मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

म्याग्दी:    कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज सोमवार म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा रहेको छ । इलाइट ट्रेकिङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाण्डौबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एअरको हेलिकप्टरमार्फत अन्नपूर्ण–३ दानामा आउनुभएको छ । आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ ।  “हाम्रो आरोहण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,” पुर्जाले भन्नुभयो “बन्दोबन्दीका सामग्रीहरू हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।”  यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसक्नुभएको छ । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् ।  नागरिक अभिनन्दन र बाजागाजासहित गाउँ परिक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का अध्यक्ष रमेश पुर्जाले बताउनुभयो । ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौँ’, उहाँले भन्नुभयो, ‘निर्मल विश्वकै साहसिक युवा हो ।’ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।  सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो । नारच्याङका अगुवाहरूले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।  समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

बागलुङ:   गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन ।  अहिले बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताको पहलमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पार्नका लागि प्रारम्भिक अध्ययन थालिएको छ ।  कालिका मन्दिर आउने भकुण्डेसम्म लैजाने र नजिकै रहेको भैरवस्थान मन्दिरको समेत दर्शन गराउने उद्देश्यले केबलकारको अवधारण ल्याइएको बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिनुभयो ।  “हामी प्रारम्भिक अध्ययनमै छौँ, अहिले प्राविधिकले पहिलो पटक यस स्थानको सर्वे गर्नुभएको छ, धेरै हिसाबले कालिका मन्दिर नजिकैबाट भकुण्डेसम्म केबलकार निर्माण गर्न सहज देखिएको छ, जुन अध्ययनले देखाएको प्राविधिकले जनाउनुभएको छ”, चोखालले भन्नुभयो ।  लामो पुल हेर्ने, कालिका मन्दिर दर्शन गर्ने र बागलुङ बजार घुम्न आएका पर्यटकलाई भकुण्डे पु¥याउने र भकुण्डेलाई एउटा सांस्कृतिक गाउँका रुपमा विकास गर्न सके केबलकार चल्ने सक्ने उहाँको भनाइ छ । यसका लागि बागलुङ नगरपालिकाले पहल तथा स्थानीय उद्यमीले साझेदारीमा गर्नुपर्ने उहाँले बताउनुभयो ।  केबलकार निर्माणका लागि भकुण्डेका स्थानीय, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङ नगरपालिका तथा पर्यटन व्यवसायीसँग पहिलो चरणमा छलफल सकारात्मक भएको कृष्ण केसीले जानकारी दिनुभयो ।  उहाँले स्थानीय पालिकाको समन्वयमा केबलकार निर्माण गर्नसके बागलुङको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भकुण्डे गाउँ घरबासका दृष्टिले चर्चित गाउँ हो जहाँ जिल्लाकै पहिलो घरबास अतिथि सत्कार घरबास स्थापना गरिएको थियो । भकुण्डे गाउँको बराह ताल, हीरा ताल, मुलाबारी भ्यू टावर, सास्कृतिक सङ्ग्रहालय र यहाँको घरबासमा पाइने स्थानीय परिकारको स्वादका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो भएकाले केबलकारको अवधारणा ल्याइएको छ ।  “हामीले हालै प्रारम्भिक अध्ययन गरेका छौँ, कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालन गर्न सकिने देखियो, लगानीसमेत निजी क्षेत्रले उठाउँछ, सुरुमा स्थानीय पालिकाले समझदारी गर्न प¥यो”, उहाँले भन्नुभयो ।  केबलकार निर्माणमा तत्काल डिपिआर बनाएर प्रक्रिया अगाडि बढाउन बागलुङ नगरपालिकाले तगारुकता देखाएको भन्दै उहाँले भकुण्डेमा पर्यटकीय विकास गर्न चालु आर्थिक वर्षमा रू २० लाख बजेट विनियोजन भएको बताउनुभयो ।  कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालनका लागि प्राविधिक हिसाबले सफल देखिएको केबलकार नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले बताउनुभयो । ढकालले एक हप्ता लगाएर गरेको प्राविधिक अध्ययनमा केबलकार सञ्चालन प्राविधिक र व्यावसायिकरुपमा दुवै रुपमा उचित देखिएको बताउनुभयो । अध्ययनले केबलकार निर्माणका लागि झण्डै रु एक अर्ब ५८ करोड लाग्ने देखाएको उहाँको भनाइ छ । केबलकारको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० बनाउनका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

पोखरा:    सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर प्राणी उद्यान केन्द्र निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो । खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रको अवलोकन गर्न विद्यार्थीका लागि रु १५ र अन्य सर्वसाधारणका लागि रु २५ टिकट दस्तुर तोकिएको छ । पछिल्लो समयमा विभिन्न विद्यालयबाट विद्यार्थी केन्द्रको अवलोकनका लागि आउने गरेको बताउँदै उहाँले आगामी दिनमा यो पोखराको अर्को नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रमा पुग्ने सर्वसाधारणले त्यहाँ चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर , सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउने उहाँले बताउनुभयो । वन्यजन्तुको अवलोकनसँगै यस क्षेत्रमा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको ढकालले बताउनुभयो । RSS

काठमाडौं:    नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने  विदेशी पर्यटकले बिना पथप्रदर्शक (गाइड) पदयात्रामा जान नपाउने निर्णय गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो । यो निर्णय १ अप्रिल २०२३ देखि लागु हुनेछ । पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आवद्ध मजदुरको संयुक्त सङ्गठनको मागअनुरुप बोर्डले पदयात्रामा जाने पर्यटकले अनिवार्यरुपमा गाइड लाने व्यवस्था गरेको हो । नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार एक सय ४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । यस्तो सङ्ख्या सन् २०२२ मा १९ हजार चार सय २५ थियो । यसरी आउने पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड विक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए । बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति रु एक हजार र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति दुई हजार तिरेर टिम्स कार्ड लिने गरेका थिए । सबै पर्यटकका लागि टिम्सकार्डको मूल्य रु दुई हजार कायम गरिएको निर्देशक लामिछानेले बताउनुभयो ।

पोखरा र भद्रपुरबीच हवाई उडान हुने भएको छ । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ ।   “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ”,स्टेशन म्यानेजर गौतम बरालले भन्नुभयो । उहाँले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिनुभयो ।   म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।    “पोखरा पर्यटकीय शहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ”, उहाँले भन्नुभयो ।   पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरुले छिटोे र आरामदायी यात्रामा रुची राख्ने हुँदा जति एयर कनेक्टिभिटि पर्यटकको चहलपहल पनि बढ्दै जाने बताउनुभयो । पोखरा–भद्रपुर सिधा उडानले पर्यटन प्रवद्र्धन हुने उहाँको भनाइ थियो । सिधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताउनुभयो ।   योसँगै बुद्ध एयरले मार्च ९देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ । अब हवाई उडानबाट ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा  रू नौ हजार छ सय ८५ पर्ने जनाइएको छ ।   

पोखरा:   पोखराबाट नजिकको गन्तव्य भएर पनि ओझेलमा परेको पर्यटकीय गाउँ मिर्साको प्रवद्र्धनमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) जुटेको छ । टेवानले माछापुच्छे« गाउँपालिका–१ मिर्सामा माघ २७ र २८ मा होमस्टे प्रवद्र्धन कार्यक्रम गरेको हो ।  दुई दशकअघि सुरु भएको मिर्सा सामुदायिक होमस्टेले ०७५ मा आधिकारिकता पायो । मिर्सामा हाल १३ घरमा होमस्टे छन् । होमस्टेले ५० जनासम्म पाहुना थेग्छ । पोखराबाट मोटरमा एक घण्टामै पुगिने मिर्सा गाउँमा झुरुप्प परेको गुरुङ बस्ती छ । स्थानीय परिकारको स्वाद र सँस्कृतिको अवलोकनका लागि मिर्सा पुग्नुपर्छ ।  मिर्सा सामुदायिक होमस्टेकी अध्यक्ष मिरु गुरुङले गाउँमा आउने पर्यटकलाई सिजनअनुसारका अग्र्यानिक खाना खुवाइने बताइन् । उनका अनुसार गाउँमै उत्पादिन गुन्द्रुक, भट्ट, साग, आलु, मुलाको अचार, गोलभेंगाको चट्नी, सेलरोटी, कुरिलो, निगुरो, टुँसा, लोकल कुखुरा, कोदोको रक्सीले पाहुनाको स्वागत गरिन्छ । ‘बसाइसराइले गाउँ रित्तिने देखेपछि होमस्टे सुरु ग¥यौं,’ उनले भनिन्, ‘पूर्वाधार पनि बन्यो तर प्रवद्र्धनको अभावले सोचेजस्तो सफल हुन सकेनौं । बिस्तारै पाहुना बढ्ने आशा लिएका छौं ।’  कार्यक्रममा माछापुच्छे«–१ का वडाध्यक्ष इन्द्र गुरुङले मिर्साको प्रवद्र्धन गर्न सके ग्रामीण अर्थतन्त्रमा टेवा पुग्ने बताए । मिर्साको कला, सँस्कृति, हावापानी, अग्र्यानिक खानेकुराले पाहुनाको मन लोभ्याउने उनको भनाइ थियो । पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं टेवानका सल्लाहकार टीकाराम सापकोटाले सहरमा कोलाहल र प्रदूषण बढिरहेको अवस्थामा मिर्साजस्ता गाउँले पर्यटनबाट फाइदा लिनुपर्ने बताए । ‘स्थानीय उत्पादनमा जोड दिएमात्रै होमस्टे दिगो हुन्छ,’ उनले भने, ‘सँगसँगै कनेक्टिभि टीको पनि खाँचो छ । गाउँमा आइसकेका पाहुनालाई भुलाउन नजिकका अरु गन्तव्यको पनि खोजी गरिनुपर्छ ।’  पोखरा पर्यटन परिषद्का द्वितीय उपाध्यक्ष तारानाथ पहारीले मिर्सा गाउँ एकान्त ठाउँमा भएकोले शान्त वातावरण खोज्नेका लागि उपयुक्त गन्तव्य भएको बताए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका पूर्वअध्यक्ष समेत रहेका उनले भिजिट गण्डकीको एप्समा मिर्सा गाउँलाई पनि समेट्नुपर्ने सुझाव दिए । स्थानीय अगुवा सूर्य गुरुङले गाउँवासीले दुःख गरेर होमस्टे स्थापना गरेकोले पाहुना पठाउन पर्यटन व्यवसायीलाई आग्रह गरे ।  टेवान अध्यक्ष कमला गिरीले पोखराबाट नजिकै रहेर पनि प्रवद्र्धनको कमिले मिर्सा गाउँ ओझेलमा परेको बताइन् । ‘ग्रामीण परिवेशमा रमाउन पोखराबाट यति नजिकै मिर्सा गाउँ छ,’ उनले भनिन्, ‘अब यो कार्यक्रमले प्रवद्र्धनमा थप टेवा पु¥याउनेमा हामी विश्वस्त छौं ।’ कार्यक्रम संयोजक कमला गुरुङले मिर्साको प्रवद्र्धनमा सर्वपक्षीय प्रयास आवश्यक रहेको बताइन् । महासचिव शोभा अधिकारीले मिर्सासम्म पुग्ने बाटोको स्तरोन्नतिमा ध्यान पु¥याउन वडाध्यक्षलाई आग्रह गरिन् । 

वीरगञ्ज:  पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।   पर्यटक प्रहरी कार्यालय वीरगञ्जका अनुसार सन् २०२२ को जनवरीदेखि सन् २०२३ को जनवरीसम्म यहाँबाट ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने पाँच सय पाँच जना विदेशी पर्यटक बाहिरिएका छन् ।   हावापानी तथा घुमफिर गर्ने मौसमका दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुसमा अन्य महिनाको तुलनामा पर्यटकको सङ्ख्या बढी रहेको पर्यटन प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक अनिल कुमार महतोले जानकारी दिनुभयो ।   कार्यालयको तथ्याङक अनुसार पछिल्लो पुसमा मात्रै वीरगञ्ज नाकाबाट एक सय दुईजना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने उए सय २४ जना बाहिरिएका छन् ।   भारतको विभिन्न सहर घुमेर वीरगञ्ज नाकाबाट नेपाल आउनेमा अमेरिका, फ्रान्स, थाईल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक बढी हुने महतोले बताउनुभयो ।   यहाँ आउने पर्यटकलाई होटल, यातायातलगायतमा असुबिधा वा ठगि हुन नदिन सचेतना जगाउनुको साथै दुर्घटनामा परी घाइते भएकालाई उपचार गराई परिवारजनको जिम्मा लगाउने काम पर्यटक प्रहरी कार्यालय वीरगञ्जले गर्दै आएको निरीक्षक महतोको भनाइ छ ।   भारतको रक्सौलहुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटलाई अध्यागमन कार्यालय वीरगञ्जले अनअराईबल भिसा दिने गरेको छ ।

ढोरपाटनः    समथर भूभागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् ।  स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुँन थालेको छ । एक हजार दुई सयदेखि चार हजार मिटर उचाइसम्म रहेको निसीखोलामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । प्रचारको अभावमा आझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि निसीखोला गाउँपालिकाले सक्रियता देखाएको छ । पालिकाभित्रका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्न गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचार गरी पूर्वाधार निर्माण गर्न थालेको छ ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि ओझेलिएका गन्तव्य पनि प्रचारमा आउन थालेका छन् । पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको गुरुयोजना बनाउने र तिनीहरुको प्रचार र विकासका लागि गाउँपालिका योजनाबद्ध रुपमा लागेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । घर्तीले चर्चामा आएका गन्तव्यको पूर्वाधारमा जोड दिने र ओझेलमा रहेका स्थलको प्रचारलाई तीव्रता दिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, कति हामीले पहिचान गरेका छौँ, कति पहिचान गर्न बाँकी छन्, पहिचान र प्रचारको लागि निरन्तर लागिरहेका छौँ, पहिचान भइसकेका स्थलमा पूर्वाधार निर्माण गर्ने र प्रचार गर्ने कार्यमा जुटेका छौँ ।” गाउँपालिकाले पूर्वी रुकुमसँग जोडिएको रिग ताल, रोल्पासँग जोडिएको जन्ते ढुङ्गा, प्यूठानसँग जोडिएको नाङ्गे धुरी, कोठेभिरलगायतका पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारमा जुटेको अध्यक्ष घर्तीमगरको भनाइ छ । गाउँपालिकाले प्यूठानको गौमुखी र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरीको विकासका लागि दुवै पालिका, जिल्ला र प्रदेश सरकारसँग सहकार्य गरेर विकास गर्ने उहाँको भनाइ छ । “यहाँ थुप्रै परम्परागत धार्मिक कला, संस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ छन्, निसीखोलामा रहेका धेरै जसो पर्यटकीय तथा धार्मिक क्षेत्र विभिन्न जिल्लाका सिमानमा रहेका छन्, त्यसले गर्दा दुवै पक्षले समन्वय सहकार्य गरेर विकास गर्दा राम्रो हुने हुँदा छलफल गरीरहेका छौँ र आ–आफ्नो सिमानमा पर्ने स्थालको आफै योजना बनाएर काम सुरु गरेका छौँ”, अध्यक्ष घर्तीले भन्नुभयो । वडा नम्बर ६ मा पर्ने रिगताल, वडा नम्बर ३ मा पर्ने नौ बहिनी छहरा, वडा नम्बर ५ मा रहेको कोठेभिर, वडा नम्बर ६ मा रहेको साइलीमाइली झरना, वडा नम्बर ७ को नरसिंहकोट, वडा नम्बर २ को अर्नाकोट, वडा नम्बर ५ को निसेलढोर, वडा नम्बर ३ मा रहेको बराह मन्दिर निसीखोला गाउँपालिकाको प्रमुख गन्तव्य हुन् । नरसिंहकोट, रिगताल, अर्नाकोट, नौ बहिनी छहरा, कोठेभिर, नाङ्गेधुरी, निसेल ढोरपाटनको विकासका लागि लागि गुरुयोजना तयार पारेको र केहीको काम सुरु भएको भन्दै अध्यक्ष घर्तीमगरले आगमी वर्षसम्ममा धेरै पर्यटकीय गनतव्य पहिचान हुने र प्रचारमा आउने बताउनुभयो । गाउँपालिकावासीको पर्यटनबाटै जीवनस्तर उकास्न सकिने भन्दै अहिले त्यसको लागि जग तयार गर्न आफूहरु लागि रहेको अध्यक्ष घर्तीमगर बताउनुहुन्छ ।  “पहिलो चरणमा सम्भावन बोकेका ठाउँको पहिचान गरी रहेका छौँ, त्यसको विकास गर्ने हाम्रो दायित्व हो, भर्खरै यसबाट नतिजा नआउन सक्छ तर विस्तारै नतिजा आउनेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “यहाँका नागरिकको पर्यटन व्यवसायबाटै जीवनस्तर उकास्ने कोसिसमा छौँ, त्योअनुसारका काम भइरहेका छन् ।” पर्यटन प्रवद्र्धनका लागि यस वर्ष गाउँपालिकामा २५ लाख बढी बजेट विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वडा वडा नम्बर ७ को नरसिंहकोटलाई प्राथमिकतामा रहेको भन्दै त्यसका लागि आठ लाख विनियोजन गरेको उहाँको भनाइ छ । पर्यटकीय ठाउँमा संरचना निर्माणका लागि प्रदेश सरकारबाट पनि केही बजेट माग गरेको र गाउँपालिकाले थप बजेट व्यवस्थापन गरेर नयाँ गन्तव्यको प्रचारमा जोड दिने उहाँको भनाइ छ ।  नरसिंहकोटमा अहिलेसम्म मन्दिर निर्माण, सत्तल, पदमार्गलगायतका काम भइसकेको भन्दै अब पर्यटक आकर्षणका लागि संरचना तयार गरिने उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले रिगताल, नरसिंहकोटमा निरन्तर बजेट राखीरहेको छ, पूर्वाधार निर्माण पनि भइरहेको छ, यसलाई थप विकास गर्न गाउँपालिकाले गुरुयोजना बनाएको छ, योसँगै पालिकाभित्रका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना बनाएका छौँ र चार÷छ वटा स्थलको काम हुन बाँकी छ, त्यो पनि केही समयमै सकिने छ ।” 

पोखराः   कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ । शुक्रबार प्रर्दशनी कक्षमा पुगेकी अस्मि गुरुङका आँखा एउटा तस्बिरमा टक्क अडिए । किशोरावस्थाकी उहाँ केहीबेर त्यसमै रोकिनुभयो । जाङ्गे र कमिजमा खाली खुट्टा चौरमा उभिएका बालबालिकाको तस्बिरले गुरुङको ध्यान तान्यो ।  उबेलाको विद्यालय र बालबालिकाको अवस्था झल्काउने त्यो तस्बिरले मन छोएको उहाँले सुनाउनुभयो । तस्बिर विसं २०१९ तिरको हो । खरको झुपडीबाट चलेको पोखराको अमरसिँह स्कुलको दृश्यलाई अमेरिकी नागरिक डगलस बिङ्गमले खिच्नुभएको थियो ।  प्रर्दशनीमा ७० वर्षअघिको तालबाराही मन्दिरदेखि पोखरामा पहिलोपटक बस आउँदासम्मका तस्बिर राखिएका छन् । उहिलेको पोखरा कस्तो थियो रु संस्कृति, रहनसहन के थिए रु मानिसहरु के गर्थे रु समाज कस्तो थियो रु तस्बिर आफै बोल्छन् । तस्बिरमा उबेलाको फेवा, बेगनास र रुपातालको स्वरुप हेर्दा जोकोहीलाई अनौठो प्रतित हुन्छ । विसं २०२६ मा पोखरा विमानस्थल बन्दा काममा खट्ने श्रमजीवी, विसं २०१९ तिर बाँसको पुलबाट सेती नदी तरिरहेका महिलाहरु, त्यसबेला पोखरामा चल्ने गोरुगाडा आदिका दृश्यले मनलाई उद्धेलित पार्छ ।  तस्बिरले आजको उन्नत, विकसित र झकिझकाउ पोखराभन्दा दशकौँअघिको पोखरातिर मानिसलाई पु¥याउँछ । पोखराकै सुनील उलकले सङ्कलन गरेका तस्बिरलाई प्रर्दशनीमा राखिएको महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विदेशी र नेपालीले खिचेका तस्बिर प्रदर्शनीमा छन् । “महोत्सवमा आउने दर्शकले तस्बिर प्रर्दशनीलाई पनि चाखपूर्वक अवलोकन गर्छन्, ऐतिहासिक तस्बिर राखिएकाले प्रदर्शनीले महत्व पाएको हो”, उहाँले भन्नुभयो । अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका तस्बिरलाई क्यामेरा, मोबाइलमा कैद गर्न भने पाउँदैनन् । तस्बिर सङ्कलक उलकले विदेशीसहित आफ्नो बुबा जगन्नाथले खिचेका तस्बिर प्रर्दशनीमा राखिएको बताउनुभयो । जगन्नाथलाई पोखराको पहिलो फोटोग्राफरका रुपमासमेत चिनिन्छ । सन् १९६५ मा पहिलोपटक नेपाल आउनुभएका अमेरिकी नागरिक डग हलबाट उहाँले तस्बिर खिच्न सिक्नुभएको थियो । ‘अमेरिकी पिस कोर भोलिन्टियर’का रुमा हल नेपाल आउनुभएको थियो । त्योबेला नेपालका धेरै ठाउँ पुगेर उहाँले तस्बिर खिच्नुभएको थियो । प्रदर्शनीमा राखिएकामध्ये विदेशीले खिचेका तस्बिर रङ्गीन छन् भने नेपालीका श्यामश्वेत । “आजभन्दा ६०÷७० वर्षअघिको पोखराको समाज, भूगोल, संस्कृति र रीतिरिवाजको झल्को तस्बिरहरुमा छ”, उलकले भन्नुभयो, “यी तस्बिर हाम्रा अमूल्य पूँजी हुन्, इतिहासका साक्षी हुन्, यिनले भावी पुस्तालाई पुरानो नेपाल चिनाउँछन् ।” प्रर्दशनीमा विख्यात भुभर्गविद् टोनी हेगनले खिचेको तस्बिरसमेत राखिएको छ । “उहिलेको पोखरा झल्काउने ३८ फोटो मात्र प्रदर्शनीमा छन्, धेरै तस्बिर अमेरिकी पिस कोर भोलिन्टियरले खिचेका छन्, केही तस्बिर मेरो बुबाका पनि छन्”, उलकले भन्नुभयो । उलकसँग पोखरासँग सम्बन्धित दस हजार तस्बिर सङ्ग्रहित छन् । शुक्रबारदेखि काठमाडौँस्थित सैनिक मुख्यालयमा चलिरहेको तस्बिर प्रदर्शनीमा पनि आफूले सङ्कलन गरेका सैनिकसँग सम्बन्धित तस्बिर राखिएको उहाँको भनाइ छ । गत पुस २७ गतेदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सव आउँदो सोमबार सकिँदैछ । महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ । रमाइलो बाल उद्यान, कलाकारको साङ्गीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायतले मेलामा आकर्षण बढाएको छ । महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने आयोजकले जनाएको छ । महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट रु एक सेती नदी संरक्षणका नाममा छुट्याइने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवमा दुई सय ५८ व्यावसायिक कक्ष छन् । तेह« दिनसम्म चल्ने महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ ।