रुपाको मोहोरियाटोलमा लोकतान्त्रिक तमु संघ
पाेखरा | भदौ २३, २०८०
पोखरा: लोकतान्त्रिक तमु संघ नेपालको संगठन निर्माणको अभियान कास्कीमा वडाबाट गाँउतर्फ प्रवेश गरेको छ ।
कास्की जिल्लाको पाँचवटै पालिकामा अधिवेशन सम्पन्न गरी वडामा संगठन निर्माणक्रमसँगै रुपा गाँउपालिका वडाबाट गाँउ गाँउमा लोकतान्त्रिक तमु संघको संगठन निर्माण शुरु भएको हो ।
शुक्रबार रुपा गाँउपालिका वडा नं.६ अन्र्तगत मोहोरियाटोल गाँउको प्रथम अधिवेशनले प्रेम पुजारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय गाँउ कमिटि गठन गरिएको हो। लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिका वडा नं.६ कमिटिका अध्यक्ष सु.पुर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनले कमिटिको उपाध्यक्षमा डिलकुमारी गुरुङ, सचिवमा मिना गुरुङ, कोषाध्यक्षमा देवी गुरुङ र सदस्यहरुमा गौमाया गुरुङ, बेलमाया गुरुङ, सुर्यबहादर गुरुङ, गिता गुरुङ र तुलबहादुर गुरुङ चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई लोकतान्त्रिक तमु संघ नेपाल, रुपा गाँउपालिका कमिटि अध्यक्ष सु.केहरसिंह गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
नेतृत्व चयनका लागि जिल्ला समन्वय समिति कास्कीका सदस्य क्या.हर्कबहादुर गुरुङको संयोजकत्वमा लोकतान्त्रिक तमु संघ रुपा गाँउपालिका कमिटि अध्यक्ष केहरसिंह गुरुङ, नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार प्रेमबहादुर गुरुङ सदस्य रहनुभएको थियो ।
अधिवेशनको प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका सदस्य क्या.हर्कबहादुर गुरुङले उद्घाटन गर्नुहुदै तमुहरुको एकता, तमुहरुमा चेतना र विकासका लागि सबै जुट्नुपर्नेमा जोड दिनुभयो। यसरी नै नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार प्रेमबहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष नारायण गुरुङ,रुपा गाँउपालिका कमिटि अध्यक्ष केहरसिंह गुरुङले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।
पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । ...
पोखरा: पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा स...
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो । सुरुमा ब्...

