संस्कृति र प्रकृति लागि घान्द्रुक पर्यटकहरुको रोजाइ: पर्यटन मन्त्रालय सचिव गुरुङ
पाेखरा | असोज ४, २०८०

पोखरा: उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले कास्कीको घान्द्रुक संस्कृति र प्रकृतिका कारण पर्यटकको रोजाइमा परेको बताएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्रालयका सचिव गुरुङले यस्तो बताएका हुन् ।
‘बाह्य पर्यटकहरु सबैभन्दा बढी संस्कृति र प्रकृतिका लागि नेपालसँगै स्विजरल्याण्डलाई पहिलो नम्बरमा राख्छन्’, मन्त्रालयका सचिव गुरुङले भने, ‘कास्कीको घान्द्रुक बाह्य पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको छ, यहाँको संस्कृति र प्रकृति नै पर्यटकको मुख्य आर्कषण हुन् ।’
उनले गण्डकी प्रदेश सरकारले पछिल्लो समय ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धनमा काम गरिरहेकाले होमस्टेसँगै अन्य पूर्वाधारलाई प्राथमिकतामा राखेको बताए ।
‘गण्डकी प्रदेशको पर्यटन मन्त्रालय ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न लागि परेको छ, ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न होमस्टेको अवधारणालाई अगाडि बढाइरहेको छ’, उनले भने, ‘ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न स्थानीयले पूर्वाधार निर्माण र विकासमा मुख्य ध्यान दिन आवश्यक छ ।’
पर्यटन क्षेत्रको विकास र व्यवस्थापनमा चुनौती थपिरहेकाले स्थानीयले पूर्वाधार निर्माण गर्दा संस्कृति र प्रकृतिलाई विशेष ध्यान आवश्यक रहेको उनले बताए ।
‘पर्यटन क्षेत्रको विकास र व्यवस्थापनमा चुनौती आइरहेको छ, पूर्वाधार निर्माण गर्दा संस्कृति र प्रकृतिलाई विशेष ध्यान दिन आवश्यक छ’, उनले भने ।
उनले पछिल्लो समय संस्कृतिमा परिवर्तन आइरहेकाले यसमा सबैले ध्यान दिन आवश्यक रहेको औल्याए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको बताए ।
‘पर्यटन क्षेत्र हाम्रो समृद्धिको मुख्य आधार हो, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पूर्वाधारको विकासमा हामी लागिरहेका छौं’, वडाध्यक्ष गुरुङले भने, ‘ घान्द्रुक सम्म जोडिएको ग्रामीण सडकलाई स्तरउन्नती गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ ।’
घान्द्रुक ०२७ सालदेखि होटल सञ्चालन गर्दै आएका शंकरमान गुरुङले घान्द्रुकमा पर्यटक आउँदा खुशी लाग्ने बताए ।
‘घान्द्रुकमा पर्यटक आउँदा खुशी लाग्छ, होटल सञ्चालन गरेर पैसा नै कमाउनुपर्छ भन्ने भावना कहिले पनि राखेन’, गुरुङले भने, ‘घान्द्रुकमा आउने देश विदेशका पर्यटकसँग घुलमिल हुने अवसर पाए, उनीहरुको सल्लाह अनुसार नै होटल सञ्चालनमा ल्याए, अहिले गाउँ नै व्यवसायीक रुपमा अगाडि बढेको छ, खुशी छु ।’
कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक, ताडापानी देउराली हुँदै पुनहिल र घान्द्रुकको, झिनु, छोम्रोङ, सिनुवा, बम्बु, देउराली, माछापुच्छ«े आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।
व्यवसायी सम्मानीत
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले प्रथम साधारणको सभाको अवसरमा समितिले होटल तथा होमस्टेमा आउने पर्यटक, गाईड र पोटरबाट आउने आम्दानीको शुल्क बुझाउने दुई जना व्यवसायीलाई सम्मान गरेको छ ।
समितिले ०७९ असोजदेखि ०८० साउनसम्म गाईड र पोटरबाट होटलबाट सबैभन्दा बढी शुल्क बुझाउने होटल ब्रीजका सुवासचन्द्र गुरुङ र होटलमा नेपाली पर्यटक राखे बापत समितिलाई सबैभन्दा बढी शुल्क बुझाउने होटल वल्ड भिलेजका अमृत गुरुङलाई सम्मान गरेको हो ।
सोही अवसरमा घान्द्रुकमा ०२७ सालदेखि ८० सालसम्म नै होटल सञ्चालन गरिरहेका होटल मिलनका सञ्चालक शंकरमान गुरुङलाई पनि सम्मान गरेको थियो ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति गठन भएपछि पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका लागि होटलमा बस्ने गाईड र पोटरबाट प्रतिव्यक्ति १ सय ५० र नेपाली पर्यटकबाट प्रतिव्यक्ति १० रुपैयाँ होटलले समितिलाई बुझाउनुपर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा घान्द्रुक पर्यटन व्यवस्थापन समितिले साविकका ६ वडालाई ३/३ वटा दरले फोहोर संकलनका लागि डस्विन वितरण समेत गरिएको थियो ।
कार्यक्रम घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष थम बहादुर विकले स्वागत मन्तव्य, सचिव माया पुन थापामगरले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौं: काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहनुभएकी एनी कुँवरलाई पक्राउ गरेको छ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताउनुभएको छ । फोरियन अफेयर्स मिडियाद्वारा आज आयोजित &lsq...
काठमाडौं: सगरमाथा आरोहण दलका सदस्य प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित नेपाल प्रहरीको ब्यानर हस्तान्तरण गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित ...