झापा:    कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझँै सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य प...

मनाङ:     हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन् ।            नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् । जिल्लामा वर्षको पहिलो महिनामा सबैभन्दा बढी इजरायलका नागरिकले भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का तमकाशी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सय ५१ इजरायली नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।            त्यस्तै, तीन सय ४९ फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । रसियन तीन सय ३२, युनाइटेड किङडम (युएस) का दुई सय दुई, युनाइटेड स्टेटस (युएस)का एक सय ९५, जर्मनीका एक सय ७७, अष्ट्रेलियाका एक सय ७३, भारतका एक सय २९, नेदरल्यान्डका एक सय २९ सहित ७३ देशका नागरिकले मनाङ भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा मात्रै ७३ राष्ट्रका एक हजार नौ सय ३० पुरुष र एक हजार तीन सय ५८ महिला तथा एक अन्य गरी कूल तीन हजार दुई सय ८९ नागरिकले मनाङ भ्रमण गरेका छन् । “विगतमा कोभिड–१९ को सङ्क्रमण र बाढीपहिराको जोखिमले गर्दा पर्यटकको आवागमन ठप्प रहेकामा अहिले चलायमान भएको छ”, प्रमुख गौतमले भन्नुभयो ।            कोभिड-१९ को सङ्क्रमणपश्चात् सहज बनेको जनजीवनले गर्दा अहिले विश्वका पर्यटक नेपाल आउने क्रम जारी छ । विभिन्न देशका नागरिक नेपाल भित्रिने क्रममा विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन् । विश्वकै जोखिम पदमार्गका रुपमा परिचित यहाँ यात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताउनुभयो ।       विगतमा एक पनि मनाङको जोखिम स्थलमा भ्रमण आउने पर्यटकलाई समस्या हुने गरेको थियो । अहिले बर्सात समय सुरुआत भएकाले पदमार्गको यात्रा गर्दा सम्भाव्य जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको गौतमले बताउनुभयो ।      “पर्यटक एक्लै यात्रामा जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजी कार्य गर्न समस्या भएपछि नेपाल सरकारले गाइड बिना यात्रामा जान रोक लगाएको छ, अहिले गाइड लिएर मात्रै पर्यटक आउने वा यात्रा गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यो प्रावधानले हामीलाई पनि सहज भएको छ ।”       गाइड भएपछि सूचना पाउन सहज भएको उहाँले बताउनुभयो । यात्राका क्रममा पर्यटक बिरामी परेको खण्डमा गाइडको सहयोग हुने हुँदा सहज हुने गरेको पर्यटक बताउँछन् । पर्यटकको आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुसी छाएको छ । केही समयअगाडि मात्रै मनाङ पर्यटकको आवागमन बढेसँगै होटल पाउन सकस भएको पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । पर्यटक वृद्धि हुँदा मनाङको आयस्तरसमेत बढी हुने गरेको छ ।              पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्ला पास गरी मुस्ताङ र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।            अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन् ।

काठमाडौं:   वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए ।  पर्यटन विभागका अनुसार आरोहणको बाटो खुलेसँगै विभिन्न एजेन्सीमार्फत आरोहीले सगरमाथा आरोहण जारी राखेका छन् । विभागका निर्देशक युवराज खतिवडाका अनुसार बिहीबार अबेरसम्म ३२५ जनाभन्दा बढीले आरोहण पूरा गरे पनि यकिन तथ्याङ्क आउन बाँकी छ ।  “गत वर्षभन्दा एक साता ढिलो गरी सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो एक सातामा उल्लेख्य आरोही चुचुरोमा पुगेका छन्,” उहाँले भन्नुभयो, “बिहीबार सगरमाथा क्षेत्रको मौसम प्रतिकूल बनेपछि २५ जना आरोहीले विभिन्न शिविरबाट उद्धार गरेर आधार शिविर ल्याइएको छ ।” निर्देशक खतिवडाले हालसम्म मौसमले साथ दिएको र पुनः मौसममा सुधार आएसँगै बाँकी आरोही चुचुरोतर्फ लाग्ने बताउनुभयो । उहाँले आरोहणका लागि खुला गरिएका अन्य अधिकांश हिमालमा समेत यस वर्ष आरोहण राम्रो भएको जानकारी दिनुभयो ।  बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसअघि २०७६ जेठ ९ गते सबैभन्दा धेरै ३५४ जनाले सगरमाथाको आरोहण गरेका थिए । निर्देशक खतिवडाका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा सात जना आरोहीले ज्यान गुमाएका छन् ।  विभागका अनुसार यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् । सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ ।

पोखरा:   पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङका माध्यमले प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृङ्खला अर्मलाकोट सामुदायिक होमस्टेमा सम्पन्न गरेको छ । हाइकिङमा सहभागीहरुलाई होेमस्टे अध्यक्ष बबिता गुरुङ, आमा समुह अध्यक्ष झलश्री गुरुङ लगायतका आमा दिदीबहिनीहरुले फ्ुलमालाले स्वागत गरेका थिए । सहभागीले आफ्नै खर्चमा हाइकिङमा जोडिदै आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्नु राज्यको लागि ठुलो योगदान रहेको हाइकिङमा पहिलो पटक सहभागी पोखरा महानगरपालिका वडा नंं २१ का निवर्तमान वडा अध्यक्ष खगराज आचार्यले वताएका छन् । उनले हाइकर्स क्लबले स्वतःस्फुर्त रुपमा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान दिएकोले यस प्रकारका कार्यक्रममा स्थानिय सरकारले सहयोग गर्नुपर्ने वताएका थिए । विगत ४ वर्ष अगाडिबाट नियमित रुपमा हाइकिङ कार्यक्रम गरिर्दै आएकोमा कोभिड महामारीको कारण केहि समय रोकिएतापनि त्यसपछिका दिनहरुमा नियमित हाइकिङ कार्यक्रम गरिर्दै आएको र त्यसपछिका कायएक्रमहरुमा सहभागिहरुको संख्या पनि वढ्दै गएको संयोजक पत्रकार कृष्ण रानाभाटको अनुभव छ । रानाभाटका अनुसर क्लबलाई विधिवत दर्ता गरेर आगामि दिनमा व्यवस्थित पार्दै सम्बन्धित निकायको सहकार्यमा हाइकिङ कार्यक्रम संचालन गर्ने बारे धेरै काम अघि वढिसकेको छ । उनले हाइकर्स क्लबको स्थापनामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकीका संस्थापक तारानाथ पहारी र पुर्व अध्यक्ष तथा पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलको अग्रणि भुमिका रहेको वताउँदै क्लबको स्थापना गर्नुपर्छ भनेर लागि पर्ने संस्थापक प्रविण तुलाचन प्रति विशेष धन्यवाद दिएका थिए । क्लबका सदस्य तथा टे«किङ गाईड सुन्दर त्रिपाठीले पहिलो पटक हाइकिङमा सहभागिहरुलाई पदायात्राका क्रममा आउन सक्ने स्वास्थ्य तथा अन्य समस्याका वारेमा वताउर्दै समाधानका उपायका बारेमा वताएका थिए । त्यसै गरी क्लबका उपाध्यक्ष ज्योति हमाल, कानुनी सल्लाहकार अधिवक्त मनोज घर्तिमगर क्लबले आगामि दिनहरुमा हाइकिङका सथै सामाजिक कार्य पनि गर्नुपर्ने भनाई राखेका थिए । क्लबका आइटि संयोजक वेवपेज नेपालका प्रवन्ध निर्देशन पितम सेन ठकुरीले हाइकिङमा सहभागी हुन अनलाईन फर्म अनिवार्य गराउनु पर्ने धारणा राखेका थिए । यसो गर्न सकिएमा यातायात र खाना खाजाको लागि व्यवस्थित गर्न सजिलो हुने उनको भनाइ थियो । हाइकिङमा कालाबाङ घरेडी सामुदायिक होमस्टेका अध्यक्ष याम बहादुर गुरुङ, धनश्याम पौडेल, मोहन खत्री, शालिकराम भण्डारी, प्रमिसा सिलवाल, आरती रानाभाट, राजेन्द्र वस्याल, खाम केसी, हरि शर्मा, हरि रानाभाट लगाएत ३६ जना सहभागिता रहेको थियो ।

दमौली:    तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ ।  बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण  गरिरहेको हो ।  लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ”, उहाँले भन्नुभयो ।  केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ । “केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब दु्रतगतिमा अगाडि बढ्छ”, उहाँले भन्नुभयो । केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ ।  “केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, अध्यक्ष शर्माले भन्नुभयो । उहाँका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।  विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । विसं २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माण पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।  केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघन्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ । यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।  केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन ९आइपिओ० खुला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिसेयर अङ्कित मूल्य रु एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ । रु तीन अर्ब ४९ करोड कुल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब १५ करोड रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ । चुक्ता पुँजीको १० प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने शर्माले बताउनुभयो ।  आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता छन् । 

पोखरा:    नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ ।      कोभिड १९ को प्रभाव एवम् अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भैरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर लगायतका शहरहरूमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ वैशाख ३ गते हिडेको २३ सदस्यीय टोलीले प्रवद्र्धन सक्दै शुक्रबार फर्किएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो ।      ʿपोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३ʾ नामक कार्यक्रमका क्रममा पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारहरूसँग छलफल एवम् अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो ।      “प्रवद्र्धनका क्रममा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिबिधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रबद्र्धनात्मक सामाग्री बितरण ग¥यौं”, उहाँले भन्नुभयो, “उक्त क्रममा भारतका आम सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गरेका छौं ।”      कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुगेको बताउँदै उहाँले आगामी दिनमा ती क्षेत्रबाट पर्यटककको आगमन बढ्ने आशा जगाएको बताउनुभयो ।      अन्तरक्रिया एवम् व्यवसायी व्यवसायी बीचको भेटघाट(बिटुबी) का क्रममा भारतीय पर्यटकले पोखरा घुम्नका लागि राम्रो गन्तव्य भएपनि त्यहाँसम्म पुग्ने बाटोका अवस्था दयनीय भएको बताए ।      टुरिजम एशोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले हवाई सम्पर्क सुरु नभएको र बाटो निर्माणको काम भैरहँदा पोखरा जान असहज भएको बताउनुभयो ।      “यहाँबाट पर्यटकलाई पोखरा लैजाने कुरामा कुनै द्विविधा छैन”, उहाँले भन्नुभयो, “पोखरासँगको कनेक्टिभिटिलाई प्राथमिकता दिनु जरुरी छ ।      कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटनमा योगदान पुगको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । भारतीय पर्यटकका तर्फबाट उठाइएका कनेक्टिभिटि एवम् पूर्वाधार विकासका कुरामा राज्यले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो ।      “नेपालका लागि भारत नै पर्यटनको प्रमुख स्रोत हो”, उहाँले भन्नुभयो, “भारतीय पर्यटकको आगमन बढाउन सकेमा त्यसले यहाँको पर्यटनमा महत्वपूर्ण टेवा पुग्दछ ।”      बनारसका बरिष्ठ पर्यटन व्यवसायी सन्दिप पटेलले पोखरा सबै मौषमका लागि घुम्न सकिने गन्तव्य भएको बताउँदै कनेक्टिभिटि नै यहाँको प्रमुख आवश्यकता भएकोमा जोड दिनुभयो ।      “पोखरा र बनारस दुबै धार्मिक रुपमा पुग्नैपर्ने गन्तव्य हुन्”, उहाँले भन्नुभयो,“यी दुबै गन्तव्यलाई साझेदारीका माध्यमबाट धार्मिक पर्यटकीय रुपमा पनि जोड्न सकिन्छ ।” पोखरा र बनारसको पर्यटकीय साझेदारी अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो ।      नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले कार्यक्रमका क्रममा पोखरा धार्मिक शाहसिक, सास्कृतिक र मनोरञ्जनका लागि पनि महत्वपूर्ण शहर हो भन्ने सन्देश प्रवाह गरिएको बताउँदै प्रवद्र्धनले यहाँको सम्भावनालाई उजागर गरेको बताउनुभयो । बिश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाईने क्षेत्रका रुपमा गण्डकी प्रदेशको प्रवद्र्धन गरिएको थियो ।      उक्त क्रममा भारतीय पर्यटकले भारत ल्याइएको देवशिलाले दबै देशबीचको सँम्बन्धलाई अझै बलियो बनाएको धारणा राखेका थिए ।       उत्तर प्रदेश पर्यटन विभाग, अयोध्याका उपनिर्देशक आरपि यादवले पोखरासँगको पर्यटकीय साझेदारी बढाउने कुरामा आँफूहरू सँधै तयार रहेको धारणा राख्नुभयो ।      कार्यक्रममा भारतबाट आउने पर्यटकहरूले सिमा क्षेत्रमा पाउने गरेका समस्याका बारेमा पनि जिज्ञाशा राखिएको थियो । गोरखपुरमा आयोजित कार्यक्रममा त्यहाँका व्यवसायीले दामोदरकुण्डको यात्रालाई सहज र व्यवस्थित बनाएमा भारतबाट अत्याधिक पर्यटक भित्रने विश्वास व्यक्त गरे ।       भारतीय शहरको पर्यटन प्रवद्र्धनले पोखराको पर्यटन प्रवद्र्धनमा योगदान पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुभयो । पर्यटकीय साझेदारी, कनेक्टिभिटि लगायतमा भारतीय पर्यटकबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएको र त्यसलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।      प्रवद्र्धनमा पोखराबाट छोटो दूरीमा नै बिश्वकै आठ हजार मिटर भन्दा बढि उचाईका हिम श्रृखलाहरूको अबलोकन गर्न सकिने जानकारी गराइएको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दहालले जानकारी दिनुभयो ।  भारतीय शहरहरूमा गरिएका छुट्टाछुट्टै कार्यक्रम एवम् बिटुबी उपलब्धिमुलक बनेको उहाँले जानकारी दिनुभयो । 

पोखरा:     नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी  नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा-२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् ।  साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले स्वागत गर्नुभएको थियो ।  सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटनमार्फत पर्यटन भित्र्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।  पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको जनाउँदै राज्य र निजी क्षेत्रको सहकार्यबाट पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेका उहाँको भनाइ थियो । नार्कका अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको सराङकोटबाट मान्द्रेढुङ्गा सारिएको प्याराग्लाइडिङमा पहिलोपल्ट यति धेरै चिनियाँ पर्यटकबाट प्याराग्लाइडिङ हुनु निकै सकारात्मक सन्देश भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “हामी निकै खुसी छौँ, सुस्ताइरहेको पर्यटन र प्याराग्लाइडिङ क्षेत्रमा यति धेरै विदेशी पाहुनाले प्याराग्लाइडिङ गर्नुभएको छ , यसले नयाँ ठाउँलाई प्रवद्र्धनमा पनि सघाउ पु¥याउने छ ।” उहाँले चीनको ‘आउटबाउण्ड’ गन्तव्यको सूचीमा नेपाल परेको चिनियाँ पर्यटकको आगमनले पर्यटन प्रवद्र्धनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नाका महासचिव खेमराज आचार्यले पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने बताउनुभयो । उहाँले साहसिक खेलप्रेमीका लागि प्याराग्लाइडिङबाट सुन्दर दृश्यवलोकनका लागि मान्द्रेढुङ्गा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँका अनुसार चिनियाँ ९० जनासहित दुई सय ५० जनाले मान्द्रेढङगाबाट प्याराग्लाइडिङ गर्नुभएको थियो ।  पहिलो पटक नेपाल आउनुभएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको बताउनुभयो । पहिलो पटक नेपाल आएको सुनाउँदै उहाँले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिनुभयो । उहाँले अन्य साथीलाई नेपाल घुम्नका लागि सुझाव दिने बताउनुभयो । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा एक सय ८१ जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर नेपाल भ्रमणमा आउनुभएको थियो ।  नाकाका पूर्वअध्यक्ष कृष्ण भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै माघ १ देखि मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान भए पनि पर्यटकको आगमन बढन नसकेको अवस्थामा चिनियाँ टोलीको उडानले उत्साह थपेको बतउनुभयो  ।  साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ ।  प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडान सुरु गरिएको हो । यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुन्छ ।  हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी छ । RSS

लमजुङ:     चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एकसय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।  केही हप्ताअघिसम्म यस पदमार्गमा न्यून रहेको पर्यटक अहिले भने बढ्दै गएको यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “केही हप्ता अघिसम्म दैनिक ४०÷५० जना पर्यटक आउने गरेकामा सो सङ्ख्या बढ्दै एक सय ५० जनासम्म दैनिक रुपमा आउने थालेका छन् । यस याममा विगतका वर्षमा दैनिक पाँच सयजनासम्म पनि आउने गरेका थिए, तर त्यति पर्यटक नआए पनि केही हप्ताअघिको तुलनामा पर्यटक वृद्धि भइरहेको उहाँको भनाइ छ । पर्यटक सङ्ख्या अझै बढ्दै जाने अपेक्षा पर्यटन व्यवसायीहरुले गरेका छन् ।  मस्र्याङ्दी गाउँपालिका-४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भन्नुभयो, “पर्यटक नआउँदा होटलको व्यवसाय सुस्ताएको थियो तर यतिबेला दैनिक आम्दानी बढ्न थालेको छ ।”  पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार यस पदमार्ग आसपासमा सैयौँ सङ्ख्यामा होटल व्यवसायहरु सञ्चालनमा छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यहाँ आउने पर्यटकमध्ये फ्रान्स, जर्मन लगायतका देशका नागरिक बढी छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ ।  यस पदमार्ग आसपासमा रहेको पर्यटन व्यवसायीहरुले अन्नपूर्ण पदमार्गमा आउने पर्यटक गाइड बिना पनि आउन पाउने माग राख्दै जिल्ला प्रशासन कार्यालय लमजुङ, मस्र्याङ्दी गाउँपालिकालगायत सम्बधित निकायमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।  मनाङ-लमजुङ होटल व्यवसायी समितिका उपाध्यक्ष खुशिराम गुरुङले भन्नुभयो, “केही समयअघि टानले गरेको निर्णयले एकल पर्यटक आउन रोकिएपछि व्यवसायसमेत घट्न थालेकाले सो निर्णय फिर्ता लिनका लागि विभिन्न निकायमा आज ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छौँ ।”  यस्तो निर्णयले गाइड बिना आउन चाहने पर्यटकलाई पनि बढी पैसा खर्च हुने हुँदा पर्यटक अन्यन्त्र मोडिन थालेकाले व्यवसायीदेखि नेपाललाई नै घाटा हुने उहाँको भनाइ छ । मनाङदेखि लमजुङको होटल व्यवसायहीहरुको संयुक्त हस्ताक्षरसहित उक्त माग राख्दै ज्ञापनपत्र बुझाउने भएको छ । 

म्याग्दी:  म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो ।  पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्लबले स्वागत गरेका छन् । घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित छ । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटक आएका हुन् ।  घोडेपानीबाट टाढापानी हुँदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने नेपाल बिग माउन्टेन ट्राभल्सका पथ प्रदर्शक सुजित रेग्मीले बताउनुभयो । उहाँका अनुसार यो पदमार्गमा थप तीन वटा चिनियाँ पर्यटकको समूह भ्रमणमा आउँदैछन् । सात दिनको नेपाल भ्रमणमा आएका उनीहरूले सोमबार बिहान समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न पुगेका छन् ।   घोडेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक बढेका छन् । पछिल्लो एक महिनायता प्रतिदिन पाँच सय जना हाराहारीमा पर्यटक भित्रिएका व्यवसायीले बताएका छन् ।  “कोरोना महामारीले ठप्प पर्यटन व्यवसाय यस वर्षको चैत लागेपछि चहलपहल छाएको छ । पुरानो चहलपहल त फर्केको होइन तर दुई–तीन सय विदेशी पाहुना आउँदा सबै होटलमा दुई–चार जना पाहुना भइरहन्छन्”, स्थानीय डमबहादुर पुनले भन्नुभयो, “कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ । नेपालीहरू अक्सर दुई–तीन दिन बिदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन् ।” घोडेपानीमा साना ठूला गरी ३० होटल छन् । पुनहिल प्रवेश तथा पुनहिलमा टि एन्ड कफी सप सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाबाट स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित रु ५६ लाख ६० हजारमा ठेक्का लिनुभएको छ । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु एक सय ५० शुल्क तोकिएको छ । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे«, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ ।  वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर पाखा रङ्गिन बनेका छन् । पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जङ्गल र पहाडी भूगोलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब तीन सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालय घोडेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले बताउनुभयो ।  भारतीय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक  बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । रासस

पोखरा:    पोखरेली पर्यटन व्यवसायीको एउटा टोली पर्यटन पोखरा पर्यटकीय क्षेत्रको राजधानी हो भन्ने सन्देश बोकेर भारतको चार शहरको भ्रमणमा जाने भएको भएको छ ।  नेपाल टुर्स एण्ड टाभल एजेण्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा व्यवसायी भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर जान लागेको आज (शनिबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर आफूहरू आइतबारदेखि पाँच दिनलाई भारत जान लागेको नाट्टा गण्डकीका अध्यक्षका हरिराम अधिकारीले बताए ।   ‘पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौसममा भ्रमण गर्न उपयुक्त गन्तव्य भन्ने सन्देशसँगै पोखरा पर्यटकीय राजधानी हो भन्ने सन्देश लिएर भारतका चार शहर जाँदै छौं, अधिकारीले भने, ‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै अन्र्तराष्ट्रिय उडानका लागि भारतीय पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य समेत हो ।’ विश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाईने क्षेत्रको जानकारी दिन, सडकमार्गबाट सहज रुपमा पोखरा लगायत गण्डकी प्रदेशको भ्रमण गर्न सकिन्छ भन्ने सन्देशसँगै पोखरासहित गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य र गतिविधिबारे श्रव्यदृश्य सामग्रीमार्फत उनीहरूलाई जानकारी दिने उदेश्यले भारत भ्रमणमा जान लागेको नाट्टा गण्डकी अध्यक्ष अधिकारीले बताए ।  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर भारत जान लागेको टोलीलाई पोखरा महानगरपालिकाले २० लाख रूपैयाँ सहयोग गरेको छ ।