सिजनमै घट्यो पोखरामा पर्यटककाे संख्या
मध्यपूर्व तनाव मुख्य कारण
पाेखरा | चैत १०, २०८२
मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य पर्यटकीय सिजनमा पनि पर्यटकको आगमन घटेको छ।
अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावले मुख्य ट्रान्जिट हब जस्ता दुबई, कतार र साउदी अरेबियामा असर पुर्याउँदा युरोप र अमेरिकाबाट आउने पर्यटकहरू नेपाल पुग्न सकिरहेका छैनन्।
पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार युरोप र अमेरिकाबाट आउने पर्यटक आउन नसक्दा होटल, ट्राभल र ट्रेकिङ बुकिङहरू धमाधम रद्द हुँदै छन्। युद्ध लम्बिँदा व्यवसायीहरू समेत समस्यामा परिरहेका छन्। मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र प्रभावित भएको छ।
होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठुलो सिजनमा अपेक्षाकृत पर्यटकको संख्या कम भएको बताए । उनले भने “अमेरिकाले अत्यावश्यक काम बाहेक नागरिकलाई विदेश ननिस्कन एड्भाइजरी जारी गरेको कारण अमेरिकी पर्यटक न्यून छन्। युरोपियन पर्यटक पनि अपेक्षाकृत कम सङ्ख्यामा आउँदैछन्। यद्यपि भारतीय र आन्तरिक पर्यटकको आगमन सामान्य छ।”
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

