पोखरा: पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान प्रतियोगितामा ढोलाहिटी, हेटौडा, चितवन र एबिसी भेट्रान सेमीफाइनलको यात्रा तय गरेका छन । मंगलबार सम्पन्न पहिलो खेलमा ढोलाहिटी फ्रीडमले लेकसाइड भेट्रान्सलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा ढोलाहिटीको तर्फबाट राजकुमार केसी र तेज बहादुर झलारीले १÷१ गोल गरेका थिएभने लेकसाइड भेट्रान्सका शिव बहादुर भट्टराइले शान्तवना गोल गरेका थिए । दोश्रो खेलमा हेटौडा भेट्रान्सले संगम भेट्रान्सलाई ३—० गोल अन्तरले पराजित गर्न सफल भयो । उक्त खेलमा हेटौडाका जगतमान लामा, बिजय श्रेष्ठ र प्रदिप लामाले गोल गरेका थिए । मंगलवार सम्पन्न अन्तिम खेलमा चितवन भेट्रान र एक्स वारिअर बिच निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि टाइब्रेकरमा ३—२ गोल गर्दै चितवन भेट्रान्स अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा चितवन भेट्रान्सका गोलरक्षक छुन्नुराम चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीले एक्स वारिअरका तिल कुमार गुरुङले प्रहार गरेको बल रोक्न सफल भएका थिए । प्रतियोगितामा बुधवार पहिलो खेल ढोलाहिटी र चितवन बीच र दोश्रो खेल हेटौडा र आयोजक एबिसी बिच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ । ९ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्ने आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी १ वैशाखमा लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान आयोजकको छ । हाफ म्याराथनको विजेताले ६० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । द्वितीय, तृतीय, सान्त्वना र पाँचौँले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउने छन् । तृतीय, सान्त्वना र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् । ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने छन् । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ पाउने सदस्य सचिव खड्काले जानकारी दिए । दौड पुरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० खेलाडीलाई मेडल प्रदान गरिने खेलकुद विकास समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले जानकारी दिए । दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डारढिकको कार्यालय पुगी वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फारम भरेर २९ चैतसम्म नाम दर्ता गर्न सकिने छ । भण्डारढिकबाट सुरू हुने हाफ म्याराथन उत्तरसिंह चोक, भुगोलपार्क, रामबजार, सितागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सातमुहाने बजार, खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य संघको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुंगिने छ । खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले लेखनाथ पनि पोखराभित्रै पर्ने तर केही पिछ्डिएकोजस्तो महसुस भएर छुट्टै नाम दिएर म्याराथन गरिएको सुनाए । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङले लेखनाथमा राष्ट्रिय स्तरका अन्य प्रतियोगिता निरन्तर गर्न आवश्यक रहेको बताए । ‘लेखनाथ पोखरामा गाभिएपछि केही पछाडि परेको हामीले महसुस गरेका छौँ । यस्तै खाले राष्ट्रिय प्रतियोगिता यहाँ गरेर यो ठाउँ चिनाउनपर्छ,’ उनले भने, ‘यहाँ पर्यटनको थुप्रो सम्भावना छ । सात वटा ताल छन् । धेरै कोट पनि छन् ।’ भण्डारढिकमा रहेको रंगशालाको काम सक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने र वडाबाट पनि बजेट लगानी गर्ने उनले बताए । पोखरा–२९ मा रंगशाला बनाउने भए आफूले स्थानीयसँग कुरा गरेर जग्गाको व्यवस्थापन गरिदिने वडाध्यक्ष गुरूङको भनाइ थियो ।
काठमाडौं: ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । नेपाल, यूएई र ओमान विजेताको प्रमुख दाबेदार हुन् । नेपालको टोली: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा ।
पोखरा: पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा केसी तेस्रो भए । पुरुष र महिलातर्फ प्रथमले जनही १ लाख ५० हजार प्राप्त गरे । पुरुषमा दोस्रो र तेस्रोले क्रमशः १ लाख र ५० प्राप्त गरे । ओपन मास्टर्सतर्फको उपाधि राज शाहीले जिते । दोस्रो विकास श्रेष्ठ र तेस्रो अजीत बराल भए । मास्टर्सतर्फ भाग लिएका सातै जना तथा पुरुष र महिलातर्पm पाँचौसम्मलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । विजयीलाई प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना लगायतले पुरस्कृत गरिन् । प्रतियोगितामा कुल ५६ खेलाडीले भाग लिएका थिए । पहिलो दिन पुरुषतर्फ २५ राइडर छनोट भइ फाइनल भिडेका हुन् । महिला र मास्टर्सतर्फ ७÷७ जना राइडरलाई फाइनल खेलाइएको थियो । अन्तर्राष्ट्रिय खेलकुद दिवस अवसरमा भएको प्रतियोगितामा वनजंगल, खोलानाला, बाँसघारी, गोरेटो बाटो, बगर, बालुवा उडाउने गुडाउने सबैखालको मिश्रित करिब ५ किमीको ट्रयाक निर्माण गरिएको थियो । आयोजक संस्थाका निर्देशक जगत धौलीले सबैको साथ र सहयोगले पहिलो पल्ट आयोजित प्रतियोगिता सफल भएको र आगामी वर्ष पनि निरन्तरता दिने बताए । साहसिक उक्त प्रतियोगिता हेर्न विदेशीसहित करिब ७ हजार दर्शक वाम्दी ओइरिएका थिए । उपसभामुखले यस्ताखालका साहसिक खेलले नेपाललाई विश्वसामु चिनाउन धेरै मद्दत गर्ने बताइन् । नेपाल अटो मोबाइलस एसोसिएसन (नासा), अन्तर्राष्ट्रिय नियामक संस्था फिम, प्रदेश खेलकुद परिषद् गण्डकीमा अनुबन्धित उक्त पोखरा क्षेत्रमा पहिलो हो । विश्वकपमा खेलाइने डर्ट बाइक इन्डूरोलाई पोखरा राइडर्स क्लबले नेपालमै पहिलोपल्ट भित्राएको क्लब अध्यक्ष सोनिक क्षेत्रीले बताए । आउटडोर स्पोर्ट्सले भर्खरै पर्यटनको राजधानी घोषित पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल एसोसिएसन गण्डकी अध्यक्ष शिव श्रेष्ठले बताए । नेपाल अटोमोबाइल्स एसोसिएसन उपाध्यक्ष अनिल के. बरालले खेलाडीलाई अनुशासनको सपथ ग्रहण गराई सुरुआत गराएका थिए । विभिन्न संघसंस्थाले सहयोग गरेको प्रतियोगिताको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो । सो अवसरमा एटिभी डेमोस्ट्रेसन रेस भएको थियो । यस वर्ष खुलेको पोखरा राइडर्स क्लब साइक्लिष्टहरुको संस्था हो ।
पोखराः तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस यू–१० र यू–१२ गर्ल्स सिंगल्समा सारा पन्तले दोहोरो उपाधि जित्दा यू–१६ गर्ल्स सिंगल्समा सुनिरा थापा च्याम्पियन भएकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा यू–१० तर्फ सारा पन्तले जिवाश्री भट्टराईलाई ६–०, ६–३ ले र यू–१२ तर्फ अनुश्री धोजुलाई ६–२, ६–३ ले पराजित गरेकी हुन् । विजेता बनेकी साराले यू–१२ उपाधि संगै नगद रु १० र यू–१२ तर्फ नगद रु ५ हजार र यू–१० की उपविजेता जीवाश्रीले नगद रु २ हजार ५ सय र यू–१२ की उपविजेता अनुश्रीले नगद रु ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । १९ औं एसियाली खेलकुदमा समेत सहभागी रहेकी सुनिरा थापाले यू–१६ गर्ल्स सिंगल्समा दिव्यता भण्डारीलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी छन् । नेपाल ¥याकिङ नं २ खेलाडी थापाले नगद रु २० हजार र दिव्ताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । शनिबार सम्पन्न ६ वटा विभिन्न उमेर समुहका फाइनल खेल मध्ये यू–१० व्वाइज सिंगल्सतर्फ निश्चल ज्ञवालीले अर्याशराज पौडेललाई ७–६, ५–४ ले पराजित गरी उपाधि जिते । निश्चलले नगद रु ५ हजार हात पार्दा उपविजेता अर्याशले नगद रु २ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यसै गरी यू–९ गर्ल्स सिंगल्समा ताभिसी रानाले नैरा छोदेन गुरुङलाई ५–३, ४–२ ले पराजित गरी च्याम्पिनि बनिन् । उनले नगद रु ५ हजार हात पार्दा उपविजेता नैराले नगद रु २ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै गर्ल्स ओपन डबल्सतर्फको फाइनलमा शाल्भी शेरचन र आरुषी तुलाचनको जोडीले शरिषा शेरचन र गरिष्मा गुरुङको जोडीलाई सुपरटाई ब्रेकमा १–६, ६–४ ९१०–७०ले पराजित गरेका छन् । उपाधि बिजेता शाल्भी र आरुषीको जोडीले नगद रु २० हजार र उपविजेता शरिषा र गरिष्माले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् । यता ब्वाइज ओपन डबल्सतर्फ दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको जोडी र एड्रिन र स्पन्दन उदासको जोडीले फाइनलमा स्थान पक्का गरेका छन् । दर्शिल र शास्वतले यूवेन र विश्व विशेषलाई ६–०, ६–१ ले र अड्रिन र स्पन्दन उदासको जोडीले सन्दिप विक र डोजन गुरुङको जोडीलाई ६–०, ६–३ ले सेमीफाइनलमा पराजित गरे । यस्तै यू–१६ ब्वाइज सिंगल्सको फाइनलमा दर्शिल र सृजन भट्टराई आमने सामनो हुनेछन् । यू–१४ ब्वाइज सिंगल्समा डोजन गुरुङ र सन्दिप विक भिड्नेछन् । डोजनले सेमीफाइनलमा प्रफुल्ल श्रेष्ठलाई टाइव्रेकमा ६–७, ६–४ र ६–३ ले पराजित गर्दा सन्दिपले स्पन्दन उदासलाई ६–१, ६–२ को सोझो सेटमा पाखा लगाएका थिए । त्यसै गरी यू–१४ गर्ल्सतर्फ शाल्भी शेरचन र शरिसा शेरचनको जोडी फाइनलमा पुगे । यू–१२ ब्वाइज सिंगल्सतर्फ विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल फाइनलमा पुग्दा यू–९ ब्वाइजतर्फ इभान भट्टराई र कायान चालिसे तथा यू–८ ब्वाइज सिंगल्समा कायान र जिवाश विक्रम भट्टराईको जोडी फाइनलमा पुगे । प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् । यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो । शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १÷१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ र रविन गुरुङले गोल गरेका थिए । उपाधि जितेको पत्रकारको टिमले कुखुराको भाले, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको संगीत समूहले पनि कुखुरा, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसअघिको सेमिफाइनलमा पत्रकार मञ्चले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो भने, संगीत समूहले आयोजकलाई १३–३ गोलले हराउँदै फाइनल पुगेको थियो । विजेता खेलाडीलाई संस्थाका सल्लाहकार तथा पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, केन्द्रीय प्रशासन सचिव जीवन दाहाल, केन्द्रीय सचिव शंकर विरही गुरुङ, कन्द्रीय पूर्र्व उपमहासचिव चोलेन्द्र पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस यू–८ गर्ल्स सिंगल्समा अमेरा गुप्ता च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा अमेराले श्रेयाश्री पाण्डेलाई सुपर टाइव्रेकमा १०–३, १०–४ ले पराजित गरेकी हुन् । जारी प्रतियोगितामा यू–१६ व्वाइज सिंगल्स ओपनतर्फ फाइनलमा दर्शिल र सृजन भट्टराई फाइनलमा आमने सामने हुनेछन् । सम्पन्न सेमीफाइनलमा दर्शिलले अमन नेपालीलाई ६–०, ६–१ ले र सृजनले शास्वत बज्रचार्यलाई ७–६, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । यता गर्ल्सतर्फ सुनिरा थापाले आयशा म्याक्ग्लानलाई ६–०, ६–० को सोझो सेटमा तथा दिव्यता भण्डारीले आरुषी तुलाचनलाई ६–२, ६–० ले पारजित गरी फाइनलमा स्थान पक्का गरे । यू–१० गर्ल्स सिंगल्समा सारा पन्त र जिवाश्री भट्टराई फाइनलमा प्रवेश गरेका छन् । आज भएको सेमीफाइनलमा साराले नैरा छोदेन गुरुङलाई ६–०, ६–० ले र जीवाश्रीले ताभिसी रानालाई ६–४, ६–३ ले हराएका थिए । त्यस्तै ब्वाइजतर्फ अर्याशराज पौडेल र निश्चल ज्ञवालीले फाइनलमा स्थान बनाए । अर्याशले सेमीफाइनलमा सभ्यजङ्ग कार्कीलाई ७–६, ६–२ ले र निश्चलले वेदान्त चालिसेलाई ६–१, ६–४ ले पराजित गरे । जारी प्रतियोगितामा यू–१२ गर्ल्स सिंगल्समा सारा पन्तले ऐरा खत्रीलाई ६–०, ६–० ले र अनुश्री धोजुले जिवाश्री भट्टराईलाई ६–०, ६–१ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । यू–१२ ब्वाइज सिंगल्समा अर्याशराज पौडेलले सभ्याजङ्ग कार्कीलाई ६–०, ६–१ ले हराउँदै फाइनलमा पुगे । त्यस्तै यू–१४ ब्वाइज सिंगल्समा डोजेन गुरुङले प्रतिद्वन्दी अड्रिन थापालाई संघर्षपूर्ण खेलमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरे । उनले २–६, ७–६, ९१०–७० ले सुपरटाई ब्रेकमा खेल आफ्नो पक्षमा पार्दै सेमीफाइनल यात्रा तय गरेका हुन् । त्यस्तै सोही उमेर समुहको एक अर्को खेलमा प्रफुल्ल श्रेष्ठले युवेनमान श्रेष्ठलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् भने सन्दिप विकले रनिश श्रेष्ठलाई ६–० र ६–२ ले तथा स्पन्दन उदासले सन्दिप जीशीलाई ६–२, ६–१ ले पराजित गरी अन्तिम चारको यात्रा तय गरे । प्रतियोगिता अन्तर्गत सम्पन्न गर्ल्स ओपन डबल्सतर्फ शाल्भी र आरुषीको जोडी तथा सरिशा र गृष्माको जोडी फाइनलमा भिड्ने पक्का भएको छ । शाल्भी र आरुषीको जोडीले आर्शिया र स्वाराको जोडीलाई ६–०, ६–१ ले र सरिशा र गृष्माको जोडीले आहना र आएशालाई ६–२, ६–० ले पराजित गरेका थिए । यू–९ ब्वाइज सिंगल्समा अनमोल श्रेष्ठ र जिवाश विक्रम भट्टराई वाक ओभर पाउँदै सेमीफाइनलमा प्रवेश गरेका छन् भने ब्वाइजतर्फ इभान भट्टराईले सोनाम छिरिङ शेर्पालाई ४–०, ४–० ले पराजित गरी फाइनलमा पुगे । यता यू–९ गर्ल्स सिंगल्सतर्फ नायरा छोदेन घलेले समृद्धि खत्रीलाई ४–१, ४–१ ले ताभिसी रानाले जियोभानी केसीलाई ४–२, ४–१ ले पराजित गरी फाइनल यात्रा तय गरे । शनिबार हुने प्रतियोगितामा ६ वटा फाइनल तथा विभिन्न उमेर समुहका ११ वटा सेमीफाइनल खेल सञ्चालन हुने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् । यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।
पोखरा: पोखरामा जारी तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा आज सेमीफाइनलका खेल सञ्चालन हुने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा दोश्रो दिन हिजो विभिन्न उमेर समुहका २१ खेलहरु सम्पन्न भए संगै भोली सेमीफाइनलका खेलहरु सञ्चालन हुने भएका हुन् । प्रतियोगितामा यू–१२ गर्ल्स सिंगल्समा सारा पन्त र ऐरा खत्री र अनुश्री धोजु र जिवाश्री भट्टराई समेीफाइनलमा आमने सामने हुनेछन् । यू–१६ गर्ल्स सिंगल्समा आइशा म्याक्ग्लान र सुनिरा थापा सेमीफाइनलमा भिड्नेछन् । यू–१० गर्ल्स सिंगल्समा सारा पन्त र नैरा छोडेन घले तथा ताभिसी राना र जिवाश्री भट्टराई भिड्नेछन् । ब्वाइज सिंगल्सतर्फ अर्याशराज पौडेल, सभ्याजङ्ग कार्की, बेदान्त चालिसे र निश्चल ज्ञवाली सेमीफाइनल प्रवेश गरे । त्यस्तै यू–१६ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठ र अमन नेपाली आमने सामाने हुँदा श्रीजन भट्टराई र शाश्वत बज्रचार्य फाइनलमा स्थान बनाउन भिड्ने छन् । यू–१४ ब्वाइज सिंगल्समा सन्दिप विक र रनिश श्रेष्ठ तथा सन्दिप जीशी र स्पन्दन उदासले अन्तिम चारमा स्थान बनाएका छन् । प्रतियोगितामा यू–९ गर्ल्सतर्फ नैरा छोडेन घले र समृद्धि खत्री तथा जियोभानी केसी र ताभिसी राना एक अर्का बीच भिड्नेछन् भने ब्वाइजतर्फ जसन गुरुङ र जिवस विक्रम भट्टराई तथा सोनाम छिरिङ घले र इभान भट्टराईले अन्तिम चारमा आफ्नो स्थान पक्का गरे । उनीहरु भोली एक अर्काको सामना गर्नेछन् । त्यसै गरी यू–८ गर्ल्स सिंगल्समा अमिरा जिशी र श्रेयाश्री पाण्डे उपाधिका लागि भिड्दा यू–१२ व्वाइज सिंगल्समा विश्व विशेष डल्लाकोटी र निश्चल ज्ञवाली तथा अर्याशराज पौडेल र सभ्याजङ्ग कार्की अन्तिम चारमा भिड्नेछन् । यू–१६ गर्ल्सतर्फ सुनिरा थापा र आयशा म्याक्ग्लान तथा आरुषी तुलाचन र दिव्यता भण्डारी सेमीफाइनलमा एक अर्का बीच भिड्नेछन् । प्रतियोगिता अन्तर्गत गर्ल्स ओपन डबल्समा शाल्भी र आरुषीको जोडीले आर्शीया स्वाराको जोडी आमनो सामने हुनेछन् भने दोश्रो खेलमा आहना र आयशाले शरिसा र ग्रिस्मा अन्तिम चारमा भिड्नेछन् । त्यसै गर िब्वाइज डबल्समा अमन र सूयाशंको जोडीले यूवेन र स्पन्दन उदासको जोडी भिड्दा दोश्रो सेमीफाइनलमा सन्दिप र दोजेन गुरुङको जोडीले प्रफुल श्रेष्ठ र सुभनको जोडीको सामना गर्नेछन् । चेत्र २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनियर नेपाल र्याकिङ खेलाडीहरुको सहभागिता छ भने करिव २ लाख ३१ हजार पुरस्कार राशीमा खर्च हुने कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् । यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् । त्यस्तै यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले नगद समान रु ४ हजार र २ हजारसहित मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता विभिन्न उमेर समुहका नेपाल र्याकिङ्ग आयर्शराज पौडेल, शाल्भी शेरचन, इभान भट्टराई, जिवाश्री भट्टराई, जिवाश भटट्राई, दर्शिल श्रेष्ठ, जियोभानी केसी, शास्वत बज्रचार्य, शिर्जन भट्टराई, सन्दिप विक, इलेश गौतम, निश्चल ज्ञवाली, विशेष विश्व डल्लाकोटीले विभिन्न इभेन्टमा प्रतिस्पर्धामा छन् । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।
पोखरा: आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ । मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् । भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए । यस अगाडि आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग भेट गरेर अवार्ड कार्यक्रमको प्रस्तावना पत्र हस्तान्तरण गरेको थियो । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार दिउँसो १ बजे पोखरा रंगशालाको मिडिया सेन्टरमा अवार्ड कार्यक्रमको लागि गठन भएका ११ वटा उपसमितिको संयोजक तथा सह–संयोजकबीचको छलफल कार्यक्रम राखिएको मुल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको भने साहस स्पोर्ट्सले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने तय भैसकेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।