नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ब्रेक ‘थ्रू’

काठमाडाैं | बैशाख ३, २०८१

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ब्रेक ‘थ्रू’ तस्बिर फाइल

काठमाडौं:      नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक ‘थ्रू’ भएको छ । आज एक औपचारिक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ आरपार भएको घोषणा गर्नु भएको हो ।


दुवै तर्फ छेडिएको सुरुङ मार्गको औपचारिक ब्रेक थ्रुका लागि आज कार्यक्रम आयोजना गरिएको थियो ।औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागि हुने कार्यक्रम रहेको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ ।


आयोजनाको ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ ।


आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान ,अक्सिजन पाइप जडान लगायतका काम बाँकी नै रहेको आयोजनाले जनाएको छ ।

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्...

थप पढ्नुहोस्

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्