पोखराको नयाँ गाउँमा प्रभु बैंकको शाखा विस्तार

पोखरा महानगरमा मात्र १० औं शाखा

पाेखरा | बैशाख ३, २०८१

पोखराको नयाँ गाउँमा प्रभु बैंकको शाखा विस्तार

पोखरा:    पोखरा महानगरपालिका–१५ नयाँ गाउँमा प्रभु बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । नयाँ गाउँमा शाखा विस्तार गर्दै प्रभु बैंकले गण्डकी प्रदेशमा ५४ औं शाखा सञ्चालनमा ल्याएको हो । 


प्रभु बैंक नयाँ गाउँ शाखाको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरिन् । प्रभु बैंक लिमिटेडको नयाँ गाउँमा शाखा विस्तार गर्दै देशभर ३ सय २ औ शाखा सञ्चालन गर्न सफल भएको छ ।  


नयाँ गाउँ शाखाको उद्घाटनपछि बोल्दै प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शेरचन गौचनले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैैंकिङ सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नयाँ गाउँमा शाखा विस्तार गरेको बताईन् । 


‘सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य सहित पोखराको नयाँ गाउँमा शाखा विस्तार गरेका छौं’, शेरचनले भनिन्, ‘देशको आर्थिक विकासमा सकारात्मक टेवा पु¥याउन बैंकिङ क्षेत्रको योगदान छ, आशा छ तपाईहरुले हामीलाई अझै विश्वास गर्नुहुनेछ ।’


पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरण बाँनियाले वडाभित्र नै बैंकको शाखा विस्तार हुँदा सर्वसाधारणदेखि स्थानीयहरुलाई बैंकिङ कारोवारमा सहज हुने बताए । 

 

प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले सबल अर्थतन्त्र बिकासको सहयात्री, अग्रणी बाणिज्य बैंकको यो शाखाले समाजको प्रत्येक सदस्यलाई उत्कृष्ट गुणस्तर सहितको वित्तिय उत्पादन तथा सेवाहरु उपलब्ध गराएर आर्थिक समृद्धिको लागि योगदान दिनेमा बिश्वास लिएको  बताए । 
 


प्रभु बैंक लिमिटेडले पोखराको बगर, हरिचोक, रत्नचोक, अघौंचोक, बाजापाटन, तालचोक, विरौटा, न्यूरोड र नयाँ गाउँमा शाखा सञ्चालन ल्याएको छ । यस्तै बैंकले कास्कीको माछापुच्छ«े गाउँपालिकामा समेत शाखा विस्तार छ । 
 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्