पोखरामा मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुँदै
पाेखरा | असोज १८, २०८०
पोखरामा: पोखरामा असोज १९ गते तेस्रो मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुने भएको छ । मन्टेश्वरी एसोसिएसन कास्कीले पोखरामा तेस्रो मन्टेश्वरी चाइल्ड शो हुने जानकार दिएको हो ।
पोखरा सभागृह हलमा आयोजना हुने ट्यालेन्ट शोमा पोखरामा रहेका ३२ मन्टेश्वरीका ४ सय ४० जना बालबालिकाहरुको सहभागिता रहने अध्यक्ष शान्ति बास्तोलाले बताइन् । उनका अनुसार एसोसिएसनमा ४८ मन्टेश्वरी स्कुल आबद्ध छन् ।
मन्टेश्वरीमा भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । मन्टेश्वरी चाइल्ड केयर गर्ने संस्था मात्रै नभई शिक्षा दिने संस्था पनि भएको सन्देश प्रवाहका लागि ट्यालेन्ट शोको आयोजना गरिएको उनको भनाई थियो ।
कार्यक्रमकी संयोजक रिता पौडेलले ट्यालेन्ट शोमा ३२ आइटम प्रस्तुत हुने बताइन् । एकैपटकमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राख्ने उनले खुलाइन् ।
संस्थापक अध्यक्ष अरुणा शेरचनले साना बालबालिकाहरुमा पनि प्रतिभा हुन्छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको बताइन् ।
कार्यक्रम सहसंयोजक बिष्णु घिमिरेले एसोसिएसनको नियमित कार्यक्रम अन्र्तरगतनै कार्यक्रम आयोजना गरिएको बताए । उनले यस कार्यक्रम लाई निरन्तरा दिदै जाने जनाए।
ट्यालेन्ट शोमा पुरस्कारको भने व्यवस्था गरिएको छैन । कार्यक्रममा बालबालिकाले गायन, चित्रकला, नृृत्य, अभिनय तथा नयाँ अन्य प्रतिभा समेत प्रस्तुत गर्न पाउनेछन् । ६ वर्ष मुनिका बालबालिकाको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम सफल बनाउनको लागि मुल आयोजक समिति सगै बिभिन्न उपसमिति समेत बनाइएको छ ।
सन् २००० बाट कास्कीमा मन्टेश्वरी स्कुल संचालन भएता पनि २०७२ सालमा मात्रै मन्टेश्वरी एसोसिएसन कास्की नामक संस्थाको स्थापना भएको आयोजकले जनाएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

