पोखरा:  पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगितामा आज फाइनल समिकरणको खेलहरु सम्पन्न भएका छन् ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷...

काठमाडौं:     सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा सन्दीपले डट राखे । चौथो बलमा राइफरले चौका प्रहार गरे । पाँचौ बलमा सन्दीपले १ रन खर्चिए । अन्तिम बलमा सन्दीपले फेरी १ रन खर्चिए । यसका साथै विराटनगरले १९ रनको लक्ष्य पायो । विराटनगरले मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिएका थिए । पोखराले बलिङमा रेमन राइफर आएका थिए । पहिलो बलमा मार्टिन गप्टिलले १ रन लिए । दोस्रो बलमा किर्तनले पनि १ रन मात्र लिए । तेस्रो बलमा फेरी १ रन लिए । चौथो बलमा किर्तनले डट बल खेले । पाँचौ बलमा किर्तनले १ रन लिए । पाँचौ बल रेमनले वाइड दिए । अन्तिम बल डट राख्दै पोखरा सुपर ओभरमा विजयी भयो । त्यसअघि व १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएलमा यो पहिलो सुपर ओभर हो । अन्तिम ओभरमा १४ रन आवश्यक रहेकोमा बासिर अहमदले १३ रन खर्चिएका थिए । दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा पुगेको थियो । पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोडे । ११औं ओभरको तेस्रो बलमा ओपनर गौस प्रतिश जिसीको बलमा बलमा आउट भए । गौस २७ बलमा ७ चौकाको ३९ रन बनाए । गौस बासिर अहमदबाट समातिएका थिए । कप्तान कुशल भुर्तेलले ३४ बलमा ३१ रन जोडे । चौथो विकेटका रुपमा कप्तान कुशल ३१ रन बनाएर क्रिस सोलको बलमा आउट भए । पहिलो विकेटका रुपमा ओपनर दिनेश खरेल ११ बलमा ११ रन बनाउँदै प्रतिस जिशीको बलमा आउट भए । दिनेश अनिल खरेलद्वारा समातिएका थिए । तेस्रो विकेटका रुपमा पोखराले जेन मल्लिकलाई ४ बलमा प्रतिस जिशीले बोल्ड आउट गरे । विराटनगरका लागि प्रतिसले ३ तथा क्रिस सोलले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने विकेट विहिन रहे । ४ ओभरमा २१ रन खर्चिएका सन्दीप प्रतियोगिताको चौथो खेलमा समेत विकेट बिहिन रहे । सन्दीपले लुम्बिनी लायन्सविरुद्ध मात्र विकेट लिन सफल भएका थिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो । विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । एडवार्डस कुशल भुर्तेलको एलबिडब्लु सिकार भए । बासिर अहमद २० बलमा २१ रन बनाउँदै नट आउट रहँदा लोकेस बमले २६ रन बनाए । ओपनर लोकेसले १६ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । ओपनर लोकेस राइमन राइफरद्वारा कट एण्ड बोल्ड भए । पहिलो खेलमा अर्धशतक बनाए पनि त्यस पछि खराब लयमा निरन्तर रहेका मार्टिन गप्टिल १४ बलमा ५ रन बनाउँदै आउट भए । गप्टिल सागर ढकालको बलमा बोल्ड आउट भएका थिए । प्रतियोगितामा पहिलो पटक बलिङ गरेका दिनेश खरेलले पहिलो बलमा नै नरेन भट्टलाई आउट गराए । ४ रन बनाउँदै नरेन सागर ढकालबाट क्याच आउट भए । चौथो विकेटका रुपमा विराटनगरले निकोलस किर्तनलाई आउट गराए । १६ बलमा १ छक्काको सहयोगमा १९ रन बनाउँदै किर्तन सागरको बलमा माइकल लिक्सबाट समातिए । क्रिस सोलले ५ बलमा १ छक्काको सहयोगमा ७ रन बनाउँदै आउट भए । पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान २ तथा कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान १ विकेट लिए । 

काठमाडौँ:  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।   पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ ।   हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ ।   पहिलो खेल ९: १५ र दोस्रो खेल १: १५ बजे हुनेछ ।

पोखराः   पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणको खेल सकिएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज  लिगचरणको खेल सकिएसँगै क्वाटरफाइनरको समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए ।  आज भएको पहिलो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)ले लमजुङको बेशीशहर नगरपालिकालाई ४१–२८ ले पराजित गदैं क्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।  यस्तै दोस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ५८–४६ ले पराजित ग¥यो ।  यस्तै तेस्रो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)ले पोखरा महानगरपालिकालाई ५८–५४ ले पराजित ग¥यो ।  चौथो खेलमा खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले लमजुङको बेशींशहर नगरपालिकालाई ६०–३० ले पराजित ग¥यो ।  पाँचौ खेलमा पर्वतको जलजला गाउँपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५४–४६ ले पराजित ग¥यो ।  आज भएको अन्तिम खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे) ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)लाई ४४–३६ ले पराजित ग¥यो ।  भोलि (बिहीबार) पहिलो क्वाटरफाइनलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे) र म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेल पर्वतको मोदी गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।  यस्तै तेस्रो खेल बेनी नगरपालिका र रघुगंगा गाउँपालिका (ह्वाइट)बीच हुनेछ । यस्तै चौथो क्वाटरफाइनल खेल पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)बीच हुनेछ ।  लिक कम नकआउटको आधारमा भइरहेको  गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् ।  विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ । 

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो ।       कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जितका लागि दिएको एक सय चार रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे ।       त्यसैगरी, उन्मुक्त चन्दले १९ बलमा १३ रन बनाउँदा सूर्य तामाङ ११ रन जोड्दै अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान रोहित पौडेल आठ, टम मुर्स छ तथा ओपनर आशुतोष घिरैया चार रनमा आउट भए ।       काठमाडौँका लागि कप्तान करण केसीले चार विकेट लिए भने दीपेश कँडेलले तीन विकेट लिए । त्यस्तै, जेहार्ड एरास्मसले दुई विकेट लिए ।      त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ दशमलव दुई ओभरमा एक सय तीन रनको योगफल बनाएको थियो । काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए ।  भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।       लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेस गौतम र रेमन सिमण्डसले समान दुई– दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए ।       पराजित लुम्बिनीको छ खेलमा पाँचमा हार र एकमा जितसहित दुई अङ्क छ । यस हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।  लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । हिजो भएको खेलमा भने लुम्बनीले चितवनलाई पराजित गरेको थियो ।      चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौँ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यो खेलमा जितसँगै काठमाडौं प्लेअफ सम्भावना कायमै छ । उक्त प्रतियोगितअन्तर्गत भोलि बुधबार दुई खेल हुनेछ ।  जसमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सवीच प्रतिस्पर्धा हुनेछ भने १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको छ । प्रतियोगितामा जकपुरको यो पहिलो हार हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो ।  सुदूरपश्चिमले जितका लागि दिएको एक सय २४ रनको लक्ष्य पछ्याएकामा जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो । ५ खे खेलेका जनकपुर र सुदूरपश्चिमको अङ्क तालिकामा समान ८/८ अङ्क भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  जनकपुरलाई ५२ रनमा अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान २/२ विकेट लिए । सैफ जैब, स्कट कुगुलेइन र नरेन साउदले समान १/१ विकेट लिए ।      त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो ।  सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ३३ रन बनाए । सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्  । जनकपुरका लागि किशोर महतो एक्लैले ४ विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान २/२ विकेट झारे भने हर्ष ठाकुरले १ विकेट लिए ।  

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितको लागि १ सय २४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको हो ।  सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाएका हुन् ।  यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए ।  त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।   जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान २–२ विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

काठमाडौं:     राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा  आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ ।  सुदूरपश्चिम रोयल्सले  चार खेलमध्ये तीनमा जित निकालेको छ ।  तीन खेल खेलेको काठमाडौँ गुर्खाजले दुई खेल जितेको छभने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ । 

पोखरा: लेखनाथको भण्डारढिकमा जारी २५औं आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाइनल पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो ।  मंगलवार भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले पाखा लगाउँदै गोरखा जिल्ला फुटवल संघले सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको ५५ औ मिनेटमा पहिलो गोल गर्दै एन्फा गोर्रखाका रिचार्ड अपेकाले टोलिलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाफपछिको समयमा ७१ औ मिनेटमा नेपाल प्रहरीको तर्फबाट विवेक गुरुङले गोल फर्काउँदै खेललाई बराबरीमा पु¥याएका थिए । तर खेलको अन्तिम समयको ८४ औं मिनेटमा नेपाल प्रहरीका खेलाडीले फल गरेपछि पाएको पेनाल्टी सुट आउटको सदुपयोग गर्दै एन्फा गोरखाका देव गुरुङले गरेको गोल नै जितका लागि निर्णायक बनेको हो । खेलको म्यानअफ दी म्याच एन्फा गोरखाका आकाश थापा भए । उनले टर्फी सहित नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन । पहिलो सेमिफाइनलमा आयोजक आदर्श युवा क्लब र कास्की ११ विच हुनेछ भने दोश्रो खेल विहिवार सशस्त्र प्रहरी वल गण्डकी प्रदेश र एन्फा गोरखाका विच हुने क्लवका सचिव सन्तोष गुरुङले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आर्दश युवा क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए । ‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ ।  

पोखरा: पोखरामा आज देखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा आजदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको हो ।  पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (सेतो)ले कास्कीको अन्नपूर्ण गाउँपालिका (कालो)लाई ५०–२२ ले पराजित ग¥यो ।  यस्तै दोस्रो खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिका (सेतो)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (सेतो)लाई ४६–४२ अङ्कले पराजित ग¥यो ।  यस्तै तेस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका कालोलाई ५५–३० ले पराजित ग¥यो ।   चौथो खेलमा बेनी नगरपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५३–२२ ले पराजित ग¥यो ।  पाचौ खेलमा पोखरा महानगरपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका सेतोलाई ५३–३५ ले पराजित ग¥यो ।  छैठौं खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ५०–४३ ले पराजित ग¥यो । प्रतियोगिता लिककम नकआउटको आधारमा सञ्चालन भइरहेको छ । बुधबार पुनः लिगचरणका खेलहरु नै सञ्चालन हुने आयोजकले जनाएको छ ।  लिक कम नकआउटको आधारमा सञ्चालन हुने  गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । महिलातर्फ एक टिमलाई २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।  विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।  खेलकुदको विकासमा गाउँपालिका लागेको छः अध्यक्ष केसी कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले खेलकुदको विकास गाउँपालिका प्रतिवद्ध रहेको बताए ।  प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘अन्नपूर्ण गाउँपालिका खेलाडी र खेलकुदलाई प्रोत्साहन गर्न पर्छ भन्ने पक्षमा छ, सबै खेलकुदहरुलाई अगाडि बढाउँदै खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल मैदानमा उत्रने र प्रतिस्पर्धा गर्दै विजयी भएर राष्ट्रको नाम राख्नका लागि गाउँपालिका प्रोत्साहन गर्न चाहान्छ ।’ अध्यक्ष केसीले भने ।  अध्यक्ष केसीले बास्केटबल प्रतियोगितामा धेरै खेलाडीहरुलाई सहभागिता गराउन प्रतियोगिता पोखरामा सञ्चालन गरिएको बताए ।  ‘बास्केटबल प्रतियोगिता अन्नपूर्ण गाउँपालिकाभित्र नै सञ्चालन गर्न सकिन्थ्यो’, उनले भने, ‘बास्केटबल प्रतियोगितामा हामीले धेरै भन्दा धेरै खेलाडीहरुको सहभागिता लागि नै पोखरामा यस खेल सञ्चालन गरेका हौं ।’ प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले दशौं खेलकुदको लागि मिति तय भइसकेकाले यस खेलले बास्केटबल खेलाडी छनोटमा सहयोग पुग्ने बताए ।  ‘अन्नपूर्ण गाउँपालिकाले बास्केटल खेलमा नयाँनयाँ खेलाडी उत्पादन गर्ने हेतुले खेल आयोजना गरेको छ’, गुरुङले भने, ‘यस प्रतियोगिताले हामीले दशौ खेलकुद प्रतियोगिताको मिति तय भइसकेकाले खेलाडी छनोटमा समेत सहयोग पुग्नेछ ।’  कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ ।