल कार्की प्रथम, छोरेपाटन माविका तेन्जोङ रोका द्धितीय र सैनिक आवासिय माविका नारायण रानाभाट तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।  यस्तै विद्यालयस्तरीय छात्रातर्फ छोरेपाटन माविका विष्णु थापा प्रथम, गौरीशंक माविका करिवा मगर द्धितीय र मेधराज सामुदायिक विद्यालय घाचोकका एन्जिला जिटी तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै खुल्ला महिला ५  किलोमिटर सडक दौडतर्फ नितु तामाङ प्रथम, तनहुँ भिमादका ममता कुमाल द्धितीय र पोखराका रेवती तिमल्सिना तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै पुरुष भेट्रानतर्फ पोखराका विष्णुलाल श्रेष्ठ प्रथम, शंकर शाह द्धितीय र ओमबहादुर थापा तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । नेपाल खेलकुद महासंघ गण्डकी र सूर्य तारा क्लब पोखराको संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिता वार्षिक परीक्षाको कारण निर्धारित मितिबाट अगाडि नै सञ्चालन गरिएको संयोजक विष्णु पुनले बताए ।  उनका अनुसार विद्यालयस्तरीय नृत्य प्रतियोगिता चैत २६ देखि सञ्चालन हुनेछ । खेलकुद महोत्सवमा पुरुष फुटबल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुनेछ ।   

पोखरा:   पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ । पोखरा महानगरपालिका– ७ बुलौदीमा आज बिहान अन्दाजी ३ः४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  हल्लनचोकबाट जिरोकिलोमिटरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाईडरमा ठोक्किदा गम्भिर घाइते भएका कैलाली सोरहनपुर ३ घर भएका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय सैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।    उनीहरुको शवलाई पोष्टमार्टमको लागि अहिले अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।