गलकोट:   बागलुङको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार ।  व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब ...

पोखरा र भद्रपुरबीच हवाई उडान हुने भएको छ । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ ।   “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ”,स्टेशन म्यानेजर गौतम बरालले भन्नुभयो । उहाँले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिनुभयो ।   म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।    “पोखरा पर्यटकीय शहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ”, उहाँले भन्नुभयो ।   पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरुले छिटोे र आरामदायी यात्रामा रुची राख्ने हुँदा जति एयर कनेक्टिभिटि पर्यटकको चहलपहल पनि बढ्दै जाने बताउनुभयो । पोखरा–भद्रपुर सिधा उडानले पर्यटन प्रवद्र्धन हुने उहाँको भनाइ थियो । सिधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताउनुभयो ।   योसँगै बुद्ध एयरले मार्च ९देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ । अब हवाई उडानबाट ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा  रू नौ हजार छ सय ८५ पर्ने जनाइएको छ ।   

पोखरा:   पोखराबाट नजिकको गन्तव्य भएर पनि ओझेलमा परेको पर्यटकीय गाउँ मिर्साको प्रवद्र्धनमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) जुटेको छ । टेवानले माछापुच्छे« गाउँपालिका–१ मिर्सामा माघ २७ र २८ मा होमस्टे प्रवद्र्धन कार्यक्रम गरेको हो ।  दुई दशकअघि सुरु भएको मिर्सा सामुदायिक होमस्टेले ०७५ मा आधिकारिकता पायो । मिर्सामा हाल १३ घरमा होमस्टे छन् । होमस्टेले ५० जनासम्म पाहुना थेग्छ । पोखराबाट मोटरमा एक घण्टामै पुगिने मिर्सा गाउँमा झुरुप्प परेको गुरुङ बस्ती छ । स्थानीय परिकारको स्वाद र सँस्कृतिको अवलोकनका लागि मिर्सा पुग्नुपर्छ ।  मिर्सा सामुदायिक होमस्टेकी अध्यक्ष मिरु गुरुङले गाउँमा आउने पर्यटकलाई सिजनअनुसारका अग्र्यानिक खाना खुवाइने बताइन् । उनका अनुसार गाउँमै उत्पादिन गुन्द्रुक, भट्ट, साग, आलु, मुलाको अचार, गोलभेंगाको चट्नी, सेलरोटी, कुरिलो, निगुरो, टुँसा, लोकल कुखुरा, कोदोको रक्सीले पाहुनाको स्वागत गरिन्छ । ‘बसाइसराइले गाउँ रित्तिने देखेपछि होमस्टे सुरु ग¥यौं,’ उनले भनिन्, ‘पूर्वाधार पनि बन्यो तर प्रवद्र्धनको अभावले सोचेजस्तो सफल हुन सकेनौं । बिस्तारै पाहुना बढ्ने आशा लिएका छौं ।’  कार्यक्रममा माछापुच्छे«–१ का वडाध्यक्ष इन्द्र गुरुङले मिर्साको प्रवद्र्धन गर्न सके ग्रामीण अर्थतन्त्रमा टेवा पुग्ने बताए । मिर्साको कला, सँस्कृति, हावापानी, अग्र्यानिक खानेकुराले पाहुनाको मन लोभ्याउने उनको भनाइ थियो । पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं टेवानका सल्लाहकार टीकाराम सापकोटाले सहरमा कोलाहल र प्रदूषण बढिरहेको अवस्थामा मिर्साजस्ता गाउँले पर्यटनबाट फाइदा लिनुपर्ने बताए । ‘स्थानीय उत्पादनमा जोड दिएमात्रै होमस्टे दिगो हुन्छ,’ उनले भने, ‘सँगसँगै कनेक्टिभि टीको पनि खाँचो छ । गाउँमा आइसकेका पाहुनालाई भुलाउन नजिकका अरु गन्तव्यको पनि खोजी गरिनुपर्छ ।’  पोखरा पर्यटन परिषद्का द्वितीय उपाध्यक्ष तारानाथ पहारीले मिर्सा गाउँ एकान्त ठाउँमा भएकोले शान्त वातावरण खोज्नेका लागि उपयुक्त गन्तव्य भएको बताए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका पूर्वअध्यक्ष समेत रहेका उनले भिजिट गण्डकीको एप्समा मिर्सा गाउँलाई पनि समेट्नुपर्ने सुझाव दिए । स्थानीय अगुवा सूर्य गुरुङले गाउँवासीले दुःख गरेर होमस्टे स्थापना गरेकोले पाहुना पठाउन पर्यटन व्यवसायीलाई आग्रह गरे ।  टेवान अध्यक्ष कमला गिरीले पोखराबाट नजिकै रहेर पनि प्रवद्र्धनको कमिले मिर्सा गाउँ ओझेलमा परेको बताइन् । ‘ग्रामीण परिवेशमा रमाउन पोखराबाट यति नजिकै मिर्सा गाउँ छ,’ उनले भनिन्, ‘अब यो कार्यक्रमले प्रवद्र्धनमा थप टेवा पु¥याउनेमा हामी विश्वस्त छौं ।’ कार्यक्रम संयोजक कमला गुरुङले मिर्साको प्रवद्र्धनमा सर्वपक्षीय प्रयास आवश्यक रहेको बताइन् । महासचिव शोभा अधिकारीले मिर्सासम्म पुग्ने बाटोको स्तरोन्नतिमा ध्यान पु¥याउन वडाध्यक्षलाई आग्रह गरिन् । 

वीरगञ्ज:  पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।   पर्यटक प्रहरी कार्यालय वीरगञ्जका अनुसार सन् २०२२ को जनवरीदेखि सन् २०२३ को जनवरीसम्म यहाँबाट ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने पाँच सय पाँच जना विदेशी पर्यटक बाहिरिएका छन् ।   हावापानी तथा घुमफिर गर्ने मौसमका दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुसमा अन्य महिनाको तुलनामा पर्यटकको सङ्ख्या बढी रहेको पर्यटन प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक अनिल कुमार महतोले जानकारी दिनुभयो ।   कार्यालयको तथ्याङक अनुसार पछिल्लो पुसमा मात्रै वीरगञ्ज नाकाबाट एक सय दुईजना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने उए सय २४ जना बाहिरिएका छन् ।   भारतको विभिन्न सहर घुमेर वीरगञ्ज नाकाबाट नेपाल आउनेमा अमेरिका, फ्रान्स, थाईल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक बढी हुने महतोले बताउनुभयो ।   यहाँ आउने पर्यटकलाई होटल, यातायातलगायतमा असुबिधा वा ठगि हुन नदिन सचेतना जगाउनुको साथै दुर्घटनामा परी घाइते भएकालाई उपचार गराई परिवारजनको जिम्मा लगाउने काम पर्यटक प्रहरी कार्यालय वीरगञ्जले गर्दै आएको निरीक्षक महतोको भनाइ छ ।   भारतको रक्सौलहुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटलाई अध्यागमन कार्यालय वीरगञ्जले अनअराईबल भिसा दिने गरेको छ ।

ढोरपाटनः    समथर भूभागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् ।  स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुँन थालेको छ । एक हजार दुई सयदेखि चार हजार मिटर उचाइसम्म रहेको निसीखोलामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । प्रचारको अभावमा आझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि निसीखोला गाउँपालिकाले सक्रियता देखाएको छ । पालिकाभित्रका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्न गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचार गरी पूर्वाधार निर्माण गर्न थालेको छ ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि ओझेलिएका गन्तव्य पनि प्रचारमा आउन थालेका छन् । पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको गुरुयोजना बनाउने र तिनीहरुको प्रचार र विकासका लागि गाउँपालिका योजनाबद्ध रुपमा लागेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । घर्तीले चर्चामा आएका गन्तव्यको पूर्वाधारमा जोड दिने र ओझेलमा रहेका स्थलको प्रचारलाई तीव्रता दिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, कति हामीले पहिचान गरेका छौँ, कति पहिचान गर्न बाँकी छन्, पहिचान र प्रचारको लागि निरन्तर लागिरहेका छौँ, पहिचान भइसकेका स्थलमा पूर्वाधार निर्माण गर्ने र प्रचार गर्ने कार्यमा जुटेका छौँ ।” गाउँपालिकाले पूर्वी रुकुमसँग जोडिएको रिग ताल, रोल्पासँग जोडिएको जन्ते ढुङ्गा, प्यूठानसँग जोडिएको नाङ्गे धुरी, कोठेभिरलगायतका पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारमा जुटेको अध्यक्ष घर्तीमगरको भनाइ छ । गाउँपालिकाले प्यूठानको गौमुखी र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरीको विकासका लागि दुवै पालिका, जिल्ला र प्रदेश सरकारसँग सहकार्य गरेर विकास गर्ने उहाँको भनाइ छ । “यहाँ थुप्रै परम्परागत धार्मिक कला, संस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ छन्, निसीखोलामा रहेका धेरै जसो पर्यटकीय तथा धार्मिक क्षेत्र विभिन्न जिल्लाका सिमानमा रहेका छन्, त्यसले गर्दा दुवै पक्षले समन्वय सहकार्य गरेर विकास गर्दा राम्रो हुने हुँदा छलफल गरीरहेका छौँ र आ–आफ्नो सिमानमा पर्ने स्थालको आफै योजना बनाएर काम सुरु गरेका छौँ”, अध्यक्ष घर्तीले भन्नुभयो । वडा नम्बर ६ मा पर्ने रिगताल, वडा नम्बर ३ मा पर्ने नौ बहिनी छहरा, वडा नम्बर ५ मा रहेको कोठेभिर, वडा नम्बर ६ मा रहेको साइलीमाइली झरना, वडा नम्बर ७ को नरसिंहकोट, वडा नम्बर २ को अर्नाकोट, वडा नम्बर ५ को निसेलढोर, वडा नम्बर ३ मा रहेको बराह मन्दिर निसीखोला गाउँपालिकाको प्रमुख गन्तव्य हुन् । नरसिंहकोट, रिगताल, अर्नाकोट, नौ बहिनी छहरा, कोठेभिर, नाङ्गेधुरी, निसेल ढोरपाटनको विकासका लागि लागि गुरुयोजना तयार पारेको र केहीको काम सुरु भएको भन्दै अध्यक्ष घर्तीमगरले आगमी वर्षसम्ममा धेरै पर्यटकीय गनतव्य पहिचान हुने र प्रचारमा आउने बताउनुभयो । गाउँपालिकावासीको पर्यटनबाटै जीवनस्तर उकास्न सकिने भन्दै अहिले त्यसको लागि जग तयार गर्न आफूहरु लागि रहेको अध्यक्ष घर्तीमगर बताउनुहुन्छ ।  “पहिलो चरणमा सम्भावन बोकेका ठाउँको पहिचान गरी रहेका छौँ, त्यसको विकास गर्ने हाम्रो दायित्व हो, भर्खरै यसबाट नतिजा नआउन सक्छ तर विस्तारै नतिजा आउनेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “यहाँका नागरिकको पर्यटन व्यवसायबाटै जीवनस्तर उकास्ने कोसिसमा छौँ, त्योअनुसारका काम भइरहेका छन् ।” पर्यटन प्रवद्र्धनका लागि यस वर्ष गाउँपालिकामा २५ लाख बढी बजेट विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वडा वडा नम्बर ७ को नरसिंहकोटलाई प्राथमिकतामा रहेको भन्दै त्यसका लागि आठ लाख विनियोजन गरेको उहाँको भनाइ छ । पर्यटकीय ठाउँमा संरचना निर्माणका लागि प्रदेश सरकारबाट पनि केही बजेट माग गरेको र गाउँपालिकाले थप बजेट व्यवस्थापन गरेर नयाँ गन्तव्यको प्रचारमा जोड दिने उहाँको भनाइ छ ।  नरसिंहकोटमा अहिलेसम्म मन्दिर निर्माण, सत्तल, पदमार्गलगायतका काम भइसकेको भन्दै अब पर्यटक आकर्षणका लागि संरचना तयार गरिने उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले रिगताल, नरसिंहकोटमा निरन्तर बजेट राखीरहेको छ, पूर्वाधार निर्माण पनि भइरहेको छ, यसलाई थप विकास गर्न गाउँपालिकाले गुरुयोजना बनाएको छ, योसँगै पालिकाभित्रका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना बनाएका छौँ र चार÷छ वटा स्थलको काम हुन बाँकी छ, त्यो पनि केही समयमै सकिने छ ।” 

पोखराः   कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ । शुक्रबार प्रर्दशनी कक्षमा पुगेकी अस्मि गुरुङका आँखा एउटा तस्बिरमा टक्क अडिए । किशोरावस्थाकी उहाँ केहीबेर त्यसमै रोकिनुभयो । जाङ्गे र कमिजमा खाली खुट्टा चौरमा उभिएका बालबालिकाको तस्बिरले गुरुङको ध्यान तान्यो ।  उबेलाको विद्यालय र बालबालिकाको अवस्था झल्काउने त्यो तस्बिरले मन छोएको उहाँले सुनाउनुभयो । तस्बिर विसं २०१९ तिरको हो । खरको झुपडीबाट चलेको पोखराको अमरसिँह स्कुलको दृश्यलाई अमेरिकी नागरिक डगलस बिङ्गमले खिच्नुभएको थियो ।  प्रर्दशनीमा ७० वर्षअघिको तालबाराही मन्दिरदेखि पोखरामा पहिलोपटक बस आउँदासम्मका तस्बिर राखिएका छन् । उहिलेको पोखरा कस्तो थियो रु संस्कृति, रहनसहन के थिए रु मानिसहरु के गर्थे रु समाज कस्तो थियो रु तस्बिर आफै बोल्छन् । तस्बिरमा उबेलाको फेवा, बेगनास र रुपातालको स्वरुप हेर्दा जोकोहीलाई अनौठो प्रतित हुन्छ । विसं २०२६ मा पोखरा विमानस्थल बन्दा काममा खट्ने श्रमजीवी, विसं २०१९ तिर बाँसको पुलबाट सेती नदी तरिरहेका महिलाहरु, त्यसबेला पोखरामा चल्ने गोरुगाडा आदिका दृश्यले मनलाई उद्धेलित पार्छ ।  तस्बिरले आजको उन्नत, विकसित र झकिझकाउ पोखराभन्दा दशकौँअघिको पोखरातिर मानिसलाई पु¥याउँछ । पोखराकै सुनील उलकले सङ्कलन गरेका तस्बिरलाई प्रर्दशनीमा राखिएको महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विदेशी र नेपालीले खिचेका तस्बिर प्रदर्शनीमा छन् । “महोत्सवमा आउने दर्शकले तस्बिर प्रर्दशनीलाई पनि चाखपूर्वक अवलोकन गर्छन्, ऐतिहासिक तस्बिर राखिएकाले प्रदर्शनीले महत्व पाएको हो”, उहाँले भन्नुभयो । अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका तस्बिरलाई क्यामेरा, मोबाइलमा कैद गर्न भने पाउँदैनन् । तस्बिर सङ्कलक उलकले विदेशीसहित आफ्नो बुबा जगन्नाथले खिचेका तस्बिर प्रर्दशनीमा राखिएको बताउनुभयो । जगन्नाथलाई पोखराको पहिलो फोटोग्राफरका रुपमासमेत चिनिन्छ । सन् १९६५ मा पहिलोपटक नेपाल आउनुभएका अमेरिकी नागरिक डग हलबाट उहाँले तस्बिर खिच्न सिक्नुभएको थियो । ‘अमेरिकी पिस कोर भोलिन्टियर’का रुमा हल नेपाल आउनुभएको थियो । त्योबेला नेपालका धेरै ठाउँ पुगेर उहाँले तस्बिर खिच्नुभएको थियो । प्रदर्शनीमा राखिएकामध्ये विदेशीले खिचेका तस्बिर रङ्गीन छन् भने नेपालीका श्यामश्वेत । “आजभन्दा ६०÷७० वर्षअघिको पोखराको समाज, भूगोल, संस्कृति र रीतिरिवाजको झल्को तस्बिरहरुमा छ”, उलकले भन्नुभयो, “यी तस्बिर हाम्रा अमूल्य पूँजी हुन्, इतिहासका साक्षी हुन्, यिनले भावी पुस्तालाई पुरानो नेपाल चिनाउँछन् ।” प्रर्दशनीमा विख्यात भुभर्गविद् टोनी हेगनले खिचेको तस्बिरसमेत राखिएको छ । “उहिलेको पोखरा झल्काउने ३८ फोटो मात्र प्रदर्शनीमा छन्, धेरै तस्बिर अमेरिकी पिस कोर भोलिन्टियरले खिचेका छन्, केही तस्बिर मेरो बुबाका पनि छन्”, उलकले भन्नुभयो । उलकसँग पोखरासँग सम्बन्धित दस हजार तस्बिर सङ्ग्रहित छन् । शुक्रबारदेखि काठमाडौँस्थित सैनिक मुख्यालयमा चलिरहेको तस्बिर प्रदर्शनीमा पनि आफूले सङ्कलन गरेका सैनिकसँग सम्बन्धित तस्बिर राखिएको उहाँको भनाइ छ । गत पुस २७ गतेदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सव आउँदो सोमबार सकिँदैछ । महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ । रमाइलो बाल उद्यान, कलाकारको साङ्गीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायतले मेलामा आकर्षण बढाएको छ । महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने आयोजकले जनाएको छ । महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट रु एक सेती नदी संरक्षणका नाममा छुट्याइने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवमा दुई सय ५८ व्यावसायिक कक्ष छन् । तेह« दिनसम्म चल्ने महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ ।

ढोरपाटनः    हरेक वर्ष माघ २ गते साँझदेखि ३ गते युवा समूहमा हातमा डम्फु बजाउँदै र खरानी दल्दै हिँड्छन् । त्यो समूहमा कोही थाग्नाभोक्टा लगाएका, कोही मुखुण्डो लगाएका हुन्छन् । यो दृश्यले धेरैलाई अचम्मित बनाउँछ । माघ २ गते साँझ पुतली बनाउन सुरु गरेदेखि ३ गतेसाँझ खोलामा नबगाउँदासम्म उनीहरुलाई बोल्न र खरानी छर्न छुट हुन्छ । यसलाई स्थानीयले कापै खेल्ने अर्थात् फागु हाल्ने भन्छन् ।  माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतली जस्तै बनेका मान्छेहरु नाच्छन् । उनीहरुले सनदारमा फेटा, शरीरमा विभिन्न थरीका कपडा पहिरिएका हुन्छन् । पुतली जस्तै बनेका उनीहरु दिनभर नाच्छन् । त्यसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् । यो नाच कहिलेदेखि नाच्दै आएको भन्ने यकीन छैन तर स्थानीय वर्षौं पहिलेदेखि नाच्दै आएका छन् । माघ २ र ३ गते प्रदर्शन हुने यी संस्कृति छुट्टाछुट्टै भए पनि एकैदिन, एकैसाथ नाचिन्छ । माघ ३ गते त्यहाँ एउटा अचम्मको दृश्य देखिन्छ । एउटा मानिसलाई स्थानीयले अनुहार नचिनिने गरी कपडाले मुख बाँधेका हुन्छन् । त्यसलाई पशुलाई जस्तै दाम्लोले बाँधेर डो¥याइन्छ । बेलाबेलामा त्यसमाथि खरानी हाल्दिन्छन् । त्यो व्यक्ति मदिराले लठ्ठ परेको हुन्छ । त्यसलाई स्थानीय भालुको पित्त देखाउने संस्कृति भन्छन् । सोही दिन दिउँसो तरबार समाएका केही व्यक्ति नाच्छन् । त्यसलाई स्थानीय पट्टा नाच भन्छन् । पुतली नाच, पट्टा नाच, कापै नाच र भालुको पित्त देखाउने संस्कृति एकैदिन प्रदर्शन गरिन्छ ।  राजारानीको सम्झनामा नाचिन्छ पुतली नाच बाइसेचौबिसे राजाका पालादेखि नाच्दै आएको भनिए पनि यकीन मिति छैन । पाकापुर्खाले मनाउँदै आएको हुँदा आफूहरुले त्यसको निरन्तरता दिँदै आएको स्थानीय ८१ वर्षीय मानसिंह बुढामगर बताउनुहुन्छ । उहाँका अनुसार बाइसेचौबिसे राज्य हुँदा यहाँ मगर राजा वीरमानले राज गरेको र राजाको मृत्युपछि सम्झनामा हरेक वर्ष माघे सङ्क्रान्ती मेला मनाउने र पुतली नाच नाच्ने गरिन्छ ।  उहाँ भन्नुहुन्छ, “म अहिले ८० पूरा भएर ८१ वर्षमा लागे, सानै हुँदा हाम्रो बाउबाजेले यो नाच नाच्ने गर्नुहुन्थ्यो, यो कहिलेदेखि नाचेको भन्ने उहाँहरुलाई पनि थाहा थिएन, हामी सयौँ वर्ष पहिलेदेखि हुँदै आएको मान्छौँ, बाजेहरुले यहाँ मगर राजाले राज्य सञ्चालन गरेको र राजारानी तथा उनीहरुको स्याहारसुसार गर्ने धाइमाको मृत्यु भएपछि यहाँका जनताले सम्झनामा यो नाच नाच्न थालेको हो भन्नुहुन्थ्यो, हामीहरुलाई पनि त्यस्तै लाग्छ ।” उहाँका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ । राजा, रानी र धाइमा गरी तीन मूर्ति जस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्ध पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् । माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पड्काउने, पुतलीलाई डोलामा डुलाउने र नाचिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ । स्थानीय डिलबहादुर घर्तीमगर पहिले यो नाच ननाच्दा गाउँमा अनिष्ट हुन्छ भनेर नाचलाई निरन्तरता दिइएको बताउनुहुन्छ । निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढा मगरले सयौँ वर्ष पहिले यहाँ मगर राजाले राज्य गरेको र उहाँको मृत्युपछि शोकमा परेका जनताले स्मृतिमा पुतली नाच नाच्न थालेको बताउनुभयो । उहाँ यो संस्कृतिले यो ठाउँ र मगर समुदायको पहिचान बोकेको बताउनुहुन्छ । “यो ठाउँमा मगर राजाले राज्य गरेको एतिहास छ, यसलाई धेरैले मेटाउन खोजेको पाइन्छ, तर यहाँ हुने विभिन्न संस्कृतिले त्यो इतिहास संरक्षण गरेको छ”, अध्यक्ष बुढामगर भन्नुहुन्छ, “बुढापाकाले निकै मेहनतका साथ पुतली बनाउनेदेखि नाच्ने र खोलामा लगेर सेलाउनसम्म विधिपूर्वक गर्दै आउनुभएको छ, यो एउटा सिङ्गो इतिहास हो ।” सेनाको तालिम पट्टा नाच पट्टा नाच पनि माघ ३ गते पुतली नाचसँगै नाचिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्ति नै यो नाच नाच्ने गर्छन् । बाइसेचौबिसे राजाका पालामा राजाका सिपाहीले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको स्थानीय नैनासिंह बुढामगर बताउनुहुन्छ ।  “पट्टा नाच र पुतली नाच एकैपटक नाचिन्छ, पुतली नाच्नेहरुले नै अहिले यो नाच नाच्ने गरेका छन्, यो हामीहरु सानैदेखि नाच्ने गथ्र्यौं, हाम्रो बाउबाजेले यसैगरी सिकाउनुभएको थियो, उहाँहरुले राजाका सेनाको तालिमलाई पट्टा नाच भनिएको हो भन्नुहुन्थ्यो, राजाका सेना पट्टाना नाच जस्तै गरी तालिम गर्थे रे, यो सयौँ वर्ष अगाडिको कुरा हो, यसको सबै इतिहास जान्ने पाका मान्छे छैनन् ।” पट्टा नाच्दा दुईतर्फ तरबार तथा ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एक अर्कालाई मार्न र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरु आफैँ गर्दछन् । देवि खुसी पार्न खेलिन्छ होरे कापै  स्थानीय युवा माघ १ गतेदेखि होरे कापै खेल्न सुरु गर्छन् । होरे कापै तिहारमा देउसी, भैलो खेले जस्तै हो । माघ १ गतेदेखि उनीहरु घरघरमा पुगेर खेल्ने गर्छन् र भुसा, रोटी, तरुल पैसा दानका रुपमा लिने गर्छन् । यसबेला कुनै पनि अश्लिल शब्द बोल्दैनन् । माघ २ गते होरे कापै खेल्ने हातमा डम्फु लिएर बजाउँदै भट्याउँछन् ।  पुतली बनाउने दिन माघ २ गते साँझदेखि ३ गते पुतली खोलामा लगेर नसेलाउञ्जेलसम्म भट्याउने गर्छन् । यसरी भट्याउँदा देवि खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय मानसिंह बुढा बताउनुहुन्छ ।  देवीलाई खुसी भालुको पित्त देखाइन्छ माघ ३ गतेका दिन भल्कोट गाउँमा हुने पुतली नाचसँगै भालुको पित्त देखाइन्छ । पुतली नाच र कापैसँगै देखाइने भालुको पित्त देख्दा जो कोही पनि अचम्मित पर्छन् । स्थानीयले एक मानिसलाई नचिनिने गरी मुख छोपिदिए र खरानी लगाइदिएर नचिन्ने बनाइएको हुन्छ । त्यसलाई भालु भनिन्छ । रक्सी खुवाएर लठ्ठ भनेको उसलाई पशुलाई झैँ दाम्लोले बाँधेर लतारिन्छ ।  उसँगै दुई÷चार जना रक्सीले लठ्ठिएका मान्छे हुन्छन् । उक्त अपरिचित मान्छेलाई मान्छेको भीडमा लगेर भालु आयो भन्दै उसलाई देखाइ खरानी, माटो हाल्दिने गर्दछन् । त्यसलाई भालुको पित्त भनिन्छ । यसरी भालुको पित्त देखाउँदा पितृ खुसी हुने र देवी हाँस्ने स्थानीय प्रमुखसिंह घर्ती मगर बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “यो त सयौँ वर्ष पहिलेदेखि चल्दै आएको चलन हो, अहिले भालु बन्न पनि मान्दैनन्, भालु भनेर पित्त देखाउँदा पनि राम्रो मान्दैनन्, यसरी त परम्परा हराउँछ, ठट्टा गर्नका लागि गरेको होइन, यसरी भालुको पित्त देखाउँदा देवी खुसी हुन्छन् भन्ने मान्यता छ, यो त हाम्रो बाउबाजेले गर्दै आएको कुरा हो ।” यस्ता कला संस्कृतिको संरक्षणका लागि स्थानीय तिलाचन युवा क्लब सक्रिय बनेको छ । हरेक वर्ष क्लबले यसको व्यवस्थापन गर्दै आएको अध्यक्ष सञ्जु थापा मगरले बताउनुभयो । पुराना कला संस्कृति यस ठाउँको पहिचान भएको भन्दै पुतली नाचसँगै अन्य संस्कृति संरक्षणका लागि बुढापाकाबाट युवालाई सिक्न प्रेरित गर्ने गरेको उहाँ बताउनुहुन्छ । “पुतली नाच देशकै गहना हो, यस्तो परम्परा अन्य कुनै ठाउँमा छैन, पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ, तर यसको संरक्षणका लागि हामीहरु लागि रहेका छौँ, यो अलिकति खर्चिलो पनि छ”, अध्यक्ष थापाले भन्नुभयो, “पुतली नाच प्रदर्शनमा लाग्ने खर्चदेखि अन्य व्यवस्थापन हामीहरुले गरेका छौँ, सरकारले पनि यसतर्फ ध्यान दियो भने यसको संरक्षण युगौँसम्म हुने थियो ।” गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले गाउँपालिका कला, संस्कृतिको केन्द्रबिन्दु भएको उल्लेख गर्दै पुतली नाच ऐतिहासिक भएको बताउनुभयो । पुतली नाचको संरक्षण तथा प्रवद्र्धन गर्नका निम्ति गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने र यसलाई पर्यटनसँग जोड्ने उहाँ बताउनुहुन्छ । “पुतली नाच विशिष्ट संस्कृति हो, सयौँ वर्ष इतिहास बोकेको यो संस्कृति अहिले पनि जिवितै छ, यसको संरक्षणमा स्थानीय लाग्नुभएको छ, गाउँपालिकाले पनि बजेट विनियोजन गरेर संरक्षणमा लागेका छौँ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “पुतली नाचसँगै यहाँका गाउँहरु थुप्रै संस्कृति छन्, तिनीहरुको प्रवद्र्धनका लागि हामीहरु गम्भीर भएर लागेका छौँ ।”  

काठमाडौं:   सर्वोच्च अदालतले सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने ठहर गर्दै अल्पकालीन अन्तरिम आदेश गरेको हो ।      आदेशमा भनिएको छ, “दुवै पक्षबीच छलफल नभएसम्म निवेदनमा उल्लेखित क्षेत्रमा कुनै केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्नु÷नगराउनु भनी विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ ९२०९ख० बमोजिम अल्पकालीन अन्तरिम आदेश दिइएको छ ।”     अविधक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतलाई विपक्षी बनाइ रिट निवेदन दायर गर्नुभएको थियो । नेपालको संविधानको धारा ३०, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमवली विपरीत गत मङ्सिर १३ गते सिक्लेश अन्नपूर्ण केवलकार (छ दशमलव चार सय १६ किमी) आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पारित गर्न गरेको निर्णय र सो निर्णयसँग सम्बन्धित अन्य नेपाल सरकार वा अन्य निकायको सरकारी निर्णय, विभिन्न पत्रसमेत उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको थियो ।      रिट निवेदनमा संरक्षण क्षेत्रका रुपमा घोषण भएको सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा कुनै भौतिक संरचना बनाउने कार्य नगर्नु÷नगराउनु भन्ने विपक्षीको नाउँमा परमादेशको आदेश माग गरिएको थियो ।  साथै अब उपरान्त यस्तै प्रकारको संरक्षण क्षेत्र घोषणा भएका अन्य संरक्षित क्षेत्रमा कुनै पनि प्रकारको विकासको आयोजना सञ्चालन गर्न माग भइआएमा कुनै पनि आयोजना पारित गर्ने कार्य नगर्नु÷नगराउनु भन्ने परमादेशको आदेश माग गरिएको थियो ।  रिट निवेदनमा नेपालको संरक्षण क्षेत्रभित्र कस्तो–कस्तो प्रकारको संरक्षण तथा विकास योजना कुन–कुन संरक्षित क्षेत्रभित्र दिने हो सोसम्बन्धी यकिन गर्न विज्ञहरुसँग समेत छलफल गरी एक वैज्ञानिकयुतm गुरुयोजना बनाई तथा  कार्यविधि बनाई प्रकाशितसमेत गर्नु भन्ने विपक्षीको नाउँमा परमादेश जारी गर्न मागसमेत गरिएको थियो ।

पोखराः   तनहुँको घिरिङ गाउपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आइपुगेको छ । महोत्सव आयोजक युनाइटेड क्लबले एघारौं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेसंगै तनहुको घिरिङ गाउपालिका उवाथोकमा रहेको सामुदायिक होमस्टेको टोलीले महोत्सव स्थलमा स्टल बनाइ महोत्सवमा आउने दर्शकहरुलाई पाहुनाको रुपमा आफ्नो होमस्टेमा आउनका लागि आमन्त्रण गरेको हो । २०७५ देखि सञ्चालनमा आएको होमस्टेमा ३५ देखी ४० जना पाहुनालाई राख्न सकिने होमस्टेका सल्लाहकार मन बहादुर रानाले जानकारी दिए । १२ वटा घरमा सञ्चालित होमस्टेमा आउने पाहुनाहरुलाई कोदोको ढिंडो, मकैको च्याख्ला, स्थानीय गोफा खोलाको लोकल माछा, लोकल कुखुरा, लोकल कालो सुंगुरको परिकार, लोकल खसी, सिस्नुको परिकार, लोकल दुध, दही, मह, खुदो लगायतका परिकारहरु पस्किने गरेको छ ।     होमस्टेमा हाल सम्म विदशी र स्वदेशी गरी २५ सय वढी पर्यटकहरुले घरबास गरिसकेका छन । उवाथोक होमस्टेमा आउने पर्यटकहरुले घिरिङकोट भ्युटावरबाट कालीगण्डकीको फेरो संगै पर्यटकीय शहर पोखरा, नवलपरासीको देवचुली वरचुली लगायतका मनोरम दृश्यहरु संगै गोफाखोलामा निर्माणाधिन घुमाउने तालको अवालोकन गर्न सक्ने होमस्टेका अध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिए । होमस्टेमा घरबास गर्ने पर्यटकहरुले मगर संस्कृति झल्कने कौरा नाच, स्थानिय झ्याउरे र दोहोरीमा रमाइलो गर्न सक्ने समेत थापाले बताए । महोत्सवमा उवाथोक संगै लम्जुङको पुरानोकोट होमस्टेको टोलीपनि पर्यटकहरुलाई आफ्नो होमस्टेमा आउनका लागि अनुरोध गर्दै महोत्सव स्थलमा आइपुगेको छ । महोत्सवको छैठौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागीता समेत वढ्दै गएको छ भने महोत्सवमा राखिएको स्टलहरुमा ब्यापार समेत बढ्दै गइरहेको महोत्स्व प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा सोमबार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले लोकदोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिएभने लोकदोहोरी गायक प्रजापति पराजुली, जीवन दाहाल, शिवहरी ढुंगाना, गगन गुरुङ, प्रशान्त तामाङ, शान्ति डोटेल, नविना सुवेदी, नारायण सुनार, तुलसा जिसी, सन्तोष सुवेदी लगायको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टतर्फ छेवाङ लामाको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिएका थिए । महोत्सवको सातौं दिन प्रिति आले, प्रजापति पराजुली, जीवन दाहाल, शिवहरी ढंगाना, निश्चल दवाडी, मञ्जु बिक, सरीता सारु मगर, टस गुरुङ, तुलसा जिसी लगायतको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्टमा झिल्के एण्ड द कम्पनीको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

ढोरपाटनः   अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो । लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो । लोकमार्गले नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा आएको छ । सडकले गाउँलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै स्थानीयवासीलाई सहजतासमेत प्रदान गरेको छ । पूर्वीरुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँमा अहिले दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तीन वर्ष अगाडि लोकमार्ग कालोपत्र भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको छ । सडकको सहज पहुँच तथा रुकुम र बागलुङबाट नजिक पर्ने हुँदा बागलुङ, पूर्वीरुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुनमगरले बताउनुभयो । पुनमगर भन्नुहुन्छ, “सडक आएपछि त निकै सजिलो भयो, पहिले यहाँ यही गाउँमात्रै थियो, अहिले तल बजार बन्दै छ, बाटो पनि राम्रो बनेको छ, अहिले धेरै ठाउँबाट मान्छे घुम्न आउँछन्, हाम्रो पुरानो गाउँमा डुल्ने, घुम्ने र फोटो खिचेर जान्छन्, यो गाउँ हाम्रो पुर्खादेखि नै यस्तै थियो, यहाँ धेरैजसो पुराना घरमात्रै छन्, यही घर अहिले धेरैले मन पराए ।” लोकमार्गले जोडिएपछि गाउँले मुहार फेरेको पुनमगर बताउनुहुन्छ । उहाँले पहिले आफूहरू नयाँ ठाउँमा सामान किनमेल गर्न पुगेको भन्दै अहिले धेरै मान्छे आफ्नै गाउँमा घुम्दै आउँदा खुसी लागेको बताउनुभयो । गाउँलाई पर्यटनसँग जोड्न लोकमार्गले ठूलो भूमिका खेलेको उहाँको भनाइ छ । “पहिले हामीहरू नुन, तेल र चामल ल्याउन एक साता लगाएर दाङ तुल्सीपुर पुग्थ्यौँ, त्यतिबेला त्यो ठाउँमा जाँदा यहाँका गाउँलेलाई धेरै समस्या थियो, तर नयाँ ठाउँ देख्दा रमाइलो लाग्थ्यो”, पुनमगरले भन्नुभयो,  “अहिले बाहिरी मान्छे हाम्रो गाउँमा आउँदा रमाइलो लाग्यो भन्छन्, केही मान्छेहरू त एक–दुई दिन बसेर घुमेर जान्छन् ।” स्थानीय सुनकुमारी पुनमगर सडकले गाउँलेको जनजीवनमा ठूलो परिवर्तन ल्याएको बताउनुहुन्छ । पुरानो गाउँ अहिलेका युवायुवतीका लागि आकर्षक गन्तव्य बनेको भन्दै गाउँ घुम्न आउनेले स्थानीयस्तरमा उत्पादन भएका सामान किनेर लैजाने गर्दा गाउँलेको आयआर्जनमा टेवा पुगेको उहाँको भनाइ छ ।  “यो बाटो नआउँदा गाउँमा बाहिरी मान्छे कमै आउँथे, यहाँका मान्छे सामान किनेमले गर्न, केटाकेटी पढ्न र व्यापार व्यवसाय गर्न दाङ जान्थे, गाउँमा उत्पादन भएका सिमी, आलु बाहिर जान पाउँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले बाहिरबाट घुम्न आउनेले पनि सिमी किनेर लैजान्छन्, अरु ठाउँको भन्दा स्वादिलो हुन्छ भन्छन्, गाउँमा बुनेका कोक्रो, डालो, नाङ्लोसमेत किनेर लान्छन् ।” अर्का स्थानीय आसबहादुर विकले गाउँबाट बाहिरिनेको सङ्ख्यामा कमी आएको बताउनुभयो । उहाँले लोकमार्गले गाउँ नजोडिँदा गाउँमा बूढापाकामात्रै हुने गरेको स्मरण गर्दै अहिले बजार गएर व्यापार व्यवसाय गर्ने पनि गाउँमै फर्किएको बताउनुभयो ।  उहाँले गाउँलेको मुख्य पेसा पशुपालन र कृषि भएको भन्दै आफूहरूका कामलाई पनि बाहिरबाट आउने मान्छेले निकै चासो दिएर हेर्ने तथा सिक्ने गरेको बताउनुभयो । गाउँलाई अझ थप व्यवस्थित र सरसफाइमा ध्यान दिनसके धेरै पर्यटक भित्र्याउन सकिने विकको भनाइ छ । उहाँले भन्नुभयो, “यो सडकमा दैनिक धेरै गाडी गुड्छन्, त्यसमध्ये अधिकांश गाडी यही गाउँ अगाडि रोकिएर फोटो खिच्ने, गाउँ घुम्ने गर्छन्, उनीहरूलाई हाम्रो काम, रहनसहन पनि निकै मन पर्दोरहेछ, धेरैजसोले घरमा आएर तान बनाइ, रौँ प्रशोधन गरेको हेर्छन्, कोही त बारीमा पनि पुगेर काम गरेको हेर्ने गर्छन् ।” बागलुङबाट घुम्न गएका मिलन बुढामगरले लुकुम गाउँ निकै रमाइलो भएको हुँदा आफू चारपटक घुम्न गएको बताउनुहुन्छ । एकैनासले चिटिक्क मिलेर बनेका घर र यहाँका स्थानीयगवासीको मौलिक संस्कृति र रहनसहन मनपर्ने हुँदा आफू पटक–पटक लुकुम गाउँ घुम्न जाने गरेको बताउनुभयो । अहिले लोकमार्ग कालोपत्र भएपछि यहाँ आउन धेरै समय नलाग्ने बुढामगर बताउनुहुन्छ । “पहिले बागलुङबाट रुकुम कमै मान्छेहरू पुग्थे, बाटो सहज थिएन, पैदल हिँडेर पुग्न पनि गाह्रै थियो, अहिले साढे दुई घण्टामै निसीखोलाबाट लुकुम आइन्छ, बिदा भयो भने घुम्न आउने ठाउँ नै लुकुम हो मेरो”, उहाँले भन्नुभयो, “यो गाउँ आन्तरिक पर्यटकका लागि मात्रै होइन, विदेशीका लागि पनि निकै आकर्षक बन्न सक्छ, यहाँका स्थानीयवासीले विदेशी आउने वातावरण मिलाउन सके यो ठाउँ देशकै उत्कृष्ट गन्तव्य बन्न सक्छ जस्तो लाग्छ ।”