माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पूरा, पुरुषतर्फ १४ र महिलातर्फ ५ टिमको सहभागिता

पाेखरा | फागुन १३, २०८१

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पूरा, पुरुषतर्फ १४ र महिलातर्फ ५ टिमको सहभागिता

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिकामा हुने तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । 
माछापुच्छ्रे  गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए हो । 


माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले फागुन १४ देखि १७ गते सम्म हुने  गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको बताए । 


‘माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना, वडा नम्बर ७ को व्यस्थापन र माछापुच्छ«े गाउँपालिका भलिबल संघको संयोजनामा गाउँपालिकाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्यमा हुने प्रतियोगिताको तयारी पूरा भएको छ’, अध्यक्ष गुरुङले भने, ‘ तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप यसपटक माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसमा सञ्चालन गर्दै छौं ।’


उनका अनुसार फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । 


पुरुषतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र सेमिफाइनलमा पराजित हुने २ टिमलाई ५०÷५० हजार रुपैयाँसहित ट्रफी मेडल, र प्रमाणपत्र प्राप्तगर्ने छन् । यस्तै महिलातर्फको विजेताले १ लाख, उपविजेताले ५० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमले २५÷२५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।


प्रतियोगितामा प्रथम, द्धितिय र सेमिफाइनलमा पराजित हुने टिमले प्राप्त गर्ने पुरस्कार राशीमा तोकिए बमोजिम नियमानुसार करकट्टी गरी पुरस्कार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । 


प्रतियोगितामा महिला तथा पुरुष विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पालिकाको लोखो अंकित खेलकुद पोशाक पुरस्कार प्रदान गाउँपालिकाले जनाएको छ । 


गाउँपालिका ७ धम्पुसमा सञ्चालन हुने प्रतियोगितामा दर्शकहरुका लागि अवलोकनका लागि प्याराफिट निर्माण गरिएको छ भने, खेल अवधिभर होटल तथा होमस्टेमा १ हजार रुपैयाँका दरले खाना, खाजा र आवासको प्याकेज उपलब्ध हुनेछ । 

काठमाडौं:  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महा...

थप पढ्नुहोस्

काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...

थप पढ्नुहोस्

तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...

थप पढ्नुहोस्