कञ्चनपुर:     विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ ।      महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ मह...

पोखरा:     पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।  बिहीबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा जीत निकाल्दै एन ए भेट्रान लेकसाइड, लेकसाइड पहेंलो, गार्डेन ‘ए’  र गण्डकी स्पोर्टस सेमिफाइनल प्रवेश गरे ।  अब उक्त सेमिफाइनलका खेल भोलि (शुक्रबार) हुने खेल संयोजक विषम पहारीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेलमा एन ‘ए’ भेट्रान लेकसाइड र लेकसाइड पहेंलो बीच प्रतिस्पर्धा हुनेछ  । यस्तै दोस्रो सेमिफाइनल गार्डेन ‘ए’ र गण्डकी स्पोर्टसबीच प्रतिस्पर्धा हुनेछ ।  आज भएको पहिलो क्वाटरफाइनल खेलमा एनए भेट्रान लेकसाइडले लेकसाइड निलोलाई ६–० गोलले पराजित ग¥यो । एनए लेकसाइडको जीतमा ४ गोल गरेका कन्या सुब्बा गुरुङ म्यान अफ द म्याच बने ।   यस्तै दोस्रो क्वाटरफाइनल खेलमा गार्डेन ‘ए’ ले सबिन मेमोरियललाई ४–१ गोलले पराजित ग¥यो । गार्डेन ‘ए’ को जीतमा उत्कृष्ट प्रर्दशन गरेका बिनोद गुरुङ म्यान अफ द म्याच बने ।  यस्तै तेस्रो क्वाटरफाइनल खेलमा लेकसाइड पहेंलोले एट टु नाइनलाई ३–० गोेलले पराजित ग¥यो । लेकसाइड पहेंलोको जीतमा उत्कृष्ट प्रर्दशन गरेका गोविन्द थापा म्यान अफ द म्याच बने ।  पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा हिजो (बुधबार)देखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।  सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै  उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५  सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

पोखरा:    लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलको उपाधिका लागि एलसी ब्रदर्श र आदर्श युवा क्लब भिड्ने भएका छन् ।   बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लबले सहारा क्लब पोखरालाई १–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  आदर्शको जीतमा विकाश परियारले दोस्रो हाफमा गरेको गोल नै फाइनल प्रवेशका लागि निर्णायक बन्यो ।   बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा खेलमा एलसी ब्रदर्शले  आरएस बिच फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।  सूर्य तारा नेकोस खेल महोत्सवको फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार एलसी ब्रदर्श र आदर्श युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।  गत शनिबारदेखि जारी सो प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   यो पनि पढ्नुहोस   एलसी ब्रदर्श नेकोस खेल महोत्सवको फाइनलमा प्रवेश

काठमाडौं:   फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको राष्ट्रिय रङ्गशालामा हुनेछ । यो खेल नेपालमै हुने तय भएकोमा दशरथ रङ्गशाला मैदान खेल्नका लागि उपयुक्त नभएपछि बहराइनमा हुन लागेको हो । पहिलो चरणको खेलमा नेपाल लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो। नेपालले अर्को खेल मंगलबार बहराइनमै खेल्ने छ । समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल युएई र यमनसँग पराजित भइसकेको छ । यो समूहमा नेपाल, बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने दुई टोली विश्वकपको तेस्रो चरणका लागि छनोट हुनेछन् । यस्तै, अन्तिमका दुई टोलीको विश्वकप छनोट यात्रा सकिने छ भने एसिया कपको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

पोखरा:   लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फ एलसी ब्रदर्श फाइनल प्रवेश गरेको छ ।   भण्डारढिक खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आरएस बिच फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै एलसी ब्रदर्श उपाधि नजिक पुगेको हो ।   निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।    फाइनल प्रवेश गरेको एलसी ब्रदर्श बिहीबार हुने अर्काे सेमिफाइनल खेल (आदर्श क्लब भण्डारढिक र सहारा क्लब पोखराबीच) को विजेता टोलीको स्वागतमा छ ।    आदर्श क्लब भण्डारढिक र सहारा क्लबबीच बिहीबार बिहान ११ बजेअर्काे सेमिफाइनल खेल हुने खेल संयोजक विष्णु पुनले जानकारी दिए ।   उनका अनुसार आदर्श क्लब भण्डारढिक अन्नपूर्ण गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने सहारा क्लबले बुधबार विष्णुपादुका क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।   सो खेलको विजेता टिमले एलसी ब्रदर्शसँग फाइनलमा उपाधिका लागि भिड्नेछ ।   गत शनिबारदेखि जारी सो प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  

पोखरा:   गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा ध्वजकुमार गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।   पोखरामा बुधबार सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङसहित १५ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुन भने यसअघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षसमेत हुन् । यसैगरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग सर्वसम्मत निर्वाचित भए ।   कार्यसमिति सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदिप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत भए ।   नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँँदै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गण्डकीको बास्केटबल खेलको विकासका लागि एक बलियो टिम गठन भएको धारणा राखेका थिए ।  

पोखरा:  पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।     पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा आजदेखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।  आजदेखि सुरु भएको पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगितामा मालेपाटन एफसीले विजयी सुरुवात गरेको छ ।   मालेपाटन एफसीले लेकसाइड सेतोलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । मालेपाटनको जीतमा राजकुमार भुजेलले निर्णायक गोल गरे । सो खेलबाट अमृत गुरुङ म्यान अफ द म्याच बने ।     यस्तै दोस्रो खेलमा एनए भेट्रान्स लेकसाइडले टेन इलभेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित ग¥यो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।   ट्राइबेकरमा एनए भेट्रानका गोलरक्षक विकास गुरुङले टेन इलभेन एफसीको प्रहारलाई रोक्दै जीत सुनिश्चित गर्दै म्यान अफ द म्याच बने ।     तेस्रो खेलमा सविन मेमोरियलले बागलुङ सुधार केन्द्रलाई २–१ गोल अन्तरले पराजित गर्याे । सविनको जीतमा सुवास केसी र विशाल गुरुङले समान १ गोल गरे भने बागलुङका लागि कुशल खड्काले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट अनुप राना म्यान अफ द म्याच बने ।   चौथो खेलमा  एट  टु नाइन एफसीले गार्डेन एफसीलाई २–१ गोल अन्तरले हरायो । एट टु नाइनको जीतमा दुवै गोल नरेश केसीले गरे भने गार्डेनका सन्तोष केसीले सान्त्वना १ गोल फर्काए ।   सो खेलबाट एट टु नाइनका नरेश केसी म्यान अफ द म्याच घोषित भए ।   यसैगरी आज भएको अन्तिम खेलमा लेकसाइड पहेंलोले न्यू एयरपोर्टलाई २–० गोल अन्तरले हरायो ।     लेकसाइडको जीतमा सुमन पुन र इश्वर गुरुङले समान १ गोलको योगदान दिए । सो खेलबाट सुमन पुन म्यान अफ द म्याचबाट पुरस्कृत भए ।   खेल संयोजक विषम पहारीका अनुसार बिहीबार क्वाटरफाइनका ४ खेल सञ्चालन हुनेछन् ।   नेपाल ट्रस्टको खेलमैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल भइरहेको छ: वडाध्यक्ष भट्टराई   बाराहीघाटमा आजदेखि सुरु भएको पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले नेपाल ट्रस्टको मैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल भइरहेको बताए ।   विभिन्न खेलकुद प्रतियोगिताका लागि उपयुक्त मैदान भएकाले महानगरको स्वामित्वमा ल्याउने र वडाले निगरानी राख्ने गरी पहलकदमी भइरहेको दोहोर्याए ।    ‘बाराहीघाट अहिले नेपाल ट्रष्टको स्वामित्व रहेको छ । यस क्षेत्रमा कुनै कार्यक्रम गर्दा ट्रष्टको स्विकृति र शुल्क तिनुपर्ने झन्झट रहेको छ, वडाध्यक्ष भट्राईले भने, ‘बाराहीघाटलाई खेलकुद क्षेत्रको रुपमा विकास गर्न यस ठाउँलाई महानगरको स्वामित्वमा ल्याउन हामीले पहल गरिराखेका छौं ।’   उनले पोखरा पर्यटकीय राजधानी घोषणा भएको उल्लेख गर्दै खेल क्षेत्रको प्रर्वद्धन र विकासतर्फ लाग्नुपर्नेमा जोड दिए ।     ‘महानगर र गण्डकी प्रदेश सरकारसँगै सबैको समन्वयमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छौं, वडाध्यक्ष भट्टराईले भने, ‘बाराहीघाटमा साफ च्याम्पियनसिप प्रतियोगिताको केही खेल सम्पन्न पनि गर्याै । त्यसैले यस ठाउँलाई खेलकुद क्षेत्रको रुपमासमेत अगाडि लैजानुपर्छ भन्ने हाम्रो धारणा छ ।’   यसैगरी जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुच्छेले स्वर्गीय कृष्ण गिरीको खेलकुद क्षेत्रमा योगदान गरेको स्मरण गरे ।    ‘स्वर्गीय कृष्ण गिरी सानैदेखि खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो, विजुच्छेले भने, ‘४० वर्ष अगाडि लेकसाइडको विकासमात्रै नभएर खेलकुदको विकासका निम्ति पनि उहाँको भूमिका महत्वपूर्ण छ ।’   आगामी ९  गते सम्पन्न हुने सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै  उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५  सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।    प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

पोखरा:  लेखनाथको बेगनासतालमा राष्ट्रियस्तरको ड्रागन बोट रेस हुने भएको छ ।   ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा पहिलो संस्करणको ड्रागन बोट रेस आयोजना गर्न लागिएको हो ।   बेगनासतालको पिप्ले टुडादेखि मन्दरेपार्क सम्मको दुरीमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष तथा प्रतियोगिता संयोजक विरभद्र कंडेलले जानकारी दिए ।   उनका अनुसार  सो प्रतियोगितामा १२ समूहको सहभागिता रहनेछ ।   प्रतियोगिता ५ सय र २ सय मिटर गरी दुई विधामा प्रतियोगिता सञ्चालन गरिने कंडेलले बताए ।   उनका अनुसार प्रतियोगितामा ५ सय मिटरतर्फ प्रथम हुनेले २ लाख, द्वितिय हुनेले १ लाख ५० हजार र तृतिय हुने टिमले ७५ हजार प्राप्त गर्नेछ ।   यस्तै २ सय मिटरतर्फ प्रथम हुनेलाई १ लाख द्वितियलाई ५० हजार र तृतियलार्ई नगद रु २५ हजार पुरस्कार प्रदान गरिने छ ।   यसअघि फेवातालमा अन्तरराष्ट्रिय स्तरको नेपालमै पहिलोपटक ड्रागन बोट रेस भएको थियो । 

पोखरा:  लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फ आज सेमिफाइनलको समिकरण पुरा हुने भएको छ ।   सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा गत ३ गते देखि जारी खेल महोत्सव अन्तरगत आज फुटबलतर्फ अन्तिम क्वाटरफाइनल खेल सहारा क्लब र विष्णुपादुका क्लबबीच हुनेछ ।    यस खेलसकिएसँगै सेमिफाइनलको समिकरण पुरा हुनेछ ।    उक्त खेलको विजेता टोलीले दोस्रो सेमिफाइनल खेलका रुपमा भोलि (बिहीबार) आदर्श क्लब भण्डारढिकसँग भिड्नेछ ।   आदर्श क्लब भण्डारढिकले क्वाटरफाइनलमा अन्नपूर्ण गाउँपालिकालाई पराजित गर्दै सेमिफइनलमा प्रवेश गरिसकेको खेल संयोजक विष्णु पुनले जानकारी दिए ।   उनका अनुसार पहिलो सेमिफाइनल खेल आज एलसी ब्रदर्श लामाचौर र आरएस बिच फुटबल क्लबबीच दिउँसो २ बजे हुनेछ ।    एलसी ब्रदर्शले आयोजक टिम नेकोसलाई क्वाटरफाइनलमा हराउँदै अन्तिम चारमा उक्लिएको थियो भने आरएस क्लबले संगम क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।   प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

काठमाडौँ:  नेपाल इन्भेष्टमेन्ट मेगा बैैँक एनआईएमबीले आरबीबीएल इसान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।  सोल्टीमोडस्थित चैत्य फुटसलमा सोमबार भएको फाइनल खेलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले हरायो ।    एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले गोल गरे । उपाधिसँगै एनआईएमबीले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्याे ।   उपविजेता आयल निगमले ३० हजार रुपियाँ प्राप्त प्राप्त गर्याे। राष्ट्रिय वाणिज्य बैँकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगितामा नेपाल बैँक लिमिटेड तेस्रो भयो ।  नेपाल बैँकले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्याे।   प्रतियोगिताभर ९ गोल गरेका​ एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने। एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक र राष्ट्रिय वाणिज्य बैँकले अनुशासित टिमको उपाधि जित्यो ।    विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैँकका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।