पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:    पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योगा फेस्टिवल हुने भएको छ । सोमबारदेखि यहाँको मनोरम स्थल काहूँडाँडामा तीन दिनसम्म योगा फेस्टिवल हुन लागेको हो ।  योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिवलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा वडा नं. ११ को सहयोग रहेको छ ।  पुस ४ गतेसम्म चल्ने फेस्टिवलमा योगा आसन (हठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोलगायतका कार्यक्रम हुनेछ ।  इभेन्ट म्यानेजमेन्ट संस्था प्रचारका आशिष पुरीका अनुसार प्रख्यात योगा मेन्टरर्स जायन (विन्यास योगा), योगी प्रितु (क्रिया योगा), यानित्जा देरु (योगा निद्रा तथा साउण्ड  हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योगा एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान (एक्स्टेटिक डान्स मेडिटेसन, डीजे दीप (एक्स्टेटिक डान्स) रहनेछन् ।  माछापुच्छ«े, धौलागिरीसहित अन्नपूर्ण हिमश्रृंखलाको पृष्ठभूमि बनाएर चिसो र स्वच्छ हावा लिँदै फराकिलो मैदानमा करिब ३ दर्जन देशी विदेशी योगप्रेमीहरुले सहभागिता जनाउँदै छन् ।  स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले कार्यक्रमको सबै तयारी पूरा भएको जनाउँदै कार्यक्रम स्थल काहुँडाँडा हुने र पाहुनालाई होम स्टेमा आवास सुविधासहित राखिने जानकारी दिए । ‘आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम योग हो । योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो ।’ प्रचारका पुरी भन्छन् – ‘अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ । यसर्थ शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भएकाले हामीले यस कार्यक्रम पोखरामा ल्याएका हौँ ।’  योग स्वस्थ व्यक्तिका लागि जीवन पद्धति र योगीहरूका लागि साधनापद्धति भएकाले यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् । मानसिक स्वास्थ्यका लागि तनाव कम गर्न, खानपानमा सुधार गर्न र शारीरिक लचकताका लागि पनि योग अपरिहार्य रहेको पुरीको ठम्याई छ ।  पोखरामा अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिवल नै पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । अहिले योग फेस्टिवल राज्यस्तरबाटै हुन थालिसकेको छ । गत जेठमा सार्क राष्ट्रसहित इरान र साउदी अरबका खेलाडी सम्मिलित माउन्ट एभरेष्ट योग फेस्टिभल प्रतियोगितात्मक हिसाबमा सम्पन्न भएको थियो । पोखरामा भने योगका कला प्रशिक्षण मात्र हो । 

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल भदौरे पञ्चासेमा पुष ५ देखि ९ गतेसम्म २५ औं भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेला हुने भएको छ । पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी तीव्र पारिएको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा पुष ५ देखि ९ गतेसम्म ल्होसार पर्वको अवसरमा २५ औै भदौरे पञ्चासे कोदो महोत्सव एव्म ल्होसार मेलाको आयोजना गरेको संयोजक विश्वदल गुरुङले बताए ।  ‘हामीले २०५५ सालदेखि तमु ल्होसारको अवसरमा  भदौरे पञ्चासे महोत्सव गर्दै आएका छौं, यस वर्ष रजत जयन्ती पनि भएकाले पुष ५ देखि ९ गतेसम्म २५ औं संस्करणको भदौरे पञ्चासे कोदो महोत्सव आयोजना गरेका छौं’, संयोजक गुरुङले भने, ‘पर्यटन प्रवद्र्धन गर्ने, खेलकुद सामाजिक र सांस्कृतिक विकास र सचेतना फैलाउन मेला आयोजना गरेका हौं ।’ भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेलामा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्थानीय झाँकी तथा अर्गानिक कृषि प्रदर्शन, ढिडो खाने प्रतियोगिता, आमा समुहको सामुहिक नृत्य, छेला हान्ने, कुर्ची दौड, अन्धानिशान र रस्साकस्सी प्रतियोगिता आयोजना गरेको संयोजक गुरुङले बताए ।  खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने दुई समूहले नगद २०÷२० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट मिडफिल्डर ले ट्रफी र मेडल प्राप्त गर्नेछन । खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागिता हुन एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको आयोजकले जनाएको छ ।  यस्तै खुल्ला नृत्यतर्फ प्रथम हुनेले ८ हजार, द्धितीय हुनेले ५ हजार  तृतीय हुनेले ३ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  तमु ल्होसार पर्वको अवसरमा आयोजित महोत्सवमा स्थानीय कोदो उत्पादनलाई प्रवद्र्धन गर्न कोदो महोत्सवसँगै ढिडो खाने प्रतियोगितालाई समेत समावेश गरिएको आयोजकले जनाएको छ ।  पुष ५ देखि ९ गतेसम्म सञ्चालन हुने २५ औं संस्करणको भदौरे पञ्चासे, कोदो महोत्सव, ल्होसार मेलामा २३ लाख रुपैयाँ आम्दानी हुँदा २० लाख खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष अनिल गुरुङले बताए ।   

पोखरा:    लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवर्द्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रबर्द्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रवधि हस्तानतरण गर्न सहयोग पु¥याउने र स्वदेशी तथा विदेशी बजार विस्तारमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य लक्ष्य भएको संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह संयोजक राजेन्द्र ओझाले बताए । ‘‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने नै महोत्सवको लक्ष्य हो ।’’–सह संयोजक ओझाले भने । अहिलेको शिथिल अर्थतन्त्रका बाबजुद पनि विभिन्न व्यापारीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुबाट प्रायोजनतर्फ महोत्सवलाई राम्रो साथ मिलेको र यसले आफुहरुलाई राम्रो हौसला मिलेको प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक समेत रहेका ओझाले बताए । महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहनेछन । महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ ।  महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी गरिनेछ । यस्तै, फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा राखिने ओझाले बताए । पुस ५ देखी १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित व्याण्डहरुले स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको छ ।  

पोखरा:   सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औ बार्षिक उत्सवको अवसरमा लायन्स क्लव अफ पोखरा दर्पणको संयुत्त आयोजनामा खुल्ला रत्तदान गरेको छ। रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको थियो । मानवीय कार्यमा सहकार्यको भावना भन्ने उद्देश्य सहित रत्तदान गरीएको सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रम शुभारम्भ गदै संस्थाका पुर्ब अध्यक्ष एवं लायन्स डिष्टिक प्रमुख प्रेम बहादुर जि.सी ले पहिलो रत्तदातालाई आकस्मीक रत्तदान समुहका प्रमुख हरिश्चन्द्र शर्मा, क्लवका अध्यक्ष एवं इन्जिनियर किरण के।सी लाई ब्लड ब्याग हस्तानतरण गदै सदस्य सेवा सङ्गै सामाजिक कार्यमा लाग्नु नै सच्चा मानवसेवा भएको बताए । सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा क्लवका जोन प्रमुख विजेन्द्र शर्मा पुर्व अध्यक्ष राममणी पौडेल, रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली , लायन्स लिर्डर अमृत वराल , बालकृष्ण बराल ,जनप्रिय क्याम्पसका कोषाअध्यक्ष गणेश बहादुर अधिकारी , कार्यक्रम संयोजक शिव बहादुर थापा ,लायन्स रत्तदान कार्यक्रम प्रमुख जितेन्द्र शाक्य , संस्थाका सचिव कुल प्रसाद सुवेदी लगायतले आ आफ्नो धारणा राखेका थिए । २०६३मा स्थापित सहकारीले स्थापना देखी नियमित रत्तदान सहित विविध सामाजिक कार्यमा सकृय रहदै कुल ६० करोड को कारोबार सहित कर्जा लगानी ५३ करोड रहेको छ । संस्थाले समुदायको लागी रेडियो सराङ्गकोट संचालन गदै आएको छ ।

पोखरा:    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले   कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् । अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा  लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यस विशेषमा  ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने  उल्लेख गरें । प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको   शुक्रबार उद्घाटन गर्दै बताएका हुन् । पौडेलले  सरलिकृत अनुदान रकम  बितरण प्रक्रिया  सर्बसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने र  समृद्धिका नारा निरर्थक हुने जिकिर गरे । उनले  श्रम र बजारलाई जोड्ने नीति निर्माण गरि कृषि उत्पादनको बजारीकरण गर्न  तदारुकता राज्यले देखाउनु पर्ने बताए । कर्जा प्रक्रिया सरल बनाउन रास्ट्र बैंकले समेत विशेष नीति बनाउनु पर्ने उनको जोड थियो ।  

पोखरा:   पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचारप्रति महानगर न्यायिक समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिले शुक्रबार एक  विज्ञप्ति जारी गर्दै पोखराबाट संचालित विभिन्न सञ्चार माध्यममा प्रशारण र प्रकाशित समाचारमा न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचार प्रति न्यायिक समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । समिति सदस्य  भावना श्रेष्ठले पोखरा महानगरपालिका वडा नम्वर २६ बस्ने रविनकुमार श्रेष्ठ निवेदक र सोही ठाँउमा बस्ने नविनकुुमार श्रेष्ठ दोश्रो पक्ष रहेको बाटो निकास खुलाई पाउँ भन्ने विवादका निवेदक रविन श्रेष्ठसंग सो विवादमा दुुई९२० मिटर बाटो दिलाईदिन्छु भनि रकम लेनदेन गरेको भन्ने समाचार सञ्चार माध्यमहरुबाट सार्वजनिक भएको र पोखरा महानगरपालिका न्यायिक समितिका संयोजक, सदस्य, न्यायिक समितिको सचिवालयमा कार्यरत कर्मचारी तथा पूर्वकर्मचारीहरु समेतलाई रकम लेनदेन कार्यमा सम्वन्धित रहेको भनि उल्लेख भएको आरोप प्रति आपत्ति प्रकट समेत गरेको छ ।  विज्ञप्तिमा भनिएकोछ,“हामी न्यायिक समिति संयोजक, सदस्य लगायत समितिको सचिवालयमा कार्यरत कर्मचारीहरु तथा पूर्वकर्मचारीहरु यस्तो घृणित कार्यमा संलग्न नरहेको स्पष्ट गर्दछौ ।” आर्थिक लेनदेन भएको समाचार २०८० मंसिर २२ गते शुक्रबार राती प्रशारण भए पछि शनिबार विहान १०ः३० बजे लेनदेनमा संलग्न भएको भनिएकी न्यायिक समिति सदस्य  भावनाले समितिका संयोजक मञ्जुदेवी गुुरुङ समक्ष राजीनामा दिइ सकेको र सो राजीनामाको विषयमा सोही दिन अपरान्ह ४ः३० बजे न्यायिक समिति सचिवालयको बैठक बसी राजीनामाका विषयमा र प्रशारण÷प्रकाशन भएका समाचारहरुका विषयमा आवश्यक छानविन गरी प्रचलित कानुन अनुसार कारबाहीको लागि नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ । यस्तै न्यायिक समिति संयोजक, सदस्य, समितिको सचिवालयमा कार्यरत कर्मचारीले संयुक्त रुपमा मंसिर २७ गते पोखरा महानगरपालिकाका प्रमुख समक्ष आर्थिक लेनदेनमा संलग्नहरुलाई  छानविन गरी आवश्यक कानुनी कारवाहीको माग गर्दै लिखित निवेदन दिएको समेत विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।   

पोखरा:  पोखरा रामघाटस्थित सेती नदीमा वेवारिसे अवस्थामा पुरुष जस्तो देखिने एक व्यक्तिको शव फेला परेको छ । प्रहरीले हिजो (बिहीबार) सेती नदीमा वेवारिसे शव फेला पारेको हो ।  पोखरा महानगरपालिका १० रामघाटस्थित सेती नदीको बिचमा रहेको ढुङ्गामा अन्दाजी २५ वर्षीय जस्तो देखिने सडेगलेको अवस्थामा वेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  सेती नदीमा शव फेला परेको स्थानीयको सूचनापछि वडा प्हरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।  सेती नदीमा वेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शवको बायाँ पाखुरामा म्याइ लाइफ लेखि महिलाको तस्वीरसहितको ट्याटु र नाडीमा लिजा लेखिएको ट्याटुको चिन्ह रहेको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरामा नेपाल टेलिकमको कपर केबुलका तार चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई कारसहित प्रकाउ गरेको छ । टेलिकमको तार चोरी गरेको आरोपमा दुईजनालाई प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पोखराको विभिन्न स्थानमा रहेको बिजुलीको पोलबाट नेपाल टेलिकमको कप केबुलको तार चोरी गरेको सूचनापछि  खोजी गर्दा शंकास्पद अवस्थामा लामाचौर गोस्तेतर्फ जाँदै गरेको ग २ च ५३६ नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्ने क्रममा तारसहित दुईजनालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।  प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ५८ वर्षीय लालबहादुर नेपाली र ३९ वर्षीय श्यामनाथ मोतिहारी रहेका छन् । प्रहरीले कारको सिट र डिक्कीबाट विभिन्न स्थानबाट चोरी भएको करिव ३ सय ३१ मिटर कपर केबुलको तार बरामद गरेको छ ।  प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:    पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई प्रदान गरिने भएको छ । कास्की शाखाले सञ्चालन गरेको पत्रकारिता वृत्ति सम्मानबाट पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित हुने भएका हुन् ।  नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न लागिएको हो । सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सम्मान गरिने भएको हो ।  यस्तै, महासंघले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट टंक अधिकारी र दिनानाथ बराल पुरस्कृत हुने भएका छन् । सो पुरस्कारको २०७८ बाट राष्ट्रिय समाचार पत्रमा कार्यरत अधिकारी र २०७९ बाट कारोबार दैनिकमा कार्यरत बराल पुरस्कृत हुन लागेको महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए । पुरस्कारको राशी नगद २० हजार, दोशल्ला र सम्मान पत्र रहेको छ ।  उनीहरुलाई आगामी पुस ४ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।