पोखरा:    हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १६ औं स्थापना दिवस मनाउँदैछ ।    स्थापना दिवसको अवसरमा आयोजित सहकारी संचालकस्तरीय मैत्रीपूर्ण ...

काठमाडौं:    पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ ।       यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रू २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।       त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।      क्यानको आयोजनामा मङ्सिर १५ गतेदेखि सञ्चालन भएको यस एनपिएलमा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।       सहभागी टोलीमा  चार टोली प्लेअफमा पुगेका छन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

काठमाडौं:    काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरुका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ ।  हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरुले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने स्पष्ट छ । नेपालका सबै प्रदेशको प्रतिनिधित्व गरेका ८ टोलीमध्ये ४ टोली शीर्ष स्थानमा पुगेका छन् ।  यसमध्ये सर्वाधिक १२ अङ्क हासिल गर्न सफल सुदूरपश्चिम रोयल्स तथा अङ्क तालिकामा १० अङ्क प्राप्त गरेर दोस्रो स्थानमा पुगेको जनकपुर बोल्डसबीच पुस ३ गते बुधबार दिउँसो प्रतिस्पर्धा हँुदैछ ।  शीर्ष २ स्थानमा पुगेका यी २ टोलीबीच क्वालिफायरमा भिडन्त हुन लागेको हो । यसमा जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम र जनकपुर दुवै टोलीले अत्यधिक म्याच जितेकाले दुवै टोलीका खेलाडीहरुमा उच्च मनोबल रहेको पाइएको छ ।  दुवै टोलीले प्रतियोगता जित्ने दाबी गर्दै आएका छन् । सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सुरुदेखि नै उपाधि जित्ने बताउँदै आएका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरको ढुङ्गा अङ्कित ट्रफी आफ्नो प्रदेशमा लैजान सफल हुने कप्तान ऐरको आत्मविश्वास रहेको छ ।  एनपिएलको पहिलो म्याचमा विराटनगर किङ्गसलाई सहज रुपमा पराजित गरेर आफ्नो बलियो उपस्थिति देखाएको जनकपुर टोलीका कप्तान अनिल शाह पनि मधेश प्रदेशमा ट्रफी भित्र्याउन दृढ रहेका छन् ।  यी दुवै टोलीले विगतका म्याचहरुमा ब्याटिङ, बलिङ प्रदर्शन गर्दै दर्शकहरुको मन जितेका छन् । एनपिएल क्रिकेटमा खेल्न विभिन्न कीर्तिपुर रङ्गशालामा दिनहुँ भइरहेको दर्शकहरुको भीडले गर्दा अत्यन्त लोभिएका छन् ।  सुदूरपश्चिम तथा जनकपुरको म्याच भएको बखत कीर्तिपुर रङ्गशालामा दर्शकको सङ्ख्या अत्यधिक हुने गरेकाले बुधबारको खेलमा पनि दर्शक व्यवस्थापन चुनौती हुन सक्ने आकलन गरिएको छ ।  सुदूरपश्चिम टोलीका समर्थकहरुले देउडा तथा जनकपुरका समर्थकहरुले स्थानीय भाखामा नाचगान गरेर माहौल रमणीय बनाउँदै आएका छन् । खेलमा पूर्वानुमान गर्न कठिन हुन्छ । एनपिएलमा सशक्त उपस्थिति देखाएको सुदूरपश्चिम तथा जनकपुर जस्तो टोलीलाई पराजित गर्न सफल चितवन राइनोज टोली अहिले अङ्कको आधारमा तेस्रो स्थानमा रहेको छ । बुधबार बिहान समान ८ अङ्क प्राप्त गरेको चितवन राइनो तथा कर्णाली याक्सबीच खेल हुँदैछ ।  तर काठमाडौँ गुर्खाजले पनि समान आठ अङ्क हासिल गरे तापनि रनरेटका आधारमा प्लेअफबाट बाहिरिनु प¥यो । लिग चरणमा चितवन टोली कर्णालीसँग सात रनले पराजित भइसकेको भएता अब हुने ‘इलिमिनेटर’ प्रतिस्पर्धा चितवन र कर्णाली टोलीका लागि महत्वपूर्ण मानिएको छ । कालिफायरमा पराजित हुने टोलीसँग इलिमिनिटरमा जित्ने टोलीले खेल्नेछ । विजयी हुने टोलीका लागि फाइनलको ढोका खुल्ला हुनेछ ।  नेपालीलाई सफलता एनपिएलमा हालसम्म सबैभन्दा बढी विकेट अतिथि खेलाडी स्कट कुगेलेइनले १३  लिन सफल भएका छन् । त्यसपछि नेपालका ललित राजवंशी र रिजन ढकालले समान १३ विकेट लिएर आफ्नो क्षमतालाई प्रदर्शन गरेका छन् ।  करण केसीले भने १२ विकेट लिएका थिए । यसैगरी सर्वाधिक २७९ रन रोहित पौडेलले लिन सफल भएका छन् । उनी पछि सर्वाधिक रन लिनेमा अतिथि खेलाडीहरु छन् । तर नेपाली खेलाडीहरुले पनि सयौं रन लिन सफल भएका छन् ।  सर्वाधिक रन लिनेको सूचीमा चौंथो स्थानमा रहेका नेपाली कुशल मल्लले २०२ रन तथा दिपेन्द्रसिंह ऐरीले १९८ रन लिन सफल भएका छन् । न्युजिल्याण्डबाट एनपिएल खेल्न आएका दिनेश खरेलले १६२ रन तथा अष्ट्रेलियाबाट आएका किशोर महतोले १० विकेट लिएर विदेशबाट खेल्न बोलाइएका नेपालीहरुको सशक्त उपस्थिति देखाएका छन् ।  अवसरको खोजीमा विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटरहरुलाई नेपाल क्रिकेट संघ ९क्यान० ले स्वदेशमा पहिलोपटक आयोजित एनपिएल खेल्न बोलाएर उनिहरुको प्रतिभाको कदर गरेको छ ।  यसरी नेपाली तथा विभिन्न मुलुकका चर्चित क्रिकेट खेलाडीहरुले एकै टोलीमा रहेर खेलिरहेको यो प्रतियोगिता उपलब्धिमूलक बनिरहेको छ । प्रतियोगितामा नेपाली युवा खेलाडीहरुलाई पनि खेल्ने अवसर दिइएबाट उनीहरु प्रोत्साहित हुन पुगेका छन् ।  खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका युवा प्रतिभाहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुसँग एउटै टोलीमा रहेर खेल्न पाउनु सानो अवसर होइन । एनपिएल क्रिकेटमा खेल्न विभिन्न मुलुकबाट आएका क्रिकेट स्टारहरु कीर्तिपुर रंगशालामा दिनहुँ भैरहेको दर्शकहरुको भिडले गर्दा लोभिएका छन् ।  कीर्तिपुरमै बास  कीर्तिपुर रंगशालाको वरिपरि ओछ्यान ओछ्याएका पनि देखिन्छन् । रंगशाला प्रवेशद्वार नजिक खानेकुराका साथै अन्य सामग्री बेच्नका लागि ठाउँ ओगटन व्यापारीहरु खुल्ला आकाशमै सुत्ने गरेका छन् ।  तापक्रम घटेर जाडो बढिरहेको समयमा पनि कीर्तिपुरमा भने क्रिकेटप्रेमीहरुको बिहान सबेरै देखि घुईंचो लाग्ने गरेको छ । टिकट किनेर चिसो चौरमा बस्दै क्रिकेट हेर्दा पनि दर्शकहरुको उत्साहमा भने कमी देखिएको छैन ।  काठमाडौं बाहिरका केही टोलीले म्याच हेर्न काठमाडौँ आउनका लागि निःशुल्क बसको व्यवस्था गरेर खेलप्रेमीहरुलाई हौसला दिएका छन् । कीर्तिपुर रङ्गशालामा दर्शकहरुले गरेका फोहर सफा गर्ने काममा पनि क्रिकेटप्रेमी युवाहरुले सक्रियता देखाएका छन् ।  खेलाडी पर्यटक बन्दै नेपालमा एनपिएलका लागि अनुवन्ध भई आएका विश्व प्रसिद्ध क्रिकेट खेलाडीहरुको नेपालको गतिविधिले विदेशमा नेपालको प्रचार भइरहेको छ । उनीहरुले विभिन्न भागको भ्रमण गरेर नेपालको पर्यटन प्रवद्र्धन गरेका छन् ।  भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवनले पहिलो पटक एनपिएलमा खेल्न नेपाल आएर सगरमाथा आधार शिविरको भ्रमण गर्न समेत भ्याएका थिए । कर्णाली याक्सका तर्फबाट वटा खेलपछि स्वदेश फर्किएका धवनले सगरमाथा क्षेत्रमा बिताएको क्षणका तस्बिर तथा समाचार विभिन्न अन्तर्राष्ट्रिय माध्यमले समेत महत्व दिएर प्रकाशित गरेका थिए।  एनपिएल क्रिकेट हेर्न नेपाल आएका विश्व विख्यात क्रिकेटर ब्रायन लाराको नेपाल भ्रमणले पनि विश्वमा नेपाललाई चिनाउन मदत गरेको छ । उनले पनि सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए ।  कमेण्टेटरको कमाल    एनपिएल क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारणको माध्यमबाट विश्वमा नेपालको ब्यापक रुपमा प्रचार भैरहेको छ । एक्सन स्पोर्टस अन्तर्राष्ट्रिय टेलिभिजनले क्रिकेट प्रतियोगिताका साथै नेपालको पर्यटन प्रवद्र्धन पनि गरिरहेको छ ।  क्रिकेटको प्रत्यक्ष प्रशारणमा विश्वमै ख्याती कमाएका कमेण्टेटरहरुले दिनहुँजसो नेपालको हिमाल, कला संस्कृति तथा जनजीवनका बारेमा मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् ।  उनीहरुले अङ्ग्रेजी भाषामा नेपाली खाजा मःमःदेखि भक्तपुरको जुजु धौ समेतको बारेमा विश्वको विभिन्न देशमा प्रचार गरिरहेका छन् । बेलाबेलामा ड्रोनको माध्यमबाट देखाइने गरिएको काठमाडौंँ उपत्यकाको रमणीय दृश्यले भविष्यमा पर्यटक बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।  आगामी दिनको सम्भावनाको ढोका खोल्न पनि योगदान गरिरहेका छन् । तर  नेपालमा सयौं टेलिभिजन भएता पनि एनपिएल हेर्न विदेशी च्यानलको भर पर्नुपर्ने तथा पर्ने तथा अंग्रेजी नबुझ्नेहरुका लागि खेलका गतिविधि बुझ्न कठिनाइ भैरहेको छ । (लेखक खेल पत्रकारिताको जानकार हुनुहुन्छ)   

पोखरा:  व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–टु’ थाई–बक्सिङ यहि पौष १० गतेदेखि पोखरामा हुने भएको छ ।    शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गतेदेखि १२ गतेसम्म हुने भएको हो ।     खेलकुदमार्फत व्यवसायीक खेलकुदको विकाससंगै खेल पर्यटन प्रवद्र्धनगर्ने लक्ष्यसहित लागि पोखराको लेकसाइडस्थित बाराहीघाट उक्त प्रतियोगिता हुने आयोजक तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।   उनका अनुसार सो प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता रहनेछ ।     प्रतियोगितामा कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका महिला र पुरुष गरी कुल ८४ जना खेलाडीहरु पोखरा आउने तयारीमा जुटिसकेको संयोजक क्षेत्रीले बताए ।    उनका अनुसार प्रतियोगितामा जुनियर÷सिनियर (एमेच्योर÷प्रोफेशनल) तर्फ कुल ४२ फाइट तय गरिएको छ ।    प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको पुरुष प्रोफेशनलतर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको विजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार  प्राप्त गर्नेछन् ।    त्यस्तै विभिन्न महिला र पुरुषतर्फ ८/८ फाइटका विजेताले नगद रु १५ हजार र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् भने, पुरुषतर्फ कोमेन इभेन्टका बिजेताले नगद रु २५ र उपबिजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ ।    यसैगरी पोखरा भन्दा बाहिरबाट आउने खेलाडीहरुलाई विशेष आकर्षक गिफ्ट ह्याम्परसमेत प्रदान गरिने छ । तीन जना उदीयमान खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ ।    नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाँथाई संघको स्विकृती एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नेछन् ।   प्रतियोगिता बिहान ११ बजेबाट सुरू भई राती ९ बजेसम्म हुने गरी तय भएको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।   

काठमाडौं:     महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले हराएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो ।       नेपालका लागि कप्तान पुजा महतोले ४७ बलमा तीन चौकाको मद्धतले ४७ रन बनाएकी हुन् । यस्तै, सोनी पाख्रिनले १३, सिमाना केसीले १२, साना प्रवीणले १० र सावित्री धामीले ८ रनको योगदान दिइन् । नेपालले अतिरिक्त १५ रन पायो ।       बलिङतर्फ पाकिस्तानकी फातिमा खान र क्वारातुलेनले समान एक/एक विकेट लिए ।       त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो ।  पाकिस्तानका लागि कोमल खानले ४४ बलमा दुई चौकासहित ३८ रन बनाइन् । यस्तै, महम अनीसले नटआउट २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२, फातिमा खानले नटआउट छ रन बनाइन् भने अरीशा अन्सारीले एक रन जोडिन् ।       बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक÷एक विकेट लिइन् । यो सँगै नेपाल सुपर फोरमा प्रवेश गरेको छ  । 

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजना हुने पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।    चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।   उनका अनुसार खुला पुरुषतर्फ अहिलेसम्म कुल १४ टिम र महिलातर्फ ४ टिमको दर्ता भएको छ ।     संयोजक गुरुङले अन्य टिम पनि दर्ता गर्नका लागि सम्पर्कमा आइरहेको बताए ।    उनका अनुसार खेल तालिका भने २ गते १२ बजे प्रकाशित गरिनेछ ।   गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए  ।   यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।   संयोजक गुरुङका अनुसार  पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।    प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाउनका लागि नगद रु ६ हजार र महिलातर्फ सहभागिता जनाउनका लागि नगद रु २ हजार शुल्क निर्धारण गरिएको सचिव अर्जुन गुरुङले बताए ।   उनका अनुसार टिम दर्ता फोनमार्फत (९८५६०६६३४४,९८४६३४२०२३, ९८४७८००३८९ र ९८१७१८४७७९) पनि गर्न सकिने छ ।   यो पनि पढ्नुहोस   स्वर्गीय प्रदीपको सम्झनामा खुला बास्केटबल प्रतियोगिता हुँदैं  

काठमाडौं:   नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणका लागि आज टिम प्रशिक्षक र मार्की खेलाडीको घोषणासँगै खेलाडी छनोट गरिएको छ । उक्त छनोटमा छ टिमका ८४ खेलाडी चुनिएका छन् ।      एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा छ सहरका छ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।        विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् ।  बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन् । जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार रहेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले जानकारी दिनुभयो ।      १९औँ एसियाली खेलकुदमा नेपाली महिला टिमले कास्यपदक प्राप्त गर्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने सम्भवतः पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाउनुभएको छ भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुनुहुन्छ ।      प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन् । भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुनुहुन्छ ।      प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको छनोट गरिएको छ । छनोटका लागि ९२ नेपाली र २५ विदेशी गरी कूल एक सय १७ खेलाडी सूचीमा थिए ।       प्रशिक्षकहरूले आआफ्नो रणनीतिअनुसार ८४ खेलाडी छनोट गरेका छन् । जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले दुई देखि चार जनासम्म विदेशी खेलाडी लिएका छन् ।      उक्त छनोट कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले निजी क्षेत्रले खेलकुदको क्षेत्रमा ठूलो योगदान दिइरहेको बताउनुभयो । उहाँले एनकेएलको सुरुआतले कबड्डी खेललाई व्यावसायिकताको मार्गमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।      आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले भन्नुभयो, “मधेसमा लोकप्रिय खेलको रुपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाइ दिन एनकेएल ल्याएका छौँ । यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्नसक्छ भन्ने देखाउन चाहान्छौँ ।” 

काठमाडौं:    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । सोमवार भएको खेलमा सुदूरपश्चिमले कर्णालीमाथी ६ विकेटको जित हात पारेको हो । कर्णाली याक्सले दिएको १ सय २ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यो जितका साथ बुधवार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँगको भेट पक्का गरेको हो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान ३८ रन जोडे । इशान नट आउट रहँदा कप्तान दीपेन्द्र नन्दन यादवको बलमा आउट भए । ओपनर सेफ जेबले ११ रन जोडे । कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रनको योगफल तयार गर्यो । कर्णालीका जिशान मक्शुदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । मक्शुद १८औं ओभरको चौथो बलमा कप्तान दीपेन्द्र सिंह ऐरीको बलमा आउट भए । पाँचौ विकेटका लागि विलियम बोसिस्टो र मक्शुदले ३९ रनको साझेदारी गरे । बोसिस्टोले २४ बलमा १६ रन जोड्दै कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए । चाल्डिक वाल्टन १६ बलमा १४ रन जोड्दै आउट भए । उनलाई सेफ अली जेबको एलबिडबलु सिकारमा परे । ओपनर बाबर हायत ९ बलमा १३ रन जोड्दै आउट भए । दोस्रो ओभरको अन्तिम बलमा बाबर आउट भएका हुन् । लगातार २ चौका प्रहार गरेका बाबरले तेस्रो बलमा समेत ठुलो सटको प्रयास गर्दा अभिनाश बोहोराको बलमा आउट भए । पहिलो ओभरको अन्तिम बलमा कर्णालीले ओपनर रित गौतमलाई रनको खाता नखोल्दै गुमाएको थियो । तेस्रो विकेटका रुपमा देव खनाल १२ बलमा ७ रन जोड्दै रन आउट भए । दोस्रो ओभरको पहिलो बलमा स्कट कुग्गेलेइनको बलमा बाबरको प्रहार बचाउने क्रममा बाउन्ड्रिमा नरेन साउद घाइते हुन पुगे । नरेन घाइते भएपछि फिल्डिङमा खडक बोहोरा गएका थिए । कप्तान सोमपाल कामी ९ बलमा ११ रन जोड्दै कुग्गेलेइनको बलमा आउट भए । गुलशन झा २ बलमा २ रन जोड्दै रन आउट भए । सुदूरपश्चिमका लागि हर्मित सिंहले ३, कप्तान दीपेन्द्र र कुग्गेलेइनले समान २ तथा सेफ अली जेब र हर्मित सिंहले समान १ विकेट लिए ।   प्लेअफको समीकरण पूरा    एनपिएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो ।  काठमाडौँ गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् । एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ ।    

काठमाडौं:     सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । ब्राण्डन मक्मुलनले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे । उनी पोखराका कप्तान कुशल भुर्तेलको बलमा सागर ढकालबाट क्याच आउट भए । १८।१ ओभरमा क्रिजमा रहेका इशान पाण्डे रिटायर्ट आउट हुदै स्कट कुगेलेन क्रिजमा आएका थिए । इशान ११ बलमा १० रन जोड्दै रिटार्यट आउट भएका थिए । एनपिएलमा इशान रिटायर्ट आउट हुने पहिलो खेलाडी हुन् । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे । उनी सागरबाट एलबिडब्लु भए । विनोद भन्डारी १४ रन जोड्दै कप्तान कुशलको बलमा नै आउट भए । हर्मित सिंहले १३ रन जोड्दै माइकल लिस्कको बलमा आउट भए । पोखराका लागि कप्तान कुशलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १ विकेट लिए । सुदूरपश्चिम यो खेलमा जितका साथ शीर्ष स्थानमा उक्लिदै प्लेअफ प्रवेश गर्ने दोस्रो टोली बन्न चाहन्छ । जनकपुर बोल्ट्स प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको थियो । आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो ।

काठमाडौं:     जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौँले १८ दशमलव एक ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।       काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३९ रन बनाएका हुन् । शङ्कर रानाले अविजित रहँदै १६, रासिद खानले १४, गेर्हार्ड इरास्मसले १२, दिपेश कँडेलले अविजित ११ र माइकल लेविट १० रनको योगदान दिए ।       यस्तै, काठमाडौँको लागि शाहब आलमले दुई रन जोड्दा स्टीफन एस्किनाजी, भीम सार्की र डेन डउथवेटले समान एकरएक रन बनाए । काठमाडौँले अतिरिक्त १३ रन प्राप्त गर्यो ।       बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, क्रिस सोल, बसिर अहमद र अनिल खरेलले समान दुईरदुई विकेट हात पारे ।       त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । विराटनगरको लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । यस्तै, दिपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।       विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले ६, इस्मत आलमले ५ र क्रिस सोलले एक रनको योगदान दिए । विराटनगरले अतिरिक्त १२ रन प्राप्त गर्‍यो ।       बलिङतर्फ काठमाडौँको लागि गेर्हार्ड इरास्मसले सर्वाधिक ३ विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एकरएक विकेट लिएका थिए ।