पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ९ स्थित मर्दि खोलाको आधार शिवरमा पर्ने ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ गरिने भएको छ । २५ मिटर र पाँच सय मिटर अग्लो रहेको उक्त दुई भिरमा भिर मह काटन लागिएको हो । हालसम्म गर्मि रहेकाले मह काट्न लागिएको हो । सिधिङ युनाइटेड क्लबको आयोजनामा हुन गईरहेको दुई दिने मह काट्ने कार्यक्रममा माछापुच्छे« गाउँपालिका वडा नं।९ को समन्वयमा हुन लागेको हो । माछापुच्छे« ९ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले जेठ असारमा मह भिर मौरिको सिकार गर्नु निकै चुनौति र जोखिमपूर्ण रहेको बताए । ‘यो जेठ असारमा काटेको भिर मौरि अलि खतरा मानिन्छ । किनकि यो बेलामा, जगलमा प्राकृतिक रुपमा फुल्ने विभिन्न फुलहरुका कारण र भौगोलिक रुपमा पनि अझ यो बढि उचाइमा रहेको कारण यसलाई लाग्ने महको रुपमा पनि लिईन्छ’ उनले भने, ‘यसका लागि वडाले समन्वय गरिरहेको छ । यो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छ ।’ उनका अनुसार भिरमा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसरी नै काटिने छ । जुन कुरा नयाँ पुस्ताका लागि नौलो हुनेछ । मर्दि हिमाल ट्रेक तथा माछापुच्छ्रे नमुना पैदल मार्गको सगंम स्थान भनेर बुझिएको मह भिर पदमार्गमा आउने पर्यटकका लागि समेत नयाँ गन्तव्य हुनसक्ने उनले बताए । मौरीको मह काट्नका लागि चिना हेराई भिरमा भेडाको पाठोको भोक दिने प्रचलन पनि चल्दै आएको छ ।
गण्डकी: तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास । बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छभन्दा अत्युक्ति नहोला । पोखरामा फेवा तालमा दैनिक ठूलै सङ्ख्यामा पर्यटक पुगे पनि बेगनास तालमा भने आइपुग्नेको सङ्ख्या कम नै हुने गर्दछ । पछिल्ला समयमा यहाँ पर्यटकको आगमन बढाउन लेखनाथ उद्योग वाणिज्य सङ्घसहित बेगनास ताल डुङ्गा व्यवसायी समिति, मत्स्य व्यवसायी सङ्घ लेखनाथलगायतका सङ्घसंस्था क्रियाशील बनेका छन् । बेगनास तालको संरक्षणसँगै यसको पर्यटकीयरुपमा अधिकतम् उपयोग होस् भन्ने कुरालाई लेखनाथ उद्योग वाणिज्य सङ्घले सधैँ आफ्नो प्राथमिकतामा राखेको सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउनुहुन्छ । पोखरा र आसपासका सञ्चालन हुने महोत्सवमध्ये सबैभन्दा ठूलो सङ्ख्यामा सर्वसाधारणको जमघट हुने लेखनाथ महोत्सवका अवसरमा वर्षेनी यसको संरक्षण र उपयोगलाई जोड दिदै विभिन्न कार्यक्रमहरू समेत सञ्चालन हुने गर्दछ । महोत्सव सुरु भए यता नै तालको संरक्षण र पर्यटकीय उपयोग गर्ने विषय प्राथमिकतामा रहँदै आएको उहाँको भनाइ छ । लेखनाथ महोत्सव २०५८÷५९ देखि नै सुरु भएपनि औपचारिक र व्यवस्थित रुपमा २०६० सालबाट सुरु भएको हो । अध्यक्ष आत्रेयले ताल किनाराको रातमाटा क्षेत्रमा करिब रु १३ लाखको लागतमा अङ्ग्रेजी अक्षरमा ‘बेगनास लेक’ लेखिएको ठूलो बोर्ड राख्ने तयारी गरिएको बताउनुभयो । बेगनास ताल आउने पर्यटकले टाढैबाट देख्न सक्ने गरी बनाउन लागिएको बोर्ड ७० फुट लम्बाई र १७ फुट उचाइको हुनेछ । बोर्डमा प्रयोग हुने प्रत्येक अक्षर १० फुटको हुने जनाइएको छ । सङ्घले २०७९ मा सम्पन्न १८ औं लेखनाथ महोत्सवमा बेगनास ताल र यहाँका गतिवधिलाई बुझ्ने गरी डेमो पनि प्रदर्शन गरेको थियो । लेखनाथको समृद्धिको महत्वपूर्ण आधार बेगनास भएकाले ताल र यहाँ हुने गतिविधिलाई समेटेर तयार गरिएको उक्त दृश्यका अवधारणाकार एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व सदस्य विश्वगोपाल श्रेष्ठले १० जना सहयोगी लिएर एक हप्तामा उक्त डेमो तयार गर्नुभएको थियो । बेगनास तालको दृश्यमा ताल र आसपासका स्थान, तालको मुहान स्याङ्खुदीदेखि कपासे, बेगनास मौरी उद्योग, तालको सबैभन्दा गहिरो भाग रहेको कुसुन्डे, जिमिरे कुना, पिप्ले जलारी बस्ती, ड्याम साइड आदि विषय समेटिएको थियो । त्यस्तै ताल वरपरका बस्ती मन्धरे पार्क, अलैँचे, बाँस कुना, देउराली मन्दिर, कहेरे, रुपा बेगनास भ्यु टावर, काउरे, माझिकुना दृश्यमा समेटिएको थियो । पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको माझीकुना, मलादी, ठूलो सालको रुख, बराह क्षेत्र, राते टूडो, सुमिको रुखआदि दृश्यसँगै ठाउँठाउँमा घर तथा बस्तीले यहाँको सम्भाव्य विकासको अवस्थालाई पनि चित्रण गरिएको थियो । पछिल्लो समयमा बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न पहल थालिएको छ । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको हो । साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको रु एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष एवम् बेगनास ताल बराह संरक्षण समितिका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिनुभयो । बराह क्षेत्रमा बेगनासताल बराह क्षेत्र पर्यटकीय पूवर्पाधार निर्माण योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारबाट रु ५० लाखको सहयोग प्राप्त भई निर्माण कार्य अघि बढाइएको समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताउनुभयो । योजनाअन्तर्गत बेगनास ताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण थालिएको हो । योजनाका लागि कुल ५५ लाख ७६ हजार ९१७ रुपैयाँ लागत लाग्नेमा गण्डकी प्रदेश प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र श्रमदानबाट रु पाँच लाख ७६ हजार ९१७ विनियोजन गरिएको छ । बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेका थिए । बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमा समेत पु¥याउने लक्ष्यका साथ मन्दिरलगायतका संरचना निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले बताउनुभयो । प्राचीनकालदेखि अत्यन्त आस्था विश्वासका साथ पूजाआजा गरिंदै आइएको यस तीर्थस्थलमा डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्दै आएका छन् । बराह मन्दिरबाट बेगनासकोटसम्म तीन किलोमिटर दूरीको पदमार्ग बनाउने काम सुरु भएको वडाअध्यक्ष कंडेलले जानकारी दिनुभयो । पदमार्गका लागि अघिल्लो वर्ष महानगरबाट १५ लाख रुपैयाँ सहयोग प्राप्त भएकोमा यस वर्ष नौ लाख नौ हजार रुपैयाँ प्राप्त भएको छ । त्यस्तै तालको किनारामा पैदल मार्ग९फुट ट्रयाक० बनाउनका लागि नेपाल पर्यटन बोर्डको रु १५ लाख र पोखरा महानरपालिकाको रु तीन लाख ७५ हजार गरी १८ लाख ७५ हजार रुपैयाँको लागतमा डुङ्गाघाटबाट फुट ट्रयाक निर्माण सुरु गरिएको छ । महानगरपालिकाले बेगनास सेरोफेरो कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको कंडेलले जानकारी दिनुभयो । बेगनास बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म यस स्थानमा महायज्ञ गरिएको थियो । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रवनाथ अधिकारीका अनुसार महायज्ञमा कूल रु एक करोड चार लाख आम्दानी भएकामा सबै खर्च कटाएर रु ७६ लाख बचत भएको थियो । बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ । बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने लक्ष्य रािखएको थियो । महायज्ञपश्चात् उक्त क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जानकारी दिँदै अधिकारीले बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताउनुभयो । तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण गरिएको जानकारी दिँदै उहाँले बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको बताउनुभयो । बेगनास तालमा डुङ्गा व्यवसाय सञ्चालनमा २५६ जना व्यवसायी आवद्ध रहेको बेगनास डुङ्गा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलले बताउनुभयो । डुङ्गा व्यवसायीसँगै वर्षौदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएका जलाहारी समूदाय पनि एकाकार हुँदै तालको संरक्षण, विकास र उपयोगमा सहकार्य गर्दै अघि बढ्ने कंडेलले जानकारी गराउनुभयो । बेगनास ताल आसपासका व्यवसायीको व्यावसायिक क्षमता अभिबृद्धिका लागि समितिले गत चैतमा अवलोकन भ्रमण गराएको थियो । समितिले ९० जना व्यवसायीलाई पछिल्लो समयमा चर्चित भरतताल, जनकपुर, सहिद स्मारक, सौराहा, सिजी धाम आदिमा अवलोकन भ्रमण गराउँदै त्यहाँबाट पर्यटकको आतिथ्यता लगायतमा प्रत्यक्ष बुझ्ने अवसर प्रदान गरेको उहाँले जानकारी दिनुभयो । बेगनासतालमा हाल २५६ वटा डुङ्गाले पर्यटकलाई सेवा दिइरहेका छन् । पर्यटकको आगमन बढाउने उद्देश्यका साथ समितिले हालै ५० लाख रुपैयाँको मोटरबोट खरिद गरेको छ । समयानुकल रुपमा पर्यटकलाई स्तरीय छिटो छरितो सेवा दिने उद्देश्यका साथ डुङ्गा व्यवसायीले सामुहिक रुपमा रकम उठाएर मोटरबोट ल्याएको जानकारी दिदै अध्यक्ष तिवारीले यसका माध्यमबाट शेयर सदस्यको आर्थिक क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताउनुभयो । जल विहारसँगै माछाका विभिन्न परिकारको स्वाद लिन पाउनु बेगनास तालको अर्को विशिष्टता हो । बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाउने गरिएकामा पछिल्ला समयमा टिलापिया जस्ता मिचाहा प्रजातिका कारण उक्त सङ्ख्या घट्दो क्रममा रहेको छ । यस क्षेत्रका ५६ घरपरिवार अधिकांशले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन् । तालको उत्तरी किनारमा रहेको पिप्लेगाउँमा ४२ परिवारको बसोबास भएकामा ३२ परिवार जलारी समुदायका छन् । बाँकी छ परिवार विक र चार अन्य छन् । वर्षौदेखि माछा मारेर जीवीका गर्दै आएका उनीहरूको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । माछा बिक्री गरेरै प्रत्येक परिवारले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्दै आएको वेगनास ताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारी बताउनुहुन्छ । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु एक सय ८० देखि रु एक हजारसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत विभिन्न प्रजातिका माछा पाइन्छन् । कोरोनाअघि माछाको स्वाद लिन ठूलै संख्यामा पर्यटक आउने गरेकोमा त्यसयता भने केही कमी आएको स्थानीयवासीको तर्क छ । पछिल्ला समयमा विस्तारै पर्यटकहरू आउने क्रम बढ्ेका कारण आशा जगाएको उनीहरू बताउँछन् । बेगनास तालमा पर्यटक लक्षित पूर्वाधार एवम् गतिविधि बढ्दै जाँदा यसले यहाँको पर्यटनमा विशिष्ट योगदान पुग्ने उनीहरूको विश्वास छ ।
गलकोट: बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो । पुरानो सदरमुकाम, गलकोट दरबार र अहिलेमात्रै पर्यटकीय गन्तव्यका रूपमा थपिएको टेउवाको खुला मूर्तिकला सङ्ग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ । हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ । अहिले गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दरबार अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै दरबार संरक्षण गर्न थालिएको तत्कालीन राजा भरत बम मल्लका नाति मञ्जेशबम मल्लले बताउनुभयो । जीर्ण बन्दै गएको बागलुङको गलकोट दरबारका यस वर्ष पाँच झ्याल पुरानै शैलीमा फेरिएको मल्लको भनाइ छ । दरबारको वरपर फैलिएको बगैँचामा अहिले सुन्तलाका बोटसमेत हुर्किरहेका छन् । “दरबार एक सय दुई वर्ष पुरानो हो, यहाँ सिमेन्टको प्रयोग गरिएको छैन, नितान्त स्थानीय कच्चा सामग्रीको प्रयोग गरेर बनाइएको छ, बगैँचालाई व्यवस्थित गराउन सुन्तलासमेत रोपिएको छ”, मल्लले भन्नुभयो, “दरबार संरक्षण गर्नका लागि यहाँ सिसौको काठ खोजिरहेको छु, पुरानै शैलीमा झ्याल तथा ढोका फेर्न आवश्यक छ, अहिले पाँचवटा मात्रै झ्याल फेर्न सके पुरानै शैलीमा निर्माण गर्दा झ्याल तथा ढोका निकै खर्चिलो रहेछ ।” मल्लका अनुसार दरबार हेर्न आउनेहरूले इतिहासको विषयमा खोजी गर्ने भएकाले दरबारको विषय समेटिएको सूचना पार्टी राख्ने, पुरानो पोखरी पुनः निर्माण गर्ने र दरबार क्षेत्रमा भएको फलफूलको बोटलाई व्यवस्थित गराने योजना रहेको सुनाउनुभयो । बिदाको समयमा दरबार घुम्न आउने पर्यटकको सङ्ख्या सबैभन्दा बढी भएको उहाँको भनाइ छ । हजुरबाले राज्य गरेको स्थानलाई पर्यटकीय केन्द्र बनाउने गरी आफूले माछापोखरी बनाएर विभिन्न प्रजातिका माछासमेत पालेको बताउनुभयो । “दरबार नजिकै माछापोखरी थियो रे, त्यसैले अहिले बाबुबाजेको सम्झनाका लागि माछापोखरी बनाएको हुँ, यहाँ रङ्गिन माछा छन्, जुन खानका लागि भन्दा पर्यटक आकर्षित गर्नका लागि हो”, मल्लले भन्नुभयो, “दरबारको रेखदेख गर्ने जिम्मा मेरै काँधमा छ, मैले दरबारलाई पुरानै अवस्थामा राख्न व्यक्तिगत खर्चमा काम गरिरहेको छु, दरबार पुनः निर्माणका लागि काठको खोजीसमेत भइरहेको छ ।” उक्त गलकोट दरबार र जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । वि।सं। २०३९ मा राजा भरत बमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव बम मल्लको काँधमा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको सशस्त्र द्वन्द्वका समयमा २०५९ वैशाखमा हत्या भएको थियो । त्यसपछि मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गए पनि संरक्षणका लागि राजाका नाति मञ्जेश बम मल्ल समय–समयमा दरबारमा आएर बस्ने गरेका थिए । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएकाले उक्त दरबार अध्ययन गर्ने थलोका रूपमा समेत विकसित भइरहेको छ । वि।सं। १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडौँ र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् । तस्बिरमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्दा निकै फरक अनुभूति भएको बागलुङ बजारबाट गलकोट दरबार हेर्न पहिलोपटक पुगेका दिलीप प्रतेलले जानकारी दिनुभयो । “पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो, भूगोल दरबार तथा बगैँचा देख्दा राजा बस्ने ठाउँजस्तै छ”, प्रतेलले भन्नुभयो, “यसको पुनः निर्माण गर्न आवश्यक देखेँ, केही कामको थालनी भएको रहेछ, दरबार संरक्षण र प्रचार गर्न सके धेरै पर्यटक बोलाउन सकिने सम्भावना रहेछ ।” दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार घुम्दा आनन्दित भएको उहाँको भनाइ छ । बाबुको हत्यापछि विस्थापित परिवार नफर्कँदा दरबारको विभिन्न संरचना लथालिङ्ग भए पनि पछि नाति मन्जेशबम मल्ल आएर दरबारलाई संरक्षण गर्न थाल्नुभएको हो । वि।सं। २०१७ सम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालनसमेत भएको स्थानमा पछि बागलुङको जिल्ला सदरमुकाम रहेको थियो । विसं २०१९ मा बागलुङ जिल्लाको सदरमुकाम हरिचौर बजारबाट बागलुङ बजार सारिएको हो । पर्यटकीयस्थल घुम्टेपहाडको काँधमा रहेको गलकोट दरबार, हरिचौर बजार, गाईघाट झरना र गलकोटकै सहस्राधारा झरनाले गलकोटमा पर्यटकलाई आकर्षित गरिरहेको गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारी जानकारी दिनुभयो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०-११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आजदेखि सुरु भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आजदेखि सेन्चुरी महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधनलाई गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पर्यटन गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भएको बताए । ‘घान्द्रुकमा स्वदेशी र विदेशी पर्यटन किन आउँछन् भन्ने धेरैको जिज्ञासा हुन सक्छ, घान्द्रुकमा प्राकृतिक सौन्दर्ययता, मौलिक संस्कार संस्कृति अवलोकनका लागि पर्यटकहरु आउँछन्, सांसद बरालले भने, ‘प्रदेश समृद्धिको आधार पर्यटन हो यसको विकास र प्रचारप्रसारमा सबै लाग्नुपर्छ ।’ Photo: Prem Thapa सांसद बरालले पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी भएको बताए । उनले भने, पर्यटन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मकरुपमा फड्को मार्न जरुरी छ, यसमा सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रमा अहिलेसम्म जति प्रगति भएको छ, त्यो निजी क्षेत्रकै देन हो, लगानीमैत्री वातावरण सिर्जना गरी निजीक्षेत्रसँग हातेमालो गरेर अघि बढ्न जरुरी छ । सांसद बरालले घान्द्रुक गाउँलाई केन्द्रिय प्रसारण लाइनसँग जोड्न नेपाल विद्युत प्राधिकरणले टेण्डरको प्रक्रिया अगाडि बढाएकाले चाँडै नै गाउमाँ केन्द्रिय प्रसारण लाइनसँग जोडिने बताए । ‘पर्यटकीय घान्द्रुक गाउँका स्थानीयले केन्द्रिय प्रसारण लाइन नहुँदा वर्षाको समयमा विद्युतको समस्या झेल्दै आएका छन् यसको समाधानका लागि नेपाल विद्युत प्राधिकरणले घान्द्रुकमा लाइन विस्तारका लागि १७ करोड रुपैयाँमा टेण्डर आह्वान गरेको छ, चाँडै नै गाउँ केन्द्रिय प्रसारण लाइनसँग जोडिन्छ ।’ बरालले भने । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । महोत्सवको उद्घाटन समारोहमा घान्द्रुकमा विगत १३ वर्षदेखि फोहोर व्यवस्थापमा सहयोग पु¥याउँदै आएका राम बहादुर परियारलाई सम्मान गरिएको छ । महोत्सव जेठ २० गतेसम्म सञ्चालन हुने छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ । म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ । महोत्सवमा भलिबल प्रतियोगिता सुरु अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आयोजित खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ । गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ ।
मनाङ: हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन् । नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् । जिल्लामा वर्षको पहिलो महिनामा सबैभन्दा बढी इजरायलका नागरिकले भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का तमकाशी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सय ५१ इजरायली नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, तीन सय ४९ फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । रसियन तीन सय ३२, युनाइटेड किङडम (युएस) का दुई सय दुई, युनाइटेड स्टेटस (युएस)का एक सय ९५, जर्मनीका एक सय ७७, अष्ट्रेलियाका एक सय ७३, भारतका एक सय २९, नेदरल्यान्डका एक सय २९ सहित ७३ देशका नागरिकले मनाङ भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा मात्रै ७३ राष्ट्रका एक हजार नौ सय ३० पुरुष र एक हजार तीन सय ५८ महिला तथा एक अन्य गरी कूल तीन हजार दुई सय ८९ नागरिकले मनाङ भ्रमण गरेका छन् । “विगतमा कोभिड–१९ को सङ्क्रमण र बाढीपहिराको जोखिमले गर्दा पर्यटकको आवागमन ठप्प रहेकामा अहिले चलायमान भएको छ”, प्रमुख गौतमले भन्नुभयो । कोभिड-१९ को सङ्क्रमणपश्चात् सहज बनेको जनजीवनले गर्दा अहिले विश्वका पर्यटक नेपाल आउने क्रम जारी छ । विभिन्न देशका नागरिक नेपाल भित्रिने क्रममा विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन् । विश्वकै जोखिम पदमार्गका रुपमा परिचित यहाँ यात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताउनुभयो । विगतमा एक पनि मनाङको जोखिम स्थलमा भ्रमण आउने पर्यटकलाई समस्या हुने गरेको थियो । अहिले बर्सात समय सुरुआत भएकाले पदमार्गको यात्रा गर्दा सम्भाव्य जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको गौतमले बताउनुभयो । “पर्यटक एक्लै यात्रामा जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजी कार्य गर्न समस्या भएपछि नेपाल सरकारले गाइड बिना यात्रामा जान रोक लगाएको छ, अहिले गाइड लिएर मात्रै पर्यटक आउने वा यात्रा गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यो प्रावधानले हामीलाई पनि सहज भएको छ ।” गाइड भएपछि सूचना पाउन सहज भएको उहाँले बताउनुभयो । यात्राका क्रममा पर्यटक बिरामी परेको खण्डमा गाइडको सहयोग हुने हुँदा सहज हुने गरेको पर्यटक बताउँछन् । पर्यटकको आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुसी छाएको छ । केही समयअगाडि मात्रै मनाङ पर्यटकको आवागमन बढेसँगै होटल पाउन सकस भएको पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । पर्यटक वृद्धि हुँदा मनाङको आयस्तरसमेत बढी हुने गरेको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्ला पास गरी मुस्ताङ र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन् ।
काठमाडौं: वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार आरोहणको बाटो खुलेसँगै विभिन्न एजेन्सीमार्फत आरोहीले सगरमाथा आरोहण जारी राखेका छन् । विभागका निर्देशक युवराज खतिवडाका अनुसार बिहीबार अबेरसम्म ३२५ जनाभन्दा बढीले आरोहण पूरा गरे पनि यकिन तथ्याङ्क आउन बाँकी छ । “गत वर्षभन्दा एक साता ढिलो गरी सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो एक सातामा उल्लेख्य आरोही चुचुरोमा पुगेका छन्,” उहाँले भन्नुभयो, “बिहीबार सगरमाथा क्षेत्रको मौसम प्रतिकूल बनेपछि २५ जना आरोहीले विभिन्न शिविरबाट उद्धार गरेर आधार शिविर ल्याइएको छ ।” निर्देशक खतिवडाले हालसम्म मौसमले साथ दिएको र पुनः मौसममा सुधार आएसँगै बाँकी आरोही चुचुरोतर्फ लाग्ने बताउनुभयो । उहाँले आरोहणका लागि खुला गरिएका अन्य अधिकांश हिमालमा समेत यस वर्ष आरोहण राम्रो भएको जानकारी दिनुभयो । बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसअघि २०७६ जेठ ९ गते सबैभन्दा धेरै ३५४ जनाले सगरमाथाको आरोहण गरेका थिए । निर्देशक खतिवडाका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा सात जना आरोहीले ज्यान गुमाएका छन् । विभागका अनुसार यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् । सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ ।
पोखरा: पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङका माध्यमले प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृङ्खला अर्मलाकोट सामुदायिक होमस्टेमा सम्पन्न गरेको छ । हाइकिङमा सहभागीहरुलाई होेमस्टे अध्यक्ष बबिता गुरुङ, आमा समुह अध्यक्ष झलश्री गुरुङ लगायतका आमा दिदीबहिनीहरुले फ्ुलमालाले स्वागत गरेका थिए । सहभागीले आफ्नै खर्चमा हाइकिङमा जोडिदै आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्नु राज्यको लागि ठुलो योगदान रहेको हाइकिङमा पहिलो पटक सहभागी पोखरा महानगरपालिका वडा नंं २१ का निवर्तमान वडा अध्यक्ष खगराज आचार्यले वताएका छन् । उनले हाइकर्स क्लबले स्वतःस्फुर्त रुपमा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान दिएकोले यस प्रकारका कार्यक्रममा स्थानिय सरकारले सहयोग गर्नुपर्ने वताएका थिए । विगत ४ वर्ष अगाडिबाट नियमित रुपमा हाइकिङ कार्यक्रम गरिर्दै आएकोमा कोभिड महामारीको कारण केहि समय रोकिएतापनि त्यसपछिका दिनहरुमा नियमित हाइकिङ कार्यक्रम गरिर्दै आएको र त्यसपछिका कायएक्रमहरुमा सहभागिहरुको संख्या पनि वढ्दै गएको संयोजक पत्रकार कृष्ण रानाभाटको अनुभव छ । रानाभाटका अनुसर क्लबलाई विधिवत दर्ता गरेर आगामि दिनमा व्यवस्थित पार्दै सम्बन्धित निकायको सहकार्यमा हाइकिङ कार्यक्रम संचालन गर्ने बारे धेरै काम अघि वढिसकेको छ । उनले हाइकर्स क्लबको स्थापनामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकीका संस्थापक तारानाथ पहारी र पुर्व अध्यक्ष तथा पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलको अग्रणि भुमिका रहेको वताउँदै क्लबको स्थापना गर्नुपर्छ भनेर लागि पर्ने संस्थापक प्रविण तुलाचन प्रति विशेष धन्यवाद दिएका थिए । क्लबका सदस्य तथा टे«किङ गाईड सुन्दर त्रिपाठीले पहिलो पटक हाइकिङमा सहभागिहरुलाई पदायात्राका क्रममा आउन सक्ने स्वास्थ्य तथा अन्य समस्याका वारेमा वताउर्दै समाधानका उपायका बारेमा वताएका थिए । त्यसै गरी क्लबका उपाध्यक्ष ज्योति हमाल, कानुनी सल्लाहकार अधिवक्त मनोज घर्तिमगर क्लबले आगामि दिनहरुमा हाइकिङका सथै सामाजिक कार्य पनि गर्नुपर्ने भनाई राखेका थिए । क्लबका आइटि संयोजक वेवपेज नेपालका प्रवन्ध निर्देशन पितम सेन ठकुरीले हाइकिङमा सहभागी हुन अनलाईन फर्म अनिवार्य गराउनु पर्ने धारणा राखेका थिए । यसो गर्न सकिएमा यातायात र खाना खाजाको लागि व्यवस्थित गर्न सजिलो हुने उनको भनाइ थियो । हाइकिङमा कालाबाङ घरेडी सामुदायिक होमस्टेका अध्यक्ष याम बहादुर गुरुङ, धनश्याम पौडेल, मोहन खत्री, शालिकराम भण्डारी, प्रमिसा सिलवाल, आरती रानाभाट, राजेन्द्र वस्याल, खाम केसी, हरि शर्मा, हरि रानाभाट लगाएत ३६ जना सहभागिता रहेको थियो ।
दमौली: तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ”, उहाँले भन्नुभयो । केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ । “केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब दु्रतगतिमा अगाडि बढ्छ”, उहाँले भन्नुभयो । केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ । “केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, अध्यक्ष शर्माले भन्नुभयो । उहाँका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । विसं २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माण पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघन्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ । यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ । केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन ९आइपिओ० खुला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिसेयर अङ्कित मूल्य रु एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ । रु तीन अर्ब ४९ करोड कुल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब १५ करोड रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ । चुक्ता पुँजीको १० प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने शर्माले बताउनुभयो । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता छन् ।
पोखरा: नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ । कोभिड १९ को प्रभाव एवम् अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भैरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर लगायतका शहरहरूमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ वैशाख ३ गते हिडेको २३ सदस्यीय टोलीले प्रवद्र्धन सक्दै शुक्रबार फर्किएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो । ʿपोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३ʾ नामक कार्यक्रमका क्रममा पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारहरूसँग छलफल एवम् अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो । “प्रवद्र्धनका क्रममा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिबिधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रबद्र्धनात्मक सामाग्री बितरण ग¥यौं”, उहाँले भन्नुभयो, “उक्त क्रममा भारतका आम सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गरेका छौं ।” कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुगेको बताउँदै उहाँले आगामी दिनमा ती क्षेत्रबाट पर्यटककको आगमन बढ्ने आशा जगाएको बताउनुभयो । अन्तरक्रिया एवम् व्यवसायी व्यवसायी बीचको भेटघाट(बिटुबी) का क्रममा भारतीय पर्यटकले पोखरा घुम्नका लागि राम्रो गन्तव्य भएपनि त्यहाँसम्म पुग्ने बाटोका अवस्था दयनीय भएको बताए । टुरिजम एशोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले हवाई सम्पर्क सुरु नभएको र बाटो निर्माणको काम भैरहँदा पोखरा जान असहज भएको बताउनुभयो । “यहाँबाट पर्यटकलाई पोखरा लैजाने कुरामा कुनै द्विविधा छैन”, उहाँले भन्नुभयो, “पोखरासँगको कनेक्टिभिटिलाई प्राथमिकता दिनु जरुरी छ । कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटनमा योगदान पुगको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । भारतीय पर्यटकका तर्फबाट उठाइएका कनेक्टिभिटि एवम् पूर्वाधार विकासका कुरामा राज्यले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो । “नेपालका लागि भारत नै पर्यटनको प्रमुख स्रोत हो”, उहाँले भन्नुभयो, “भारतीय पर्यटकको आगमन बढाउन सकेमा त्यसले यहाँको पर्यटनमा महत्वपूर्ण टेवा पुग्दछ ।” बनारसका बरिष्ठ पर्यटन व्यवसायी सन्दिप पटेलले पोखरा सबै मौषमका लागि घुम्न सकिने गन्तव्य भएको बताउँदै कनेक्टिभिटि नै यहाँको प्रमुख आवश्यकता भएकोमा जोड दिनुभयो । “पोखरा र बनारस दुबै धार्मिक रुपमा पुग्नैपर्ने गन्तव्य हुन्”, उहाँले भन्नुभयो,“यी दुबै गन्तव्यलाई साझेदारीका माध्यमबाट धार्मिक पर्यटकीय रुपमा पनि जोड्न सकिन्छ ।” पोखरा र बनारसको पर्यटकीय साझेदारी अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो । नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले कार्यक्रमका क्रममा पोखरा धार्मिक शाहसिक, सास्कृतिक र मनोरञ्जनका लागि पनि महत्वपूर्ण शहर हो भन्ने सन्देश प्रवाह गरिएको बताउँदै प्रवद्र्धनले यहाँको सम्भावनालाई उजागर गरेको बताउनुभयो । बिश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाईने क्षेत्रका रुपमा गण्डकी प्रदेशको प्रवद्र्धन गरिएको थियो । उक्त क्रममा भारतीय पर्यटकले भारत ल्याइएको देवशिलाले दबै देशबीचको सँम्बन्धलाई अझै बलियो बनाएको धारणा राखेका थिए । उत्तर प्रदेश पर्यटन विभाग, अयोध्याका उपनिर्देशक आरपि यादवले पोखरासँगको पर्यटकीय साझेदारी बढाउने कुरामा आँफूहरू सँधै तयार रहेको धारणा राख्नुभयो । कार्यक्रममा भारतबाट आउने पर्यटकहरूले सिमा क्षेत्रमा पाउने गरेका समस्याका बारेमा पनि जिज्ञाशा राखिएको थियो । गोरखपुरमा आयोजित कार्यक्रममा त्यहाँका व्यवसायीले दामोदरकुण्डको यात्रालाई सहज र व्यवस्थित बनाएमा भारतबाट अत्याधिक पर्यटक भित्रने विश्वास व्यक्त गरे । भारतीय शहरको पर्यटन प्रवद्र्धनले पोखराको पर्यटन प्रवद्र्धनमा योगदान पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुभयो । पर्यटकीय साझेदारी, कनेक्टिभिटि लगायतमा भारतीय पर्यटकबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएको र त्यसलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रवद्र्धनमा पोखराबाट छोटो दूरीमा नै बिश्वकै आठ हजार मिटर भन्दा बढि उचाईका हिम श्रृखलाहरूको अबलोकन गर्न सकिने जानकारी गराइएको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दहालले जानकारी दिनुभयो । भारतीय शहरहरूमा गरिएका छुट्टाछुट्टै कार्यक्रम एवम् बिटुबी उपलब्धिमुलक बनेको उहाँले जानकारी दिनुभयो ।