काठमाडौं: पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको छ । दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो । पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदकतालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा अमेरिकाले आयोजक फ्रामन्सलाई ६७-६६ ले पराजित गरेको थियो । अमेरिका र चीनले समान ४० स्वर्ण जितेको थियो । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो । अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो । यस्तै चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो । अर्को एसियाली राष्ट्र जापान तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो । अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो । पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।
पोखरा: पोखरा ६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हल्लनचोक स्पोर्टस् क्लबले यही भदौको १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेतालाई नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने सचिव थापाले बताए । प्रतियोगितामा प्रदेशभन्दा माथिल्लो स्तरको खेलाडी टिममा १ जना मात्रै समावेश गर्न पाउने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताका लािग टिम दर्ता फोनबाट पनि गर्न सकिने (९८०६७१६७०९, ९८०६७७७३००) क्लबले जनाएको छ ।
पोखरा: आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका -१५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । उनले नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन्, उनीहरुले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गर्न लागेको हुँ,’ उनले भने । उनका अनुसार सो प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन खेलेका खेलाडीहरु सहभागि हुन पाउने छैनन् । उक्त प्रतियोगिताले फुटबलको विकासमासमेत टेवा पुर्याउने विश्वास छ । पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागततर्फ उदीयमान खेलाडीलाई नगद रु ५ हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । प्रतियोगितामा सहभागित टिममध्ये एक टिमलाई अनुशासित टिमका रुपमा नगद रु ५ हजार प्रदान गरिने विकास गुरुङले बताए । प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ भने, फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८०६५०४५९९) बताइएको छ । उक्त प्रतियोगिताका खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका–३ नदीपुरमा यही आउँदो भदौ ४ र ५ गते खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । फोर बदर्श पोखरा र लभर्स ट्रि रेष्टुरेन्ट पोखराको सुयुक्त आयोजनामा पोखरा–३ नदीपुरमा खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक समित गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले ६० हजा, उपविजेताले ३५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा १ टिमलाई ४ हजार रुपैयाँ शुल्क कायम गरिएको आयोजकले जनाएको छ । भदौ ४ र ५ गते हुने खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता पोखरा–३ नदीपुरस्थित इलाइट भलिबल एकेडेमीको कोर्टमा हुनेछ । खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिताका खेलकुद संयोजक मलिन रोका मगरले युवाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरिएको बताए । ‘हामीले ४ जना युवाहरुको सक्रियतामा पोखरा–३ नदीपुरमा इलाइट भलिबल एकेडेमी सञ्चालन गरेका छौं, एकेडेमीमा युवा÷युवतीहरुलाई ग्रास रुटबाट नै भलिबल प्रशिक्षण गराउने उद्धेश्यले एकेडेमी सञ्चालन गरेका हौं’, रोकाले भने, ‘एकेडेमी सञ्चालन गर्दै गर्दा युवाहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्नका लागि भलिबल प्रतियोगिता आयोजना गरेका हौं ।’ खेलकुद संयोजक रोकाले खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा युवाहरु लक्षित भएकाले राष्ट्रिय, प्रदेश र क्षेत्रीय भलिबल प्रतियोगिता खेलेका १ जना खेलाडी मात्र टिममा समावेश गर्न पाइने बताए । ‘खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा हामीले विशेष गरी ग्रास रुट र भलिबलमा सिक्दै गरेका युवाहरुलाई लक्षित गरेका छौं’, उनले भने, ‘प्रतियोगितामा राष्ट्रिय, प्रदेश र क्षेत्रीय भलिबल प्रतियोगिता खेलेका १ जनालाई मात्र समावेश गर्न पाइने नियम बनाएका छौं ।’
काठमाडौं: भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेको उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो । खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो । खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्यो । नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो । फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ । उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो । लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ । भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
काठमाडौं: काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत नेपालले आज भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ पाँच बजेपछि खेल हुनेछ । मङ्गलबार भएको खेलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । यसैगरी भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ । सो खेल आजै ३ बजे हुनेछ ।
काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा नेपाले इरानलाई सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भएको दोस्रो सेमिफाइलन खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । नेपालले इरानलाई २५–२१,२८–२६ , २५–२० ले जित्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । यस्तै पहिलो सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको छ। भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो । त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलङ्कामाथि २५–२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलङ्को प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलङ्काले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलङ्काले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अङ्क बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो । त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलङ्कामाथि २५–२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलङ्को प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलङ्काले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलङ्काले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अङ्क बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा भइरहेको छ । उक्त खेलको विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।