पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:     पोखरा महानगरपालिकालाई ‘स्वच्छ शहरः हरित सहर’ को रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा।शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो ।  महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष पहलमा पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न सम्भावित वृक्षारोपण स्थलहरू पहिचान गर्ने, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न उपयुक्त वनस्पति प्रजातिहरू पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षारोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले उप प्राध्यापक डा.भण्डारी सहित उप प्राध्यापक सुमन भट्टराई र उप प्राध्यापक विकास अधिकारी सम्मिलित अध्ययन टोली गठन गरिएको थियो ।   रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाई, सौन्दर्ययता बढाउने प्रजाति, सदाबहार प्रजाति, धार्मिक महत्वका प्रजाति, पोखरा महानगर भित्र राम्रोसँग हुर्किरहेका प्रजाति, हावाहुरीबाट सजिलै नभाँचिने प्रजातिका आधारमा वृक्षारोपण गरिने बिरुवाका प्रजातिहरू छनौट गरिएको कार्यदलले बताएको छ ।  अध्ययन अनुसार महानगर क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ कि।मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाउन सकिनेछ । महानगर क्षेत्रमा पहिचान गरिएको सम्भावित क्षेत्रमा लगाउन सकिने बिरुवाहरूमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत छन् ।   महानगर क्षेत्रको सम्भावित क्षेत्रमा २ लाख १८ हजार बढी बिरुवाहरू रोप्न सकिने बताएको छ । जस अन्तरगत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ३९९ र सडक, नदी तथा खोला किनारमा १ लाख ४४ हजार ६०४ वटा बिरुवाहरू रोप्न सकिने सम्भावना रहेको कार्यदलका संयोजक डा।भण्डारीले बताउनुभयो ।   सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तर निकाय समन्वयको अभाव र मौजुदा व्यवस्थाहरू कार्यान्वयनको  कमजोर अवस्था लगायत चुनौतीहरू रहेको कार्यदलले औँल्याएको छ । कार्यदलले अध्ययनका क्रममा वृक्षारोपण व्यवस्थापन तथा संरक्षण रणनीति अन्तरगत बिरुवा रोप्ने खाडलको आकार, बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षारोपण अभियानमा सृजनात्मक तरिका तथा प्रोत्साहनजनक कार्यहरू, मल्चिङ, बिरुवाको नाम लगायतको विवरण अभिलेखीकरण, ट्रि गार्ड, सरोकारवालाको निक्र्यौल, सहरी वनलाई सबल बनाउने उपायहरूको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न आवश्यक रहेको जनाएको छ ।  महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षारोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाई सम्भावित सम्भावनाहरूको पहिचान गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छता प्रति स्थानीय सरकारको प्रतिबद्धता समेत भएको बताउनुभयो ।  विज्ञहरूको कार्यदलले गरेको अध्ययनले पोखरालाई ‘स्वच्छ शहर: हरित सहरको रूपमा विकास गर्न माइल स्टोनको रूपमा काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महानगर क्षेत्रमा २ लाख बढी बिरुवाहरू रोप्ने कार्य महत्त्वाकाङ्क्षी भए पनि आफूहरूले योजनाका साथ काम गर्ने उहाँले बताउनुभयो ।  सरोकारवालाहरूले भने बिरुवाहरूको छनौट गर्दा आवश्यकता, प्राथमिकता र वातावरणसँग बिरुवाको मिलनका महत्त्वपूर्ण विषयवस्तुहरूलाई गहन रूपमा विश्लेषण गरिनु पर्ने सुझाव दिएका छन् । अध्ययनको कार्य अन्तिम चरणमा पुगेको र प्रतिवेदन छिट्टै महानगरपालिकालाई हस्तान्तरण गरिने संयोजक प्रा।डा भण्डारीले बताउनुभयो ।   

पोखरा:     यूनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।  क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमबार पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङले यूनाइटेड क्लब जस्ता पोखरामा सयौंको संख्यामा क्लबहरु रहेको र उनीहरुले मेला महोत्सव आयोजना गर्ने गरेको भएतापनि सामाजिक क्षेत्रमा कुनै काम नगरेको बताउदै यूनाइटेड क्लबले पोखराको अमरसिंहमा स्थापना भएतापनि पोखरा र आसपासमा कार्यक्षेत्र बनाइ प्रतिफल योग्य काम गरेको बताए । यूनाइटेड क्लबले आफ्नो बहुप्रतिक्षित योजना अन्तर्गत पोखरा २७ अर्चलेमा जेहेन्दार बिद्यार्थीहरुलाई लक्षित गरी निर्माण गर्न लागेको आवाशिय छात्राबास निर्माणको लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने र आगामी वर्ष उक्त निर्माणस्थलमा पक्की बाटो निर्माण गरिदिने प्रतिवद्धता समेत ब्यक्त गरे । अध्यक्ष गुरुङले अर्चलेमा जन्मेर विभिन्न ठाँउमा बसोबास गर्नेहरुले कवि शिरोमणी आधारभुत विद्यालयको स्तरोन्नतीको लागि सहयोग गर्न समेत आग्रह गरे । यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा स्थापना भएको यूनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको साविक लेखनाथ क्षेत्रलाईनै मुख्य आधार बनाइ काम गर्दै आइरहदा हाल सम्म क्लबले ८० प्रतिशत रकम लेखनाथ क्षेत्रमा खर्च गरिसकेको वताउदै लेखनाथमा चिडियाखाना बाट शुरु गरि विभिन्न विद्यालय हुँदै आफ्नै जग्गा खरिद गरि आवाशिय छात्राबास निर्माणको चरणमा पुगेको बताए । त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त पौडेलले यूनाइटेड क्लबले विद्यालयको नयाँ सेसन शुरु हुने वेलामा विद्यालयमा अध्ययनरत विद्यार्थी हरुलाई आवश्यक रहेको शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । विद्यालयका प्रध्यानाध्यापक गुरु प्रसाद सापकोटाले गरिबका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरि यूनाइटेड क्लबले ठुलो सहयोग गरेको बताउदै सामुदायिक विद्यालयलाई सहयोग दाता नपाएको खण्डमा विद्यार्थी लाई पढाउन गार्हाे हुने बताए । सो अवसरमा बोल्दै यूनाइटेड क्लबका प्रथम उपाध्यक्ष तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक गणेश तिमिल्सिनाले यूनाइटेड क्लबले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्दै आइरहेको र यो पटक लेखनाथको अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण गर्न पाउदा खुसी लागेको बताए । सो अवसरमा पोखरा महानगरपालिका २७ बस्ने महेन्द्र पौडेल र उनका आमा देवी माया पौडेलको नाममा स्वर्गीय वुवा माधव प्रसाद पौडेको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष र यूनाइटेड क्लबका सल्लाहकार रमेश बहादुर कार्की एवं बुहारी सुमित्रा कार्कीले स्वर्गीय बुवा पूर्व प्रधानपन्च रुद्र बहादुर कार्कीको सम्झनामा ५१ हजार  १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन । अक्षयकोषको रकम हस्तान्तरण गर्दै पोखरा २७ का महेन्द्र पौडेलले आफु अध्ययन गरेको विद्यालयमा अध्ययनरत भाइबहिनीहरुको शैक्षिक स्तरोन्नतीको लागि केही गर्नुपर्छ भनेर आफ्नो वुवाको सम्झनामा अक्षयकोष स्थापना गरेको बताए ।  त्यस्तै अर्का अक्षयकोष दाता रमेश बहादुर कार्कीले अर्चलेमा आफु विभिन्न कामको शिलशिलामा आउदा विद्यालयको वारेमा जान्ने बुझ्ने मौका पाएको र पुरानो विद्यालय भएतापनि अर्चलेका मानिसहरु शहर बसाइ सर्ने र गांउको विद्यालयको लागि कोही कसैले सहयोग गरेको नपाएपछि उनीहरुलाई झक्झक्याउनका लागि अक्षयकोष स्थापना गरेको बताए । आफ्नो ठांउको हरेक क्षेत्रको बिकासको लागि आफुहरुनै लाग्नुपर्ने अर्काको आश भरोसा गर्न नहुने बताउदै अर्चले बासीले पुरानो ऐतिहाँसिक विद्यालयको संरक्षणमा लाग्न समेत उनले आग्रह गरे । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले सरकारले विदेशमा जसरी सामुदायिक विद्यालयमा चासो दिएको खण्डमा कोही कसैको आस भरोसा नगरी सामुदायिक विद्यालयहरु सञ्चालन हुने वताउदै सरकारी निकायले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।  

पोखरा:    पोखरामा स्वीकृति बिना नै माटो ओसारपोसार गर्ने ४ वटा टिप्परलाई प्रहरलिे नियन्त्रणमा लिएको छ ।  अवैध रुपमा पामेबाट माटो लिएर राष्ट्रबैंकचोकतर्फ आउँदै गरेको ४ वटा टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा आवश्यक कागज तथा स्वीकृती नलिई अबैध रुपमा माटो ओसार पसार गरी रहेको अवस्थामा ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नं. को टिप्परलाई फेलापारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।   नियन्त्रणमा लिइएको टिप्परहरुलाई आवश्यक अनुसन्धान एंव कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:    कास्कीका माछापुच्छ«े गाउँपालिका घर भएका जगत पुन सेती नदीमा मृत फेला परेका छन् ।  बैशाख १ गतेदेखि हराइरहेका जगत पुन आज (सोमबार) सेती नदीमा मृत फेला परेका हुन् ।  कास्कीका माछापुच्छ«े गाउँपालिका–१ करुवा बस्ने अन्दाजी २५ वर्षीय जगत पुन वैशाख १ गतेदेखि कसैको सम्पर्कमा नआएपछि आफन्तले खोजतलाज गर्ने क्रममा आज सेती नदी किनारामा उनको कपडा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।  खोजतलाज गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण पोखराबाट खटिएको सशस्त्र प्रहरी बल  तथा गोताखोर टोलीले जगत पुनलाई मृत फेला पारेको थियो ।  शवलाई स्थलगत मुचुल्का तयार गरेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा:    पोखरा महानगरपालिका–१५ नयाँ गाउँमा प्रभु बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । नयाँ गाउँमा शाखा विस्तार गर्दै प्रभु बैंकले गण्डकी प्रदेशमा ५४ औं शाखा सञ्चालनमा ल्याएको हो ।  प्रभु बैंक नयाँ गाउँ शाखाको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरिन् । प्रभु बैंक लिमिटेडको नयाँ गाउँमा शाखा विस्तार गर्दै देशभर ३ सय २ औ शाखा सञ्चालन गर्न सफल भएको छ ।   नयाँ गाउँ शाखाको उद्घाटनपछि बोल्दै प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शेरचन गौचनले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैैंकिङ सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नयाँ गाउँमा शाखा विस्तार गरेको बताईन् ।  ‘सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य सहित पोखराको नयाँ गाउँमा शाखा विस्तार गरेका छौं’, शेरचनले भनिन्, ‘देशको आर्थिक विकासमा सकारात्मक टेवा पु¥याउन बैंकिङ क्षेत्रको योगदान छ, आशा छ तपाईहरुले हामीलाई अझै विश्वास गर्नुहुनेछ ।’ पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरण बाँनियाले वडाभित्र नै बैंकको शाखा विस्तार हुँदा सर्वसाधारणदेखि स्थानीयहरुलाई बैंकिङ कारोवारमा सहज हुने बताए ।    प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले सबल अर्थतन्त्र बिकासको सहयात्री, अग्रणी बाणिज्य बैंकको यो शाखाले समाजको प्रत्येक सदस्यलाई उत्कृष्ट गुणस्तर सहितको वित्तिय उत्पादन तथा सेवाहरु उपलब्ध गराएर आर्थिक समृद्धिको लागि योगदान दिनेमा बिश्वास लिएको  बताए ।    प्रभु बैंक लिमिटेडले पोखराको बगर, हरिचोक, रत्नचोक, अघौंचोक, बाजापाटन, तालचोक, विरौटा, न्यूरोड र नयाँ गाउँमा शाखा सञ्चालन ल्याएको छ । यस्तै बैंकले कास्कीको माछापुच्छ«े गाउँपालिकामा समेत शाखा विस्तार छ ।   

पोखरा:    १४ औं वार्षिकोत्सवको अवसर पारी यूनाइटेड क्लबले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार पोखरा १४ छिनेडांडामा रहेको शुुक्रराज बलभद्र माविमा खेलकुद सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको खेलकुद सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले यूनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरदा आफ्नो वडामा रहेको विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा यूनाइटेड क्लबले सामाजिक काम संगै देशमा विद्यमान अवस्थाहरुलाई मध्यनजर गरी कार्यक्रमहरु अगाडि वढाउनुपर्नेमा समेत जोड दिए । सो अवसरमा बोल्दै यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव विशुद्ध सामाजिक कामकै लागि आयोजना गरिने भएकाले पोखरा महोत्सवको आम्दानीबाट बचत रकममध्ये केही रकम विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक, खेलकुद सामाग्रीहरु वितरण गर्दै आइरहेको बताए । त्यस्तै विद्यालयका प्रध्यानाध्यापक नारायण प्रसाद भण्डारीले यूनाइटेड क्लव पोखरामा स्थापित भइकन राष्ट्रिय स्तरको क्लबका रुपमा आफुलाई चिनाउन सफल रहेको वताउदै यूनाइटेड क्लबले आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी खेलकुदका सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । यूनाइटेडको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुदको बिकासमा टेवा पुग्ने उनको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै यूनाइटेड क्लबका कार्यसमिति सदस्य तथा खेलकुद सामाग्री वितरण कार्यक्रमका संयोजक सन्तोष कार्कीले यूनाइटेड क्लबले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसरमा विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गर्दै आइरहेकोमा १४ औं वार्षिकोत्सवमा शुक्रराज बलभद्र स्कुलमा अध्ययनरत विद्यार्थीहरुको खेलकुदको बिकासमा केही थप मदत होस भन्ने अभिप्रायले खेलुकद सामाग्री वितरण गरिएको बताए । निर्माण समितिको संयोजक ब्यवस्थापन समिति संयोजक तिकलराम लम्सालले यूनाइटेड क्लबको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई राहत पुग्ने बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठल पोखरा महोत्सव सफल बनाउन वडा नम्बर १४ वासीको समेत ठूलो देन रहेको बताए । यूनाइटेड क्लवले आगामी दिनमा पर्यटकीय गन्तब्य निर्माणलाई जोड दिने वताउदै वडा नम्बर १४ संग सहकार्य गरी वडा भित्र पर्यटकीय गन्तब्य निर्माण गर्न आफुहरु तयार रहेको बताए । यूनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार लेखनाथ २७ अर्चलेमा रहेको कविशिरोमणी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको महासचिव सुनारले जानकारी दिए ।

पोखरा:     दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो । पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी बिग एफएमका स्टेशन म्यानेजर भइसकेका छन् ।   गण्डकी न्यूजका संस्थापक सम्पादक अधिकारीले आदर्श समाज दैनिक, कास्की आवाज दैनिक, गोलनेपाल डटकम, एभिन्यूज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् ।   इतिहास, व्यवस्थापन र आमसञ्चारका विद्यार्थी अधिकारी अहिले गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजन गर्दै आएका छन् । उनी खेलकुद पत्रकार मञ्च, गण्डकीका सल्लाहकार, अनलाइन पत्रकार संघ, गण्डकीका सल्लाहकार, प्रेस चौतारी कास्कीका सचिव छन् ।   पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देलको स्मृतिमा स्थापित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०७४, यातायात पत्रकारिता पुरस्कार २०७३ लगायत अन्य संघसंस्थाबाट अधिकारी सम्मानित एवं पुरस्कृत भइसकेका छन् ।   यही वैशाख ८ गते, पोखरा उद्योग वाणिज्य संघ सभाहलमा अवार्ड समारोह हुने आयोजक संस्थाका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ । अवार्डका विभिन्न २६ विधामा १ सय ३० जना संगीतकर्मी मनोनयनमा परेका छन् । हरेक विधाका ५ मनोनयनमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । राष्ट्रिय संगीत अवार्डमा आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत तथा भाषाभाषीका गीतलगायतका विधाहरु समावेश गरिएको छ । 

पोखरा:     १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलुको पहाडसँग तस्विर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिन्छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्विर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले पहाडसँगै आ आफ्नो तस्विर खिच्ने गरेका छन्  र सामाजिक संजालमा राख्ने पनि । चैत २५ गतेबाट सुरु महोत्सव यहि वैशाख ५ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँग तस्विर खिच्ने कार्य हुन पुगेको छ । तस्विर खिच्न बुढा, पाका देखि अनुज एवम् तन्नेरी पुस्ता समेत हैसिएका छन् ।सम्झना पनि हुन्छ, कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण पनि छ, हेमजा कृषिका लागि उर्वर भूमि हो शुक्रवार पहाडसँगै तस्विर कैद गर्दै गरेका पोखरा २१ का सुरेन्द्र पोख्रेलले बताए। आइतवारसम्म ४८ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा २ हजार ५ सय ४ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले हालसम्म २७ लाख बढीको आलु कारोवार भएको पनि बताए। महोत्सव अन्तर्गत आइतवार हेमजा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो लोकार्षण गरिनुका साथै कलाकारहरु प्रजापती पराजुली, राजु परियार, सरला पाण्डे, कुमार पुन, राजन कार्की, मञ्जु विक र निश्चल थापाका प्रस्तुतिहरु रहे ।त्यस्तै सोमवार प्रकाश दुतराज, पुरुणोत्तम न्यौपाने, पूर्णकला विसी, प्रिन्स लम्साल, वसन्ती थापाका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ । भित्तेपात्रो लोकार्षण गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिराज तिम्सिनाले आलु महोत्सव समग्र पोखरेलीको चाड भएको उल्लेख गर्दै यसलाई सुधार्दै लैजानुपर्ने बताए ।उनले हेमजा साहित्य प्रतिष्ठानका गतिविधिको प्रशम्सा समेत गरे । त्यस्तै महोत्सवमा भजन प्रतियोगिता पनि जारी छ ।भजनतर्फ आइतवार माछापुच्छे« सेवा समाजले प्रस्तुति राख्यो । महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आइतवारसम्म करिव साढे २ करोडको कारोवार भएको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।

पोखरा:    यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार एक कार्यक्रमका बिच पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन सेवा प्रदान गरेको छ । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता  मोतीराज तिमिल्सिनाले यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहदा १४ औं वार्षिकोत्सव सम्म आइपुग्दा अतिनै श्रहानिय र उदारहणीय काम गरेको बताए । क्लबले महोत्सवको आयोजना गरी महानगर भित्र आर्थिक चलायमान गर्ने काम गरेको बताउदै युनाइटेड क्लबले गर्ने हरेक गतिविधीलाई महानगरले साथ र सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । यूनाइटेड क्लबले यसअघि पनि मानव सेवा आश्रममा आयोजित महायज्ञ र अन्य अवसरमा पनि सहयोग गरेको आफुलाई अवगत भएको बताउदै तिमिल्सिनाले मानवसेवा जस्ता क्षेत्रमा यूनाइटेड क्लबले गरेको कामको प्रशंसा गरे । सो अवसरमा बोल्दै मानव सेवा आश्रम कास्की जिल्ला संयोजक सदिस पुनले मानव सेवा आश्रममा आश्रितहरुलाई लक्षित गरी यूनाइटेड क्लबले भोजन दान गरेकोमा धन्यवाद ब्यक्त गरे । क्लका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र हरेक वर्ष स्थापना दिवसको अवसर पारी सप्ताहव्यापी कार्यक्रमहरु गर्दै आइरहेकोमा यो पटक मानवहरुको सेवा गरी साताब्यापी कार्यक्रम सुरु गर्न पाउदा खुसी लागेको बताए । क्लबका कोषाध्यक्ष तथा भोजन सेवा कार्यक्रमका संयोजक सूर्य बहादुर बानियाँले यूनाइटेड क्लबले पोखरा महोत्सव सञ्चालन गरी विभिन्न विद्याका सामाजिक क्षेत्रहरुमा कार्यहरु गर्दै आइरहदा मानव सेवा आश्रममा समेत यूनाइटेड क्लबले भोजन सेवा कार्यक्रमको आयोजना गर्न पाउदा आफ्नो संस्था गौरवान्वित भएको वताउदै अन्य संघ संस्थाहरुलाई पनि साताब्यापी कार्यक्रममा सहयोग गर्ने बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रमको शुरुवात पोखरामा रहेका वृद्धाश्रमहरुबाट शुरु गर्दै आइरहेको र यस पटक मानव सेवा आश्रमबाट सप्ताहव्यापी कार्यक्रम शुरु गर्न पाउदा साच्चैनै मानवकै लागि सेवा गरेको आभाष भएको बताए । क्लवले यस पटक मात्र नभइ मानव सेवा आश्रमको भवन निर्माणका लागि आयोजित महायज्ञमा समेत १ लाख ११ हजार १ सय ११  रुपैया सहयोग गरेको र त्यसभन्दा अगाडि पनि पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा भाँडाकुँडा र खाद्यान्न सामाग्री वितरण गरेको बताए । क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । यसैबिच क्लबले शनिवार नै पोखरा १५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई समिति द्धारा सञ्चालित परोपकार जेष्ठ नागरिक मिलन केन्द्र शिद्धेश्वर शिव मन्दिर भजन मण्डलीमा आवद्ध महिला सदस्यहरुलाई पोषक वितरणका साथै केन्द्रमा आवद्धहरुलाई भोजन सेवा प्रदान गरिएको महासचिव सुनारले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार दोश्रो दिन पोखरा १४ छिनेडाँडा स्थित शुक्रराज वलभद्र माविमा खेलकुद सामाग्री वितरण कार्यक्रम रहेको क्लबले जनाएको छ ।