प्रथम एलिट भलिबल कपको सेमिफाइनल र फाइनल खेल भोलि
पाेखरा | चैत ३१, २०८१

पोखरा: प्रथम एलिट भलिबल कपमा महिलातर्फ बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम फाइनलमा प्रवेश गरेका छन् ।
एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा एलिट भलिबलले पिएन क्याम्पस र बागलु नगरपालिकाले शान्ता भलिबल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
एलिटले पिएन क्याम्पसलाई पहिलो सेट २५–११, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–८ ले पछि पा¥यो । बागलुङले शान्ता भलिबललाई ३–१ ले हराउन सफल रह्यो । पहिलो सेट १५–२५ ले गुमाएको बागलुङले दोस्रो सेट २५–२१, तेस्रो सेट २६–२४ र चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो ।
सोमबार पुरुषतर्फको सेमिफाइनल र फाइनल खेल हुनेछन् । बिहान साढे ७ बजे पुरुषतर्फको पहिलो सेमिफाइनल पिएन क्याम्पस र पर्वतबिच हुनेछ ।
दोस्रो सेमिफाइनल पिरामिड कन्ट्रक्सन हङकङ र न्यू डायमण्ड म्याग्दीबिचको खेल ९ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको सेमिफाइनलपछि महिलातर्फको फाइनल खेल हुनेछ ।
महिलातर्फ फाइनलमा बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम भिड्नेछन् । त्यसपछि पुरुषतर्फको फाइनल खेल हुनेछ । उक्त खेल साढे एक बजे सुरु हुने आयोजकले जनाएको छ ।
आइतबार भएको पुरुषतर्फका खेलमा पर्वत र न्यू डायमण्ड म्याग्दी विजयी भएका थिए । पर्वतले देउराली युवा क्लबलाई २५–१९, २५–१५ र २५– २३ ले हरायो ।
न्यू डायमण्ड म्याग्दीले एलिट भलिबललाई ३–१ को सेटले पराजित ग¥यो । २८–३० ले गुमाएको न्यू डायमण्डले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१९ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...