अन्तिम चरणमा वाडा अटो शोको तयारी, २ दर्जन बढी कारको प्रदर्शनी
शोमा १६ वटा ब्राण्डका ४ पाङ्गे्र, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका २ पाङ्ग्रे र १ वटा हेभी कमर्सियल लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण लगायतका २० वटा स्टल रहनेछन् ।
पाेखरा | चैत ९, २०८२
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शोको तयारी करिब सकिएको आज (सोमबार) आयोजित पत्रकारसम्मेलनमार्फत जानकारी दिइएको हो ।
उक्त अटो शो बाराहीघाट खेलमैदानमा यही ११ गतदेखि १५ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए ।
उनका अनुसार उक्त शोमा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे , ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका २ पाङ्ग्रे र १ वटा हेभी कमर्सियल लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण लगायतका २० वटा स्टल रहनेछन् ।
उनले डिपल, अथर, बिवाइडी, चेरीवान्डा, न्यू गो नाव, सुजुकी, टाटा, टिभिएस, यामाहा, निशान, ओमोडा, किया, हुन्डाई लगायतका २ दर्जन भन्दा बढी ब्राण्डका चार तथा दुई पाङ्ग्रे साधनको प्रदर्शनी तथा विक्री वितरण हुने बताए ।
‘गत वर्षको शोमा करिब १ सय ५० वटा भन्दा बढी कारको बुकिङ भएको थियो, ‘यो वर्ष हाम्रो लक्ष्य त्यो भन्दा बढी छ । त्यसैले शोमा भिजिट गर्न करिब ४५ हजार बढी आउनुहुन्छ भन्ने विश्वास छ’, उनले भने ।
यस्तै संस्थाका महासचिव विनय थापाले उक्त शोमा आकर्षणका रुपमा भिन्टेज कार शो र युनिट्री जि वान ह्युमानोइड रोबट, युनिट्री गो टु र चंखेजस्ता रोबटहरुलाई पनि समावेश गरिएको जानकारी दिए ।
उनका अनुसार अटो शोमा प्रवेश शुल्क १ सय रुपैयाँ निर्धारण गरिएको छ भने, विद्यार्थीका लागि प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ ।
सवारीमा लागू ३ सय प्रतिशत हटाउने सम्भावना कम
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) का उपाध्यक्ष निरन केसीले पछिल्लो समय सामाजिक सञ्चालमा आएको सवारी साधनमा सरकारले लगाएको ३ सय प्रतिशत कर हटाउने सम्भावना कम रहेको बताए ।
उनले मिडिया ट्रायलका रुपमा ३ सय प्रतिशतको विषयलाई प्रोपोगण्डा मच्चाएको उल्लेख गरे ।
‘३ सय प्रतिशतको कुरा मिडिया ट्रायल मात्रै हो । यो विविध कारणले सम्भावना कम छ । तर इभी गाडीमा त्यो लागु छैन, उनले भने ‘सरकारले नै सहुलियत दिएको छ । त्यसैले इभी गाडीको प्रयोग ह्वात्तै बढेको छ ।’
उनले इभी गाडीको विक्री तुलनात्मक रुपमा बढी भएकाले अटोमोवाइलको दक्ष जनशक्ति नभएको सुनाए ।
‘अहिले इभी गाडीको व्यापार र प्रयोग एकदमै धेरै बढेको छ, उनले भने, ‘यसको क्षेत्रमा दक्ष मेकानिक र इन्जिनियरको कमी छ । त्यसैले हामीले त्यस्तो योग्य र दक्ष जनशक्तिको खोजीमा छौं ।’
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

