काठमाडौं जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सले दिएको १ सय ५० को लक्ष्यलाई काठमाडौं गुर्खाजले पछ्याएको छ । आजको पहिलो खेलमा कर्णालीले काठमाडौंलाई १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पेश गरेको हो । टस हारेर ब्याटिङमा उत्रेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार गर्याे । कर्णालीका लागि ओपनर ब्याटर शिखर धवनले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडे । उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । चाल्डिक वाल्टनले १५ बलमा ५ चौकाको सहयोगमा २१ रन जोडे । बाबर हायतले १८ बलमा १३ रन जोडे । हायत दीपेश कडेलको बलमा बोल्ड आउट भए । गुलशन झाले १९ बलमा १ चौकाको सहयोगमा १२ रन जोडे । जिशान मक्सुद ११ बलमा १ चौकाको सहयोगमा १४ रन बनाउँदै नट आउट रहे । काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कंडेल र कप्तान करण केसीले समान १ विकेट लिए । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ ।
एसिसी यु-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। मंगलबार युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले अफगानिस्तानसँग एक विकेटको जित हात पारेको हो। अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो। नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो। एसिसी यु-१९ एसिया कपमा नेपालको यो पहिलो जित हो। नेपालका लागि नरेन साउँदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामीले २२ रन र अर्जुन कुमालले २१ रन बनाएका थिए। अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गर्दा अरू ब्याटर सस्तैमा आउट भए। सन्तोष यादवको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यसअघि नेपालले उत्कृष्ट सुरूआत गरेको थियो। नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरेको थियो। खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरे। अर्को ओभरमा अभिषेक तिवारीले अर्का अफगान ओपनर उजाइरुल्लाह निएजाइलाई पनि शून्यमै बोल्ड गरे। त्यसपछि पनि नेपाली बलरले उत्कृष्ट बलिङ गर्दा अफगानिस्तानको इनिङ्ग्स स्लो भएको थियो। युनिस विक्रम सिंह ठकुरी र सन्तोष यादवले अफगानिस्तानका मध्यक्रमका ब्याटरलाई खुलेर खेल्न दिएनन्। दुवैले तीन तीन विकेट लिए। युनिसले १० ओभरमा तीन मेडन राख्दा २४ रन खर्चिए। सन्तोषले ४.४ ओभरमा २२ रन दिए। कप्तान हेमन्त र अभिषेकले दुई दुई विकेट लिन सफल भए। हेमन्तले आठ ओभरमा एक मेडन राख्दा ३७ रन दिए। अभिषेकले ६ ओभरमा १७ रन खर्चिए। समूह ‘बी’ मा रहेका दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए।
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजसँग लज्जास्पद पोखरा एभेन्जर्सले हार ब्यहोरेको छ । पोखरालाई ८७ रनले चितवनले सहजै जीत निकालेको हो । १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखराले १३.२ ओभरमा अल आउट हुँदैं जम्मा ७४ रन मात्र बनाउन सक्यो । कप्तान कुशल भुर्तेल गोल्डेन डक आउट भए । अन्य ब्याटरको पनि खासै सम्झनलायक प्रर्दशन रहेन । नारायण जोशीले भने २४ बलमा ३० रनको योगदान दिए । यसअघि चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो ।
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मंगलबार भएको दोस्रो खेलमा चितवनले पोखरालाई १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन बनाए । बोपारले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन बनाए । ल्युक बेनकेनस्टेनले १३ बलमा १६ रन बनाए । ओपनर हसन इसाखिलले १० बलमा १४ रन जोडे । पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो ।
काठमाडौं: नेपाल प्रिमियर लिग ९एनपीएल०मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका ४ जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् । उहाँले भन्नुभयो, “सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको हो भने सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको हो । उनीहरुबिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको छ ।”
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । १ सय ८३ रनको बलियो लक्ष्य पछ्याएको विराटनगरलाई १६.१ ओभरमा ९२ रनमा अल आउट गर्दै ९० रनले सुदूरपश्चिम रोयल्सले जीत निकालेको हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रनको बलियो योगफल तयार गरेको थियो ।
काठमाडौं: युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ । दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ । प्रतियोगिताबाट बहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग १३१ रनले पराजित भएको थियो । एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई बलियो लक्ष्य दिएको छ । एनपिएलको चौथो खेलमा विराटनगरलाई सुदूरपश्चिमलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको हो । मंगलबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रनको बलियो योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले नट आउट रहँदै सर्वाधिक ५७ रन जोडे । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ब्रेन्डन मक्मेलनले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन जोडे । पाँचौ ओभरको अन्तिम बलमा अनिल खरेलको बलमा ३ बलमा ७ रन जोडेका मक्मेलनको स्टपिङ आउट गराउन विराटनगरका विकेटकिपर लोकेश बम चुकेका थिए । विनोद भन्डारीले २० बलमा ४ चौकाको सहयोगमा २३ रन जोडे । दोस्रो विकेटका रुपमा सुदूरपश्चिमले ओपनर विनोदलाई गुमाएको थियो । विनोद पाँचौ ओभरको चौथो बलमा अनिल खरेलद्वारा आउट भए । इशान पान्डेले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । १७औं ओभरको पाचौं बलमा इशान रन आउट भए । त्यसअघि पहिलो विकेटका रुपमा सुदूरपश्चिमले अमित श्रेष्ठलाई १ रनमा गुमाएको थियो । अमित दोस्रो ओभरको अन्तिम बलमा इस्मत आलमको बलमा मार्टिन गप्टिलबाट समातिए । आरिफ शेखले ५ बलमा २ चौकाको सहयोगमा ९ रन जोडे । आरिफ छैठौं ओभरको चौथो बलमा बसिर अहमदको बलमा निकोलस किर्तनबाट क्याच आउट भए । सेफ जेबले १५ बलमा १ छक्काको सहयोगमा १४ रन जोड्दै अनिल खरेलको बलमा बोल्ड आउट भए । विराटनगरका लागि अनिल खरेलले ३ तथा इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान १ विकेट लिए । मंगलबारको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुदैछ ।
पोखरा: ६ वर्षपछि लेखनाथको भण्ढारढिकमा आयोजना हुन लागेको २५ औं सस्करणको आदर्श कपको उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने भएका छन् । कुल ८ टिमको सहभागिता रहने प्रतियोगितामा आदर्श युवा क्लबले आज खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा आयोजक र तनहुँ भिड्ने जानकारी दिएको हो । कलबका अध्यक्ष पदम गुरुङले उक्त खेल दिनको १ बजे सुरु हुने बताए । अध्यक्ष गुरुङका अनुसार अर्काे दिन दोस्रो खेल नेपाल सिद्धिदल गण पश्चिम पृतना हेक्वा र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच हुनेछ । यस्तै २४ गते कास्की ११ र एन्फा स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । २५ गते नेपाली प्रहरी गण्डकी प्रदेश र एन्फा गोरखा भिड्नेछन् । २६ गते पहिलो सेमिफाइनल र २७ गते दोस्रो सेमिफाइनल खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । फाइनल भने २९ गते दिउँसो १ बजे सञ्चानल गरिने छ । सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । यो पनि पढ्नुहोस ६ वर्षपछि लेखनाथमा आदर्श कप, उपाधि राशी ४ लाख २५ हजार