पोखरा: पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई &...

पोखरा:    हरेकवर्ष स्याङ्जाको पुतलीबजार नगरपालिका–९ कोल्माको बराहचौरमा हुँदै आएको राष्ट्रियस्तरको क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।   सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आगामी पुष ८ गते ‘स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड’ भन्ने नारासहित अयोजना गर्ने पाँचौ दौड प्रतियोगिताको तयारी तिब्र पारिएको हो ।   अहिले प्रचारप्रसारको काम भइरहेको मञ्चका अध्यक्ष दुत प्रसाथ गुरुङले जानकारी दिए ।   उनका अनुसार राष्ट्रियस्तरको दौड प्रतियोगितामा ४ वटा विधामा प्रतिस्पर्धा हुनेछ । अध्यक्ष गुरुङले खेल पर्यटनको माध्यमबाट कोल्मा बहाकोट क्षेत्रको विकास गर्ने उद्देश्यले हरेकवर्ष दौड प्रतियोगिता गर्दै आएको बताए ।   प्रतियोगितामा खुला पुरुष, खुला महिला, २१ वर्ष मुनिका र विद्यार्थीहरु (कक्षा ८ देखि १२ सम्म) बीचको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक चित्र गुरुङले बताए ।    गुरुङका अनुसार खुलातर्फ २५ किलोमिटर, खुला महिला र २१ वर्षमुनिकातर्फ १० किलोमिटर र विद्यार्थीहरुका लागि ५ किलोमिटर दुरी निर्धारण गरिएको छ ।   कुन विधामा पुरस्कार कति?   मञ्चका महासचिव जिवन पोख्रेलका अनुसार खुलातर्फको विजेता धावकले नगद रु ५० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वित्तिय हुने धावकले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, तृतीय हुने धावकले नगद रु ३० हजार, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।   यस्तै खुला महिला र २१ वर्षमुनितर्फ प्रथम, द्वित्तिय र तृतीय हुने धावकले क्रमश: नगद रु १५ हजार, १० हजार र ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।      यस्तै विद्यार्थी विधा तर्फको प्रथम, द्वित्तिय र तृतीय हुनेले क्रमश: नगद रु १२ हजार, ८ हजार र ४ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    धावकहरुको हौसलाका लागि चार वटै विधामा दशौं स्थान हाँसिल गर्ने धावकलाई मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने पोख्रेलले बताए ।   ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्न सकिने सुचना प्रवाह गर्नै, खेलकुद केन्द्र निर्माण गर्न सहयोग पु¥याउने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले निरन्तर रुपमा प्रतियोगिता गर्दै आएको मञ्चका सचिव थापाले बताए ।    कोल्मा बराहचौरदेखि सुरु हुने दौड तनहुँ छुनेगरि काउँले– डाँडास्वारा — नाम्चे — काल्खु –खल्लुबोट—राईपुर—विसौना–रामचौतारा–बङ्गाले खोला–सिम्लेस्वारा–ओढारे–खुदी–मड्किना–मड्किना भञ्ज्याङ–सतिडाँडा हुदैं पुन: कोल्मा सम्मको क्षेत्रमा रुट निर्धारण गरिएको छ ।    प्रतियोगितामा सहभागिता जनाउनका लागि फोनमार्फत पनि (९८०४१३९०१२, ९८०५८९१८१३, ९८६२७०१५३९ र ९८६९०८४९२८) नाम दर्ता गर्न सकिने मञ्चका सचिव तथा प्रचारप्रसार संयोजक जिवन थापा मगरले जानकारी दिए ।   उनका अनुसार मञ्चका विदेश विभाग प्रमुख डोल बहादुर गुरुङको विशेष पहलमा प्रतियोगिता सम्पन्न गर्नका लागि विदेशमा आर्थिक संकलन भइरहेको छ ।    यस्तै प्रतियोगिताका लागि कोल्मा बहाकोट समाज युके, छिमेकी समाज हङ्कङ, कोल्मा बहाकोट आमा समूह युके, विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन् भने, स्थानीय संघ सस्था तथा स्थानीय सरकारको पनि सहयोग रहेको आयोजकले जनाएको छ ।   तस्बिरमा हेर्नुहोस्, ४ विधाका रुट        

काठमाडौं:    “नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ”, गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लिन स्वतन्त्र प्रताप शाहले रासससँगको कुराकानीको सुरुआतमा भन्नुभयो ।      ‘सुदूरपश्चिम रोयल्स’का मालिक समेत रहनुभएका उहाँको व्यस्तता पनि उसैगरी बढेको छ, जसरी प्रतियोगिताको ‘चार्म’ बढिरहेको छ ।    “प्रतियोगिता सुरु हुन धेरै दिन बाँकी छैन, विदेशी खेलाडी अनुबन्धनदेखि प्रायोजकसँगको छलफलले समय निकाल्न पनि मुस्किल भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय ब्रोडकास्टरदेखि खेलाडीको प्रवेशले प्रतियोगितालाई अझ स्तरीय बनाउँदै लगेको छ ।”       एनपिएलका आठ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले रु एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ मा खरिद गरेको हो । जसरी प्रतियोगिताका आम दर्शक र व्यावसायिक कम्पनीहरुको चासो बढिरहेको छ, यसले एनपिएललाई प्रतिष्ठित र महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको उहाँको बुझाइ छ ।      दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा रहँदै आउनुभएका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गरिरहनुभएको छ । “विगत पाँच वर्षदेखि क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेको छु, त्यहाँ पनि बर्सेनि क्रिकेट लिग आयोजना हुन्छ, यहाँ जस्तै बोलकबोलमा खेलाडी छनोट गरी प्रतियोगिता आयोजना भइरहेको छ”, उहाँले भन्नुभयो, “अष्ट्रेलियामा जागेको क्रिकेटको क्रेजले नै मलाई एनपिएलसम्म डोर्‍याएको हो ।”      स्कुले जीवनमा क्रिकेटमा सामान्य रुचि राख्ने उहाँ कुनै समय तेक्वान्दो खेलाडी हुनुहुन्थ्यो । त्यसबेला तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्टलगायतसँग सहकार्य गरेको उहाँको अनुभव छ । विष्ट अहिले सुदूरपश्चिम रोयल्सको  ‘ब्राण्ड एम्बासडर’ समेत हुनुहुन्छ ।       अध्ययनका सिलसिलामा सिङ्गापुर हुँदै सन् २००३ मा अष्ट्रेलिया पुग्नुभएका कैलालीको टीकापुरका शाहले अष्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहनुभएको छ ।  सन् १९९८ मा टीकापुरबाट एसएलसीको पढाइ सकाएपछि प्लस टु पढ्न काठमाडौँ आउनुभएका शाह सन् २००१ मा डिप्लोमा इन बिजनेस एडमिनिष्ट्रेसन पढ्न सिङ्गापुर गएकोमा सन् २००३ मा एड्भान्स डिप्लोमा पढ्न उतैबाट अष्ट्रेलिया जानुभएको हो ।       अष्ट्रेलियामा ‘माइग्रेस ल’को पढाइ सकाएपछि सन् २०१० मा शैक्षिक परामर्श क्षेत्रबाट व्यवसायमा हात हाल्नुभएका उहाँले कुनै समय पाँच वटा रेष्टुरेन्ट समेत सञ्चालन गर्नुभएको थियो ।  उहाँलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले २०७९ सालमा अष्ट्रेलियाका लागि पर्यटन दूतको महत्वपूर्ण जिम्मेवारी दिएको थियो ।             गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिव समेत रहनुभएका शाह सन् २०२१ मा स्थापना भएको अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । महासङ्घको सञ्जाल यतिबेला विश्वका १२ वटा देशमा फैलिएको छ ।  भविष्यमा ४० देखि ५० देशमा सञ्जाल विस्तार गर्ने र नेपालका लागि केही गरौँ भन्ने युवा उद्यमीहरुलाई अवसर प्रदान गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । यसै मञ्चमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी ल्याउने योजनाअन्तर्गत उहाँको नेतृत्वमा धनगढीमा पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।      विश्वभर फैलिएका नेपाली युवा उद्यमीलाई एकैठाउँमा ल्याइ नेपालमा सामूहिक लगानीको अवसर सृजना गर्ने र ‘आइडिया’ आदानप्रदान गर्ने उद्देश्यले महासङ्घ गठन गरिएको उहाँको भनाइ छ ।  महासङ्घले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन यही नोभेम्बर २९ र ३० मा हङहङमा आयोजना गर्दैछ । जसमा विश्वभर छरिएर रहेका दुई सयभन्दा बढी नेपाली युवा उद्यमीको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।      शाहको परिचय व्यवसायीका रुपमा मात्रै सीमित छैन, उहाँले केही चलचित्रमा नायकको भूमिमा अभियन समेत गर्नुभएको छ । नेपाली चलचित्र ‘फेसबुक’मार्फत कलाकारितामा प्रवेश गर्नुभएका उहाँले त्यसपछि ‘मेरो भ्यालेन्टाइन’ चलचित्रमा अभिनय गर्नुभयो ।      सन् २००६ देखि एनआरएनमा आबद्ध शाह सन् २००९ मा एनआरएनको अष्ट्रेलियाको उपाध्यक्ष भइ छ वर्ष काम गर्नुभयो । सन् २०१७ मा एनआरएन अष्ट्रेलियाको अध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभयो भने सन् २०२३ मा काठमाडौँमा सम्पन्न एनआरएनएन अधिवेशनबाट वर्तमान कार्यसमितिको सचिवमा निर्वाचित हुनुभएको हो ।  नेपाली क्रिकेटप्रतिको माया      अष्ट्रेलिया केन्द्रित व्यापार व्यवसाय भए पनि शाहले नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहनुभएको छ । विश्व क्रिकेटमा नेपाली खेलाडीले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उहाँलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ । उहाँ आफै पनि नेपाली क्रिकेटका ठूला प्रसंशक हुनुहुन्छ ।       “गत वर्ष श्रीलङ्कामा सम्पन्न एसिया कपमा त्यही पुगेर नेपाली क्रिकेट टोलीलाई हौसला दिनेमा म पनि थिएँ, सम्भव भएसम्म नेपालको खेल प्रत्यक्ष हेरिरहेको हुन्छ, नेपाली खेलाडीको प्रदर्शन पछिल्लो समय निकै प्रसंशायोग्य छ”, उहाँले भन्नुभयो ।      क्रिकेटप्रतिको यही प्रेमले आफूलाई एनपिएलसम्म डोर्‍याएको उहाँको भनाइ छ । “नेपालको खेल क्षेत्रमा केही गरौँ भन्ने थियो, यसै क्रममा केही समय अघि नेपाल क्रिकेट सङ्घ ९क्यान०ले एनपिएलको टिमको बोलकबोल आह्वान गर्‍यो”, उहाँले भन्नुभयो, “नेपाली क्रिकेटसँग आबद्ध हुने यो मेरा लागि अवसर बन्यो ।”      शाह एनपिएलकै कारण पनि नेपालमा क्रिकेटको पूर्वाधार निर्माण छिटो गर्नुपर्ने आवश्यकता भएको बताउँछन् । यसप्रकारका प्रतियोगितामा ‘होम’ र ‘अवे’ आधारमा खेल सञ्चालन गर्ने चलन हुन्छ । तर हाम्रोमा पूर्वाधार कमीका कारण अहिले काठमाडौँमा मात्रै सञ्चालन हुँदैछ । अबका केही वर्षमा प्रत्येक प्रदेशमा खेल हुनेमा शाह आशावादी हुनुहुन्छ ।       “एनपिएल नेपाली क्रिकेट विकासको आधार बन्न सक्छ, चितवन, रुपन्देही, धनगढीलगायतका स्थानमा निर्माणाधीन क्रिकेट मैदान पूरा भएपछि खेलाडीहरुलाई सहज हुनेछ”, उहाँले भन्नुभयो, “एनपिएलकै कारण खेलाडी उत्पादन र विकासमा ठूलो सहयोग पुग्नेछ, राम्रा क्रिकेट खेलाडीलाई आर्थिक अभावकै कारण क्रिकेट छाड्ने वा विदेशिने बाध्यता हट्नेछ ।”       उहाँ अष्ट्रेलियाको क्विन्सल्याण्डमा पनि सन् २०१९ देखि ‘क्विन्सल्याण्ड नेपाली क्रिकेट लिग’मा पनि आबद्ध हुनुहुन्छ । भविष्यमा सुदूरपश्चिम रोयल्सका खेलाडीलाई पनि अष्ट्रेलियामा लैजाने र त्यहाँ पनि अवसर दिने योजना बनाएको उहाँको भनाइ छ ।        उहाँले अष्ट्रेलियाका लागि टी–२० विश्वकप जिताउने टोलीका ब्राड हजलाई सुदूरपश्चिम रोयल्सको ‘मेन्टर’का रुपमा भित्र्याउनुभएको छ । यसले दुई देशबीचको सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली खेलाडीलाई पनि अष्ट्रेलियामा खेल्ने अवसर प्रदान हुनसक्ने शाहको भनाइ छ ।  जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्नुहुनेछ । उक्त टोलीलाई स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अली जेब, यूएईका रोहन मुस्ताफाले साथ दिनेछन् ।      साथै टोली आरिफ शेख, अभिनाश बोहोरा, बिनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् । 

काठमाडौं:   नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।  आज संयुक्त रूपमा एनपीएलमा आबद्ध टोलीहरूले नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई रु १० लाख दिने घोषणा गरेका हुन् । युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।  नेपाली यु–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ । यसअघि नेपाल क्रिकेट सङ्घ ९क्यान०ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।  यु–१९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ । त्यसअघि नेपालले यु–१९ एसिया कप खेल्नेछ । आगामी मङ्सिर ३० गतेदेखि मलेसियामा हुने एसिसी यु–१९ महिला एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ ।  एसियाली क्रिकेट परिषद् (एसिसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन्भने समूह ‘बी’मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

काठमाडौं:      नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको हो ।       यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी गराउनुभयो । उहाँले टोलीलाई विमानस्थलमा स्वागतका लागि तयारी भइरहेको समेत बताउनुभयो ।  युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।      एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।       एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ । 

काठमाडौं:     नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ ।  युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।  युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा ग¥यो । नेपालका लागि साना प्रवीणले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको मद्दतले २१ रन बनाइन् । त्यस्तै, सोनी पाख्रीनले १३ तथा सावित्री धामीले १२ रनको योगदान दिइन् ।  नेपालले अतिरिक्त ५ रन प्राप्त ग¥यो । युएईका लागि मेहक ठाकुरले दुई विकेट लिइन् । त्यसअघि, घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।  युएईका लागि समाइरा धरनिधर्कले सर्वाधिक ३१ रन बनाइन् । उनले ४८ बलमा एक चौकाको मद्दतले ३१ रन बनाएकी हुन् । यस्तै, रिनिता राजितले १८ बलमा दुई चौकाको मद्दतले २० रन बनाइन् । युएईका लागि लावन्या केनी र इन्धुजा नन्दकुमारले समान दश÷दश रनको योगदान दिए ।  त्यस्तै, आयुषी महेशले तीन र अवनी सुनिल पाटिलले एक रन बनाए । युएईका एमिली थोमस, मेहक ठाकुर, अल मसीरा जहाँगीर, इशिता राजित र नेहा कुमारीले एक रन पनि जोड्न सकेनन् । युएईले अतिरिक्त ८ रन प्राप्त ग¥यो । नेपालका लागि कृश्मा गुरुङले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै, रिया शर्मा र सीमा केसीले समान दुई÷दुई विकेट लिए भने रचनाकुमारी चौधरीले एक विकेट लिइन् ।  यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालले यसअघि पाँचमध्ये चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।  प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।  तेस्रो खेलमा नेपालले घरेलु टोली युएईसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । आइतबार भएको चौथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।  आजको जितसँगै नेपालले सन् २०२५ मा मलेसियामा हुने आइसिसी यु–१९ महिला टी २० विश्वकपका लागि छनोट भएको छ । 

काठमाडौँ:    युनाइटेड अरब इमिरेट्स (युएई(मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।    युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३:१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दैछ ।  यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौँ अर्थात् अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले ५ खेल खेलिसकेको छ । ४ मध्ये ४ खेलमा जित हासिल गरेको छ भने १ खेलमा पराजित भएको थियो ।  प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो ।  तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो ।  आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । हालसम्म पाँच खेल खेलेको युएईले पाँचै खेल जितेको छ । युएई १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, नेपाल ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा, थाइल्याण्ड २ अङ्कसहित तेस्रो र कुवेत शून्य अङ्कसहित तालिकाको अन्तिममा छ ।सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।  नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा युएईलाई जित्नसका साथै रनरेटमा पनि पछाडि पार्नुपर्ने हुन्छ । 

पोखरा महानगरपालिका २२ भ्यू प्वाइन्टमा सम्पन्न दोस्रो भेडीखर्क सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्यूप्वाइन्ट सिक्स टु सेभेन मेटले जितेको छ ।   शनिबार भएको फाइनल खेलमा नानु एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै भ्यू प्वाइन्ट सक्स टु सेभेन मेट च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेको भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटले नगद रु ५१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको नानु एफसीले नगद रु २६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।    यस्तै सो प्रतियोगिताबाट मलिक गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा र अर्जुन थापा उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भए ।    विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, स्थानीय अग्रज तथा समाजसेवी लगायतले पुरस्कार वितरण गरेका थिए ।    पोखरा भ्यू प्वाइन्ट युथ क्लबको आयोजनामा सम्पन्न सो प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको थियो  ।

काठमाडौं:    कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ ।  केहीबेर अघि सम्पन्न उक्त खेलमा नेपालले कुवेतलाई  एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । सो अवसरमा महतोले ब्याटिङतर्फ शतकीय पारी खेल्नुका साथै बलिङतर्फ पाँच विकेट लिइन् ।        युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा दुई विकेट गुमाएर दुई सय १३ रन बनायो । दुई सय १४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्रै बनायो ।       कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ३६ रन बनाइन् । उनले ४२ बलमा सात चौका प्रहार गरिन् । जिफाबाहेक कुवेतका कुनै पनि खेलाडीले दोहोरो अङ्कले रन बटुल्न सकेनन् । नेपालले कुवेतलाई सात अतिरिक्त रन दिएको थियो ।      बलिङतर्फ नेपालका लागि कप्तान महतोले पाँच तथा रचनाकुमारी चौधरी र सीमा केसीले दुई दुई विकेट लिइन् ।       यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान पूजा महतोले एक सय तीस रन बनाइन् । उनले ६९ बल खेल्ने क्रममा १७ चौका प्रहार गरिन् । यस्तै, सोनी पाख्रीनले ३३ बलमा दुई चौकाको मद्दतमा ४३, सावित्री धामीले ११ र साना प्रवीनले ६ रनको योगदान दिइन् । कुवेतले नेपाललाई २३ अतिरिक्त २३ रन दिएको थियो ।        बलिङतर्फ कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले एक एक विकेट लिए । नेपालले अब बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।  छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ ।

काठमाडौँ:      युनाइटेड अरब इमिरेट्स ९युएई० मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन स्टेडियममा नेपाली समयानुसार ११ः१५ बजे खेल सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाचौँ खेल हो । नेपालले यसअघि ३ खेलमा जित हासिल गरेको छ, भने एक खेलमा पराजित भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।  यस्तै, दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपालले तेस्रो खेल शनिबार घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । चौथो खेलमा आइतबार थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।  सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ ।