काहुँखोला-सिक्लेस सडकखण्डमा गएको पहिरो दुईसातापछि पन्छाउन सुरु
पाेखरा | भदौ २०, २०८०
पोखरा: कास्कीको मादी गाउँपालिका -६ काहुँखोला-सिक्लेस सडकखण्डमा गएको पहिरो दुईसातापछि पन्छाउन थालिएको छ ।
काहुँखोला–सिक्लेस सडकखण्डमा गएको भदौं ६ गते निरन्तर वर्षाका कारण पहिरो जाँदा उक्त सडकखण्ड दुईसातादेखि अवरुद्ध भएको थियो । वर्षा रोकिएर घाम लाग्न थालेसँगै आज देखि पहिरो पन्छाउन सुरु गरेको मादी गाउँपालिका ६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।
‘कास्कीको मादी गाउँपालिका –६ चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला –सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध थियो, निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन सकिएको थिएन’, वडाध्यक्ष क्षेत्रीले भने, ‘आजदेखि मौसममा सुधार भएको छ, ८० मिटरसम्म पहिरोले सडक अवरुद्ध भएको छ, पर्सीसम्म सडक सञ्चालनमा आउँछ ।’
सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ ।
वडाध्यक्ष क्षेत्रीले सडक सञ्चालनमा नआउँदासम्म केही मिनेटको यात्रामा नजिकैको झुलुङ्गे पुल तरेपछि पुनः सडकमा जोडिन सकिो र यात्रुले सवारी परिवर्तन गरेपछि गन्तव्यमा पुग्न सक्ने बताए ।
पहिराका कारण मादीका उत्तरी गाउँ चिप्ली, खिलाङ, पार्चे र सिक्लेसका नागरिक समस्यामा परेका छन् । सवारी साधनमा काँहुखोला, कसेरी, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

