पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:    नेशनल प्याव्सन कास्कीको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुनः हेमन्त अधिकारी निवार्चित भएका छन् ।  समितिको उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुन प्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले शिक्षामा निजि क्षेत्रले गरेको लगानिलाई अवमुल्यन गर्न नहुने बताएका छन् । महत्वपूर्ण ऐन तथा विधयेक आउदा कुन कुना बाट छिरेर आउछ त्यो पत्तै हुदैन, हालै आएको शिक्षा विधयेकको प्रसंग कोट्याउदै उनले भने, ‘यस्ता खालका ऐन विधयेक आउदा सम्वन्धित सरोकारवालाहरुसँग छलफल गरेर ल्याए मात्रै समस्या हल हुन्छ ।’ उनले निजि विद्यालयसँग पोखरा महानगरपालिका सधै सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘समस्या आएमा एउटै टेवुलमा वसेर छलफल गर्नुपर्दछ, अन्तरविरोधमा गएर शैक्षिक क्षेत्रको विकास गर्न सकिदैन’ उनले भने, ‘पक्ष प्रतिपक्ष वन्नु हुदैन एक ठाउँमा वसेर सहकार्यका साथ समस्या समाधान गर्नुपर्दछ ।’ सामुदायिक विद्यालय आफैमा सवल भएमा निजि विद्यालयका लगानिकर्ताले नया वाटो खोज्ने बताउदै उनले निजि विद्यालयलाई गाली गरेर मात्रै शैक्षिक फड्को मार्न नसकिने उल्लेख गरे । नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रलाई नै तहस नहस गरी शिक्षा विधयेक आएकै कारण विरोधमा उत्रिन परेको बताए । ‘करोडौ करोड लगानी गरेको र जवानी पनि यहि क्षेत्रमा विताएर मुलकको शिक्षालाई समृद्धी बनाउन हामी लागि परेका छौ’ उनले भने, ‘हाम्रो अस्तित्व नै स्विकार नगरी जुन ढंगले  विधयेक आयो यस विषमा हामीले विरोध गरौ र सरकार पछि हट्यो ।’ उनले सरोकारवालहरुसँग छलफल गरेर मात्रै विधयेकलाई अगाडि बढाउने नेपाल सरकारसँग सहमति भए सगै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए । गण्डकी  प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले सामुदायिक तथा निजि विद्यालयको नियमन र सहजिकरण गर्ने काम नेपाल सरकारको भएको बताए । ‘हामी सवैको पक्षधर नै हो राम्रो गर्नेलाई फैलाउने र कमजोरी गर्नेलाई औल्याउने काम गर्दछौ’ उनले भने, ‘विद्यार्थीको लागि हित गर्ने र टेवा पुग्ने उद्देश्यले नै विद्यालय स्थापना भएका हुन् फरक चिन्तन, फरक धारणा र फरक चाहानले हामीले विभेद गर्दैनौ ।’ उनले मूलुकका लागि शिक्षा प्रदान गरेर विदेशिने धनराशी नेपालमानै टिकाउने र दक्ष जनशक्ति उत्पादन गरी जताततै विकाउने काम निजि विद्यालयले गरेको उल्लेख गरे । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सामुदायिक विद्यालयले पनि अव अग्रेजी माध्यममा पढाइ शुरु गर्न थालेको बताउदै नेपाल अव दुइ खाल शिक्षा नहरेको उल्लेख गरे । नेशनल प्याव्सनका केन्द्रीय सहअध्यक्ष सुभाष न्यौपानले नेपाल सकारका सम्वन्धित निकायले नै शिक्षा विधयेक अध्ययन नगरि ल्याएकै कारण समस्या वल्झिएको बताए । नेशनल प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले निजि क्षेत्रको उपस्थितिलाई नेपाल सरकारले लत्याउने काम गरेको बताए ।

पोखरा:   ट्रकको ठक्करबाट तनहुँकी वर्षा कुमालको मृत्यु भएको दुई दिनपछि फेरि मोटरसाइकलको ठक्करबाट अर्का युवतीले ज्यान गुमाएकी छिन् ।   जिल्ला ट्राफिक प्रहरी कास्की प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ नायव निरिक्षक शिव पाठकका अनुसार पोखरा १० अमरसिंहचोकमा हिजो (बुधबार) बिहानै मोटरसाइकलले ठक्कर दिँदा महोत्तरी जिल्लाको गौशाला नगरपालिका ७ घर भई पोखरा १० बुद्धचोक बस्दै आएकी ३३ वर्षीया सविता कुमारी सिंह दनुवारको मृत्यु भएको हो ।   मर्निङ वाक हिडेकी उनलाई हिजो (बुधबार) बिहान करिब ५ बजे पृथ्वीचोकबाट औधोगिक क्षेत्रतर्फ जाँदै गरेको ग १० प ३५७६ को (पल्सर २२० सिसी) मोटरसाइकलले पैदल यात्री दनुवारलाई ठक्कर दिएको थियो ।   घाइते भएकी दनुवारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।    दुर्घटनापछि मोटरसाइकल चालक रिठेपानीका २१ वर्षीय सुजन गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।     यसअघि गत ११ गते सोमबार सभागृहचोकमा मालबहाक ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँ म्याग्देकी २० वर्षीय वर्षा कुमालको घटनास्थलमै मृत्यु भएको थियो ।   क्षतिपुर्ति नपाएसम्म शव नउठाउने पीडित परिवारको अडान    मृतक सविताको श्रीमान् दीपेन्द्र दनुवारले क्षतिपुर्ती नपाएसम्म शव नउठाने बताए । उनका अनुसार अहिले सविताको शव मणिपाल अस्पतालमा छ ।   उनले मोटरसाइकल चालकको लापरबाहीको कारण आफ्नो श्रीमतीले ज्यान गुमाउनुपरेको बताए ।   ‘मोटरसाइकल चलाउनेको चरम लापरबाही देखिएको छ । त्यसैले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएको छु । घरमा दुइटा सानो बच्चा छ । हामी ज्याला मजदुरी गरेर छाक टार्ने परिवार हो, उनले सुनगाभा न्यूजसँग भने, ‘कानून बमोजिम चालकलाई कारवाही र उचित क्षतिपुर्ति नपाएसम्म बुढीको शव उठाउदिन ।’   उनले क्षतिपुर्तिको मागसहित जिल्ला प्रहरी कार्यालय कास्की अगाडी शुक्रबार धर्ना दिनेसमेत बताए ।   ‘गाउँबाट आफन्तहरुलाई बोलाइसकेछु । भोलि धर्ना दिने तयारी छ । मोटरसाइकल चलाउने नेपाली कांग्रेसको नेताको मान्छे भन्ने सुनेको छु । हामीलाई उचित क्षतिपुर्ति चाहिन्छ, नत्र राँको बाल्छौ,’ दनुवारले भने ।    पोखरा १० बुद्धचोकमा बस्दै आएको दनुवार परिवारको ३ वर्षीय दुधे बालक र ५ वर्षीय छोरा छन् ।  

पोखरा:    पोखरामा ऐतिहासिक २६ कुरिया फोटोकथा प्रदर्शनी हुने भएको छ । नेपाल बेस्ट मेनेजमेन्टको व्यवस्थापनमा यही भदौ १६ गते रानीपौवा अवस्थित भगवती दलगण प्राङ्गणमा एकदिने २६ कुरिया फोटोकथा प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक राजन श्रेष्ठले जानकारी दिनुभयो । १८औँ शताब्दीको सुरूमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप) का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराइ भक्तपुर, ललितपुर र काठमाडौँका नेवारहरू ल्याएर पोखरामा बजार सुरुआत गरेको इतिहास छ । त्यही २६ कुरिया अन्तर्गत हाल पोखराका गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल र तेर्सापट्टि टोल पर्दछन् । तत्कालीन समयमा ल्याइएका नेवार विशेषतः व्यापारी, शिल्पी, कालीगढ रहेको र सुरुमा करिब एक सय ५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख छ ।  विक्रम संवत् १८२६ मा भक्तपुरका राजा रणजीत मल्लयुद्धमा हारेपछि ठूलो सङ्ख्यामा नेवार पोखरामा आएको र उक्त सङ्ख्या सात सय पुगेको छ । पोखरा आएका २६ कुरियामा बसोबास गर्ने नेवार आफ्ना मौलिक कला, परम्परासँगै जात्रा, पर्व मनाएर व्यापार विस्तार गर्ने गरेको र उनीहरू पोखरामा आएसँगै यहाँको सामाजिक, आर्थिक, धार्मिक एवम् सांस्कृतिक विकासले गति लिएको मान्निछ ।      पोखराका यिनै ऐतिहासिक सत्य तथ्यलाई फोटो कथाका माध्यमबाट देखाउन खोजिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुुभयो । पोखराको तत्कालीन इतिहासको कल्पना गरेर आयुष श्रेष्ठले तयार गर्नुभएका २० वटा फोटाकथा प्रदर्शनीमा राखिने उल्लेख गर्दै उहाँले यसअघि काठमाडौँमा पनि प्रदर्शन गरिएको बताउनुभयो ।

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तिजको अवसरमा प्रशासनको स्वीकृती विना कार्यक्रम गरे कारवाही गर्ने बताएको छ ।  कास्की प्रशासनले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै हरितालिका तिज नजिकिदै गएकाले तिज पर्व मनाउने नाममा विभिन्न तडक भडक सहितका खर्चिला, भड्किला कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गरेको हो ।  सूचनामा भनिएको छ, ‘तिजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्धेश्यले मेला, महोत्सव जिल्ला प्रशासनको स्वीकृती विना आयोजना नगर्नु हुन जानकारी गराइन्छ ।’ कास्की प्रशासनले सूचना सामाजिक व्यवहार (सुधार) एने तथा नियमवाली २०३३ र अन्य प्रचलित कानूनको विपरित हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा,मेला महोत्सव, पार्टी जस्ता कार्यक्रम सञ्चालन नगर्न प्रत्राचार गरेको जनाएको छ ।  सूचना विपरित कार्यक्रम सञ्चालन गरे प्रचलित कानून बमोजिम कारवाही गर्ने कास्की प्रशासनले जनाएको छ ।   

पोखरा:  मानवअधिकारकर्मी तथा वामपन्थी नेता टेकनाथ बरालको आज निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बरालको निधन भएको हो ।  विसं १९९६ मा पोखरा नुवारथोकमा जन्मिएका बराल २००७ सालमै राना विरोधी आन्दोलनमा सहभागी थिए । वि.सं. २०१३ मा उनी रात्री पाठशाला छात्र संगठनको अध्यक्ष भएका थिए । २०२१ मा उनीमाथि चोरी आरोप लागेपछि भागेर बनारस पुगेका थिए । सोही क्रममा उनी पुष्पलालको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । बनारसबाट मेट्रिक पास गरेका उनी २०२२ मा नेपाल छात्र संगठनको चुनावमा नेकपाको तर्फबाट सचिव चएका थिए भने ०२९ सालमा पञ्चायतविरोधी गतिविधि गरेको भन्दै देश निकाला भएका थिए । २०४६ सालको आन्दोलनमा बाममोर्चा नेतृत्व र ०५० सालमा बाममोर्चाको अध्यक्षका रुपमा काम गरिसकेका छन् । उनी राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिको संस्थापक अध्यक्ष पनि हुन् । पछिल्लो समय उनी सम्पदा संरक्षणको पक्षमा आवाज उठाउँदै आएका थिए ।

पोखरा:   पोखरामा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय वर्षा कुमालको मृत्यु भएको छ ।  ट्रकको ठम्करबाट गम्भिर घाईते भएकी वर्षा कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।      पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३००१ क २६३ नम्बरको ट्रकले २ः३० बजेको समयमा ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भएकी थिईन् ।  ट्रकको ठक्करबाट गम्भिर घाईते भएकी तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएकी वर्षाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ३ः२४ बजेको समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

पाेखरा: भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भुटानकाे ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो ।   जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ ।   अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।   अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् । अर्को नयाँ विमानस्थल भैरहवाबाट भने नेपाल एयरलाइन्सले तीन गन्तब्यमा उडान थालेको छ ।

पोखरा:    लेकसाईड मदिरा व्यवसायी समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । ब्यवसायसंगै समाजिक सेवा प्रदान गर्ने उद्देश्यले लेकसाईडको ओरेगन मल्टि ट्रेडर्सको प्राङगणमा सम्पन्न रक्तदानमा ३८ जनाले रक्तदान गरेका हुन । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पहिलो रक्तदाता लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटालाई  ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको कार्यक्रममा समितिमा आवद्ध र अन्य गरी ३८ जनाले रक्तदान गरेका हुन । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले व्यवसायीहरुले आफ्नो व्यवसायसंगै सामाजिक क्षेत्रमा समेत अगाडी बढ्नु आफैमा स्रहानिय काम भएको बताउदै आगामी दिनमा पनि यस्ता सामाजिक कामहरुलाई निरन्तरता दिन आग्रह गरे । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले लेकसाईडमा रहेका मदिरा व्यवसायीहरुलाई संगठित गराइ समिति बनाएर सामाजिक काम गर्दै गर्दा अझैपनि केही ब्यापारीहरुले अनुमति नलिइकन मदिराजन्य पदार्थहरु बिक्री वितरण गरिरहेको र त्यसको अनुगमनका लागी सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताए । लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटाले लेकसाईडमा रहेका मदिरा व्यवसाय गर्नेहरुलाई एकतृत गरेर समिति गठन गरेर आफ्नो समितिले रक्तदान कार्यक्रमबाट सामाजिक कामको शुरुवात गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए । यसअघि फेवातालमा जलकुम्भी झार फाल्ने कार्यक्रम समेत सम्पन्न गरिसकेको उनले जानकारी दिए ।   लेकसाईड मदिरा व्यवसायी समितिका सचिव कृष्ण बरालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गा दत्त गौतमले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संयोजक राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।  

पोखरा:    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), कास्कीले आफ्नो वार्षिक कार्यतालिका अनुसार पहिलो कार्यक्रम वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली र अंग्रेजी विधामा गरिएको प्रतियोगितामा दुवैतर्फ पोखराको नदिपुरमा रहेको प्रतिभा माविले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । हिसान कास्की अन्तर्गतका दर्जनौ विद्यालयका विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा नेपाल विधातर्फ प्रतिभाकी दिपाली भट्टराई सर्वोत्कृष्ट भएकी हुन् । यस्तै, अंग्रेजी विधातर्फ प्रतिभाकै महिमा विश्वकर्माले सबैलाई पछि पारिन् । नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए। यसमा लेखनाथ मोमोरियलकी दिना बिक द्वितीय, सिर्जना माविकी सोनिया केसी तृतीय र हिलप्वाईन्ट माविकी क्रिस्टिना ढुंगानाले सान्त्वना स्थान प्राप्त गरिन् । अंग्रेजी भाषामा ‘सोसल मिडियाः दि फोर्थ पिलर अफ डेमोक्रेसी’ विषयमा प्रतिश्पर्धा भएको थियो। जसमा मदरल्याण्ड माविकी आकृशा थापा द्वितीय, सगरमाथा माविकी खुशी गुरुङ तृतीय र सिर्जना माविकी सर्वज्ञा अधिकारीले सान्त्वना स्थान प्राप्त गरिन् । कास्कीभरका हिसानमा आबद्ध विद्यालयमध्ये आफ्नो विद्यालय दुवै विधामा सर्वोत्कृष्ट बनेपछि प्रतिभा माविका प्राचार्य किरण सापकोटाले खुशी व्यक्त गर्दै छात्राहरुको शैक्षिक एवम् प्राज्ञिक उन्नयनको कामना गरेका छन् । यस्तै, हिसानले युनिभर्सिटि लेभलको वक्तृत्वकला प्रतियोगिता पनि गरेको छ । नेपालीतर्फ लेकसिटी कलेजकी अनिता केसी प्रथम र एसओसीएचकी शिला भुषाल द्वितीय भइन् । अंग्रेजी विधातर्फ माउण्ट अन्नपूर्ण क्याम्पसका अमृत थापा प्रथम, एसओसीचका सुवास पौडेल द्वितीय र पीसीएमकी श्रीक्षा नेपाली तृतीय भइन् । अंग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजन अशोक शाही र नेपाली विधाको संयोजन डिल्लीराम अर्यालले गरेका थिए । चाउथे स्थित कास्की मोर्डनाइज्ड एकेडेमीमा आयोजित कार्यक्रमको अध्यक्ष हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काले गरेका थिए । कार्यक्रमको सञ्चालन उपसचिव पुरन कुँवरले गरेका थिए ।